Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- १३ देशमा नयाँ राजदूत नियुक्त, कुन देशमा को परे ?
- भोटेकोशी बाढी: बेपत्ता कर्मचारीका परिवारलाई प्राधिकरणले तत्काल ५ लाख, ६ महिनासम्म आधा तलब दिने
- बागमतीसहित दर्जनौँ नदीमा बाढीको खतरा
- बाढी प्रभावित तीन जिल्लामा बिजुली सूचारु
- भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १,४०९ पुग्यो
- रविले बोलाए सर्वदलीय बैठक
- मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, भोटेकोसी बाढीबाट करिब ४०० ट्रक तथा कन्टेनर हराएको जानकारी
- सुस्त पुँजी बजार उकास्न सरकारको २१ बुँदे योजना, यस्ता छन् व्यवस्था
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: चोभारमा बन्न लागेको सुख्खा बन्दरगाह निर्माणको शिलान्यास गर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध किर्तिपुर र चोभारका स्थानीय वासिन्दाले चर्को विरोध र नारावाजी गरेका छन् । प्रधानमन्त्री ओली शिलान्यासका लागि आउने भन्ने कुरा थाहा पाएपछि चोभारका स्थानीय विहानैदेखि उनीविरुद्ध कालो झण्डा देखाएका छन् भने उनकोविरुद्ध चर्को नारावाजीसमेत भएको छ। कालो झण्डा देखाउने करिव एक दर्जन बढी स्थानीयलाई पक्राउ गरिएको छ। हाम्रो फोटो पत्रकार विकास श्रेष्ठले खिचेका केहि तस्बिर हेर्नुहोस।
काठमाडौँ: काठमाडौँ उपत्यकासहित देशभरको मौसम आज बदली भएको छ । पश्चिमी वायुको प्रभावले देशभरि नै मौसम बदली भएको मौसमविद् शान्ति कँडेलले बताए । अबको एक दुई दिन देशभरिकै मौसम पूर्ण रुपमा खुल्ने सम्भावना नरहेको उनले बताए । उपत्यकाको आजको न्यूनतम तापक्रम ३ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ । बुधबार उपत्यकाको न्यूनतम तापक्रम २ दशमलव ९ डिग्री सेल्सियस थियो । राति आकाशमा बादल लागेकाले पृथ्वीबाट बाहिरिने तापक्रमलाई बादलले रोक्ने भएकाले न्यूनतम तापक्रम नघटेको मौसामविद् कँडेलले बताए । उनका अनुसार राति आकाश खुला भए तापक्रम घट्ने छ । “माघ महीना भर्खर शुरु भएकाले अझै तापक्रम घट्ने सम्भावना छ ”, उनले…
काठमाडौं: प्रधानमन्त्री केपीशर्मा ओलीले विहिबार चोभारमा सुख्खा बन्दरगाहको शिलान्यास गरेका छन्। विश्व वैकको १ अर्ब २८ करोड रुपैयाँ सहयोगमा बन्दरगाह चोभारमा अत्याधुनिक बन्दरगाह निर्माण हुनेछ। स्थानीयको अवरोध नभए यो बन्दरगाह १८ महिनामा तयार हुनेछ। तर स्थानीयले बन्दरगाह निर्माणमा अवरोध सिर्जना गरिरहेका छन्। स्थानीयले हिमाल सिमेन्ट कारखानाले पुर्याएको क्षतिपूर्ति पाउनुपर्ने, कारखानाको जग्गा स्थानीयलाई फिर्ता गर्नुपर्ने , कर्मचारीले पाउनुपर्ने पारिश्रमिक लगायतका माग राखेका छन्। उनीहरुले एक साता अघि विश्व बैंकको आवासीय कार्यालय रहेको याक एण्ड यति होटलमा समेत विरोध प्रदर्शन गरेका थिए। विहिबार शिलान्यास कार्यक्रममा समेत सुरक्षा व्यवस्था कडा पारिएको छ। नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक रविशंकर सैंजुले बन्दरगाह निर्माणको…
काठमाडौँ : एटिएमको ताला फोडेर पैसा चोर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित एसबिआई बैंकको एटिएमको ताला फुटाउँदै गरेको अवस्थामा बारा कलैया नगरपालिका घर भई ललितपुर सातदोबाटो बस्दै आएका रोहित शर्मालाई पक्राउ गरिएको प्रहरीले आज जानकारी दिएको छ । सो घटनाको विषयमा अनुसन्धान भइरहेको जनाइएको छ । उता बूढानीलकण्ठ नगरपालिका–३ चपली बस्ने उदयपुरका ४२ वर्षीय खगेन्द्र राईको काठमाडौँ महाराजगञ्जस्थित करु कन्स्ट्रक्सनको निर्माणाधीन भवनबाट खसेर मृत्यु भएको छ । बाँसको खट बनाउने क्रममा बुधबार दुई तलामाथिबाट खस्दा गम्भीर घाइते भएका उनको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दार्चुला: केन्द्रीय सरकारकारको महाकाली करिडोर योजना अन्तर्गत दार्चुला– तिङ्कर सडकको १० वर्षमा ३२ किलोमिटर साधारण बाटो खुला गरिएको छ । उक्त बाटोका लागि रू तीस करोड १७ लाख बजेट छुट्याइएको थियो । सात महीनाअघि गत असार १० गते बझाङ जिल्लाको कालाङगाड जलविद्युत् आयोजनाबाट विष्फोटक पदार्थ आइसकेपछि विजयपुरका सबै स्थानमा साधारण बाटो खुलेसँगैे व्यास गाउँपालिकाको वडा नं ६ हुतीसम्म बाटो जोडिन पुगेको छ । सडक हुतीको वडा कार्यालयसम्म पुगेकाले स्थानीयवासीले बाटो निर्माणमा सम्लग्न पदाधिकारीलाई सम्मान पनि गरेका थिए । व्यासको तङ्ले भीरबाट हुतीसम्म सडक पुग्न झण्डै एक महीना भन्दा बढी समय लाग्यो । खलङ्गादेखि हुती ३२ किलोमिटर पर्छ । साधारण बाटो…
