Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- चेम्बरद्वारा उद्योगमन्त्रीलाई व्यापारिक उधारो असुलीसम्बन्धी विधेयकको प्रारम्भिक मस्यौदा हस्तान्तरण
- सुरक्षाकर्मीलाई जलविद्युत् आयोजनाको आईपीओमा २ प्रतिशत सहभागिता दिने तयारी
- आईपिओको तयारीमा रहेको चितवनको रोयल टुलिपले पायो पाँचतारे डिलक्स मान्यता
- न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै, शुक्रबारदेखि अति भारी वर्षाको सम्भावना
- कांग्रेसको पालिका अधिवेशन सुरू
- प्रधानमन्त्री बालेनलाई उनकै कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेले गरे बिदाइ
- महासभामा सहभागी हुन प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै
- त्रिपुरेश्वरमा बस आगलागीमा जलेका चालकको मृत्यु
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिव चन्द्रमान श्रेष्ठ विरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ। श्रेष्ठले सार्वजनिक पदमा रहँदा अवैध सम्पत्ती आर्जन गरेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । अख्तियारले आज भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको मुद्दा दर्ता गरेको हो । हाल वातावरण मन्त्रालयमा सहसचिवका रुपमा कार्यरत श्रेष्ठले पदमा रहँदा १ करोड ३४ लाख ५ सय ३६ रुपैया ७६ पैसा अवैध आर्जन गरेको अख्तियारको ठहर छ। यातायात व्यवस्था विभागमा पूर्वमहानिर्देशक समेत रहेका श्रेष्ठ विरुद्ध १ करोड ३४ लाख रुपैयाँ भ्रष्टाचारको आरोप छ।…
काठमाडौँ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली ‘रायसिना संवादको चौथो संस्करण’मा भाग लिन भोलि बिहीबार नयाँ दिल्ली जाँदै छन् । मन्त्री ज्ञवालीले उक्त संस्करणलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अब्जर्भर रिसर्च फाउण्डेशनद्वारा भारतीय विदेश मन्त्रालयको सहकार्यमा हुने सो कार्यक्रमम यस वर्षको विषय ‘अ वल्र्ड रिअर्डरः न्यू जिओमेट्रिक्स, फ्ल्युड पार्टनरसिप, अनसर्टेन आउटकम्स’ छ । भ्रमणका अवधिमा मन्त्री ज्ञवालीले भारत सरकारका उच्च अधिकारीसँग समेत भेटघाट गर्नेछन । मन्त्री ज्ञवाली पर्सि शुक्रबार स्वदेश फर्किने कार्यक्रम छ ।
काठमाडौँ : आजको शेयर बजार सामान्य अंकले बढ्दै लगानीकर्ताहरूलाई केहि राहत दिलाएको छ । बुधबार नेप्से २.२९ अंकले बढेर ११७९.३६ बिन्दुमा पुगेको छ । हिजो धितोपत्र बोर्डले कमजोर रेटिङ्ग भएका कम्पनीहरूले आइपिओ निष्काशन गर्न नपाउने व्यवस्था गरेपछि शेयर बजार उकालो लागेको हो । झिनो अंकले बढेको बजारमा ३४ करोड भन्दा बढीको काराेबार भएको छ । तर कारोबारमा भने खासै सुधार देखिएन । आज १६६ कम्पनीका १५ लाख १३ हजार ९२१ कित्ता शेयर किनबेच भयो । आज कारोबार भएका १० उपसूचक मध्ये फाइनान्स र अन्य समूहको सुचक ऋणात्मक देखियो । बाँकी ८ सुचक सकारात्मक छन् । बुधबार छिमेक लघुवित्तको संस्थापक शेयर…
काठमाडौँ: राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ लाई प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकले बहुमतबाट पारित गरेको छ । समितिका उपस्थित १८ सदस्यमध्ये १४ जना सदस्य विधेयकको पक्षमा र बाँकी चार जना विपक्षमा रहेका थिए । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सदस्यले विधेयकको विपक्षमा आफ्नो मत राख्नुभएको थियो । सङ्घीय संसद्, प्रतिनिधिसभा नियमावली २०७५ को १८१ धाराअनुसार समितिको बैठकले बहुमतका आधारमा विधेयक पारित गरेको थियो । समितिका सदस्य भैरवबहादुर सिंहको संयोजकत्वमा गठित उपसमितिले तयार पारेको सो विधेयकका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदनलाई समितिका सभापति जयपुरी घर्तीले बैठकमा निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो । यसअघि समितिको बैठकमा शिक्षा तथा विज्ञान प्रविधिमन्त्री…
