Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- १३ देशमा नयाँ राजदूत नियुक्त, कुन देशमा को परे ?
- भोटेकोशी बाढी: बेपत्ता कर्मचारीका परिवारलाई प्राधिकरणले तत्काल ५ लाख, ६ महिनासम्म आधा तलब दिने
- बागमतीसहित दर्जनौँ नदीमा बाढीको खतरा
- बाढी प्रभावित तीन जिल्लामा बिजुली सूचारु
- भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १,४०९ पुग्यो
- रविले बोलाए सर्वदलीय बैठक
- मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, भोटेकोसी बाढीबाट करिब ४०० ट्रक तथा कन्टेनर हराएको जानकारी
- सुस्त पुँजी बजार उकास्न सरकारको २१ बुँदे योजना, यस्ता छन् व्यवस्था
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
सङ्खुवासभा: राष्ट्रिय गौरवको परियोजनाका रूपमा रहेको अरुण तेस्रो जलविद्युत् आयोजनाको १५ प्रतिशत काम सम्पन्न भएको छ । आयोजनाको तुम्लिङटारस्थित कार्यालयका अनुसार अहिले मकालु गाउँपालिका–५ फ्याक्सिदामा सुरुङ्मार्ग र बाँध निर्माणको काम भइरहेको छ । उक्त आयोजनामा नेपाली र भारतीय गरी दुई हजार ६५ कामदारले काम गर्दै आएका छन् । आयोजना निर्माणको जिम्मा पाएको भारतको सतलज कम्पनीका प्रमुख कार्यकारी अधिकृत सतिशकुमार शर्माका अनुसार अहिलेसम्म तीन सय ५२ मिटर सुरुङ्मार्ग खन्ने काम सकिएको छ । “आयोजना निर्माण स्थलसम्मको सडक निर्माण अन्तिम चरणमा पुगेको छ, अब निर्माण सामग्री ढुवानीमा सहज हुनेछ,” उनले भने । आयोजना स्थलमा बिजुली नहुँदा निर्माणमा ढिलाइ भएको शर्माले बताए ।…
तौलिहवा : प्रहरीले चालीस केजी चरेससहित दुई जना भारतीयलाई कपिलवस्तु नगरपालिका–१ बहादुरगञ्ज जाने चोकबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत मोतिहारी जिल्ला पूर्वी चम्पारन थाना रक्सौल ग्राम परेउवाका ३२ वर्षीय ताहिर अली र सोही स्थानका ३२ वर्षीय मोहम्मद आलम रहेको प्रहरीले जनाएको छ । आज साँझ जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरिएको हो । पक्राउ परेकालाई जिल्ला अदालतबाट पाँच दिनका लागि थप अनुसन्धान गर्न म्याद थप गरी जिल्ला प्रहरी कार्यालयमा थुनामा राखिएको प्रहरी नायब उपरीक्षक रवि रावलले बताए । अन्य संलग्न व्यक्तिका बारेमा समेत सूक्ष्म अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
काठमाडौँ: प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बिचौलियालाई कानूनी दायरामा ल्याउन अदालतको अवहेलनाअन्तर्गत कारवाही गर्ने तयारी भइरहेको बताएका छन् । संवैधानिक तथा कानून पत्रकार मञ्चका अध्यक्ष लीलाधर उपाध्यायसहित टोलीसँग आज भएको भेटमा उनले न्याय सम्पादनमा अदालतको गरिमामा आँच पु¥याउने कार्य गरेमा अदालतको अवहेलनाअन्तर्गत कारवाही गरिने बताए। “विचौलिया कुना–कुनामा, टेबल–टेबलमा, बेञ्च बञ्चैमा घुसेको छ, यसको उन्मुतिm हुनुपर्छ, विचौलियालाई कर्मचारी, कार्यसम्पादन र प्रक्रियामा रोक्छौँ”, प्रधानन्यायाधीश राणाले भने, “घुसपैठ गरेर न्याय सम्पादन गरेमा अदालतको गरिमामा आँच पु¥याउने कार्य गरेको भनेर अदालतको अवहेलनातर्फ कारवाही गर्न लक्षित छौँ ।” प्रधानन्यायाधीश राणाले उच्च अदालत विराटनगरका पाँच न्यायाधीशको कार्यसम्पादनमा प्रश्न उठेको हुनाले अध्ययनका लागि न्याय परिषद्मा ल्याएको उल्लेख गर्दै सुक्ष्म…
काठमाडौँ : संवैधानिक परिषद्ले विभिन्न पाँच संवैधानिक आयोगमा अध्यक्ष पदका लागि नाम सिफारिश गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा पर्वतका बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगका अध्यक्षमा प्यूठानका शान्तराज सुवेदी र मधेशी आयोगको अध्यक्षमा धनुषाका डा विजयकुमार दत्तको नाम सिफारिश गरेको हो । त्यसैगरी, परिषद्ले थारू आयोगको अध्यक्षमा बर्दियाका विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगको अध्यक्षमा काठमाडौँका समिम अन्सारीको नाम सिफारिश गरेको बैठकपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए। नेपालको संविधानअनुसार संवैधानिक परिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट संवैधानिक आयोगका अध्यक्षको पद तथा गोपनीयताको शपथ गरिने व्यवस्था छ ।
