Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- १३ देशमा नयाँ राजदूत नियुक्त, कुन देशमा को परे ?
- भोटेकोशी बाढी: बेपत्ता कर्मचारीका परिवारलाई प्राधिकरणले तत्काल ५ लाख, ६ महिनासम्म आधा तलब दिने
- बागमतीसहित दर्जनौँ नदीमा बाढीको खतरा
- बाढी प्रभावित तीन जिल्लामा बिजुली सूचारु
- भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १,४०९ पुग्यो
- रविले बोलाए सर्वदलीय बैठक
- मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, भोटेकोसी बाढीबाट करिब ४०० ट्रक तथा कन्टेनर हराएको जानकारी
- सुस्त पुँजी बजार उकास्न सरकारको २१ बुँदे योजना, यस्ता छन् व्यवस्था
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
चिकित्सा शिक्षा विधेयक र डा.गोविन्द केसीकाबारेमा योगेश भट्टराईको पत्र चिकित्सा शिक्षालाई थप मर्यादित व्यवस्थित तथा सर्वसुलभ बनाउँदै शिक्षा र स्वास्थ्यमा आम नागरिकको पहुँचलाई स्थापित गर्ने अनि राज्यलाई लोककल्याणकारी बनाउँदै समाजवाद स्थापना गर्ने दिशामा सहयोग पुर्याउन बर्तमान सरकारले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ संसदमा प्रस्तुत गरेको सर्व विदितै छ । संसदमा विधेयकमाथि छलफल चलिरहेकै अवस्थामा डा. गोविन्द केसी र सरकारका बिचमा २०७५ श्रावण १० गते भएको सहमतिलाई पनि विधेयकको अंगका रुपमा राखि संसदको शिक्षा तथा स्वास्थ्य समिति÷उप–समितिमा छलफल गरियो । यस विषयमा २५ भन्दा बढी बैठकहरु बसे । यो विषयसंग सम्बद्ध दर्जनौ व्यक्ति तथा संस्थासँग अन्तक्रिया पनि गर्ने काम भयो ।…
काठमाडौँ: यो वर्ष एकसय झोलुङ्गे पुल निर्माण हुने भएको छ । स्थानीय पूर्वाधार विभागअन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजनले यो वर्षभित्रमा एक सय पुल निर्माण गर्ने लक्ष्य लिएको हो । अहिले १४० पुल निर्माणाधीन अवस्थामा रहेको डिभिजनका इञ्जिनीयर हुमाकान्त मिश्रले बताए । यो वर्ष निर्माण गरिने पुलमध्ये झण्डै ९० पुल पहाडमा नै छन् भने बाँकी तराईमा छन् । तत्काल मोटरबाटो नपुग्ने स्थानमा झोलुङ्गे पुल निर्माण भइरहेका छन् । उनले भने, “ झोलुङ्गे पुलका लागि अहिले मोटरबाटो नभएको र अबका केही वर्षसम्म पनि मोटरबाटो नपुग्ने ठाउँलाई छनोट गरिएको छ ।” सडक, पुललगायतका विकास निर्माणका काममा ठेकेदारका कारणले पनि ढिलाइ हुने गरेको छ ।…
काठमाडौँ: राष्ट्रिय वाणिज्य बैंकका अवकाशप्राप्त कर्मचारी लीलाप्रसाद श्रेक्ष्ठले गृहजिल्ला पाँचथर छोडेको धेरै वर्ष भइसक्यो । दुई महिनाअघि उनको स्थायी ठेगाना फिदिम–३ मा आन्तरिक राजस्व कार्यालय बबरमहलले एउटा पत्र पठायो । संयोगले पत्र आएका वेला उनका दाइ घर पुगेका थिए । उनले सो पत्र काठमाडौँ ल्याएर भाइलाई दिए । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । पत्र खोलेर पढेका मात्र के थिए, लीलाप्रसाद बेहोस भए । आफन्तले उनलाई हतारहतार अस्पताल पु¥याए । किनभने त्यो सामान्य पत्र थिएन । पत्रमा लेखिएको थियो, ‘तपाईको नाममा रहेको सुन्द्रादेवी टेलिटक प्रालि (स्थायी लेखा नम्बर ६०२४१८४२१) ले कर दाखिला नगरेको हुँदा यस कार्यालयमा उपस्थित हुनुहोला…
