Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- निरन्तर वर्षा र बाढीपहिरोका कारण दूरसञ्चार सेवा प्रभावित
- अविरल वर्षा र बाढीपहिरोले विद्युतीय संरचनामा क्षति, झन्डै ५०० मेगावाट विद्युत् उत्पादन बन्द
- संयुक्त राष्ट्रसंघको ८१औं महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले के भने? (सम्बोधनको पूर्णपाठ)
- चेम्बरद्वारा उद्योगमन्त्रीलाई व्यापारिक उधारो असुलीसम्बन्धी विधेयकको प्रारम्भिक मस्यौदा हस्तान्तरण
- सुरक्षाकर्मीलाई जलविद्युत् आयोजनाको आईपीओमा २ प्रतिशत सहभागिता दिने तयारी
- आईपिओको तयारीमा रहेको चितवनको रोयल टुलिपले पायो पाँचतारे डिलक्स मान्यता
- न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै, शुक्रबारदेखि अति भारी वर्षाको सम्भावना
- कांग्रेसको पालिका अधिवेशन सुरू
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: गत हप्तादेखि निरन्तर घटिरहेको पूँजी बजारमा आज भने हरियो रङ देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक आज सोमबार ११ दशमलब ७४ अंकले बढेर एक हजार १८६ दशमलब ८० अंकमा पुगेको छ । आइतबार ५ दशमलब ७८ अंकले घटेको थियो । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ०८ अंकले बढेर २५० दशमलब ४९ अंकमा पुगेको छ । आज कूल १५८ कम्पनीका ८ लाख ५ हजार ६०१ कित्ता शेयर २६ करोड ८१ लाख २४ हजार ६४४ मूल्यमा खरीद बिक्री भएका छन् । आजको कारोवारमा बाणिज्य बैंक बाहेक सबै समूहको परिसूचकमा गिरावट…
काठमाडौँ : मर्मतका लागि ५८ दिनदेखि मलेसियामा रहेको नेपाल वायुसेवा निगमको बोइङ को बोइङ ‘गण्डकी’ भोलि मङ्गलबार नेपाल ल्याइने भएको छ । निगमको इन्जिनियरिङ विभागले कलसाइन नाइनएन एसिबी ७५७ बोइङको थर्मल ब्ल्याङ्केटमा समस्या आएको भन्दै मर्मतका लागि क्वालालम्पुर पठाएको थियो । मर्मतका क्रममा सि–डक्टमा पनि समस्या आएपछि मर्मतका लागि थप समय लागेको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिए । उनका अनुसार बोइङ ल्याउन चालक दलका सदस्य (क्रू मेम्बर) हिजो आइतबार मलेसिया गएका छन् । अमेरिकाबाट सिपिङमार्फत सि–डक्ट ल्याएर जडान गर्दा फिट नभएपछि गत साता मलेसियामा पुनः अर्को सि–डक्ट ल्याएर फिट गरिएको थियो । “बोइङको पुरै मर्मत भइसकेको छ, सि–डक्ट…
पशुपतिनगर: चिकित्सा शिक्षाको सुधारको माग गर्दै अनसनमा बस्नुभएका डा गोविन्द केसीको स्वास्थ्यमा समस्या भएपछि आज बिहान जिल्ला अस्पताल इलाममा भर्ना गरिएको छ । १६ औँ पटकको अनसनको छैटौँ दिन आजसम्ममा डा केसीको स्वास्थ्य स्थिति गम्भीर बन्दै गएपछि उनलाई जिल्ला अस्पतालमा भर्ना गरिएको हो । डा केसीको रक्तचाप बढ्नुका साथै फोक्सोमा सङ्क्रमण बढ्दै गएको र मुटुको गति पनि अनियमित भएर शिथिल भएपछि अस्पताल भर्ना गरिएको डा केसीका वार्ता टोली सदस्य अधिवक्ता डा सुरेन्द्र भण्डारीले बताए । अस्पताल भर्ना गरिएपनि डा केसीले औषधि भने लिन मान्नु भएको छैन । वार्ताटोली सदस्य भण्डारीका अनुसार केसीको अवस्था नाजुक बन्दा पनि सरकारले वास्ता नगरेको बताउनुभयो…
