Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- १३ देशमा नयाँ राजदूत नियुक्त, कुन देशमा को परे ?
- भोटेकोशी बाढी: बेपत्ता कर्मचारीका परिवारलाई प्राधिकरणले तत्काल ५ लाख, ६ महिनासम्म आधा तलब दिने
- बागमतीसहित दर्जनौँ नदीमा बाढीको खतरा
- बाढी प्रभावित तीन जिल्लामा बिजुली सूचारु
- भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १,४०९ पुग्यो
- रविले बोलाए सर्वदलीय बैठक
- मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, भोटेकोसी बाढीबाट करिब ४०० ट्रक तथा कन्टेनर हराएको जानकारी
- सुस्त पुँजी बजार उकास्न सरकारको २१ बुँदे योजना, यस्ता छन् व्यवस्था
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
धादिङ: काठमाडौँबाट बर्दियातर्फ जाँदै गरेको यात्रुवहाक बस धादिङको बेनी घाटरोराङ गाउँपालिका–९ हुग्दीपुल नजिकै आज बिहान दुर्घटना हुँदा ३१ घाइते भएका छन् । अत्यधिक गतिमा गुडेको बा२ख ४६८३ नम्बरको बस मोडमा सडकमै पल्टिएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ । दुर्घटनामा ३१ जना घाइते भएका छन् । घाइतेको बजारवासी प्रहरीले उद्धार गरी राजमार्ग सामुदायिक अस्पताल मलेखु, गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौँ पठाइएको छ । गाडीमा ४१ जना सवार रहेका थिए । दुर्घटनापछि केहीबेर राजमार्ग अवरुद्ध भए पनि राजमार्ग अहिले पुनः सञ्चालन भएको छ ।
काठमाडौं : स्नातकोत्तर तहमा सर्वोत्कृष्ट अंक ल्याएका विद्यार्थीलाई दिइने विद्याभूषण पदक तथा अन्य पुरस्कारमा त्रिभुवन विश्वविद्यालयले मनपरी गरेको छ। वार्षिक र सेमेस्टर प्रणाली पढेकालाई एकै डालोमा राखेर पदक पाउने विद्यार्थी छानिएको छ। त्यसो गर्नु गलत भएको जानकारहरुको भनाइ छ। किनभने यी दुई प्रणालीमा पढाउने र नम्बर दिने शैली फरक छन्। त्रिविअन्तर्गत स्नातकोत्तर तहमा २०७२ सालसम्म वार्षिक प्रणालीबाट मात्र पढाइ हुन्थ्यो। त्यही वर्षदेखि केही क्याम्पसमा सेमेस्टर र केहीमा वार्षिक प्रणालीबाट पढाइ भइरहेको छ। यो वर्षदेखि सबै क्याम्पसमा सेमेस्टर प्रणाली लागू गरिएको छ। गत शैक्षिक सत्रमा भौतिक संरचना र पर्याप्त शिक्षक भएका क्याम्पसमा सेमेस्टर र संरचना पर्याप्त नभएका क्याम्पसमा वार्षिक प्रणालीबाटै पढाइ…
काठमाडौँ : विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले एउटा समूहले पार्टी फुटाएर गएपनि आफ्नोे अभियान नरोकिने बताएका छन् । पार्टी फुटपछि आफ्नो धारणा सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीमा विमति भए पनि पार्टी नै छाडेर गएकामा चिन्ता व्यक्त गरे । पार्टीका संयोजक मध्येका उज्वल थापासहित १६ जनाले शुक्रबार निर्वाचन आयोगमा विवेकशील नेपाली दल दर्ता गरेका छन् । उनले हिलो छ्यापाछ्याप गर्ने पक्षमा आफू नरहेको जानकारी गराए । “पार्टी छोडेर जाने साथीहरुले लगाएको आरोपले असाध्यै दुःख लागेको छ, तर म कसैलाई आरोप लगाउने पक्षमा छैन, मैले पनि आरोप लगाएँ भने धेरै हुन्छ”, उनले भने । संयोजक मिश्रले आफ्ना कमीकमजोरी…
काठमाडौँ: अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सार्वजनिक गरेको टी–२० क्रिकेटको नयाँ बरियतामा नेपालका कप्तान पारस खड्का सोमपाल कामीको बरियतामा सुधार आएको छ भने बलर वसन्त रेग्मी यथावत स्थानमा रहेको छ । आइसिसीले आज सार्वजनिक गरेको नयाँ बरियताको ब्याटिङतर्फ शीर्ष सयभित्र परेका कप्तान पारसको बरियता एक स्थान सुधार गर्दै ९६ औँ स्थानमा रहेका छन् । अघिल्लो महीना पारस ९७ औँ स्थानमा रहेका थिए । यसैगरी बलिङतर्फ नेपालका वसन्त रेग्मी र सोमपाल कामी शीर्ष १०० भित्र पर्न सफल भएका छन् । वसन्त ३९७ अङ्क प्राप्त गर्दै ७४औँ र ३३८ अङ्क जोडेका सोमपाल ९३ औँ स्थानमा पुगेका छन् । अघिल्लो महीना वसन्त ७४औँ स्थानमै…