काठमाडौँ: करीब २५ वर्ष पहिले नेपाल र जापानबीच भएको हवाई सेवा सम्झौता पुनरावलोकन गर्न दुवै देशबीच सहमति भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उनका जापानी समकक्षी तारो कोनो नेतृत्वको प्रनिधिमण्डलबीच बुधबार अपराह्न राजधानीमा भएको द्विपक्षीय वार्तामा त्यस्तो सहमति भएको हो । हवाई सेवा सम्झौतामा पुनरावलोकन गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएसँगै नेपाल र जापानबीच सिधा हवाई सम्पर्क स्थापना गर्न मार्ग प्रशस्त भएको छ । अब दुवै देशका राजधानी एकआपासमा प्रत्यक्ष हवाई सेवाबाट जोडिने भएका छन् । त्यसैगरी, नेपाल र जापानको परराष्ट्र मन्त्रालयबीच सहयोग प्रवद्र्धन गर्नेसम्बन्धी द्विपक्षीय परामर्श संयन्त्र निर्माण भएको छ । दुई देशबीच पारस्परिक हित र चासोका विषयमा सहयोग र…
काठमाडौँ: मालपोत कार्यालय भरतपुरका लेखा अधिकृत रिठ्ठे दर्जी एक महिनादेखि सम्पर्कविहीन छन् । मालपोत कार्यालयका प्रमुख लालकृष्ण शर्मा पौडेलका अनुसार आन्तरिक लेखा परीक्षणका क्रममा पौने २ करोड रुपैयाँ बेरुजु देखिएपछि भरतपुर १२ का दर्जी सम्पर्कविहीन भएका हुन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । मातपोत कार्यालयले संकलन गरेको एक करोड ७३ लाख रुपैयाँ लिएर दर्जी २५ मंसिरदेखि सम्पर्कविहीन भएको मालपोत कार्यालय भरतपुरले जनाएको छ ।
काठमाडौं : टेलिकम क्षेत्रबाट धरहरा निर्माणका लागि पौने दुई अर्ब रुपैयाँ संकलन भएको छ। भूकम्पले क्षति पुर्याएका सांस्कृतिक सम्पदा पुनर्निर्माणका लागि आर्थिक वर्ष २०७२/७३ को बजेटमा दूरसञ्चार सेवा दस्तुरको १ प्रतिशत सम्पदा कोषमा जाने उल्लेख थियो। अर्थमन्त्री डा.रामशरण महतले प्रस्तुत गरेको बजेटमा ‘हाम्रो धरोहर–हाम्रै दायित्व’ शीर्षकमा राष्ट्रिय पुनर्निर्माण कोष अन्तर्गत छुट्टै सम्पदा कोष बनाइने उल्लेख थियो। त्यसअघि दूरसञ्चार सेवा दस्तुरका रूपमा १० प्रतिशतमात्रै बुझाउँदै आएका टेलिकम सेवा प्रदायक कम्पनीले १ प्रतिशत थप गरी ११ प्रतिशत बुझाउँदै आएका थिए। २०७२/७३ देखि आर्थिक वर्ष २०७४/७५ सम्म उक्त कोषमा एक अर्ब ७९ करोड ३७ लाखभन्दा बढी रुपैयाँ जम्मा भएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको…
काठमाडौँ: भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले कृषिबाट समृद्धि हासिल गर्न सकिदैन भन्ने मानसितकमा परिवर्तन गर्नुपर्ने धारणा राखेकि छिन । उनले श्रमलाई सम्मान गर्दै गाउँ गाउँबाट समृद्धिको अभियान शुरु गर्नुपर्ने बताइन् । राष्ट्रिय सहकारी महासंघको २६ औं बार्षिक साधारण सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री अर्यालले सरकारले गरिवी निवारण र समृद्धिको आधारमा रुपमा सहकारीलाई प्रोत्साहन गरिरहेको बताइन् । उनले सहकारीका उत्पादनका लागि बजारीकरण गर्ने कार्य सरकारले गर्ने बताइन । ‘पैसा भएर मात्र काम हुने भन्ने कुरालाई म स्विकानि कार्यक्रम र योजना बनाउँनुस् पैसाको कमिले ती कार्यक्रम रोकिने छैनन । त्यसको जिम्मेवारी म लिन्छु ।’ उनले भनिन ।…
