Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: सवारीचालक अनुमतिपत्र ( लाइसेन्स) परीक्षामा अनियमितता गर्ने यातायात व्यवस्था कार्यालय भेरीका प्रमुखसहित ११ कर्मचारीलाई तीन महिना जेल सजाय तोकिएको छ । विशेष अदालतका न्यायाधीश बाबुराम रेग्मी, द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलासले सबै कर्मचारीलाई भ्रष्टाचारी ठहर गर्दै जेल सजाय सुनाएको हो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

Read More

काठमाडौं: सर्वोच्च अदालतले हनुमानढोका संरक्षित स्मारक क्षेत्रभित्र भवन बनाउँदा जमिनमुनिको तला(बेसमेन्ट)को नक्सा स्वीकृति नदिन निर्देशनात्मक आदेश गरेको छ। न्यायाधीशहरू तेजबहादुर केसी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले विश्व सम्पदाभित्र रहेको हनुमानढोका क्षेत्रभित्र ३५ फिट भन्दामाथि भवन बनाउन नपाइनेगरी आदेश गरेको हो। सर्वोच्चले वेसमेन्ट बनाउनुअघि नै प्रारम्भिक अनुगमन गरी कानुनअनुसार काम गर्न पुरातत्व विभाग, काठमाडौं महानगरपालिकाका नाममा परमादेशको आदेश जारी गरेको छ। विश्व सम्पदा सूचिमा पर्ने हुनमान ढोका परिसरमा मापदण्ड विपरित व्यापारिक भवन (बिजनेस महर्जन कम्प्लेक्स) बन्दै गरेको भन्दै सर्वोच्चमा रिट निवेदन परेको थियो। ‘स्मारक क्षेत्रसँग जोडिएका सन्निकट क्षेत्र कहाँसम्म हुने भन्ने मापदण्ड नभएकाले भन्दै बफर जोन र कोर जोनको एकीकृत मापदण्ड…

Read More

बारा: बारा, पर्साका ११ हजार भन्दा बढी किसानहरुले खेतमा लगाएको अर्बौ मूल्य बराबरको उखु खेतमै सुक्न थालेको छ। मूल्यको विषयलाई लिएर चिनी मिल सञ्चालकले चिनी मिललाई सञ्चालन गर्न आनाकानी गर्दा किसानको अर्बौको उखुबाली अहिले बिक्री हुन नसकेपछि खेतमै सुक्न थालेको बताइएको छ। चालू सिजनमा १४ हजार बिघा क्षेत्रफलमा बारा, पर्साका ११ हजार किसानले लगाएको उखुको उत्पादन ३५ लाख क्विन्टल पुग्ने र त्यसबापत किसानले १ अर्ब ८७ करोड भुक्तानी पाउने लक्ष्य राखिएको रिलायन्स सुगर एन्ड केमिकल इन्डस्ट्रिज प्रालिले जनाएको छ। ‘दुई लाख लगानी गरेर दुई बीघा जग्गामा उखु खेती गरेको थिए,’ बन्जरिया निवासी बिक्रम राउतले भने, ‘उखु कटन गरी बिक्री गर्न…

Read More

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रतिनिधि सभामा संबोधन पुस २२, २०७५ सभामुख महोदय, – विधेयक अधिवेशनका रुपमा रहेको प्रतिनिधिसभाको यस अधिवेशनको आजको बैठकमा मलाई मेरा भनाई राख्ने अनुमति दिनु भएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु । – अहिलेको हाम्रो कार्यभार भनेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दे त्यसको प्रभावकारी कार्यान्वयन गर्नु र आर्थिक प्रगतिको दिशामा अघि बढ्नु हो । त्यसको लागि सुशासन र विकासको महाअभियान आवस्यक छ । – हामी अहिले यस आर्थिक बर्षको सरकारको नीति÷कार्यक्रम र बजेट कार्यान्वयनको अर्धबार्षिक समीक्षाको क्रममा छौं । सरकार आप्mनो काममा सफल वा असफल, कामकै कारणले हुने हो । के हुँदा सफल र के हुँदा असफल…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीलाई सङ्घीय समाजवादी फोरम नेपालले मुलुकलाई चाँडै नै आर्थिक समृद्धि हासिल गर्न सरकारले चालेको कदमलाई प्रभावकारीरुपमा लैजान माग गर्दै आज लागि स्मरण पत्र बुझाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटी ११ बुँदे स्मरणपत्र बुझाएको फोरम नेपालका महासचिव रामसहायप्रसाद यादवले जानकारी दिनुभयो । स्मरणपत्र बुझाउँदा उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई, सहअध्यक्ष राजेन्द्र श्रेष्ठलगायत नेता रहनुभएको थियो । उहाँले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सँग सहकार्य गरी मुलुकबाट गरीबी, बेरोजगारी, आर्थिक फछ्र्यौटेपन, असमानता र विभेदलाई अन्त्य गर्दै सङ्घीयता, लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्याय, समावेशी प्रतिनिधित्वसहितको समावेशी लोकतन्त्रात्मक प्रणालीलाई संस्थागत गर्दै आर्थिक समृद्धितर्फ तीव्रगतिमा अगाडि बढ्नुपर्ने…

