Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- भदौमा एलपी ग्यासको आयात र बिक्री हालसम्मकै उच्च, झन्डै ६० हजार टन आयात
- १३ देशमा नयाँ राजदूत नियुक्त, कुन देशमा को परे ?
- भोटेकोशी बाढी: बेपत्ता कर्मचारीका परिवारलाई प्राधिकरणले तत्काल ५ लाख, ६ महिनासम्म आधा तलब दिने
- बागमतीसहित दर्जनौँ नदीमा बाढीको खतरा
- बाढी प्रभावित तीन जिल्लामा बिजुली सूचारु
- भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १,४०९ पुग्यो
- रविले बोलाए सर्वदलीय बैठक
- मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, भोटेकोसी बाढीबाट करिब ४०० ट्रक तथा कन्टेनर हराएको जानकारी
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ : नेपाल धितोपत्र बोर्डले क्रेडिट रेटिङमा न्यूनतम अङ्क पाउने सङ्गठित संस्थालाई प्रारम्भिक सार्वजनिक निष्कासन गर्न नदिने भएको छ । बोर्डले आज सार्वजनिक गरेको नयाँ व्यवस्थाअनुसार साविकका क्रेडिट रेटिङ संस्थाबाट न्यूनतम ग्रेड प्राप्त गरेका संस्थाले समेत प्रारम्भिक सार्वजनिक निष्कासन गर्न सक्ने व्यवस्थालाई संशोधन गरी वित्तीय अवस्था कमजोर रहेका सङ्गठित संस्थाले साधारण शेयर बिक्री गर्न नपाउने व्यवस्था गरेको छ । बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका, २०७४ मा संशोधन गरी नयाँ व्यवस्था गरेको हो । पछिल्लो दिनमा कमजोर वित्तीय विवरण भएका कम्पनीले धमाधम साधारण शेयर बिक्री गरिरहेका छन् । त्यसबाट लगानीकर्ताको लगानी समेत जोखिममा परेको तथ्यलाई मनन गर्दै बोर्डले नयाँ व्यवस्था…
काठमाडौँ: राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले २०७३ को अनलाइन निर्देशिका कुन कानून र नियमअन्तर्गत के आधारमा बनाइएको भन्ने निर्देशिकाको प्रस्तावनामा स्पष्ट उल्लेख गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको ध्यानाकर्षण गराएको छ । समितिको आजको बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवसहितका पदाधिकारीलाई बोलाएर तत्कालै त्यससम्बन्धी व्यवस्था गर्न सुझाव दिएको हो । जवाफमा मन्त्रालयका तर्फबाट यही अधिवेशनमा आमसञ्चारसम्बन्धी ऐन ल्याइने भएकाले निर्देशिकामा नसमेटिएका विषय वस्तुलाई समावेश गरिने प्रतिबद्धता जनाउनुभएको थियो । सरकारले यही अधिवेशनमा छापाखाना तथा प्रकाशन, हुलाकसम्बन्धी ऐन, सूचना र प्रविधिसम्बन्धी ऐन, विज्ञापनसम्बन्धी ऐन गरी चार वटा ऐनका विधेयक प्रस्तुत गर्न लागेको पनि सो अवसरमा जानकारी गराइएको…
काठमाडौँ: कर्मचारी समायोजनका लागि करीब ३० हजार निजामती कर्मचारीले विवरण अद्यावधिक गराएका छन् । कर्मचारीले निजामती किताबखानामा गएर आफ्नो विवरण अद्यावधिक गराएका किताबखानाका प्रवक्ता राजेन्द्र पराजुलीले जानकारी गराउनुभयो । उहाँका अनुसार वर्षेनी विवरण अद्यावधिक नगर्नेले पनि अहिले समायोजनमा जाने भएपछि अद्यावधिक गरिरहेका छन् । कर्मचारीले आफू रहेको कार्यालय, पद, हालको पदमा भएको नियुक्ति मिति र हालको पदमा भन्दा एक तह तल रहेको पदको नियुक्ति मिति अद्यावधिक गराइरहेका छन् । अहिले दैनिक हजार कर्मचारी आफैँ आएर विवरण अद्यावधिक गराउने गरेका छन् । उनीहरुले आफँै आएर वा अनलाइनबाट विवरण अद्यावधिक गराइरहेका छन् । सरकारले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ ल्याएर यही पुसभित्र कर्मचारीलाई सङ्घ,…
