Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- १३ देशमा नयाँ राजदूत नियुक्त, कुन देशमा को परे ?
- भोटेकोशी बाढी: बेपत्ता कर्मचारीका परिवारलाई प्राधिकरणले तत्काल ५ लाख, ६ महिनासम्म आधा तलब दिने
- बागमतीसहित दर्जनौँ नदीमा बाढीको खतरा
- बाढी प्रभावित तीन जिल्लामा बिजुली सूचारु
- भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १,४०९ पुग्यो
- रविले बोलाए सर्वदलीय बैठक
- मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, भोटेकोसी बाढीबाट करिब ४०० ट्रक तथा कन्टेनर हराएको जानकारी
- सुस्त पुँजी बजार उकास्न सरकारको २१ बुँदे योजना, यस्ता छन् व्यवस्था
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
हेटौँडा: चौध वर्षमा प्रवेश गर्दै गरेका युद्धवीर माघ २ गते निक्कै व्यस्त थिए । कतिपय उनीसँग सेल्फी खिच्दै थिए त कतिपय अन्तरवार्ता लिँदै । लज्जालु स्वभावका युद्धवीर भने भीडबाट टाढिन खोज्थे । मुश्किलले पाँच÷ छ वटा घर भएको साविक फापरबारी गाविस र अहिलेको बागमती गाउँपालिकाको केन्द्र रहेको झुरझुरेको मुख्य मार्गबाट २० मिनेटको ठाडो उकालो हिँडेपछि पुगिने सानो गाउँ थलीमा २०६२ माघ ८ गते साँझ ५ बजे जन्मिएका थिए युद्धवीर । उनी थुप्रै संयोगहरुका बीच जन्मिएर भाग्यले बाँचेका एक किशोर हुन् । युद्धवीर त्यही दिन जन्मिए जुन दिन उनका हजुरबुबा र काका मारिएका थिए । बाबुलाई गोली लाग्यो । युद्धवीर त्यही…
काठमाडौँ: मुलुकभर आज मौसममा आंशिकदेखि सामान्य बदली भई पहाडी भेगका केही स्थानमा हल्का वर्षा र हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । पश्चिमी वायुको प्रभावले मौसममा आंशिकदेखि सामान्य बदली देखिए पनि बेलाबेलामा घाम पनि लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अपराह्नदेखि भने देशभर पूर्ण बदली भई हल्का वर्षा र उच्च पहाडी भेगतिर मध्यम खालको हिमपात हुने मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो । रातिचाहिँ काठमाडौँ उपत्यकामा पनि वर्षा हुन सक्ने बताइएको छ । ‘। “यस अवधिमा न्यूनतम तापक्रम नघटे पनि अधिकतम तापक्रम घट्ने भएकाले बढी चिसो महसुस गरिएको हो”, मौसमविद् नगरकोटीले भन्नुभयो । आज काठमाडौँको न्यूनतम तापक्रम ५…
काठमाडौँ: खानेपानी मन्त्री बिना मगर अस्पताल भर्ना भएकी छिन् । उनलाई भाइरल भाइरल ज्वरोका कारण हिजोदेखि (सोमबार) धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको छ। मन्त्री मगरका प्रेस संयोजक सुकदेव चापागाईंका अनुसार उनको स्वस्था अहिले केहि सुधारदेखिएपनि अझै केहि दिन अस्पतालमा रहनु हुनेछ। उनलाई डाक्टरले अझै तीन चार दिन आराम गर्न सुझाएको उनले बताए।
