Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- १३ देशमा नयाँ राजदूत नियुक्त, कुन देशमा को परे ?
- भोटेकोशी बाढी: बेपत्ता कर्मचारीका परिवारलाई प्राधिकरणले तत्काल ५ लाख, ६ महिनासम्म आधा तलब दिने
- बागमतीसहित दर्जनौँ नदीमा बाढीको खतरा
- बाढी प्रभावित तीन जिल्लामा बिजुली सूचारु
- भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १,४०९ पुग्यो
- रविले बोलाए सर्वदलीय बैठक
- मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, भोटेकोसी बाढीबाट करिब ४०० ट्रक तथा कन्टेनर हराएको जानकारी
- सुस्त पुँजी बजार उकास्न सरकारको २१ बुँदे योजना, यस्ता छन् व्यवस्था
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: नेपाली महिला क्रिकेट टोली पहिलो पटक उपाधि उचाल्न चुकेको छ। थाइल्याण्डमा सम्पन्न महिला टि–२० स्म्यास क्रिकेट प्रतियोगिताको फाइनलमा घरेलु टोलीसँग ७० रनको फराकिलो अन्तरले पराजित भएसँगै नेपाल उपविजेतामा सीमित बनेको हो। थाइल्याण्डले दिएको १ सय २२ रनको लक्ष्य पछ्याएको नेपाली महिला टोलीले १७.२ ओभरमा सवै विकेट गुमाएर ५१ रनमात्रै बनाउन सक्यो। नेपालका लागि नेरी थापाले सर्बाधिक १७ रन जोडिन्। यस्तै सिता रानामगरले १३ बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन्। नेपालका चार ब्याट्सवुमनले रननै जोड्न सकेनन्। इन्दु बर्मा, डोली भट्ट, कविता कुँवर र आरती विडारीको नाममा कुनै रन रहेन। नेपालले लगातार विकेट गुमाइरह्यो। पहिलो ओभरमै नेपालले ओपनर काजल श्रेष्ठलाई १…
काठमाडौँ: ‘द विष्ट’को उपनामले प्रख्यात विश्व बडीबिल्डिङमा सबैभन्दा ठूलो ज्यान भएका खेलाडी रोली विङ्लार पहिलो पटक नेपाल आउने भएका छन् । नेपाली खेल इतिहासमा पहिलो पटक आयोजना हुन लागेको ‘आइएफबिबी प्रोफेसनल लिग नेपाल बडीबिल्डिङ च्याम्पियनसिप–२०१९ को प्रो क्वालिफायरका लागि विङ्लार आगामी फागुन २ गते काठमाडौँ आउन लागेको आयोजक आइएफबिबी लिग नेपालका प्रमुख एवं पूर्वखेलाडी सानु गुरुङले जानकारी दिनुभयो । बडीबिल्डिङको सबैभन्दा ठूलो प्रतियोगिता मानिने मिस्टर ओलम्पियामा भाग लिन प्रो कार्ड आवश्कता पर्छ र त्यसका लागि प्रो कार्ड अनिवार्य लिनुपर्ने हुन्छ । ‘फुटबलको वल्डकप वालिफायर जस्तै मिस्टर ओलम्पियाको लागि पनि यो क्वालिफायर हो, प्रो कार्ड बिना मिस्टर ओलम्पियामा भाग लिन पाउँदैन”,…
काठमाडौँ: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको हस्तक्षेपका विरुद्ध कांग्रेस सडकमा ओर्लनुपर्ने अवस्था आउनसक्ने बताएका छन्। शनिबार काङ्ग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन (सङ्घ) प्रदेश कार्यसमिति गण्डकीले पोखरामा आयोजना गरेको प्रशिक्षण तथा सम्मान कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले सरकारले कर्मचारी र प्रहरी प्रशासनमा अनावश्यक हस्तक्षेप गरिरहेको आरोप