Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- १३ देशमा नयाँ राजदूत नियुक्त, कुन देशमा को परे ?
- भोटेकोशी बाढी: बेपत्ता कर्मचारीका परिवारलाई प्राधिकरणले तत्काल ५ लाख, ६ महिनासम्म आधा तलब दिने
- बागमतीसहित दर्जनौँ नदीमा बाढीको खतरा
- बाढी प्रभावित तीन जिल्लामा बिजुली सूचारु
- भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १,४०९ पुग्यो
- रविले बोलाए सर्वदलीय बैठक
- मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, भोटेकोसी बाढीबाट करिब ४०० ट्रक तथा कन्टेनर हराएको जानकारी
- सुस्त पुँजी बजार उकास्न सरकारको २१ बुँदे योजना, यस्ता छन् व्यवस्था
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
इलाम: गत पुस २५ देखि इलाममा आवरण अनशनमा रहनुभएका प्रा डा गोविन्द केसीको अवस्था थप जटिल बन्दै गएको छ । शरीरमा एकदमै बढी समस्या देखिएपछि आज बिहान अस्पताल भर्ना गरिएका डा केसीलाई सघन उपचार कक्ष (आइसियु) मा राख्न चिकित्सकले सुझाव दिएका छन् । उहाँको शारीरिक अवस्था एकदमै कमजोर बन्दै गएको, निमोनियोको सङ्क्रमण देखा परेको र मुटुको चालमा समेत समस्या देखिएको भन्दै चिकित्सकले तत्काल आइसियुमा भर्ना गर्न अनुरोध गरेका छन् । आज साँझ पत्रकार सम्मेलन गर्दैै डा केसीको स्वास्थ्य जाँचमा खटिएका चिकित्सक डा विजेन्द्रकुमार साहले डा केसीको घाँटी र दायाँ फोक्सोमा संक्रमण देखिएको र स्वास्थ्य अवस्था कमजोर बन्दै गएकोले सामान्य अवस्थामा…
काठमाडौँ : थाइल्याण्डमा जारी महिला टी ट्वान्टी स्म्यास २०१९ क्रिकेट प्रतियोगितामा नेपाल संयुक्त अरब इमिरेटस् (युएई)लाई पराजित गर्दैे सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । नेपालको यो लगातार तेस्रो जित हो । यसअघि नेपालले शनिबार भएको पहिलो खेलमा चीनलाई १० विकेट र आइतबार मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । पहिले ब्याटिङ् गरेको युएईले नेपाललाई १०६ रनको लक्ष्य दिएको थियो । जवाफमा नेपालले १९ ओभरमा ४ विकेट गुमाएर पूरा ग¥यो । नेपालको जितमा सिता राना मगरले सर्वाधिक ३७ रनको योगदान दिइन् भने काजल श्रेष्ठले २५ तथा…
काठमाडौँ : महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियमविपरीत यात्रु बोक्ने मोटरसाइकललाई कारवाही शुरु गरेको छ । उवर, टुटल, पठाओलगायतका मोबाइल एप्स सञ्चालन गरी यात्रु बोक्ने गरेका विशेष सूचनाका आधारमा चारवटा मोटरसाइकललाई कारवाही गरिएको हो । महाशाखाले बा २६ प ९९४६, बा ३५ प ८०३४, बा ९३ प ८५१९, लु २० प ७६३४ र प्रदेश ३–०२–००३ प ६५८२ नम्बरको मोटरसाइकलका चालकलाई कारबाही गरिएको छ । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक बसन्त पन्तले निजी सवारी साधनले पैसा लिएर यात्रु बोक्न नपाइने भएकाले कारवाही गरिएको जानकारी दिनुभयो । यातायात व्यवस्था ऐन २०४९ को दफा ८ को उपदफा १ बमोजिम दर्ता भएका सवारी साधनले…
धनगढी: भ्याली च्यासल युवा क्लबलाई पराजित गर्दै रुस्लान थ्री स्टार तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । धनगढी रङ्गशालामा आज भएको क्वार्टर फाइनलमा च्यासल युवा क्लबलाई १–० गोलले पराजित गर्दै थ्री स्टार अन्तिम चारमा पुगेको हो । खेल सकिन तीन मिनेट समय बाँकी रहँदा थ्री स्टारका लागि रुपेश केसीले गोल गरेका थिए । यसअघि खेलको सातौँ मिनेटमा सुनील बलको पासमा फोडे फोफानाको प्रहारलाई च्यासलका गोलरक्षक दिनेश थापामगरले पञ्च गरिदिए । साथै १९औँ मिनेटमा च्यासलका हेमन्त थापामगरको फ्री किक क्रसबारमा लागेर फर्केपछि गोल गर्ने अवसर गुमेको थियो भने २८औँ मिनेटमा सुनील बलले पेनाल्टी क्षेत्रबाहिर बाट…
