Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

सिन्धुली: बलात्कार, हत्या तथा बेपत्ताको आरोप लागेका ‘लिटिल बुद्ध’ भनिने रामबहादुर बम्जनको एक आश्रमबाट आज एक महात्मा गुरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिन्धुलीको कमलामाई नगरपालिका–८ स्थित पैरे धापसार भन्ने स्थानमा रहेको आश्रममा सिन्धुपाल्चोकबाट आएको प्रहरीले महात्मा गुरुलाई सोधपुछका लागि नियन्त्रणमा लिएको हो । आश्रमबाट महात्मा गुरु भनिने इन्द्रबहादुर स्याङ्तानलाई सोधपुछका लागि ल्याइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले जानकारी दिनुभयो । उहाँले हेटौँडा घर भएका स्याङ्तानलाई सिन्धुली आश्रमबाट सामान्य सोधपुछ गर्नुपर्ने भएकाले ल्याइएको बताउनुभयो । प्रहरीले सामान्य सोधपुछका लागि ल्याइएको बताए पनि अन्य जानकारी भने दिएको छैन । यसैबीच सिन्धुपाल्चोकबाट प्रहरी नायव उपरीक्षक विमलराज कँडेलको टोली पनि…

Read More

काठमाडौ: नेपाल आयल निगमले हवाई इन्धनको मूल्य १० रुपैयाँ प्रतिलिटर घटाएको छ । घटाएको मूल्य आन्तरिक उडानको लागि मात्रै हुनेछ । घटाएको मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुने निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । उनका अनुसार अवको आन्तरिकतर्फ हवाई इन्धन मूल्य ९५ रुपैयाँ ५० पैसा हुनेछ । यसअघि १०४ रुपैयाँ ५० पैसा रहेको थियो । यसैबीच निगमका नवनियुक्त कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले निगमको पुनर्संरचना गर्ने बताएका छन् । कार्यकारी निर्देशक पौडेलले निगममा हुने गरेका बिकृति, बिसंगतिको अन्त्य गर्दै निगमका हरेक गतिविधिलाई पारदर्शी बताउने प्रतिवद्धता जनाए । बिहीबार निगमको ४८ औं वार्षिकोत्सवको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै…

Read More

काठमाडौँ: साताको अन्तिम कारोवारको दिनमै पूँजी बजारमा सामान्य सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक बिहिबार एक दशमलब ४८ अंकले बढेर एक हजार १८० दशमलब ८४ अंकमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शुन्य दशमलव ३९ अंकले घटेर २५० दशमलब ६५ अंकमा पुगेको छ । आज कूल १६३ कम्पनीका १३ लाख ८७ हजार ५९२ कित्ता शेयर ३६ करोड ६३ लाख २४ हजार १६४ मूल्यमा खरीद बिक्री भएका छन् । आजको कारोवारमा सबै भन्दा बढी निर्जीवन बीमा समूहको परिसूचक २२ दशमलब १७ अंकले र जीवन बीमा ५ दशमलब ९६ अंकले…

Read More

काठमाडौँ: तपाइँले नयाँ आवास तथा घरका लागि नेपाल विद्युत् प्राधिकरणसँग नयाँ मिटरको लागि आवेदन दिनुभएको छ भने अब तपाईंले लामो समय कुर्नुपर्ने छैन । प्राधिकरणले आफ्ना ग्राहकलाई सहजरूपमा सेवा दिने लक्ष्यका साथ प्रक्रिया पुगेकालाई सात दिनभित्र नयाँ मिटर दिने व्यवस्था गर्न मातहतका सबै कार्यालयलाई निर्देशन दिएको छ । प्राधिकरणले ‘सिङ्गल फेज’को नयाँ मिटर सात दिनभित्रमा जडान गरिदिन र उपभोक्तालाई कुनै पनि प्रकारको दुःख नदिन निर्देशन दिएको छ । प्राधिकरणले प्रवाह गर्ने सेवालाई अझ प्रभावकारी बनाउन सिङ्गल फेजको मिटरका लागि निवेदन दिने ग्राहकको मिटर सात दिनभित्रमा जडान गरिदिने प्रतिबद्धतासमेत जनाएको छ । कहीँ कतै त्यस्तो व्यवस्था लागू नभएको पाइए कार्यकारी निर्देशक…

Read More

काठमाडौँ : सरकारले कृषि क्षेत्रमा जाने अनुदानमा पुनःमूल्याङ्कन गर्ने भएको छ । व्यक्तिगतरूपमा दिँदा अनुदानको दुरुपयोग भएकाले पुनःमूल्याङ्कन गरेर सहकारीमार्फत जाने तयारी सरकारले गरेको अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी दिए । “राज्यबाट कृषिमा जाने अनुदानबारे हामी पुनःमूल्याङ्कन गर्दैछौँ, व्यक्तिले लगेको अनुदान दुरुपयोग भयो, हामीले स्वीकार्नै पर्छ, अनुदानको पैसा लियो, उद्यम शुरु ग¥यो तर उपभोक्ताले राहत पाए–पाएनन् भन्ने प्रश्न छ । त्यसैले सरकारले पुनरावलोकन गर्न लागेको हो”, आजदेखि काठमाडौँमा शुरु सहकारी उद्यम प्रवद्र्धन राष्ट्रिय कार्यशालामा मन्त्री खतिवडाले भने । सहकारी संस्थामार्फत कृषि अनुदान गयो भने दुरुपयोग नभई प्रयोग हुनसक्ने र राज्यको लगानीको प्रतिफल आउनसक्ने निष्कर्ष सरकारको छ । यसका लागि कृषि…