लगाए। सभापति देउवाले सरकारको ध्यान काममा भन्दा पनि हस्तक्षेपमा भएको आरोप लगाए। उनले अहिले कर्मचारीतन्त्र, प्रहरी प्रशासनसकारले हस्तक्षेप गरेको र भोलिका दिनमा सेना र न्यायलयमा पनि हस्तक्षेप गर्नसक्ने अवस्था रहेको दावी समेत गरे। सरकारले शिक्षा, निजामती ऐनलगायतका माध्यमबाट कर्मचारी, प्रहरी, सेनालगायतलाई समेत पार्टीका प्रति प्रतिबद्ध बनाउँदै हस्तक्षेप र नियन्त्रण गरिरहेको…
काठमाडौँ: धितोपत्र बजारमा यस साता विभिन्न १६९ कम्पनीका ५३ लाख ८४ हजार ६३४ कित्ता शेयर रु एक अर्ब ८५ करोड ६७ लाख ९७ हजार ६४६ मूल्यमा खरीद बिक्री भएका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर कारोवार मापक नेप्से परिसूचक १२ दशमलव ७२ बिन्दुले बढेर एक हजार १८७ दशमलव ७७ बिन्दुमा पुगेको छ । साताको पहिलो दिन एक हजार १७५ दशमलव शून्य पाँच बिन्दुमा रहेको नेप्से परिसूचक साताको अन्तिम दिनसम्म बढेर एक हजार एक हजार १८७ दशमलव ७७ बिन्दुमा पुगेको हो । साताको पहिलो दिन कारोवार मापक नेप्से परिसूचक पाँच दशमलव ७८ बिन्दुले घटेर एक हजार १७५ दशमलव शून्य पाँच…
काठमाडौँ: थाइल्याण्डमा जारी टी–२० स्म्यास क्रिकेटको उपाधि जित्न घरेलु टोली थाइल्याण्डले नेपालसामु १२२ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा एक विकेट गुमाएर १२१ रन बनाएको थियो । घरेलु टोलीका लागि नाथचन चनथमले सर्वाधिक ६९ रन बनाइन् । यस्तै नरुमोल चवाइले २७ र चानिदा सुथिरङले नटआउट १९ रन बनाइन् । समूह चरणमा अपराजित र सेमिफाइनलमा इन्डोनेसियालाई हराएको नेपाल उच्च मनोबलमा रहेको छ । शुक्रबार भएको सेमिफाइनलमा नेपालले इन्डोनेसियालाई ९२ रनले हराएको थियो । थाइल्याण्ड पनि अपराजित रहँदै नेपाल फाइनलमा पुगेको हो । सेमिफाइनलमा थाइल्याण्डले युएईलाई हराएर नेपालसँगको भेट पक्का गरेको थियो ।…
हेटौँडा: गोर्खाली सेनाले मुसलमान वंशका मिरकासिमको फौजलाई हराएको उपलक्ष्यमा यही माघ १० गते मकवानपुरगढीमा विजयोत्सव आगोजना गरिने भएको छ । बङ्गालबाट आएका मुसलमान मिरकासिम नेतृत्वको फौजलाई विसं १८१९ माघ १० गते गर्खाली सेनाले हराएको उपलक्ष्यमा प्रदेश नं ३ अन्तर्गत मकवानपुर जिल्लाको हाल गढी गाउँपालिका–२ स्थित मकवानपुरगढी दरबार परिसरमा यही माघ १० गते सो महोत्सव आयोजना गर्न लागिएको हो । तत्कालीन मकवानपुर राज्यलाई गोर्खाली फौजले विसं १८१९ भदौ ९ गते आक्रमण गरी आफ्नो अधिनमा लिएका थिए । मकवानपुरका अन्तिम सेन राजा तथा पृथ्वीनारायण शाहका जेठान दिगबन्धन सेन र उनका मन्त्री कनकसिंह बानियाँको आग्रहमा गोर्खाली सेनाविरुद्ध बङ्गालबाट आएका मुसलमानी सेनालाई विसं १८१९…
