Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

पोखरा: प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले डा गोविन्द केसीसँग यसअघि गरिएका सम्झौता तोड्दै चिकित्सा शिक्षा विधेयक पास गरेको प्रति आपत्ति व्यक्त गरेका छन् । प्रेस युनियन कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उनले चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदलको प्रतिवेदन २०७२ को मर्म र भावना तथा अन्य कार्यदलका प्रतिवेदनसमेत लत्याइएको बताए । एउटा विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने भन्ने दफामा पनि डा केसीसँगको सम्झौता भएको तर त्यसमा समेत कुनै सुनुवाइ नभएको प्रवक्ता शर्माले उल्लेख गरे । विसं २०४६ अघि दुई मेडिकल कलेज भएको देशमा अहिले दुई दर्जन पुगेका उल्लेख गर्दै उहाँले राजधानी काठमाडाँैमा…

Read More

काठमाडौं: अनशनरत डा. गोविन्द केसीको समर्थनमा शिक्षण अस्पतालका आवासीय चिकित्सकहरुले निकालेको र्‍यालीमा प्रहरीले धरपकड गरेको छ । प्रहरी धरपकडका क्रममा केही चिकित्सकको एप्रोनसमेत च्यातिएको छ भने प्रहरीले १७ चिकित्सकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आवासीय चिकित्सक संघका अध्यक्ष डा. सुमित पाण्डे, डा.विशाल अग्रवाल, डा. अमित शर्मा, डा. हेमन्त बास्तोला, डा. बद्री अर्याल, डा. राजन लामिछाने, डा. विश्वराज तिमिल्सिना, डा. सिद्धार्थ भण्डारी, डा. उपमा श्रेष्ठ, डा. कविता मानन्धर, डा. अमिर श्रेष्ठ, डा. आकाश शेर्पाली,डा. आनन्द सिंह, डा. पदम जोशी, डा. समिर चापागाई, ढा. अपूर्व आचार्य लगायतका विद्यार्थीहरु रहेको डा. केसीका सहयोगी प्रितम सुवेदीले बताएका छन् । उनीहरुलाई अहिले महेन्द्र पुलिस…

Read More

महोत्तरी: विशेष भत्ताको माग गर्दै एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिज लिमिटेड रामनगरका मजदूरले आज दोस्रो दिन पनि आमरण अनशन जारी राखेका छन् । वर्षांैदेखि पाउँदै आएका सेवा सुविधा उद्योग व्यवस्थापन पक्षले कटौती गरेको भन्दै १० जना मजदूरले सामूहिकरुपमा उद्योग प्रशासनको गेट अगाडि अनिश्चितकालीन आमरण अनशनमा बसेका हुन् । बिहीबार दिउँसो पत्रकार सम्मेलन गरी अखिल नेपाल औद्योगिक मजदूर युनियनका उपाध्यक्ष नीरबहादुर अधिकारीको नेतृत्वमा फेकन साह, दशरथ महतो, जीवनहरि उपाध्याय, ओपिन्द्र पासवान, रामसेवक महतो, केदार सुस्लिङ, लीलाधर महतो, रामहरि दुलालले अनिश्चितकालीन आमरण अनशन बसेका हुन् । गत साउन महीनादेखि नेपाल सरकारले वृद्धि गरिएको प्रति मजदूर रु तीन हजार ७५० उद्योग प्रशासनले नदिएको…

Read More

काठमाडौँ: साँघुरो बाटो र मुलुकभर बढ्दो सवारी साधनका कारण देशभर १० हजार ६८० दुर्घटना भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार चालू आर्थिक वर्षको छ मीहनामा मुलुकभर उक्त सङ्ख्यामा सवारी दुर्घटना भएको हो । दुर्घटना भएका सवारी साधनमध्ये सबैभन्दा धेरै मोटरसाइकल छन् । मोटरसाइकल चार हजार २३०, जिप, कार दुई हजार ९५२, बस एक हजार २४४, ट्रक, ट्याङ्कर ९८८, टिपर २५१, टेम्पो १७१ र अन्य ५१ सवारी दुर्घटना भएका छन् । प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले चालकको लापरवाहीका कारण धेरै दुर्घटना हुने गरेको बताउँदै “साँघुरो बाटो, तीव्र गति र कमजोर पूर्वाधारका कारण बढी दुर्घटना भएको हो” भने । प्रहरीले दुर्घटना घटाउनका…

Read More

विराटनगर : बैंकले लिने ब्याजलाई सरकारले अविलम्ब घटाउनुपर्ने उद्योगी एवंं व्यापारीले माग गरेका छन् । उनीहरूले उत्पादनमूलक उद्योगसँग सात प्रतिशत र व्यवसायीमूलक उद्योगसँग नौ प्रतिशतसम्म बैंक ब्याजदर कायम हुनुपर्ने माग राखेका हुन् । उद्योग सङ्गठन मोरङ र मोरङ व्यापार सङ्घद्वारा संयुक्तरूपमा विहीबार आयोजित छलफलमा सहभागीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने सङ्कल्प र पाँच लाख युवालाई रोजगार दिने सरकारको प्रतिबद्धता उद्योग र व्यापार क्षेत्रबाट मात्र सम्भव भएकाले यसतर्फ सरकारको ध्यान जानुपर्नेमा जोड दिए । नयाँ सामन्तीका रूपमा देखा परेका कुनै पनि बैंक घाटामा नरहेको यथार्थलाई नेपाल राष्ट्र बैंकले बुझ्नु जरुरी छ भन्दै उद्योगी र व्यापारीले मुलुकमा व्यापार घाटा कम गर्न, अर्थतन्त्रलाई…