बेइजिङ: उत्तर कोरियाली नेता किम जोङ उन मङ्गलबार चीनको राजधानी बेइजिङ पुग्नुभएको छ । उहाँको यो भ्रमणबारे यसअघि केही खुलाइएको थिएन । चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको यो भेटलाई किमको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुने गइरहेको अपेक्षित दोस्रो शिखर सम्मेलनको तयारीको रुपमा लिइएको छ । किम चिनियाँ राष्ट्रपति सी जिनपिङको चार दिनको निमन्त्रणामा त्यसतर्फ लाग्नुभएको बताइएको छ । उत्तर कोरियाली नेता किम रेलमार्ग हुँदै चीन जानु भएको एएफपी समाचार समितिका पत्रकारहरुले जानकारी दिएका छन् । स्थानीय समाचार समयानुसार सोमबार बिहान १०ः५५ मा नेता किम चीन जानको लागि रेल चढ्नु भएको दक्षिण कोरियाको समाचार समिति योनहापले जानकारी दिएको छ । किमका साथमा…
काठमाडौं: सहारा विकास बैंकको सेयर कारोबार रोक्का भएको छ । नेपाल स्टक एक्सचेन्जले सहारा विकास बैंकलाई २४ घण्टे स्पष्टिकरण सोधेको छ । बैंकले घोषाणा गरेको लाभांशको निर्णय धितोपत्र सूचीकरण विनियमावली २०७५ बमोजिम नभएको नेप्सेले भनेको छ । बोनस सेयर, नगद लाभांश, हकप्रद सेयर वितरणको निर्णय हुने वित्तिकै सञ्चालक समितिको बैंठक बसेको समय उल्लेख नगरेको, लाभांश दिन लागेको सम्बन्धित आर्थिक बर्ष र दाखिला खारेज बन्द मिति, सेयर कित्ता र रमक समेत नखुलाएको, एक दिन अगाडीको मिति राखेर एकदिन पछाडी मात्र नेप्सेलाई जानकारी गराएको जस्ता कारणले साहारालाई स्पष्टिकरण सोधिएको नेप्सेले जनाएको छ । सहाराले पुस २० गते नै सञ्चालक समितिको बैठक बसी…
जाजरकोट: जाजरकोट–डोल्पा सडक खण्डअन्तर्गत सुंपानीदेखि सदरमुकाम दुनैसम्म सडकको स्तरोन्नति काम शुरु भएको छ । नेपाली सेनाको निर्माण कार्यदलले सोमबारबाट काम शुरु गरेको नेपाली सेनाका प्रमुख सेनानी विश्वबन्धु पहाडीले जानकारी दिनुभयो । डोल्पाको सदरमुकाम दुनैलाई राष्ट्रिय सडक सञ्जालमा जोड्नका लागि छिन्चु–जाजरकोट हँुदै डोल्पाको दुनैसम्म सडकको ट्र्याक खोल्ने जिम्मा पाएको नेपाली सेनाले खण्ड–खण्ड गर्दै छलगाडसम्म ट्र्याक खोलिसकेको छ । छलगाडसम्म ट्र्याक खुलेपछि खण्ड–खण्ड गरेर स्थानीय जीप सञ्चालनमा आएका छन् । यसैगरी सुंपानी–दुनै खण्डको सडकलाई पनि सडक विभागको गुणस्तरमा निर्माण गर्नका लागि सोमबारबाट नेपाली सेनाले दुई डोजर प्रयोग गरेर सुंपानीबाट निर्माण कार्य शुरु गरेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक अवदेश विष्टले…