काठमाडौँ: ललितपुरमा पहिलोपटक ‘क्यू ग्रेडिङ’ तालीम हुन लागेको छ । तालीमका प्रमुख प्रशिक्षक जापानी नागरिक कोजु मात्सुजुवा हुन। माघ २९ देखि फागुन २ सम्म आयोजना हुन लागेको उक्त तालीम कफी एकेडेमी, ललितपुरमा सञ्चालन हुन लागेको हो । आज यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत एकेडेमीका अध्यक्ष डा राजकुमार बञ्जाराले तालीममा सहभागी प्रशिक्षार्थीले जनही तीन दिनको रु दुई लाख ८७ हजार ५०० भुक्तानी गर्नुपर्ने जानकारी दिए । नेपाली कफीको गुणस्तरीय उत्पादन, गुण स्तरोन्नति र अन्तर्राष्ट्रिय बजारमा कफी प्रवद्र्धन गर्नसक्ने जनशक्ति उत्पादन गर्ने उद्देश्यले तालीमको आयोजना गरिएको हो । अमेरिकाको कफी क्वालिटी इन्ष्टिच्यूट र स्पेशल्टी कफी एशोसिएशनसँगको सहकार्यमा नेशनल कफी एकेडेमीले सो तालीमको आयोजना…
काठमाडौँ: मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण गरिरहेको निर्माण व्यवसायी सिएमसीसँगको ठेक्का सम्झौता रद्द गर्ने विषयमा छलफल भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । पुस ३ गते काम गर्न स्रोत अभाव भएको भनी एकपक्षीय रुपमा सुरुङ, हेडवक्र्स लगायतको काम छोडेको इटालियन निर्माण व्यवसायी सिएमसी अझै काममा फर्किएको छैन । काम छोडेर भाग्न लागेको सूचना पाएपछि गत महीना निर्माण व्यवसायी कम्पनीका प्रतिनिधिलाई सरकारले नियन्त्रणमा लिएको थियो । क्रिसमस मनाएर काममा फर्किने सहमति गरेको निर्माण व्यवसायी एक महीना बित्दा पनि काममा नफर्की आयोजनासँग सम्पर्कमा समेत नआएकाले ठेक्का सम्झौता रद्द गरी बाँकी काम अघि बढाउने विषयमा परामर्शदातालगायत सरोकार भएका निकायका अधिकारीसँग छलफल…
काठमाडौँ: साताको पहिलो कारोवारको दिनमै पूँजी बजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक आइतबार ८ दशमलब ६० अंकले घटेर एक हजार १७९ दशमलब १७ अंकमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ६३ अंकले घटेर २४९ दशमलब ३८ अंकमा झरेको छ । आज कूल १४३ कम्पनीका ११ लाख ५३ हजार ७३ कित्ता शेयर ३६ करोड ४५ लाख ३८ हजार ७३६ मूल्यमा खरीद बिक्री भएका छन् । आजको कारोवारमा बाणिज्य बैंक ५ दशमलब ०६ अंक, विकास बैंक ११ दशमलब १७ अंक र जलबिधुत ३५ दशमलब ५९ अंकले घटेका…
दमौली: नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र अनुशासनको खाँचो रहेको बताउनुभएको छ । तनहुँ काङ्ग्रेसले आज दमौलीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले अनुशासनभन्दा बाहिर गएर कसैले पनि काम गर्न नहुनेमा जोड दिए ।विशेष अधिवेशनका नाममा फैलाइएको हल्लाको पछाडि नलाग्न आग्रह गर्दै सभापति देउवाले केही गुनासा भए पार्टीभित्रै बसेर छलफल गर्न सकिने तर विधि विधानबाहिर गएर सञ्चालन हुने गतिविधि पार्टीलाई मान्य नहुने बताए। सबै एकजुट भएर अगाडि बढे काङ्ग्रेसलाई कसैले पनि पराजित गर्न नसक्ने भएकाले अनुशासन समिति बनाएर छाडातन्त्र अन्त्य गरिने उल्लेख गर्दै उनले एउटा चुनाव हार्दैमा निराश नहुन र आगामी चुनाव जित्ने गरी तयारी गर्न निर्देशनसमेत दिए । महासमितिको…
काठमाडौँ: चालु आर्थिक वर्षको पाँच महिनामा मुलुकको शोधनान्तर स्थिति ८५ अर्ब ३२ करोड रुपैयाँ घाटामा गएको छ। मुलुकमा भित्रिनेभन्दा बाहिरिने रकम बढी हुँदा शोधनान्तर स्थिति घाटामा देखिएको हो। यस्तो घाटा बढ्दै गएको तथ्यांकले देखाएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वित्तीय विवरणअनुसार साउनदेखि कात्तिकसम्म शोधनान्तर घाटा ५७ अर्ब थियो। एक महिनाकै अवधिमा अर्थात मंसिरसम्म आउँदा २८ अर्ब घाटा थपिएको छ। अघिल्लो वर्षको यसै अवधिमा यस्तो घाटा ५ अर्ब ४८ करोड थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको पाँच महिनामा ५ करोड ३९ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ७५ करोड १ लाखले घाटामा छ। समीक्षा अवधिमा पूँजीगत ट्रान्सफर ५ अर्ब…
काठमाडौं : युनिभर्सल पावर कम्पनीको आइपीओ भर्ने म्याद पुनः १ हप्ता थप गरेको छ । अब यो आइपीओमा माघ १३ गतेसम्म आवेदन दिन सकिनेछ । यसअघि पनि कम्पनीले पुस २९ बाट समय थप गरेर आज (माघ ६ गते) सम्म आइपीओ भर्न सकिने जनाएको थियो । तर यो समयमा पनि आवश्यक मात्रामा आवेदन नपरेपछि कम्पनीले फेरि दोस्रो पटक समय थप गरेको हो । युनिभर्सलले पुस १५ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि आइपीओ बिक्रीमा ल्याएको हो । यसमा दोलखा जिल्लाका गैरिशंकर, कालिञ्चोक र विगु गाउँपालिकाका स्थानीयले आवेदन दिन सक्नेछन्न् । यो आइपीओमा न्यूनतम ५० कित्तादेखि अधिकतम ५ लाख कित्तासम्म भर्न…