Read More

काठमाडौँ: नेपाल चिकित्सक संघले आजबाट देशभरका अस्पतालको आकस्मिकबाहेकका सेवा ठप्प पार्ने भएको छ । अनसनरत डा. गोविन्द केसीको जीवन रक्षा माग गर्दै त्रिवि शिक्षण अस्पतालसहित देशभरका अस्पतालमा रिले अनसन बसिरहेको संघले माग सुनुवाइ नभएको भन्दै कडा संघर्षको कार्यक्रम सार्वजनिक गरेको हो । संघले २५ दिनदेखि अनसनरत केसीको जीवन रक्षा गर्न सरकार गम्भीर नबनेपछि बाध्य भएर कडा संघर्षको कार्यक्रम सार्वजनिक गर्नुपरेको बताइएको छ । देशभरका सरकारी, गैरसरकारी तथा निजी मेडिकल कलेजका आकस्मिक सेवा सञ्चालन गर्न नरोके पनि ओपीडीलगायतका सेवा बन्द हुने संघले जनाएको छ । संघले वार्ता र संवादबाट तत्काल समस्याको समाधान खोज्न सरकारलाई आग्रहसमेत गरेको छ । अन्यथा उत्पन्न हुने…

Read More

काठमाडौंँ : नेपाल सिमेन्ट उत्पादनमा आत्मनिर्भर बनेको छ । रु दुई खर्बको लगानी भएको र वार्षिक रु १५० अर्बको कारोवार हुँदै आएको सिमेन्ट उत्पादनमा नेपाल यो वर्षदेखि आत्मनिर्भर भएको व्यवसायीले बताएका छन् । निजी क्षेत्र प्रवेश भएको झण्डै १६ वर्षको अन्तरालमा शून्यबाट आत्मनिर्भरमा पुगेको बताउँदै नेपाल सिमेन्ट उत्पादक सङ्घका अध्यक्ष ध्रुवराज थापाले अर्काे वर्षदेखि नेपाल सिमेन्ट निर्यात गर्ने अवस्थामा पुग्ने उल्लेख गरे । “अन्य उद्योगको तुलनामा सिमेन्टमा फरक किसिमले छिटो उत्पादन बढेको छ, यो नेपाल कै लागि गौरव हो, अब सरकारले उद्योगमा देखिएका समस्या समाधानमा पहल गर्नुपर्ने देखिन्छ”, थापाले भने । सन् १८४५ देखि सिमेन्ट उत्पादन शुरु भए पनि नेपालमा…

Read More

धादिङ : रुबीभ्याली गाउँपालिका–४ हिन्दुङमा माघ १३ गते आइतबार बिहानदेखि पहिरोमा पुरिएर ओडारभित्र हराइरहेका दुई जना पाँच दिनपछि ढुङ्गाले च्यापिएको अवस्थामा बिहीबार साँझ मृत भेटिएका छन् । गोठाला जाँदा लगातारको हिमपातपछि सुरक्षित स्थानमा बस्ने क्रममा ओढारभित्र बसेको बेला ओढारमाथिबाट ठूलाठूला चट्टान खसेर गएको पहिरोले पुरिएर बेपत्ता भएका हिन्दुङका ४५ वर्षीय नोर्बु तामाङ र सोही ठाउँका १८ वर्षीय धनबहादुर तामाङको खोजीमा जुटेको सुरक्षाकर्मीको टोलीले पाँच दिनपछि उनीहरूको शव फेला पारेको सशस्त्र प्रहरी बल धादिङबँेसी गुल्म प्रमुख प्रहरी नायव उपरीक्षक दर्शन गिरीले जानकारी दिए । ओडारभित्र फसेका दुवैको ठूलो ढुङ्गाले च्यापिएर मृत्यु भएको हो । खोजी कार्यमा प्रहरी निरीक्षक लक्ष्मणबहादुर बस्नेतको नेतृत्वमा…

Read More

काठमाडौं : सरकारी अनुदानको मल मात्रै कारोबार गर्ने कृषि सामग्री कम्पनीले २५ करोड मूल्यबराबरको मल गायब पारेको खुलेको छ। सरकारी स्वामित्वकै कम्पनीले युरिया र डीएपी मल गुपचुप पारेपछि खोजीको विषय बनेको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले गत आर्थिक वर्ष २०७३।७४ मा कृषि सामग्रीलाई २५ करोड मूल्यबराबरको रसायनिक मल किसानलाई उपलब्ध गराउन रकम निकासा गरेको थियो। त्यस्तै प्रांगारिक मल खरिद गर्न १५ करोड रूपैयाँ उपलब्ध गराएको थियो। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले व्यवसायीसँग मिलोमतो गरी मापदण्ड मिचेर १५ करोड मूल्य बराबरको गुणस्तरहीन मल खरिद प्रक्रिया अघि बढाएको थियो। त्यसपछि उक्त मल खरिद प्रक्रिया रद्द भएको थियो। प्रांगारिक मलबापतको १५ करोड रुपैयाँ कृषि…

Read More

काठमाडौँ,: प्रहरीले अवैध रुपमा लैजान लागेको १९ हजार ७०० अमेरिकी डलरसहित इजरायली नागरिकलाई आज पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फ प्रस्थान गर्ने स्थानबाट इजरायली नागरिक तासी छकी बेन मोहा बेनलाई उक्त परिमाणको अवैध डलरसहित पक्राउ गरिएको हो । काठमाडौँबाट थाइल्याण्ड जान लागेका उनलाई जाँच गर्दा अवैध रुपमा डलर लैजान लागेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई इजरायली नागरिकलाई आवश्यक कारबाहीका लागि राजश्व विभाग हरिहरभवन ललितपुर पठाइएको छ ।

Read More