Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- आईपिओको तयारीमा रहेको चितवनको रोयल टुलिपले पायो पाँचतारे डिलक्स मान्यता
- न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै, शुक्रबारदेखि अति भारी वर्षाको सम्भावना
- कांग्रेसको पालिका अधिवेशन सुरू
- प्रधानमन्त्री बालेनलाई उनकै कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेले गरे बिदाइ
- महासभामा सहभागी हुन प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै
- त्रिपुरेश्वरमा बस आगलागीमा जलेका चालकको मृत्यु
- भदौमा एलपी ग्यासको आयात र बिक्री हालसम्मकै उच्च, झन्डै ६० हजार टन आयात
- १३ देशमा नयाँ राजदूत नियुक्त, कुन देशमा को परे ?
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: नेपाल विद्युत् प्राधिकरणले तराईका जिल्लामा बढी विद्युत् चोरी भएको भन्दै केन्द्रीय कार्यालयबाटै अनुगमन टोली परिचालन गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रौतहटको गौर क्षेत्रमा विद्युत् चोरी अत्यधिक रहेको गुनासो आएपछि विद्युत् चुहावट नियन्त्रण महाशाखाका इञ्जिनीयर प्रदीपकुमार शर्माको नेतृत्वमा अनुगमन टोली परिचालन गरेका हुन् । टोलीले यही माघ १४ देखि २० गतेसम्म स्थलगत अध्ययन गरेको थियो । अनुगमनको क्रममा स्थानीय तहका निर्वाचित जनप्रतिनिधिसमेत विद्युत् चोरीमा संलग्न रहेको पाइएको प्राधिकरणले जनाएको छ । जनताबाट निर्वाचित प्रमुख र वडाध्यक्ष नै विद्युत् चोरीमा संलग्न हुनु दुर्भाग्यपूर्ण रहेको कार्यकारी निर्देशक घिसिङको भनाइ छ । रौतहटको गढीमाई नगरपालिका प्रमुख श्यामप्रसाद यादव र वडा…
काठमाडौँ : सरकारले ६६२ सहसचिवको समायोजनको तयारी शुरु गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार अनलाइन फाराम भरेका आधारमा ६६२ सहसचिवलाई समायोजन प्रक्रिया अगाडि बढाइएको बताए । उनका अनुसार सङ्घमा ५६० र प्रदेशमा १०२ सहसचिवको समायोजन गर्न स्वीकृतका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाइएको छ । मन्त्रिपरिषद्बाट स्वीकृत हुना साथ मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले समायोजनको पत्र दिनेछन । मन्त्रालयले पहिलो चरणमा सङ्घमा सबै सचिवको समायोजन गरिसकेको छ । प्रवक्ता अधिकारीले यसअघि उपसचिव तहको आइतबारदेखि समायोजन गर्ने भनिएता पनि प्राविधिक कारणले मङ्गलबारबाट मात्र शुरु हुने बताए । फाराम भर्दा प्रयोग गरेको इमेल…
काठमाडौँ: प्रहरीले ३३ लाख बराबरको राजस्व छली गरी ल्याइएको लत्ताकपडा बरामद गरेको छ। धान बोकेको लु १ ख ३३१० नम्बरको ट्रकमा लुकाई नेपाल भित्र्याउने क्रममा पर्साको ठोरीबाट तीन जना व्यक्तिसहित प्रहरीले नियन्त्रणमा लिएको हो। ट्रकबाट प्रहरीले नौ गाँठ कपडा पक्राउ व्यक्तिसहित आयोजित पत्रकार सम्मेलनमा पर्सा प्रहरीले सार्वजनिक गरेको छ। बरामद सामान ३३ लाखभन्दा बढी मूल्यको रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार कपडासहित नियन्त्रणा लिएका व्यक्तिलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बझाइएको छ। तस्वीर: बिजय कुमार महतो, पर्सा, रासस
काठमाडौँ: प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आजदेखि सराकरविरुद्ध सुरु गरेको सडक प्रदर्शन खासै प्रभावकारी नदेखिएपनि उसले सरकारविरुद्ध दरिलो ढंगले सडकमा प्रस्तुत हुने संकेत भने दिएको छ। आजको सडक प्रदर्शनमा प्रमुख कांग्रेस नेताहरुले युवाहरुको आन्दोलनमा साथ दिएपनि त्यसमा त्यतिको दवाव मुलक भने देखिएको थिएन। हेर्नुहोस हाम्रा फोटो पत्रकार विकास द्वारे खिच्नु भएका केही तस्बिरहरु।
