Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- भदौमा एलपी ग्यासको आयात र बिक्री हालसम्मकै उच्च, झन्डै ६० हजार टन आयात
- १३ देशमा नयाँ राजदूत नियुक्त, कुन देशमा को परे ?
- भोटेकोशी बाढी: बेपत्ता कर्मचारीका परिवारलाई प्राधिकरणले तत्काल ५ लाख, ६ महिनासम्म आधा तलब दिने
- बागमतीसहित दर्जनौँ नदीमा बाढीको खतरा
- बाढी प्रभावित तीन जिल्लामा बिजुली सूचारु
- भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १,४०९ पुग्यो
- रविले बोलाए सर्वदलीय बैठक
- मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, भोटेकोसी बाढीबाट करिब ४०० ट्रक तथा कन्टेनर हराएको जानकारी
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ, (रासस): राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको निजगढ विमानस्थलको निर्माण मोडालिटीबारे छलफल र बहस जारी रहेका बेला उपयुक्त विकल्प नआए सरकार आफैँले आयोजना अघि बढाउने भएको छ । नेपाल इञ्जिनीयर्स एशोसिएशनले यहाँ आयोजना गरेको ‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको वर्तमान आवश्यकता र औचित्य’ विषयक अन्तरक्रियामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले विमानस्थल निर्माणका लागि अन्तर्राष्ट्रिय दाताको खोजी भइरहे पनि विश्वासिलो आधार नभए सरकार आफैँले काम अघि बढाउने उल्लेख गर्नुभयो । उहाँले निजगढ विमानस्थल निर्माणको मोडालिटीबारे चरणबद्ध छलफल चलिरहेको भन्दै आगामी तीन महीनाभित्र निर्माणको टुङ्गो लाग्ने जानकारी गराउनुभयो । मुख्य पूर्वाधार रोकेर देशअगाडि बढ्न नसक्ने उल्लेख गर्दै उहाँले वातावरणकै विषयको विवादले विमानस्थल…
हुम्ला, २५ माघ (रासस): लगातार हिमपात भएपछि जिल्लाको उत्तरी भेगमा रहेको नाम्खा गाउँपालिकाको तुम्कोटस्थित कर्णाली नदीमा पानीको बहाव घटेको छ । नाम्खा गाउँपालिका– ६ लिमीबाट कर्णालीमा पानीको बहाव घटेको प्रहरी नायब उपरीक्षक रबिनकुमार श्रेष्ठले जानकारी दिनुभयो । “के कति कारणले पानीको बहाव घटेको हो, कुनै जानकारी छैन”, उहाँले भन्नुभयो । उहाँले यसबारे मुचु–६ तुम्कोटस्थित प्रहरी चौकीमा कार्यरत प्रहरीसँग जानकारी लिने काम भइरहेको बताउनुभयो । “बाक्लो हिमपातका कारण पानीको बहाव घटेको हुनसक्छ”, श्रेष्ठले भन्नुभयो । हावाहुरीले छात्रवासको छाना उडायो जिल्लामा बिहीबार रातिदेखि चलेको हावाहुरीले सिमकोटस्थित सहारा समूहको छात्रवासको छानो उडाएको छ । छात्रवासमा ५७ फरक क्षमता भएका बालबालिका बसोबास गर्दै आएका…
काठमाडौँ: तिन दिनदेखि राजधानीमा परिरहेको हिउँदे वर्षाले उपत्यकाका केहि पहाडी क्षेत्रमा समेत हिउँ पारेको छ। काठमाडौँ वासी उपत्यकाबाट देखिएको हिउँ हेर्न लालाहित देखिन्थे भने आधिकांश मानिष आ-आफ्ना कौसी र सडकबाट हिउँ हेर्न तम्सिएका थिए। हामीले केही तस्बिरहरु सामाजिक संजाल प्रयोगकर्ता उमेश ओझा र सुशील मैनालीका फेसबुकबाट लिएका हौँ।
भरतपुर: चितवनमा एक १३ वर्षीय बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा चितवन प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । रत्ननगर नगरपालिका–७ बछ्यौलीकी एक बालिकालाई आर्थिक प्रलोभन देखाई करणी गर्ने बाराको कोल्ही नगरपालिकाका ३० वर्षीय गङ्गा चौधरी र सोही स्थानका २२ वर्षीय अजय कुमारलाई नियन्त्रणमा लिइएको रत्ननगर इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दयानिधि ज्ञवालीले जानकारी दिनुभयो । उनीहरुलाई घटनास्थलबाट चार किलोमिटर टाढा रत्ननगर–६ को आर्मी ब्यारेक नजिकबाट नियन्त्रणमा लिएर कारबाहीका लागि तयारी भइरहेको उहाँले बताउनुभयो । बालिकाको स्वास्थ्य परीक्षणपछि अभिभावकको जिम्मा लगाइएको र आरोपित व्यक्तिले मादक पदार्थ सेवन गरेर करणी गरेको अनुसन्धानबाट खुलेको बताइएको छ ।
डोल्पा: कर्णाली प्रदेशअन्तर्गत पर्ने डोल्पा, जुम्ला, हुम्ला, मुगुलगायत जिल्लामा पुनः भएको हिमपातले त्यहाँको जनजीवन अस्तव्यस्त भएको छ । गत पुस र माघको अहिलेसम्म लगातार पाँचौ पटकसम्म भारी हिमपात भएको हो । चौथो पटक परेको हिउँ बिलाउन नपाउँदै फेरि हिउँ पर्न थालेपछि कर्णालीको जनजीवन अस्तव्यस्त भएको छ । केही सयम अगाडि रोकिएको हिमपात पुनः बुधबारदेखि शुरुभएर डोल्पा सदरमुकाम दुनै, हुम्लाको सिमीकोट, जुम्लाको खलङ्गा, मुगुको गमगडी बजार सेताम्य भएका छन् भने आसपासका डाँडापाखा तथा जङ्गल पनि हिउँले ढाकिएका छन् । कर्णाली सदरमुकामदेखि उत्तरी क्षेत्रमा पर्ने उच्च हिमाली भूभागमा तीनदेखि चार फिटसम्म हिउँ जमेको छ । लगातार परेको हिमपातका कारण उपल्लो डोल्पामा चारदेखि…