काठमाडौँ: सुरुङ बनाइरहेको निर्माण व्यवसायीसँग ठेक्का सम्झौता रद्द गर्ने तयारी गरिरहेको मेलम्ची खानेपानी विकास समितिले दाता एशियाली विकास बैंक (एडिबी)सँग छलफल गरेको छ । दाताले बाँकी कामका लागि अर्को बोलपत्र आह्वान गर्दा आयोजनाको काममा ढिलाइ हुने भएकाले सहायक निर्माण व्यवसायी कम्पनीलाई छोटो कामको जिम्मेवारी दिन सुझाएको समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले राससलाई जानकारी दिनुभयो । सिन्धुपाल्चोकको अम्बाथानबाट काठमाडौँको सुन्दरीजलसम्मको २७.५ किलोमिटर सुरुङ मार्गमध्ये ४१० मिटरको अन्तिम ‘फिनिसिङ’ हुन बाँकी छ । यसैगरी ८८५ मिटरमा ढलान गर्नुपर्ने छ । सुरुङभित्रको हावा जान निर्माण गर्नुपर्ने तीन ‘भ्यान्टिलेसन’ मध्ये दुई बनाउनुपर्नेछ । ग्याल्थुमबाट अम्बाथानबीचको ‘भ्यान्टिलेसन’ यसअघि नै छेडिएको छ । सुन्दरीजलबाट सिन्धुकोबीच र सिन्धुबाट…
काठमाडौँ: राजधानीको थापाथलीलाई केन्द्रबिन्दु बनाएर मंगलबार बिहान ११: २६ बजे ३ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार थापाथली केन्द्रबिन्दु भएर सामान्य खालको भूकम्प गएको छ। राजधानीलाई केन्द्रबिन्दु बनाएको हुनाले जमीन मुनिबाट ठुलो आवाज आएको जस्तो सुनिएको हो, केन्द्रले भन्यो। मानिसहरु एकाएक भूँचालो भूँचालोभन्दै अत्तालिएका थिए। केन्द्रका अनुसार आज गएको भूकम्प पनि गोरखा भूकम्पको एउटा सानो परकम्प मात्रै हो ।
अमरगढी: डडेल्धुरामा सोमबार राति परेको हिमपातले सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको यातयात ठप्प भएको छ । दार्चुला, डडेल्धुरा, बैतडी, बझाङ, डोटी, अछाम र बाजुराको मुख्य राजमार्ग मानिने भीमदत्त राजमार्गमा सोमबार रातिदेखि यातायात सेवा चलेको छैनन् । डडेल्धुरा जिल्लाअन्तर्गत पर्ने भीमदत्त राजमार्ग मेलखर्क, हगुल्डे, साउँ खर्क, भत्कडाँ, स्याउले बजारलगायत क्षेत्रमा करीब चार इन्च बाक्लो हिउँ जमेको छ । राजमार्गमा जमेको हिउँ हटाउन डोटीको बूडरबाट डोजर मगाइ सडक खुलाइने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा राजमार्गको हिउँ हटाउने र सडक खुलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । यस वर्ष यस क्षेत्रमा…
काठमाडौं: सरकारका प्रबक्ता तथा संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पत्रकार तथा कर्मचारीलाई न्यूनतम पारिश्रमिक नदिने सञ्चारगृहलाई सरकारी सेवा सुविधाबाट बञ्चित गर्न सम्बद्ध निकायलाई पत्राचार गरेको बताएका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सोमवार सूचना विभाग, प्रेस काउन्सिल नेपाल र न्यूनतम पारिश्रमिक निर्धारण समितिलाई अलगअलग पत्रमार्फत् न्यूनतम पारिश्रमिक लागु भए/नभएको विवरण मागेको हो। सञ्चारमन्त्री गोकुल बास्कोटाले कात्तिक १ देखि लागू भएको पत्रकारहरुको न्यूनतम पारिश्रमिक कार्यान्वयन भए–नभएको जानकारी मागेका छन्। सरकारले कात्तिक १ देखि लागू हुने गरि राष्ट्रियस्तरका सञ्चार माध्यममा कार्यरत पत्रकारको न्यूनतम पारिश्रमिक मासिक २४ हजार ३ सय तोकेको छ । श्रमजीवी पत्रकार ऐन पूर्ण रुपमा कार्यान्वयन गर्न र न्यूनतम…