काठमाडौँ: प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईले भेनेजुयलाको सम्बन्धमा परराष्ट्र मन्त्रालयले जारी गरेको धारणा नै सरकारको आधिकारिक धारणा भएको पुनरपुष्टि गर्नुभएको छ । संवाद चौतारीमा आज आयोजित साक्षात्कारमा भट्टराईले संयुक्त राष्ट्रसङ्घको बडापत्र, असंलग्न परराष्ट्र नीति तथा पञ्चशीलको सिद्धान्तमा सरकार अडिग रहेको बताउँदै विगतका दिनदेखि नै प्रष्ट रहेको नेपालको परराष्ट्र नीतिबाट नेपाल र अमेरिकाबीचको सौहार्द सम्बन्धमा कुनै आँच नआउने बताउनुभयो । उहाँले सार्वभौमसत्ता सम्पन्नमुलुक भेनेजुयलाकोे समस्या त्यहाँका जनताबाट नै समाधान हुनुपर्छ भन्ने कुरामा सरकार प्रष्ट रहेको बताउनुभयो । नेपाल र अमेरिकाबीचको दौत्य सम्बन्ध स्थापनापछि नेपालको विकासका लागि अमेरिकाले आर्थिक, शैक्षिक, ऊर्जा धेरै क्षेत्रमा सहयोग गर्दै आएको चर्चा गर्दै यसले दुई मुलुकबीच…
काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले एकता प्रक्रियामा बाँकी रहेका काम टुङ्ग्याउन गठित कार्यदललाई मङ्गलबारभित्र कार्यप्रगतिको विवरणसहितको प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवायल बैठकले अहिलेसम्म भएको कार्यप्रगति विवरण पेश गर्न निर्देशन दिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। नेकपाले एकता प्रक्रियामा बाँकी रहेका साङ्गठनिक एकीकरणको कार्यभार गृहकार्य गरी सुझाव पेश गर्न गत पुस १२ गतेको स्थायी समितिले गृहमन्त्री तथा सचिवालय सदस्य रामबहादुर थापाको संयोजकत्वमा नौ सदस्यीय कार्यदल गठन गरेको थियो । प्रवक्ता श्रेष्ठले कार्यप्रगतिको विवरणसहित प्रतिवेदन बुझाइसकेपछि त्यसबारेमा आवश्यक निर्णय सचिवायलयले लिने र प्रतिवेदनलाई स्थायी कमिटी बैठकमा प्रस्तुत गरिने बताए ।…
काठमाडौँ: जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि सरकारले खरीद प्रक्रिया अगाडि बढाएको छ । मन्त्रिपरिषद्को गत पुस २९ गते बसेको बैठकले रेल खरीद गर्ने निर्णय गरेकामा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय मातहतको रेल विभागले रेल खरीदका लागि तयारी गरेको हो । सरकारले चालु आर्थिक वर्षको बजेटमा रेल खरीदका लागि रु ५० करोड विनियोजन गरेकामा दुईवटा रेल खरीदका लागि उक्त बजेटले पुग्ने अवस्था नरहेको विभागको भनाइ छ । विभागकाअनुसार दुई वटा रेल र त्यसमा रहने ५ देखि १० वटा डिब्बाका लागि कम्तीमा पनि रु एक अर्ब ५० करोड आवश्यक पर्छ । यसका लागि अर्थ मन्त्रालयबाट थप बजेट उपलब्ध हुने…
काठमाडौँ: शालिनदीमा एक महिनासम्म श्री स्वस्थानीको व्रत बसेका श्रदालु भक्तजनहरु आज पशुपतिनाथ मन्दीरस्थित बागमति नदीमा स्नान र पूजापाठका गर्नका लागि स्नान गर्दै माधव नारायणहरु । तस्बिर: विकास द्वारे
काठमाडौँ: साताको दोस्रो कारोवारको दिन पनि पूँजी बजारमा गिरावट जारी रहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक सोमबार ८ दशमलब ८५ अंकले घटेर एक हजार १४४ दशमलब २७ अंकमा पुगेको छ । आइतबार नेप्से ८ दशमलब ५७ अंकले घटेर एक हजार १५३ दशमलब ०६ अंकमा पुगेको थियो । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ८१ अंकले घटेर २४३ दशमलब २८ अंकमा झरेको छ । आज कूल १६२ कम्पनीका १२ लाख ९ हजार ८६८ कित्ता शेयर ३६ करोड ४३ लाख ६४ हजार ८४९ मूल्यमा खरीद बिक्री भएका छन् । आजको कारोवारमा होटेल…
काठमाडौँ: काठमाडौँ उपत्यकामा मानव स्वास्थका लागि अतिनै हानिकारक मानिएको पार्टिकुलेट म्याटर (पीएम २.५) को मात्रा राजधानीका वायुमण्डलमा उच्च रहेको पाइएको छ। विगत एक हप्तामा राजधानीमा जडित वायु गुणस्तर अनुगमन प्रणालीमा देखिएको मापनले यस्तो देखाएको हो, वातारण विभागका सूचना अधिकारी तथा सिनियर डिभिजनल केमिस्ट शंकर प्रसाद भण्डारीले बताए। राजधानीको रत्नपार्कमा जडान गरिएको देशकै पहिलो वायु गुणस्तर अनुगमन प्रणालीबाट प्राप्त एक हप्ताको परिणाम अनुसार पीएम २.५ को मात्रा राजधानीका हावामा उच्च भेटिएको हो, पौडेलले भने। पीएम २.५ को मात्राको आधारभूत अथवा औसत मापन भन्दा बढी पाइएको हो। पीएम २.५ को औसत मापन अंक ४० माइक्रोग्राम पर कुबिक मिटर हो तर विगत एकहप्ताको…