Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ:  नेपाली कामदारको प्रमुख श्रम गन्तव्यका रुपमा रहेको संयुक्त अरब इमिरेट्स (युएई) र ओमन यसअघि भएका श्रम समझदारीपत्रमा व्यापक सुधारसहित श्रमिक एवं रोजगारदाता दुवैको हकहितका थप विषय समावेश गर्न सहमत भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले गरेको छलफलका क्रममा नेपाली श्रमिकलाई अनावश्यक व्ययभार नपर्ने तथा उनीहरुको आधारभूत अधिकार एवं सुरक्षाको ‘ग्यारेन्टी’ गरी नयाँ समझदारी गर्ने विषयमा दुवै देश सकारात्मक देखिएका हुन् । सहसचिव रामप्रसाद घिमिरे नेतृत्वको पाँच सदस्यीय नेपाली प्रतिनिधिमण्डलले जनवरी २७ र २८ मा ओमान तथा ३० र ३१ मा युएईसँग प्रथम चरणको वार्ता गरेको थियो । दुवै देशलाई नेपालले शून्य लागतमा…

Read More

काठमाडौँ: चलचित्र विकास बोर्डका अध्यक्ष निकिता पौडेलले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ । पौडेलले बुधबारदेखि लागू हुने गरी आज सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटासमक्ष राजीनामा पत्र बुझाएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मैले बुधबारदेखि लागू हुने गरी राजीनामा दिएकी हुँ ।” पौडेलले आफूले आफ्नो पदबाट राजीनामा दिएको र आगामी दिनमा समाज सेवामा समर्पित हुने बताउनुभयो । उहाँ २०७४ साल मङ्सिर २५ गते बोर्डको अध्यक्षमा नियुक्त हुनुभएको थियो । पौडेलले पहिलो पटक बक्स अफिस प्रणालीको शुरुआत गरेको र अन्य केही सकारात्मक कामको समेत थालनी गरेको आफ्नो राजीनामापत्र उल्लेख गर्नुभएको छ ।

Read More

काठमाडौँ: देशभरका आन्दोलित रेस्टुरेन्ट र बार बन्द गर्ने घोषणा गरेको अखिल नेपाल होटल, क्यासिनाे तथा रेस्टुराँ मजदुर संघले तत्काललाई आफ्नो निर्णय स्थगित गर्दै वार्तामा बस्ने निर्णय गरेको छ। उनीहरुले आजबाट देशभरका रेस्टुरेन्ट र बारहरु बन्द गर्ने घोषणा गरेका थिए। रेस्टुरेन्ट तथा एसोसिएसन अफ नेपाल (रेबान) ले उपभोक्तासँग लिने गरिएको १० प्रतिशत सेवाशुल्क नलिने निर्णय गरेपछि आन्दोलनमा उत्रिएको संघले सरकारको आग्रहमा आजको बन्द कार्यक्रम स्थगित गरेको हो। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले दुवै पक्षलाई वार्तामा बोलाएकाले तत्काललाई बन्दको कार्यक्रम स्थगित गरिएको अखिल नेपाल होटल तथा रेस्टुराँ मजदुर संघका महासचिव मुक्ति दाहालले बताए । ‘आज दिउँसो ३ बजे रेबान र हामीबीच वार्ता…

Read More

काठमाडौँ: महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न बहानामा यात्रुलाई ठग्ने छ हजार ६६४ ट्याक्सी चालकलाई कारवाही गरेको छ । महाशाखाको टोलीले चालु आर्थिक वर्षमा कानूनविपरीतका कार्य गरी मिटरमा जान नमान्ने, मिटर बिगार्ने, भाडा अनियमितता गर्ने, बढी भाडा लिने ट्याक्सीका चालकलाई कारवाही गरेको हो । महाशाखाले आव २०७२/७३ मा दुई हजार ७९५, २०७३/७४ मा चार हजार ५१८ र २०७४/७५ मा आठ हजार १२० ट्याक्सी चालकलाई कारवाही गरेको थियो । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले यात्रुसँग मोलमोलाइ गरी बढी भाडा लिने ट्याक्सी चालकका लागि विशेष अभियान सञ्चालन गरी कारवाही गरिएको बताउनुभयो । “दैनिक ४० देखि ५० ट्राफिक प्रहरीलाई बढी भाडा…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका सांस्कृतिक विविधताले नेपालीलाई एक सूत्रमा बाँध्न महत्वपूर्ण योगदान गरेको बताउनुभएको छ । तामाङ जातिले मनाउने सोनाम ल्होछार पर्वका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले विविध सांस्कृतिक परम्परा र संस्कृतिले नेपाललाई विश्वमा अलग पहिचान दिएको बताउनुभएको छ । प्रधानमन्त्रीले सन्देशमा भन्नुभएको छ, “नेपाल बहुजातीय, बहुधार्मिक र बहुभाषिक देश हो । यहाँ हरेक जातजातिका आआफ्नै परम्परा, चाडपर्व, वेशभूषा रहेका छन् । मुलुकमा बसोबास गर्ने सबै जातिका चाडपर्वप्रति सरकारको उत्तिकै सद्भाव र सम्मान छ ।” वर्तमान सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य राखेर अघि बढेको स्पष्ट पार्दै उहाँले यस यात्रामा देशका सबै जातजाति, धर्म र सम्प्रदायको योगदान…