Read More

काठमाडौँ: धितोपत्र बजारमा यस साता शेयर कारोवारका आधारमा बैंक तथा वित्तीय संस्थाको नै बाहुल्यता रहेको छ । नेपाल स्टक एक्सचेञ्जले उपलब्ध गराएको यस साताको कारोवार विवरणमा बैंक तथा वित्तीय संस्था नै अग्रस्थानमा रहेको पाइएको हो । बढी शेयर कारोवार भएका उत्कृष्ट दश संस्थामध्ये पहिलो स्थानमा नेपाल बैंक लिमिटेड रहेको छ । सो बैंकको ३०२ कित्ता शेयर कारोवार भयो । यस्तै दोस्रोमा नेपाल क्रेडिट एण्ड कर्मस बैंक रहेको छ । सो बैंकको २४७ कित्ता शेयर कारोवार भए । तेस्रोमा जनता बैंक रहेको छ । उक्त बैंकको १५४ कित्ता शेयर कारोवार भयो । प्रभु बैंकको १४२, एनएमबी बैंकको १४०, मेघा बैंकको १२९,…

Read More

काठमाडौँ: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एक आपसमा गाभिन९मर्जर०का लागि प्रोत्साहन गर्ने नीति अख्तियार गर्ने भएको छ । बैंकले एक निर्देशनमार्फत बैंक तथा वित्तीय संस्था ऐन, २०७३ बमोजिम गाभ्ने वा गाभिई स्तरोन्नति गर्ने प्रक्रिया अवलम्बन गरे त्यसलाई प्रोत्साहन गर्ने नीति लिएको हो । बैंक तथा वित्तीय संस्थाले गाभिनका लागि दिने आवेदनलाई प्राथमिकता दिनेसमेत नीति लिएको छ । राष्ट्र बैंकमा त्यस्तो प्रक्रियाका लागि आवेदन दिँदा त्यस्ता संस्थाले कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड र धितोपत्र विनिमय बजारलाई समेत जानकारी दिन सुझाएको छ । प्रादेशिकस्तरका वित्तीय संस्था एकापसमा गाभिई वा प्राप्ति गरी राष्ट्रियस्तरमा परिणत हुन चाहेमा गाभिएर बन्ने संस्थाको चुक्ता…

Read More

विदुर: पवित्र तीर्थस्थल त्रिशूली र बेत्रगङ्गा नदीको सङगमस्थललाई नेपालको महत्वपूर्ण श्राद्ध तीर्थस्थल मानिन्छ । आज नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावती (उत्तरगया) मा पितृमोक्षका लागि श्राद्ध गर्नेको बिहानैदेखि ठूलो संख्यामा भिड लागेको छ । काशी, गया लगायतका धार्मिक तीर्थस्थलमा श्राद्ध गर्न जानुअघि यस ठाउँमा श्राद्ध गरेर मात्र गएमा पुण्य हुने जनविश्वास रहिआएको छ । यस कारण पनि यहाँ पौषे आँैसीका दिन उल्लेख्य मात्रामा श्राद्ध गर्नेको भिड लाग्दछ । यस दिनलाई गया मौनी दर्शश्राद्धमको नामले समेत सम्झना गरिन्छ । तीर्थश्राद्ध गर्दा आएका हजारौं श्रद्धालुले पितृमोक्षका लागि जौंको पिठोबाट बनाइएको पिण्डदान गर्ने गर्छन् । उत्तरगया क्षेत्रको नामले चिनिने बेत्रावतीमा पौषकृष्ण औँसीका दिन पितृलाई…

Read More

काठमाडौं: धनगढी प्रिमियर लिग (डीपीएल) को अक्सनमा शनिवार ललित भण्डारी, ललित राजवंशी, पवन सराफ र भीम सार्कीमाथि महंगा बोली लागेको छ। आज राजधानीमा भएको अक्सनमा आरिफ शेख र बिनोद भण्डारीमाथि पनि समान २ लाख ५० हजारको बोली लागेको छ। घरेलु लिगमा आरिफ र विनोद यसअघि पनि महंगा खेलाडी रहेका थिए तर, यो पटक ललित भण्डारी, ललित राजवंशी, पवन सराफ र भीम सार्की पनि यो सूचीमा अटाउन सफल भएका छन्। महंगा ६ खेलाडी मध्ये तीन जना रुपन्देही च्यालेन्जर्समा छन् । ललित भण्डारी, विनोद भण्डारी र भीम सार्कीलाई उसले गोलाप्रथाबाट आफ्नो टिममा पारेको हो । यसैगरी आरिफ शेख महेन्द्रनगर युनाइटेडमा आवद्ध भएका…

Read More

काठमाडौँ: संसदीय उपसमितिले नेपाल वायुसेवा निगमको वाइड बडी प्रकरणमा भ्रष्टाचार भएकाले त्यसमा सङ्लग्न दोषीलाई प्रचलित कानूनअनुसार कारवाहीको माग गरिएको छ । रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा सार्वजनिक लेखा समिति, उपसमितिका सदस्यहरुले मुलुकको विकास र समृद्धिका लागि यस किसिमका भ्रष्टाचारको अन्त्य गर्नुपर्नेमा जोड दिएका हुन् । सार्वजनिक लेखा समितिका सदस्य तेजुलाल चौधरीले उक्त प्रकरणमा भ्रष्टाचार भएको दावी गर्दै संसदीय उपसमितिले तयार गरेको प्रतिवेदनका आधारमा दोषीलाई कारवाहीको सिफारिस गरिने बताए। अर्का सदस्य विशाल भट्टराईले नेपाल वायुसेवा निगमले पछिल्लो पटक विमान खरिदमा अनियमितता भएको र बदमासी गर्ने जो कोहीलाई पनि कारवाही हुने बताउँदै त्यस घटनामा जोडिएका अन्य दोषीको पनि सुक्ष्म अध्ययन…

Read More