Read More

काठमाडौं: उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री मात्रिका यादवले निगम भित्र रहेका विकृती र विसंगती लाई बन्द नगरिकन कसैको पनि कल्याण नहुने बताएका छन् । आफु मंत्री हुनुभन्दा अघि निगम विकृतिले धेरै ठाउमा प्वाललै प्वाल भएर तेल चुहीएको अवस्थामा रहेको र यसलाई टाल्ने प्रयास गरिएको भन्दै उनले अव सबैको सहयोगले अझै रहेकॉअ चुनौतीहरुलाई हल गर्न जरुरी रहेको छ, निमगको ४८ औं वार्षिक उत्सवमा बोल्दै मन्त्री यादवले भने। निगममा ढुवानीकर्ता, चालक, निगमभित्रैकै कर्मचारी र राजनीतिक क्षेत्रका कारण निगम धरासायी अवस्थामा भएकोले अव सबै क्षेत्रका व्यक्तिले निगमलाई व्यवस्थित गर्दै जनताप्रती उत्तरदायी भएर काम गर्नु पर्ने, उनले बताए। “निगमबाट पूर्व राजा ज्ञानेन्द्रदेखि पूर्व प्रम,…

Read More

काठमाडौँ: नेपाली सेनाका दुई सहायकरथी गोकुल भण्डारी र यम ढकालबीच आज सैनिक जंगी अड्डामा सैनिक प्रबक्ताको जिम्मेवारीको बुझबुझारथ कार्यक्रम सम्पन्न भएको छ। सैनिक जनसम्पर्क तथा सूचना निर्देशानालयका निर्देशक तथा सैनिक प्रबक्ताको जिम्मेवारी भण्डारीले सहायरथी ढकाललाई हस्तान्तरण गरेका हुन्। यो संगै अव नेपाली सेनाको औपचारिक प्रबक्ताको जिम्मेवारी निर्देशक ढकालले सम्हाल्ने छन्। यसभन्दा अघिका सैनिक प्रबक्ता भण्डारीले एक वर्ष उक्त पद सम्हालेका थिए। सर भण्डारीको भक्तपुरको खरिपाटीस्थित सैनिक तालिम केन्द्रमा सरुवा भएको छ जहान उनले केन्द्रको कमाण्डाण्टको भूमिकामा रहने छन्। यस्तै सर. ढकाल भने पूर्वीपृतना हेडक्वाटरबाट सरुवा भइ सैनिक प्रबक्ताको भूमिकामा आएका हुन्।

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालको दुई दिवसीय भ्रमणमा रहनुभएका जापानका विदेशमन्त्री तारो कोनोले आज प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट गर्नुभयो । त्यस अवसरमा नेपाल–जापान सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचार विमर्श भएको थियो । मन्त्री कोनो नेतृत्वको जापानी प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले नेपालको सामाजिक, आर्थिक विकासमा जापानबाट निरन्तर सहयोग प्राप्त भएकामा आभार व्यक्त गर्दै नेपाल सरकारको विकास निर्माणका प्राथमिकता, कृषि क्षेत्रको आधुनिकीकरण, ऊर्जा उत्पादन, पूर्वाधार विकासलगायत क्षेत्रमा सहायताका निम्ति अनुरोध गर्नुभएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईले बताउनुभयो । प्रधानमन्त्री ओलीको अनुरोधलाई सकारात्मक रुपमा लिएको र जापानले नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको जानकारी सल्लाहकार…

Read More

महोत्तरी: सरकारले निर्धारण गरेको मूल्यमा उखु खरीद गर्न चिनी उद्योगी सहमत भएका छन् । बुधबार साँझ महोत्तरीको बर्दिवासमा सम्पन्न भएको किसान र उद्योग प्रतिनिधिबीच भएको छलफलपछि प्रतिक्विन्टल रु ५३६ दरले उखु खरीद गर्नका लागि उद्योगी तयार भएका हुन् । उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीका अनुसार चिनी उद्योगीले तत्कालै चिनी मिल सञ्चालन गर्ने, किसानसँग उखु खरीद गरेको ४५ दिनभित्रमा किसानलाई उखुको रकम भुक्तानी गर्ने र उद्योगसँग मौज्दात रहेको चिनी नेपाल सरकारलाई खरीद गर्न आग्रह गर्ने सहमति भएको हो । सरकारले चालू आर्थिक वर्ष २०७५÷७६ का लागि उखुको न्यूनतम खरीद मूल्य प्रतिक्विन्टल रु ५३६ निर्धारण गरेको छ । आजको छलफलमा १४…

Read More

काठमाडौँ: महानगरीय अपराध महाशाखाले विदेश पठाएइदिने भन्दै रु एक करोड ५० लाख ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ । पुतलीसडकमा गेट्स कन्सल्टेन्सी सञ्चालन गरी अष्ट्रेलिया, क्यानडालगायतका मुलुक पठाइदिने भन्दै २० जनाभन्दा धेरै व्यक्तिसँग रु एक करोड ५० लाख ठगी गर्ने पाल्पाका ३४ वर्षीय गणेश ढकाललाई आज दिउँसो महाशाखाको टोलीले पक्राउ गरेको हो । महाशाखाका प्रवक्ता नरेन्द्रप्रसाद उप्रेतीले भक्तपुरको सूर्यविनायक बस्ने आभाष खनाललाई क्यानडा पठाइदिने भन्दै रु सात लाख ठगी गरेको उजुरीका आधारमा ढकाललाई पक्राउ गरिएको जानकारी दिए। ढकालले ठगी गरेको पैसा खनालले मागेपछि खाली चेक दिएकाले उनलाई बैंकिङ र ठगी कसुरअन्तर्गत अनुसन्धान भइरहेको प्रवक्ता उप्रेतीले बताए ।

Read More