Read More

काठमाडौं: सरकाले अर्गानिक खेतीलाई व्यवसायीकरण गर्ने लक्ष्य राखे पनि बर्सेनि अर्बौँ रुपैयाँको विषादी आयात भएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङ्कअनुसार ५ वर्षको अवधिमा करिब ११ अर्ब रुपैयाँको विषादी आयात भएको छ । जलवायु परिवर्तनले नयाँ किराहरु देखिने, विगतका वर्षमा छरिएको विषादीले किराहरुमा विषादी पचाउन क्षमता बढ्ने लगायका कारणले आयात बढेको बढेको जानकारहरु बताउँछन् । प्लान्ट क्वारेन्टिन एवं विषादी व्यवस्थापन केन्द्रका अनुसार विषादी मुख्यतः भारत, चीन, जर्मनलगायतबाट आयात हुन्छ । ती विषादी कृषि, घरायसी र स्वास्थ्य क्षेत्रका लागि आयात हुन्छ । आयातितमध्ये सबैभन्दा बढी कृषि क्षेत्रका लागि आयात भएको प्लान्ट क्वारेन्टाइन एव विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण…

Read More

काठमाडौँ: करिब दुई सातादेखि सिमरा बस्दै आउनुभएका पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक भेटघाटलाई तीव्रता दिनुभएको छ । पूर्वराजाले सोमबार बेलुकासम्म २ सय ५० जनाभन्दा बढीसँग भेट गर्नुभएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । नितान्त व्यक्तिगत भ्रमण भन्दै मध्यतराई र पूर्वी तराईको भ्रमणमा निस्कनुभएका ज्ञानेन्द्रले तराईका राजावादीलगायत विभिन्न व्यक्तिसँग भेट गर्नुभएको छ । भेटमा सबैले पूर्वराजालाई सक्रिय हुन आग्रह गरेका थिए । सिमरास्थित प्रभु शमशेरको निवासमा बस्दै आउनुभएका ज्ञानेन्द्रले हिजो सोमबार सिमरास्थित राममन्दिरमा पूजाअर्चना गर्नुभएको थियो । केही दिन सिमरा बसाइपछि उहाँ सपरिवार झापा जाने कार्यक्रम रहेको छ । पूर्वरानी कोमल, निजी सचिव सागर तिमल्सिना र केही आफन्तसँग सिमरा…

Read More

काठमाडौँ: नेपाली सेनाले काठमाडौँ–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) को अन्तिम प्रतिवेदनको मस्यौदा प्राप्त गरेको छ । द्रुतमार्गको डिपिआर दक्षिण कोरियाको सोसुंग इन्जिनियरिङ कन्सल्टेन्सीले तयार पारेको हो । सेनाले डिपिआर अध्ययन गरेपछि अन्तिम रुप दिइने बताइएको छ । यो समाचार आजको नागरिक दैनिकमा रुद्र खड्काले लेखेका छन् । सेनाका अधिकारीहरुले कोरियन कम्पनीले उपलब्ध गराएको डिपिआर अध्ययनमा दुई साता जति लाग्ने जनाएका छन् । कोरियन कम्पनीले १० करोड १५ लाख रुपैयाँको लागतमा द्रुतमार्गको डिपिआर तयार पारेको हो । यसअघि द्रुतमार्गको डिपिआर तयार पारेको हो । यसअघि द्रुतमार्गको डिपिआर तयार पारेको भारतीय कम्पनी आइएल एन्ड एफएसले डिपिआरको मूल्य ६१ करोड रुपैयाँ तोकेको थियो ।…

Read More

काठमाडौं: अभिव्यक्ति स्वतन्त्रताप्रति कुनै न कुनै अंकुश लगाउने उद्देश्यबाट प्रेरित भएकै कारण सरकारले विज्ञापन गरेबापत ५ वर्षसम्म कैद र ५ लाख रुपैयाँसम्म जरिवाना गर्ने प्रावधानसहितको विधेयक ल्याएको छ। राष्ट्रियसभाको आइतबारको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाद्वारा प्रस्तुत ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ नेपाली सञ्चार जगत्का निम्ति अर्को तरबार भएर झुन्डिने भएको छ। संसद्बाट पारित भई राष्ट्रपतिबाट लालमोहर लागेपछि यो विधेयकले विज्ञापन व्यवसाय र सञ्चार जगत्लाई मात्र प्रहार गर्नेछैन, यसले अभिव्यक्ति स्वतन्त्रतालाई समेत कुण्ठित गर्नेछ। ‘यसका प्रावधान दमनकारी छन्,’ वरिष्ठ अधिवक्तासमेत रहेका राष्ट्रियसभामा नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले सोमबार नागरिकसँग भने, ‘विज्ञापन गरेबापत पाँच वर्षसम्म कैद…

Read More

काठमाडौँ : जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि सरकारले खरिद प्रक्रिया अगाडि बढाएको छ । मन्त्रिपरिषद्को गत पुस २९ गते बसेको बैठकले रेल खरिद गर्ने निर्णय गरेकामा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय मातहतको रेल विभागले रेल खरिदका लागि तयारी गरेको हो । सरकारले चालु आर्थिक वर्षको बजेटमा रेल खरिदका लागि ५० करोड विनियोजन गरेकोमा दुईवटा रेल खरिदका लागि उक्त बजेटले पुग्ने अवस्था नरहेको विभागको भनाइ छ । विभागकाअनुसार दुई रेल र त्यसमा रहने ५ देखि १० वटा डिब्बाका लागि कम्तीमा पनि एक अर्ब ५० करोड आवश्यक पर्छ । यसका लागि अर्थ मन्त्रालयबाट थप बजेट उपलब्ध हुने विश्वास लिइएको…

Read More