Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

क्यालिफोर्निया: एउटा सानो विमान अवतरणका क्रममा आइतबार विमानस्थलको धावनमार्गबाट विमान बाहिरिन पुग्दा एउटा घरमा ठोक्किँएर भएको दुर्घटनामा विमानका चालकसहित चार जनाको मृत्यु भएको छ । बर्षाका कारण विमानस्थलमा धावनमार्गमा जमेको पानीका कारण धावनमार्गबाट विमान बाहिरिएको र विमानस्थलसँगै जोडिएको घरमा ठोक्एिको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनामा विमान र योर्वा लिन्डाको एक घरमा आगलागी भएको थियो र विमान चालक र उक्त घरमा रहेका चार जनाको आगोले जलेर मृत्यु भएको छ, अरेन्ज जिल्लाका अधिकारी लेफ्टिनेन्ट कोरी मार्टिनोले विमान दुर्घटनापछि गरेको पत्रकार सम्मेलनमा बताए । मृतकमध्ये विमान चालकसहित तीन जना पुरूष र दुई महिला रहेका पुष्टि भएको छ तर उनीहरूको थप परिचय तत्काल सार्वजनिक…

Read More

काठमाड‌ौँ : काठमाडौं सरकारले बुधबारदेखि प्रदेश १ को राजधानी विराटनगरबाट श्रम स्वीकृति दिने भएको छ। यससँगै सातै प्रदेशबाट श्रम स्वीकृतिलगायत वैदेशिक रोजगारका सबै काम विकेन्द्रीकरण हुनेछन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विराटनगरबाट सेवा दिन सबै तयारी पूरा भएको जानकारी दिएको छ। सरकारले पुस १५ गतेदेखि प्रदेशबाट सेवा दिन सुरु गरेको थियो। सुरुमा प्रदेश ५ को बुटवल र प्रदेश २ को जनकपुरबाट सेवा सुरु गरिएको थियो। केही दिनअघि गण्डकी प्रदेशबाट वैदेशिक रोजगारका सेवा सुरु भएका थिए। त्यसअघि कर्णाली प्रदेश र सुदूरपश्चिमबाट पनि सेवा सुरु भएका थिए। सबै प्रदेशबाट वैदेशिक रोजगारीका सेवा सुरु भएसँगै श्रम स्वीकृतिका लागि काठमाडौं आउनुपर्ने बाध्यता अन्त्य…

Read More

काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री बद्री न्यौपानेसहित १३ विरुद्ध विशेष अदालमता मुद्दा दायर गरेको छ । आयोगले समाज कल्याण परिषद्ले भृकुटीमण्डपस्थित फनपार्क मेला क्षेत्र रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा प्रचलित मापदण्ड र प्रक्रिया विपरीत गरेको पाइएकाले मुद्दा दायर गरेको जनाएको छ । आयोगले पूर्वमन्त्री न्यौपानेविरुद्ध रु ३१ करोड ५२ लाख १७ हजार ६७५, परिषद्का तत्कालीन उपाध्यक्ष प्रमोद मेहता तत्कालीन कोषाध्यक्ष कुञ्ज विहारीप्रसाद चौधरी, तत्कालीन सदस्य सचिव रवीन्द्रकुमार, तत्कालीन सदस्य मोहनराज शर्मा, मदनकुमारलाल कर्ण र हरि न्यौपानेविरुद्ध पनि रु ३१ करोड ५२ लाख १७ हजार ६७५ बराबरको भ्रष्टाचार गरेको अभियोग लगाएको छ । यस्तै प्रमुख सञ्चालक टेकबहादुर गुरुङ र…

Read More

काठमाडौँ: संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज जितेर आज स्वदेश फर्किएको राष्ट्रिय क्रिकेट टोलीको स्वागत गरिएको छ । ऐतिहासिक सिरिज विजेता टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिना, युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट, उपाध्यक्ष पीताम्बर तिम्सिनालगायतले स्वागत गरेका थिए । सो अवसरमा राष्ट्रियसभा उपाध्यक्ष तिम्सिनाले प्रत्येक खेलाडीलाई आफ्नो व्यक्तिगत तर्फबाट जनही रु १० हजार सहयोगस्वरुप हस्तान्तरण गरे । नेपाली टोलीलाई रातो कार्पेटमा स्वागत गरिएको थियो । यस्तै खेलाडीको स्वागतमा सयौँ समर्थक विमानस्थल पुगेका थिए । युएइविरुद्ध एकदिवसीय र टी–२० सिरिज जित्दै ऐतिहासिक सफलता प्राप्त गर्न सफल नेपाली…