भद्रपुर: अर्जुनधारा नगरपालिका–१० कालिझोडाका ४४ वर्षीय खडानन्द पोखरेलले छिमेकी दुई महिलालाई खुकुरीले प्रहार गरी आफूले आत्महत्या गरेका छन् । मृतकलाई आज बिहान छिमेकी महिलाको घर नजिक खोल्सीमा घाँटी सेरिएर मृत्यु भइसकेको अवस्थामा प्रहरीले फेला पारेको थियो । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार मृतक पोखरेलले आज बिहान सोही वडाका २४ वर्षीया जमुना ओझा र १९ वर्षीय बालकुमारी भारतीलाई खुकुरी प्रहार गरी घाइते बनाएका थिए । ती महिलालाई खुकुरी प्रहार गरी घाइते बनाएपछि पोखरेलले घाँटी रेटेर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीको भनाइ छ । घाइते दुबै महिलालाई बिएण्डसी हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । आक्रमणमा…
दार्चुला: दार्चुलाको उत्तरी क्षेत्रस्थित नेपाल–भारत र चीनको त्रीदेशीय सीमाक्षेत्र व्यास गाउँपालिकाको वडा नं १ छाङ्गरु–तिङ्कर अहिले चिसो र सुरक्षाविहीन हुँदा पुरै बस्ती बसाइँसराइका लागि सदरमुकाम खलङ्गा झरिसकेको छ । स्थानीय सरकारले कायान्वयन गर्ने केही योजना व्यास गाउँपालिका वडा नं १ को त्यही मावनविहीन बस्तीमा परेको छ तर अहिले स्थानीय मात्र होइन, सुरक्षाकर्मीको उपस्थिति पनि त्यहाँ छैन । भारत र चीनका तर्फबाट सीमाक्षेत्रमा पर्याप्त कडाइका साथ सुरक्षाकर्मीको उपस्थिति हुँदा पनि नेपालका प्रहरी भने स्थानीवासीसँगै व्यासकै वडा नं २ दुम्लिङ झरेपछि छाङ्गरु र तिङ्कर सुरक्षाविहीन भएको हो । समुद्री सतहबाट १२ हजार फिट उचाइमा रहेको तिङ्करमा ६५ तथा छाङ्गरुमा १०५ घरधुरीको बसोबास…
काठमाडौँ: स्विटजरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको वार्षिक बैठकबाट नेपालले ठूलो लाभ लिनसक्ने विश्वास गरिएको छ । यही माघ ८ देखि ११ गतेसम्म हुने सो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले भाग लिनुहुने कार्यक्रम छ । सन् १९७४ देखि हुन थालेको विश्व आर्थिक मञ्चको डाभोस बैठकमा नेपालले पहिलो पटक प्रधानमन्त्री स्तरमा भाग लिन थाल्नुभएको हो । यसले विश्व आर्थिक परिदृश्यमा नेपाल पनि पर्न थालेको अनुभव गरिएको छ । प्रधानमन्त्री ओलीले सो बैठकका दुई वटा सत्रलाई सम्बोधन गर्नुहुनेछ । डाभोस स्विटजरल्याण्डको सूदूरपूर्वी ग्राउबुन्डेन क्यान्टनमा पर्ने एक सानो हिमाली शहर हो । ल्याण्डवासर नदीको किनारामा रहेको यो शहरको जनसङ्ख्या करीब ११ हजार मात्र…
काठमाडौं: सरकारले साइबर अपराध गर्नेलाई एक करोड जरिवानादेखि १५ वर्षसम्म जेल सजाय हुने कानुन ल्याउने तयारी पूरा गरेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिएको हो । सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले तयार गरेको ‘सूचना प्रविधि ऐन, २०७५’को विधेयकमा देशको राष्ट्रिय सुरक्षा एवं सार्वभौमसत्ता, राष्ट्रिय अर्थतन्त्र वा सार्वजनिक सेवामा गम्भीर असर पार्ने गरी विद्युतीय प्रणालीमा हानी पुर्याए ५० लाखदेखि एक करोडसम्म जरिवाना हुने उल्लेख छ । यस्ता व्यक्ति वा संस्थालाई पाँच वर्षदेखि १५ वर्षसम्म कैद सजाय हुने व्यवस्था पनि राखिएको छ ।