डिप्रोक्स लघुवित्त (DDBL) को २० प्रतिशत लाभांश सुरक्षित गरि लाभ उठाउने आज अन्तिम दिन हो । लघुवित्तले भोलि शेयरधनी दर्ता किताव बन्द गर्ने भएकोले आज सम्म कायम शेयरधनीले मात्र लाभांश पाउने छन् । लघुवित्तको साधारण सभा माघ ११ गते हुदैछ । लघुवित्तको साधारण सभाले १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लभांश वितरण गर्ने प्रस्ताब साधारण सभाबाट पारित गर्नेछ । आज लघुवित्तको प्रतिशेयर ६५३ रूपैयाँको हाराहारीमा कारोबार भईरहेको छ । लघुवित्तको हाल चुक्ता पुँजी ७० करोड ३१ लाख रूपैयाँ छ । बोनस वितरण पश्चात लघुवित्तको चुक्ता पुँजी ७७ करोड ३४ लाख १० हजार रूपैयाँ…
भक्तपुर : सूर्यबिनायक नगरपालिका–५ सल्लाघारी चोकस्थित भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ सिर्जनानगरबाट दुवाकोटतर्फ जाँदै गरेको बा ९४ प ७१७४ नं को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक भक्तपुरको चाँगुनारायण नगरपालिका–४ बस्ने २९ वर्षीय शहीद तामाङको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए दुर्घटनामा मोटरसाइकलमा सवार दुईजना घाइते भएको र तामाङको उपचारको क्रममा इवामुरा अस्पताल सल्लाघारीमा मृत्यु भएको र अर्का घाइते चाँगुनारायण नपा ४ बस्ने २७ वर्षीय सेरवबहादुर तामाङको सोही अस्पतालमा उपचार भइरहेको उनले बताए ।
काठमाडौं: लोकसेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक) नायव सुब्बा वा सो सरहको पदहरुमा भर्ना खुलाएको छ । खुल्ला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गरिने सो पदहरुमा आगामी माघ १५ भित्र अनलाइन दरखास्त दिन सकिने आयोगले बुधबार निकालेको सूचनामा उल्लेख छ । यस्तै दोब्बर दस्तुत तिरेर माघ २२ गतेसम्म पनि आवेदन दिन सकिनेछ । आयोगको विभिन्न कार्यालयबाट न्याय, परराष्ट्र, लेखापरीक्षण र व्यवस्थापिका संसद सेवामा ठूलो संख्यामा कर्मचारी माग गरिएको हो । आयोगका अनुसार प्रथम पत्रको लिखित परीक्षा आगामी फागुन १८ गते हुनेछ भने द्धितीय पत्र बैशाख ७ गते हुनेछ । यस्तै तृतीय र चतुर्थ पत्रको परीक्षाा क्रमशः बैशाख ७ र…
काठमाडौँ: इन्डोनेसियाको फुटबल लिग च्याम्पियन पोर्सिजा जाकर्ता क्लबले नेपालका मिडफिल्डर रोहित चन्दसँगको सम्झौता थप गरेको छ । रोहितको सो क्लबसँगको सम्झौता २०१८ डिसेम्मरसम्म थियो । रोहितले इन्डोनेसियाको फुटबल लिगमा त्यहाँको पेर्सिजा जाकर्ता क्लबबाट खेल्दै लिग उपाधि जिताउनुका साथै प्रतियोगिताकै उत्कृष्ट खेलाडीको उपाधि जित्न सफल भएका थिए । पोर्सिजाका व्यवस्थापकले विज्ञप्ति जारी गर्दै रोहितसँगको सम्झौता थप गरिएको पुष्टि गरेको हो । पोर्सिजाको प्रबन्ध निर्देशक जेडे विडिएडेद्वारा जारी विज्ञप्तिमा रोहितसँग सम्झौता थप गर्ने निर्णय गरेको उल्लेख छ । विज्ञप्तिमा उत्कृष्ट खेलाडी रोहित अझै पेर्सिजा क्लबका लागि आवश्यक भएको उल्लेख गरिएको छ । रोहित अहिले बिदा मनाउन नेपालमा छन् । सम्झौता थप गर्ने…
नेपालगञ्ज: बाँकेको कोहलपुरबाट गए राति प्रहरीले ठूलो परिमाणको चरेससहित तीन जनालाई पक्राउ गरेको छ । प्रदेश नं ५ प्रहरी अनुसन्धान व्यूरो नेपालगञ्जबाट प्रहरी निरीक्षक बोधराज रेग्मीको नेतृत्वमा खटिएको टोलीले कोहलपुर–९ कौशिल्या मेमोरियल अस्पताल अगाडिबाट ३० किलो चरेससहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सल्यान कुपिन्देह नगरपालिका–८ का कालीमान बुढा, सुर्खेत गुर्भाकोट–१ का बुद्धबहादुर रिजाल र पश्चिम रुकुम मुसिकोट–६ का बलबहादुर बुढा रहेका छन् । तीनै जनालाई आवश्यक कारवाहीका लागि प्रहरी हिरासतमा राखिएको छ ।
नयाँ दिल्ली: भारतको तल्लो सदनले नागरिकतासम्बन्धी विवादास्पद कानून पारित गरेको छ । नागरिकता दिँदा मुस्लिम समुदायका व्यक्तिलाई पक्षपात गर्ने व्यवस्था रहेको कानून संसदले मङ्गलबार पारित गरेको हो । नयाँ कानूनमा बङ्लादेश, पाकिस्तान र अफगानिस्तानबाट कम्तीमा ६ वर्षदेखि भारतमा बस्दै आएका हिन्दू, क्रिश्चियन र शिख धर्मावलम्बीलाई नागरिकता दिने तर मुस्लिम समुदायका व्यक्तिहरूलाई भने नागरिकता नदिने उल्लेख गरिएको अधिकारीहरूले बताएका छन् । नयाँ कानूनले मुस्लिम समुदायमाथि अन्याय गरेको भन्दै आलोचना भएको छ । नागरिकताका लागि धर्म विषेशलाई पक्षपात गरेकाले यो कानून विवादमा परेको हो । प्रधानमन्त्री नरेन्द्र मोदी हिन्दूवादी भएको र मुस्लिम समुदायप्रति अनुदार भएकाले यस्तो कानून आएको कतिपयको टिप्पणी छ ।…