काठमाडौँ: नेपाली काङ्ग्रेसले निश्चित कुनै घटनालाई आधार मानेर भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घका नेताहरुलाई फौजदारी मुद्दा लगाउने विषयलाई गम्भीर रुपमा लिएको जनाएकोे छ । काङ्ग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले शान्तिपूर्ण प्रदर्शनका क्रममा भएका केही दुःखद घटनालाई आधार मानेर हालै पोखरामा सङ्घका नेताहरुलाई फौजदारी मुद्दा लगाइएको भन्दै गिरफ्तार विद्यार्थीलाई तत्काल रिहाइ गर्न सरकारसँग माग गरेको हो । बैठकले यही माघ २१ गते राष्ट्रव्यापी प्रदर्शनमा भएको लाखौँको जनसहभागिताप्रति आभार प्रकट गर्दै छोटोे समयमा भव्य प्रदर्शन अयोजना गर्ने पार्टीका सबै जिल्ला कार्यसमितिलाई धन्यवाद दिएको छ । साथै प्रदर्शनको समाचार व्यापक रुपले सम्प्रेषण गर्ने सबै सञ्चारमाध्यमलाई पनि बैठकले धन्यवादज्ञापन गरेको पार्टी केन्द्रीय कार्यालयका…
चौतारा: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले राजनीतिक स्थिरताका लागि पार्टी एकीकरण जरुरी रहेको उल्लेख गर्दै पार्टी एकताको काम आगामी फागुनको पहिलो साताभित्र टुङ्गो लगाइने बताउनुभएको छ । सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिकाअन्तर्गत कुविण्डेस्थित सेतीदेवी पञ्चकन्या माविको ४२आँै वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकारको काम बाहिर त्यति नदेखिए पनि युगान्तकारी काम भएको बताउनुभयो । उहाँले संविधान कार्यान्वयनलाई असफल बनाउन देशीविदेशी तत्वहरु सक्रिय रुपमा लागिपरेको आरोप लगाउनुभयो । गरीबीका कारण स्वास्थ्योपचार तथा विद्यालयमा अध्ययन गर्न वञ्चित रहेका व्यक्तिलाई सरकारले आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष दाहालले सो विद्यालयलाई कृषि क्याम्पस बनाउन प्रस्ताव राख्ने आश्वासनसमेत दिनुभयो । कार्यक्रममा प्रतिनिधिसभा…
हेटौँडा: प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले यातायात क्षेत्रको सिण्डिकेट नीतिगत रुपमा खारेज गरिए पनि व्यावहारिक रुपमा भने खारेज नभएको बताउनुभएको छ । नारायणी यातायात व्यवसायी कम्पनी प्रालिको आज उद्घाटन गर्दै उहाँले हालका दिनमा यातायात व्यवसायी अन्योल र चिन्तामा रहेको आफूले महसुस गरेको बताउनुभयो । यातायात क्षेत्रलाई समेट्ने छुट्टै ऐन चाहिने उल्लेख गर्दै उहाँले खर्बौं लगानी रहेको यातायात क्षेत्रको आर्थिक योगदानको कदर गरिने जानकारी गराउनुभयो । कार्यक्रममा नेकपाका स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले देशको आर्थिक क्षेत्र विदेशीको कब्जामा पर्न नदिन बेलैमा सचेत हुन अनुरोध गर्नुभयो । राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले चाँडै यातायात परिषद् गठन गरिने र त्यसको नियमनमा यातायात उद्योगलाई…
काठमाडौँ: पूँजी बजारमा आज पुन: गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक बुधबार ७ दशमलब ३८ अंकले घटेर एक हजार १३९ दशमलब ७२ अंकमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ५२ अंकले घटेर २४२ दशमलब ५० अंकमा झरेको छ । आज कूल १६७ कम्पनीका 7 लाख ४६ हजार ९४६ कित्ता शेयर २३ करोड ५६ लाख ३६ हजार ८५९ मूल्यमा खरीद बिक्री भएका छन् । आजको सबै समूहको परिसूचकमा गिरावट आउँदा कारोवार रकममा समेत भारी गिरावट आएको छ । बाणिज्य बैंक ५ दशमलब ८४ अंक, विकास बैंक २…
काठमाडौँ: सार्वजानिक बिदा समावेश नगरी विसं २०७६ को पात्रो (पञ्चाङ्ग) प्रकाशन भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिले विसं २०७६ का लागि तोयनाथ, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, आकाश दर्शन, बगलामुखी, शुभ, बाबा गोरखनाथ, कीर्ति र सिद्धि गरी १३ वटा पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिएको छ । समितिमा सरकारले नियुक्त गरेका धर्मशास्त्रविद् विद्वानको छलफलमा आगामी वर्षको चाडबाडसम्बन्धी निर्णय गरिएकाले स्वीकृत पात्रो प्रयोग गर्न समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले आह्वान गर्नुभएको छ । आफूखुशी निस्कने पात्रोका कारण मानिसमा चाडबाडसम्बन्धी भ्रम सिर्जना हुने गरेको छ । गृह मन्त्रालयले विसं २०७६ मा दिइने बिदाको सूची उपलब्ध नगराएकाले आगामी वर्ष…