मेलम्ची: जिल्ला अदालत सिन्धुपाल्चोकका वैतनिक अधिवक्ता पुण्यप्रसाद खनाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । खनाललाई सरकारी कागजात किर्ते अनुसन्धानको क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीमाथि सिन्धुपाल्चोक बलेफी गाउँपालिका–४ का एक व्यक्तिकोे जन्मदर्ता किर्तेका अभियुक्तलाई छुटाउन सहयोग गरेको आरोप लागेको छ । खनालविरुद्ध कानून व्यवसायी काउन्सिलमा समेत उजुरी परेको छ । चौतारा साँगाचोकगढी नगरपालिका पोखरेकी ‘ग’ भनिने (प्रहरीले दिएको नाम) एक महिलाको बलात्कार विषयको मुद्दामा पीडित र पीडक दुवैतर्फको मुद्दा आफँैले लेखेर आफँैले बहस गरेको भन्दै काउन्सिलमा उजुरी परेको छ । हिरासतमा राखिएका खनाललाई लागेका आरोपउपर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विमलराज कँडेलले बताए ।
काठमाडौँ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ पनि रात्रि उडान भइरहेको छ । विगतमा अन्तर्राष्ट्रिय मात्र रात्रि उडान गर्दै आएको विमानस्थलले अहिले आन्तरिक रात्रि उडान सञ्चालन गरिरहेको छ । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले पहिला साँझ ५ देखि ६ बजेसम्म मात्र सञ्चालन हुँदै आएको आन्तरिक उडान अहिले राति ९ बजेसम्म गरिदैँ आएको जानकारी दिनुभयो । उहाँका अनुसार क्षेत्रीय हबका रुपमा रहेका विमानस्थल विराटनगर, भैरहवा, नेपालगञ्ज र धनगढीमा रात्रि उडान भइरहेको छ । निकट भविष्यमै झापाको चन्द्रगढी र जनकपुरमा रात्रि उडान थालिने उहाँले बताउनुभयो । “विमानस्थलबाट पहिला आन्तरिक उडानमा राति जहाज उड्दैन थिए, ६ बजे नै बन्द भइसक्थे, अहिले जाडो यामदेखि राति दैनिक ९…
काठमाडौं: पेसाले चार्टर्ड एकाउन्टेन्ट तथा उदयपुर सिमेन्टका महाप्रवन्धक रहिसकेका सुरेन्द्र कुमार पौडेललाई सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई रिक्त कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार पौडेललाई कार्यकारी निर्देशकमा नियुक्त गरेको जनाएको छ । तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काको बर्खास्तगीपछि निमित्तको भरमा चलेको निगमलाई नेतृत्व दिन वाणिज्य तथा आपूर्ति मन्त्रालयले खुला प्रतिष्पर्धा गराएको थियो । जसका लागि १२ जनाले आवेदन दिएका थिए । १७ जनाबाट ५ जनाको नाम सर्टलिस्टमा राखेको आपूर्ति मन्त्रालयले अनिलकुमार झा, तारानाथ पौडेल र सुरेन्द्र पौडेलको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो । निगमको तत्कालीन…
मुस्ताङ: हिमाली जिल्लामा अधिक चिसोका कारण तालतलैया जम्न थालेका छन्। तालको पानी जम्ने गरी मुस्ताङमा चिसो बढेको छ। चिसोका कारण बजार सुनसान छ भने मान्छेको आउजाउ पनि शून्यजस्तै भएको छ। यो समाचार आजको नागरिक दैनिकमा छ । ‘तालको पानीसमेत जम्ने गरी चिसो बढेको छ,’ दाहालले भने, ‘बिहानको चिसो झनै बढी छ। माइनस ७ डिग्रीसम्म तापक्रम ओर्लेको छ।’ उनका अनुसार मंसिर अन्तिम साता उच्च हिमाली भेगमा आंशिक मात्रामा हिमपात भए पनि सदरमुकाम जोमसोम आसपासमा समेत हिमपात भएको सिजनको यो पहिलोपटक हो। ‘पहिलोपटकको हिमपातले यहाँ किसान त खुसी भएका छन्। चिसो बढेर बसाइ असहज बनेको छ,’ उनले भने, ‘पानी जमेपछि दैनिकी अप्ठेरो…