काठमाडौँ: नेपाल स्टक एक्सचेञ्जले माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको आजको शेयर कारोवार रद्द गरेको छ । बजार खुल्ने वित्तिकै उक्त कम्पनीको शेयर मूल्य ५० प्रतिशतभन्दा बढीले बढेपछि स्टकले सबै कारोवार रद्द गरेको हो । स्टकका प्रवक्ता मुराहरि पराजुलीले आवश्यकभन्दा बढीको कारोवार भएका कारण कारोवार रद्द गर्नुपरेको जानकारी दिए । आइतबारदेखि दोस्रो बजारमा कम्पनीको शेयर कारोवार सुरु भएको थियो । स्टकले सुरुआती चरणमा प्रतिकित्ता रु २२४ सम्मको सीमा निर्धारण गरेको थियो । आज बजार खुल्ने बित्तिकै दुई लाख ४३ हजार कित्ता शेयर खरिदका लागि लगानीकर्ता लालायित भएका थिए । खरिद गर्न चाहनेको सङ्ख्या बढेपनि बिक्री गर्न चाहने भने एक जना पनि देखिएको…
काठमाडौँ: रक्सौल-अमलेखगञ्ज पाइपलाईन निर्माणको काम अन्तिम चरणमा पुगेको छ। रक्सौलदेखि बाराको अमलेखगन्जसम्म ३६ किलोमिटर मध्ये हालसम्म २६ किलोकिलोमिटरमा पाइपलाइन विछ्याउने काम सकिसकेको र बाँकि १० किलोमिटरको बनक्षेत्रमा पनि छिट्टै पाइपलाइन विछ्याउने काम शुरु हुने नेपाल आयल निगमका नायव कार्यकारी निर्देशक सुशील भट्टराईले पहिलोक्लिकलाई बताए । मोतीहारीदेखि रक्सौलसम्म ३२ दशमलव ६८ किलोमिटर र रक्सौलदेखि बाराको अमलेखगन्जसम्म ३६ किलोमिटर गरी कुल ६८ किलोमिटर क्षेत्रमा पाइपलाइन विछ्याउने काम भइरहेको छ । उनले भने भारत तर्फको क्षेत्रमा पनि पाइपलाइन विछ्याउने काम लगभग सकिसकेको छ । नेपालतर्फको पर्सा बन्यजन्तु आरक्षमा रुख कटानको काम जति छिटो शुरु हुन्छ तेती चाँडो पाइपलाइनबाट अमलेखगञ्जमा तेल ल्याउन सकिने उनले…
काठमाडौं: मेलम्ची पानी काठमाडौं ल्याउने जिम्मा पाएको इटालियन ठेकेदार कम्पनी सिएमसी दी रेभेना हप्ता दिनदेखि सम्पर्कबिहीन भएको पाइएको छ । यो समाचार आजको नेपाल समाचरपत्रबाट लिएको हो । सुरुङ, स्थायी बाँध र पानी प्रशोधन केन्द्र जस्ता मुख्य काम सम्पन्न गर्ने जिम्मा लिएको उक्त कम्पनीको यस्तो रबैयाका कारण झन्डै २५ वषदेखि प्रतीक्षामा रहेको मेलम्ची काठमाडौंमा आउने समय अझै लम्बिने भएको छ । मेलम्ची खानेपानी विकास बोर्डका उपकार्यकारी निर्देशक भोजराज थापाले पुस २२ गतेयता आयोजना र ठेकेदार पक्षसँग संवाद नभएको प्रस्ट्याएका हुन्।