Read More

काठमाडौँ: जलवायु परिवर्तनका कारण विश्वव्यापी रुपमा तापक्रमको वृद्धि भइरहने हो भने सन् २१०० सम्म दुई तिहाइ बढी हिमनदी पग्लिएर सकिने तथ्याङ्कसहितको प्रतिवेदन सार्वजनिक भएको छ । हिन्दूकुश क्षेत्रमा एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र(इसिमोड)ले पाँच वर्ष लगाएर गरेको अध्ययनअनुसार जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न भएका प्रयास असफल भएको खण्डमा केही हिमनदी पग्लिएर पानीको हाहाकार हुने र जनजीवनसमेत प्रभावित हुने देखिएको छ । जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताले यस शताब्दीको अन्त्यसम्म १.५ डिग्रीमा सीमित गर्ने लक्ष्य राखेको छ तर तापक्रम वृद्धिदर भने सोही अवस्थामा रहन्छ कि रहँदैन भन्ने आशङ्कासमेत रहेको छ । विश्वको तेस्रो धु्रवका रुपमा रहेको सगरमाथा, माउण्ट के टुजस्ता उच्च हिमाली…

Read More

काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले अमृतबहादुर राईलाई संयुक्त राष्ट्रसङ्घ, न्यूयोर्कका लागि नेपालको राजदूत÷स्थायी प्रतिनिधि पदमा आज नियुक्त गर्नुभएको छ । नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले राईलाई राजदूत पदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । त्यसैगरी राष्ट्रपतिले मणिप्रसाद भट्टराईलाई जेनेभास्थित संयुक्त राष्ट्र सङ्घका लागि नेपालको राजदूत÷स्थायी प्रतिनिधि पदमा आजै नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Read More

काठमाडौँ: नेपाल विद्युत् प्राधिकरणले तराईका जिल्लामा बढी विद्युत् चोरी भएको भन्दै केन्द्रीय कार्यालयबाटै अनुगमन टोली परिचालन गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रौतहटको गौर क्षेत्रमा विद्युत् चोरी अत्यधिक रहेको गुनासो आएपछि विद्युत् चुहावट नियन्त्रण महाशाखाका इञ्जिनीयर प्रदीपकुमार शर्माको नेतृत्वमा अनुगमन टोली परिचालन गरेका हुन् । टोलीले यही माघ १४ देखि २० गतेसम्म स्थलगत अध्ययन गरेको थियो । अनुगमनको क्रममा स्थानीय तहका निर्वाचित जनप्रतिनिधिसमेत विद्युत् चोरीमा संलग्न रहेको पाइएको प्राधिकरणले जनाएको छ । जनताबाट निर्वाचित प्रमुख र वडाध्यक्ष नै विद्युत् चोरीमा संलग्न हुनु दुर्भाग्यपूर्ण रहेको कार्यकारी निर्देशक घिसिङको भनाइ छ । रौतहटको गढीमाई नगरपालिका प्रमुख श्यामप्रसाद यादव र वडा…

Read More

काठमाडौँ : सरकारले ६६२ सहसचिवको समायोजनको तयारी शुरु गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार अनलाइन फाराम भरेका आधारमा ६६२ सहसचिवलाई समायोजन प्रक्रिया अगाडि बढाइएको बताए । उनका अनुसार सङ्घमा ५६० र प्रदेशमा १०२ सहसचिवको समायोजन गर्न स्वीकृतका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाइएको छ । मन्त्रिपरिषद्बाट स्वीकृत हुना साथ मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले समायोजनको पत्र दिनेछन । मन्त्रालयले पहिलो चरणमा सङ्घमा सबै सचिवको समायोजन गरिसकेको छ । प्रवक्ता अधिकारीले यसअघि उपसचिव तहको आइतबारदेखि समायोजन गर्ने भनिएता पनि प्राविधिक कारणले मङ्गलबारबाट मात्र शुरु हुने बताए । फाराम भर्दा प्रयोग गरेको इमेल…

Read More

काठमाडौँ: प्रहरीले ३३ लाख बराबरको राजस्व छली गरी ल्याइएको लत्ताकपडा बरामद गरेको छ। धान बोकेको लु १ ख ३३१० नम्बरको ट्रकमा लुकाई नेपाल भित्र्याउने क्रममा पर्साको ठोरीबाट तीन जना व्यक्तिसहित प्रहरीले नियन्त्रणमा लिएको हो। ट्रकबाट प्रहरीले नौ गाँठ कपडा पक्राउ व्यक्तिसहित आयोजित पत्रकार सम्मेलनमा पर्सा प्रहरीले सार्वजनिक गरेको छ। बरामद सामान ३३ लाखभन्दा बढी मूल्यको रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार कपडासहित नियन्त्रणा लिएका व्यक्तिलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बझाइएको छ। तस्वीर: बिजय कुमार महतो, पर्सा, रासस

Read More

काठमाडौँ: प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आजदेखि सराकरविरुद्ध सुरु गरेको सडक प्रदर्शन खासै प्रभावकारी नदेखिएपनि उसले सरकारविरुद्ध दरिलो ढंगले सडकमा प्रस्तुत हुने संकेत भने दिएको छ। आजको सडक प्रदर्शनमा प्रमुख कांग्रेस नेताहरुले युवाहरुको आन्दोलनमा साथ दिएपनि त्यसमा त्यतिको दवाव मुलक भने देखिएको थिएन। हेर्नुहोस हाम्रा फोटो पत्रकार विकास द्वारे खिच्नु भएका केही तस्बिरहरु।

Read More