वासिङ्टन: अमेरिकी सिनेटर कमला ह्यारिसले सोमबार राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा गरेकी छिन्। राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्न उम्मेदवारी घोषणा गर्नेहरुको भिडमा उनले पनि उम्मेदवारी घोषणा गर्नुभएको हो । अमेरिकी मुल्य मान्यताका लागि र आगामी दिनमा अमेरिका आफैँमा भर पर्नु पर्छ भन्ने पक्षमा उभिदै आफूले राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा गरेको उनले बताएकी हुन्। सामाजिक सञ्जाल ट्वीटरमा राखेको भिडियो सन्देश मार्फत् उनले उम्मेदवारी घोषणा गरेको समाचारमा जनाइएको छ । सन फ्रान्सीस्कोका लागि २००४ देखि २०११ सम्म दुई कार्यकाल जिल्ला प्रतिनिधि हुनु भएकी उनी दुई पटक क्यालिफोर्नियाको आम निर्वाचनमा पनि निर्वाचित भएकी थिइन् । त्यो कार्यकाल उनको २०११ देखि २०१७ सम्म थियो ।…
काठमाडौँ: सुन तस्करीसम्बन्धी मुद्दा पेसी व्यवस्थापनमा ‘कैफियत’ भेटेपछि न्यायपरिषदले उच्च अदालत बिराटनगरका मुख्य न्यायाधिश कुलरत्न भुर्तेललाई समेत कारवाही स्वोरुप काठमाडौँ तानेको छ। परिषद बैठकले सोमबार भुर्तेललाई न्यायपरिपरिषद सचिवालयमा काज सरुवा गरेको हो। साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या काण्डमा आरोपीबारे जिल्ला अदालतले गरेको थुनछेक आदेश विरुद्धको निवेदन व्यस्थापनका क्रममा भुर्तेलको भूमिका शंकास्पद देखिएको स्रोतको भनाइ छ। यस्ता निवेदनहरु उहाँले सुरुमा एकसाथ राख्नुभयो, पछी अलगअलग गरेर इजलास बाँडेको भेटियो, परिषद स्रोतले भन्यो। ‘पेसी व्यवस्थापनलगायत कतिपय कार्यविधिका बिषयबस्तुमा गम्भीर प्रश्न उठेपछि झिकाइएको हो।’ न्यायपरिषदले उच्च अदालत बिरत्नागर्को घटनाबारे छानविन गर्न सर्बोच्च अदालतका न्यायाधिश इश्वरप्रसाद खतिवडालाई जिम्मेवारी दिएको छ। उनले…
हुम्ला: सोमबार रातिदेखि अचानक परेको भारी हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ । हुम्लामा सोमबार रातिदेखि हिमपात हुनुका साथै हुरी चलिरहेको छ । हिमपातले सदरमुकाम सिमकोट आवतजावत गर्न समस्या बनाएको छ । अचानक सोमबार रातिदेखि हिमपात हुन थालेपछि स्थानीयवासीलाई घरबाहिर निस्कनसमेत समस्या भएको छ । अहिले सिमकोटमा झण्डै एक फिट हिउँ जमेको छ भने सिमकोटभन्दा उत्तरी क्षेत्रका गाउँमा दुई फिटसम्म हिउँ जमेको बताइएको छ । हिमपातले जिल्ला सदरमुकाम सिमकोटदेखि उत्तरी क्षेत्रका सबै गाउँको तापक्रम माइनसमा पुग्नुको साथै आवतजावतसमेत बन्द भएको छ । हिमपातले जिल्लाको उत्तरी क्षेत्रका लिमी, मुचु, खगालगाउँ, स्याँडा, हेप्क्का र बरगाउँ, सिमकोटलगायतका गाउँमा आवतजावत बन्द भएको छ ।…