काठमाडौँ: सन् २०२० देखि कोरिया रोजगारीका लागि दिनुपर्ने भाषा परीक्षा अनलाइनबाटै हुने भएको छ । वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगार अनुमति प्रणाली (इपिएस) को परीक्षा अनलाइन प्रणालीमार्फत गराउने तयारीमा रहेको इपिएस शाखाका प्रवक्ता शोभाकर भण्डारीले जानकारी दिए । यो समाचार आजको नागरिक दैनिकमा छ । अचेल कोरियन भाषा परीक्षा कागजमा लिने चलन छ । ‘अनलाइन भनेर घरमै बसेर दिन मिल्ने भने होइन । हामीले परीक्षा केन्द्र तोकिदिएका हुन्छौं । त्यहाँ छुट्टाछुट्टै कम्प्युटरबाट अनलाइनमै परीक्षा दिनुपर्ने हुन्छ ।’ भण्डारीले भने ।
काठमाडौं: नेपालले एक चीन नीति लिइरहेका बेला अमेरिकी सरकारले भने नेपालका शरणार्थी जीवन बिताइरहेका तिब्बती नागरिकलाई सहयोग गर्ने भएको छ। अमेरिकी सिनेटले सन् २०१९ देखि २०२३ सम्मका लागि नेपाल र भारतमा रहेका तिब्बतीलाई सहयोग गर्ने नीति पास गरेको छ। यो समाचार आजको नागरिक दैनिकमा छ । अमेरिकी सिनेटले २०१८ डिसेम्बर ३१ मा पारित गरेको ‘एसियालाई आश्वस्त पार्ने पहलसम्बन्धी ऐन’ मा इन्डो प्यासिफिक क्षेत्रमा अमेरिकी स्वार्थलाई बढावा दिन प्रत्येक आर्थिक वर्ष एक अर्ब ५० करोड डलर खर्च गर्ने उल्लेख छ। सोही पहलअन्तर्गत इन्डो प्यासिफिक क्षेत्रमा प्रजातन्त्र पवर्द्धन शीर्षकका लागि भन्दै बर्सेनि २१ करोड डलर खर्च गर्ने अमेरिकी योजना छ। सो ऐनअन्तर्गत…
नवलपरासी: पश्चिम नवलपरासीका अधिकांश छोटी भन्सार कार्यालयमा सेवाग्राहीको काम कर्मचारीबाट नभइ अन्य सर्वसाधारणबाटै हुन्छ भन्दा आश्चर्य लाग्न सक्छ, तर यो सत्य हो । वर्षौदेखि छोटी भन्सार कार्यालय यसरी नै सञ्चालन हँुदै आएको पाइएको छ । तोकिएका कर्मचारी छोटी भन्सार कार्यालयमा नियमित रुपमा नजाने हँुदा भन्सार कार्यालयमा खटिएकाबाहेक कार्यालय वरिपरि घर भएका सर्वसाधारणले भन्सार कार्यालयको दैनिक काम काज गर्दै आएको पाइन्छ । यसैअन्तर्गत पश्चिम नवलपरासीको गुठीप्रसौनी छोटी भन्सार कार्यालयको दैनिक कामसमेत एक जना सर्वसाधारण व्यक्तिले नै गर्दै आएका छन् । यो छोटी भन्सार कार्यालयमा वर्षौदखि स्थानीयवासी मन्सुर अलीले छोटी भन्सार कार्यालयमा सेवाग्राहीलाई दिइने सबै सेवा प्रवाह गर्दैै आइरहनुभएको छ । छोटी…
काठमाडौं : नेपाल टेलिकमले एकै पटक २२ वटा अफर सार्वजनिक गरेको छ। विन्टर अफरको रुपमा कम्पनीले ल्याएको नयाँ योजना अन्र्तगत प्रयोगकर्ताले ६ रुपैयाँमा एक घण्टा सम्म कल गर्न पाउने भएका छन्। कम्पनीले आइतबार देखि लागू हुने गरि यो अफर ल्याएको हो। अफर आगामी चैत २८ गतेसम्म लागु हुनेछ। यसमा कम्पनीले पहिले अटम अफर अन्तर्गतका सेवामा सहित केही थप गरि नयाँ सुविधा उपलब्ध गराएर विन्टर अफर ल्याएको हो। १. ह्याप्पी विकेन्ड प्याक जीएसएम÷सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइलमा ह्याप्पी विकेन्ड प्याक प्रयोग गर्न सकिन्छ। ह्याप्पी विकेन्ड प्याक अन्तर्गत शुक्रबार, शनिबार र आइतबार प्रत्येक दिन १ जीबी डाटा प्रयोग गर्न सकिने छ। सो प्याक एक…