काठमाडौँ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ‘बुटिक विमान स्थल’ मा रुपान्तरण गर्ने लक्षका साथ अघिबढेको सरकारलाई थप सहयोग हुनेगरी अध्यागमन विभागले अव छिट्टै ‘मेसिन रिडेवल भिसा’ जारी गर्ने भएको छ। अध्यागमन विभागका महानिर्देशक तथा सहसचिव इश्वर राज पौडेलका अनुसार यसै आर्थिक वर्षको ७ देखि ८ महिनाभित्र ‘मेसिन रिडेवल भिसा’ अर्थात मेसिनले मात्रै पढ्न सक्ने भिसा जारी गर्नेछौं । अध्यागमनमा आयोजित पहिलो पत्रकार सम्मेलनमा बोल्दै पौडेलले भने, “बिमानस्थल भनेको सबै देशी-विदेशीले अनुभव गर्ने पहिलो गन्तब्य भएको र यसको समयसापेक्ष आधुनिक प्रविधिसहित स्तरउन्नति हुन जरुरी छ यसका लागि हामीले सरकारको अझ भनौं गृह मन्त्रालयको गृह प्रसाशन सुधार कार्ययोजनालाई सहयोग हुनेगरी काम गरीरहेका छौं।” हाल…
भीमदत्तनगर: : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की निर्मला पन्तकी आमा दुर्गादेवीको आज रगत नमूना सङ्कलन गरिएको छ । निर्मलाको शरीरबाट सङ्कलन गरिएको ‘भेजाइनल स्वाव’ यकिन गर्न दुर्गादेवीले जिल्ला प्रहरी कार्यालयमा रगत नमूना सङ्कलनका लागि निवेदन दिनुभएको थियो। प्रहरीले महाकाली अञ्चल अस्पतालको प्रयोगशालामा उहाँको नमूना रगत सङ्कलन गरेको प्रहरीले जनाएको छ । “घटनाको थप अनुसन्धानमा सहयोग पुगोस् भनेर मैले आफूखुशी रगत दिएकी हुँ,” दुर्गादेवीले भन्नुभयो, “आवश्यक परीक्षणका लागि आग्रह गर्दछु ।” निर्मलाका बुबा यज्ञराज पन्तले भने परीक्षणका लागि रगत नमूना सङ्कलन गर्न मान्नुभएको छैन् । दुर्गादेवीले श्रीमान् यज्ञराजले रगत दिन अस्वीकार गरेको जानकारी दिनुभयो । प्रहरी उपरीक्षक कुबेर कडायतले सङ्कलन…
काठमाडौं: आफूसँग भएको सहमतिअनुसार चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गर्नुपर्ने माग गर्दै डा. गोविन्द केसी आमरण अनसनमा बसेका छन् । इलाममा बुधबार पत्रकार सम्मेलन गरी उनले माफियामुखी बुँदाहरु समेटेर संसदको शिक्षा तथा स्वास्थ्य समितिले विधेयक संसदमा पठाएकाले बुधबार ५ बजेदेखि १६ औं अनसन सुरु गरेको बताएका छन् । केसी इलामको शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयको पुरानो कार्यालय फूलगाहीमा अनसन बसेका छन् । केसीले ६ बुँदे माग राख्दै सत्याग्रह सुरु गरेका हुन् । उनले १५ औं सत्याग्रहका क्रममा २०७५ साउन १० गते सरकारसँग भएको सम्झौताअनुसार अक्षरश संशोधन गरेर चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गर्न माग गरेका छन् ।…