गलकोट :पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ को मालढुङ्गामा यात्रुवाहक बस दुर्घटना हँुदा सात जनाको मृत्यु भएकामा चार जनाको सनाखत भएको छ । सो दुर्घटनामा परी मृत्यु हुनेमा म्याग्दी पाखापानी–१ बस्ने २१ वर्षीय राजेश पुन, पर्वत जलजला गाउँपालिका–८ बस्ने ४० वर्षीया सेती परियार, उनका पति ५० वर्षीय टिके परियार र बागलुङ नगरपालिका–४ की ४८ वर्षीया शान्ति केसीको सनाखत भएको पर्वत जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । मृत्यु हुने अन्य दुई पुरुष र एक महिला सनाखत हुन बाँकी रहेको छ । सो दुर्घटनामा घाइते भएका ३० मध्ये २० लाई पोखराको मणिपाल शिक्षण अस्पताल र दुईलाई हेलिकप्टरमार्फत काठमाडौँस्थित ग्राण्डी अस्पताल पठाइएको पर्वतका प्रहरी…
काठमाडौँ: महाराजगञ्जस्थित महानगरीय प्रहरी वृत्तले रु पाँच लाख ३५ हजार ८४०सहित १५ जुवाडेलाई पक्राउ गरेको छ । वृत्तअन्तर्गत महानगरीय प्रहरी वृत्त गोँगबुका प्रमुख मोहनविक्रम केसीको नेतृत्वमा खटेको टोलीले टोखा नगरपालिका–१० गणेशस्थानस्थित लोकबहादुर गुरुङको कोठामा छ थान ताससहित बुधबार राति ९ बजे पक्राउ गरेको हो । पक्राउ पर्नेमा रोशन गुरुङ, रमेश परियार, मिलन सिलवाल, पुष्प गुरुङ, बुद्धि तामाङ, श्याम श्रेष्ठ, लोकबहादुर गुरुङ, खमबहादुर गर्भुजा, रामदेव रिमाल, कुमार ठकुरी, मुकुन्द भण्डारी, नारायण बुढाथोकी, होम गुरुङ, जमिरदिन मियाँ र गणेश घले छन्् । वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईँले विशेष सूचनाका आधारमा जुवा खेलिरहेको स्थानमा प्रहरीले छापा मार्दा ताससहित १५ जनालाई…
गलेश्वर: म्याग्दीको सदरमुकाम बेनीबाट नारयाणघाट जाँदै गरेको यात्रुवाहक बस बागलुङ र पर्वतको सिमानामा पर्ने मालढुङ्गामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । बेनीबाट आज बिहिबार बिहान ८ बजे छुटेको ग१ख ६१०८ नंको यात्रुवाहक बस मालढुङ्गाको सुकुम्वासी टोलमा दुर्घटना भएको हो । “दुर्घटनामा धेरै घाइते भएका र तिनको विस्तृत विवरण प्राप्त भइनसकेकोे तर तीनको मृत्यु भएको जानकारीमा आयो”, घटनास्थल पुगेका म्याग्दी जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकृत लोकबहादुर गुरुङले बताउनुभयो । घाइतेहरुलाई उपचारका लागि बागलुङ र कुश्माका अस्पतालमा पु¥याइएको जनाइएको छ ।
लहान: अज्ञात समूहको गोली प्रहारबाट बुधबार साँझ एक प्रहरी हबल्दार गम्भीर घाइते भएका छन् । सप्तरीको खडक नगरपालिका–७ स्थित बिसनपुर चोकमा गस्ती गरिरहेका बेला साँझ ८ः३० बजे प्रहरी हबलदार महेन्द्रप्रसाद यादवलाई मोटरसाइकलमा आएका अज्ञात समूहले गोली प्रहार गरी फरार भएको कल्याणपुर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिए । घाइते हबल्दार यादवलाई उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल पठाइएको छ भने गोली हानी फरार भएकाको खोजी भइरहेको उनले बताए ।
बीबीसी: ब्रिटेनकी प्रधानमन्त्री टेरिजा मे विरुद्ध संसदमा ल्याइएको अविश्वासको प्रस्तावको मतदानमा उनले जित हासिल गरेकी छिन् । विपक्षी लेबर पार्टीले उनीविरुद्ध अविश्वासको प्रस्ताव प्रस्तुत गरेको थियो । ३२५ सांसदले सरकारको साथ दिए भने ३०६ सांसदले अविश्वासको प्रस्तावको पक्षमा मतदान गरे । प्रधानमन्त्रीले युरोपेली संघबाट ब्रिटेनको बहिर्गमनबारे युरोपेली अधिकारीसँग जुन सम्झौता गरिएको थियो, त्यसलाई मञ्जुरी दिलाउन मंगलबार उनी संसदमा गइन् तर संसदले त्यसलाई ठाडो अस्विकार गरे । त्यसपछि लेबर पार्टीका नेता जेरेमी कोर्बोनले टेरिजा मेको सरकारले संसदमा आफ्नो विश्वास गुमाइसकेको बताएका थिए । कोर्बेनले यही भनेर अविश्वासको प्रस्ताव राखेका थिए । बुधबार बेलायती संसदमा ६ घण्टासम्म अविश्वास प्रस्तावमाथि बहस भएपछि मतदान…