काठमाडौँ: हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट लिमिटेड (एचआइडिसिएल) ले चुक्ता पूँजी २२ अर्ब रुपैयाँ पु¥याउने भएको छ । कम्पनीको आज यहाँ सम्पन्न सातौँ वार्षिक साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेअनुसार एक बराबर एकको दरले १०० प्रतिशत हकप्रद शेयर बिक्री गर्ने प्रस्तावलाई पारित गरेको छ । सो प्रस्ताव पारित भएसँगै कम्पनीको चुक्ता पूँजी शत्प्रतिशत वृद्धि हुनेछ । कम्पनीले शेयरधनीलाई चुक्ता पूँजीको १० प्रतिशतले हुने रु एक अर्ब बराबरको शेयर लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ । कम्पनीको हाल चुक्ता पूँजी रु १० अर्ब छ । रु एक अर्ब बराबरको शेयर लाभांश वितरण गरेपछि कम्पनीको चुक्ता पूँजी रु ११ अर्ब पुग्नेछ ।…
काठमाडौँ : कर्मचारी समायोजनका लागि फाराम भर्न समय दुई दिनमात्र रहँदा ५१ हजार ३२२ जनाले समायोजन रोजेका छन् । बुधबारसम्म समायोनजका लागि फाराम भर्ने अन्तिम समय सीमा तोकिएको छ । यही पुस ११ गतेदेखि सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्न सरकारले सञ्चालन गरेको अनलाइनमा सो सङ्ख्याले फाराम भरेका सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव अनिता निरौलाले जानकारी दिए । अनलाइन फारामका २४ घण्टा नै खुला गरिएको छ । उहाँका अनुसार सङ्घमा ३६ हजार ११०, प्रदेशमा ४४ हजार ७६३ र स्थानीय तहमा दुई लाख ४८ हजार ६६० ले समायोजन रोजेका छन् । कर्मचारीले प्रदेश र स्थानीय तहमा एकभन्दा…
काठमाडौँ: विभिन्न राजनीतिक दलका नेताले नेपाल वायु सेवा निगमको वाइड बडी विमान खरीद प्रकरणमा संलग्न दोषीमाथि कारवाही गर्नुपर्ने माग गरेका गरेका छन् । रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा नेताहरुले विमान खरीद प्रकरणमा संलग्न पूर्वप्रधानमन्त्री, मन्त्री वा सरकारी कर्मचारी जोसुकै भए पनि कारवाही गर्नुपर्ने माग गरे । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले पुस २३ गते नेपाल वायु सेवा निगमको सो विमान खरीदमा संलग्नमाथि अनुसन्धान गरी कानूनी कारवाही गर्न सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिश गरेको थियो । साक्षात्कारमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का नेता खगराज अधिकारीले वर्तमान सरकार भ्रष्टाचारमुक्त देश निर्माणको अभियानमा लागेका सन्दर्भमा विमान खरीदमा संलग्न कसैले पनि उन्मुक्ति पाउन नहुने बताए…
पर्सा: ग्याँस चुहिएर भएको सिलिन्डर विस्फोटमा परी आज वीरगन्जमा दुई जना गम्भिर घाइते भएका छन् । वीरगन्ज महानगरपालिका–११ श्रीपुरमा भएको दुर्घटनामा परि जगरनाथ महतो धानुक र उनकी श्रीमति सुनिता गम्भिर घाइते भएको प्रहरी उपरिक्षक रेवती ढकालले जानकारी दिए । घाइते दुवै जनालाई उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना गराएपनि स्वास्थ्य अवस्था जटिल बनेपछि थप उपचारका लागि काठमाण्डौ लगिएको उनले जानकारी दिए । सो विस्फोटमा कोठामा रहेका समान समेत जलेर नष्ठ भएका छन् ।
काठमाडौँ: गत हप्तादेखि निरन्तर घटिरहेको पूँजी बजारमा आज भने हरियो रङ देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक आज सोमबार ११ दशमलब ७४ अंकले बढेर एक हजार १८६ दशमलब ८० अंकमा पुगेको छ । आइतबार ५ दशमलब ७८ अंकले घटेको थियो । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ०८ अंकले बढेर २५० दशमलब ४९ अंकमा पुगेको छ । आज कूल १५८ कम्पनीका ८ लाख ५ हजार ६०१ कित्ता शेयर २६ करोड ८१ लाख २४ हजार ६४४ मूल्यमा खरीद बिक्री भएका छन् । आजको कारोवारमा बाणिज्य बैंक बाहेक सबै समूहको परिसूचकमा गिरावट…
काठमाडौँ : मर्मतका लागि ५८ दिनदेखि मलेसियामा रहेको नेपाल वायुसेवा निगमको बोइङ को बोइङ ‘गण्डकी’ भोलि मङ्गलबार नेपाल ल्याइने भएको छ । निगमको इन्जिनियरिङ विभागले कलसाइन नाइनएन एसिबी ७५७ बोइङको थर्मल ब्ल्याङ्केटमा समस्या आएको भन्दै मर्मतका लागि क्वालालम्पुर पठाएको थियो । मर्मतका क्रममा सि–डक्टमा पनि समस्या आएपछि मर्मतका लागि थप समय लागेको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिए । उनका अनुसार बोइङ ल्याउन चालक दलका सदस्य (क्रू मेम्बर) हिजो आइतबार मलेसिया गएका छन् । अमेरिकाबाट सिपिङमार्फत सि–डक्ट ल्याएर जडान गर्दा फिट नभएपछि गत साता मलेसियामा पुनः अर्को सि–डक्ट ल्याएर फिट गरिएको थियो । “बोइङको पुरै मर्मत भइसकेको छ, सि–डक्ट…