काठमाडौँ: परापूर्वकालदेखि माघे सङ्क्रान्ति पर्वका अवसरमा नुवाकोटको बेत्रावती र तारुकामा मनाइँदै आएको गोरु जुधाउने पर्वमा यसवर्ष ४७ हल गोरु जुधाइने भएको छ । रसुवा–नुवाकोट पर्यटन समाजले आज यहाँ पत्रकारसम्मेलन गरी यस वर्षौदेखि नुवाकोटको बेत्रावती, तारुका र यसै वर्षदेखि घले गाउँ र धादिङको नीलकण्ठ नगरपालिकास्थित धुवाकोटमा पनि गोरु जुधाइने जानकारी दिइयो । नुवकोटको तारुकमा २३, बेतावतीमा आठ र घले गाउँमा १६ तथा धादिङको धुवाकोटमा १८ हल गोरु जुधाउन दर्ता भएको सो अवसरमा पर्यटन समजका अध्यक्ष बलराम न्यौपानेले जानकारी दिए । तारुका गोरु जुधाइ मेला आयोजक समिति सदस्य विष्णु तारुकेले गोरु जुधाइँसँगै स्थानीय कला संस्कृति झल्कने झाँकी, राष्ट्रिय कलाकारद्वारा सांस्कृतिक कार्यक्रम, स्थानीय…
काठमाडौँ: सहयोगापेक्षी मानिस सडकमा देख्दा कसैमा पनि सकारात्मक भावना जागृत हुँदैनथ्यो । सबैले छिःछी र दुरदुर गर्थे । कतिले कुटेर लखेट्थे भने कतिले झर्केर हप्काउँथे । फोहरमा भएका खानेकुरा खोजेर खाने, जथाभावी हिँड्ने, थोत्रा कपडाको साथमा बोरा ओछ्याएर सडकको पेटीमा सुत्ने उनीहरुको दैनिकी बन्थ्यो । यस्तो अवस्था देखेपछि विसं २०६९ बाट उद्धार गरी पालनपोषणको काम थाल्दा गाउँमा मुठिदान सङ्कलनका क्रममा दुव्र्यवहारको शिकार भएको अनुभव उद्धारका अभियन्ता रुपा केसीसँग छ । सडकमा कष्टकर जीवन व्यतित गर्ने सहयोगापेक्षीको उद्धारसँगै पालनपोषण र संरक्षण गरी उनीहरुको परिवार पत्ता लगाएर पुनःस्थापनमा सक्रिय मानवसेवा आश्रमले अहिलेसम्म नेपालका विभिन्न क्षेत्रबाट एक हजार ७३० जनालाई उद्धार गरेको छ…
काठमाडौँ: “माननीय मन्त्री ज्यू, विद्यालयमा कम्प्युटर क्षिक्षाका लागि विद्युत् लाइन जोड्न खोजेको तर सार्वजनिक जग्गामा भवन भएकाले हामीसँग लालपुर्जा छैन । सोही कारण हामीले विद्युत् मिटर राख्न पाएका छैनौँ । हामीले विद्युत् मिटर नपाएकै कारण विद्यार्थीलाई कम्प्युटर पढाउन नपाउने हो त ?” यो भनाइ हो काभ्रे जनजागृति माविका शिक्षक ठाकुरप्रसाद उप्रेतीको । शिक्षक उप्रेती त्यतिमा मात्रै रोकिएनन । उनले भने, “मिटर जडान गर्न नेपाल विद्युत् प्राधिकरणको काभ्रेपलाञ्चोक वितरण केन्द्रले रु १० हजार धरौटी राख्न भनेको छ । हामीले कसरी मिटर लिने होला ?” अभिभावकले विद्यालयमा कम्प्युटर पढाइ गर्न लामो समयदेखि माग गर्दै आएको भएपनि मिटर नपाउँदा विद्युत् लाइन जोड्न पाइएन,…
काठमाडौँ: पूर्व उपप्रधानमन्त्री तथा नेकपाका नेता भरतमोहन अधिकारी अस्पताल भर्ना हुनुभएको छ । छातीमा सङ्क्रमण देखिएपछि ललितपुरको भँैसेपाटीस्थित मेडिसिटी अस्पतालमा गत सोमबार भर्ना गरिएको उहाँका स्वकीय सचिव महेन्द्र विष्टले जानकारी दिनुभयो । चिसोले गर्दा अधिकारीको छातीमा सङ्क्रमण भएको उहाँले बताउनुभयो । पूर्व अर्थमन्त्रीसमेत रहनुभएका अधिकारीलाई शुक्रबारदेखि स्वास्थ्यमा सुधार आएपछि सामान्य बेडमा सारिएको छ । ८३ वर्षीय अधिकारीलाई विगत एक वर्षदेखि स्वास्थ्यमा समस्या आएपछि मेडिसिटी अस्पतालमा पटकपटक उपचार भइ रहेको छ । उहाँको उपचारमा डा राजेन्द्र रिजालको समूहले स्वास्थ्य उपचार गरिरहेको छ ।
काठमाडौँ: धितोपत्र बजारमा यस साता विभिन्न चार कम्पनीका शेयर सूचीकृत भएका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार यस साता ठूलो परिमाणको शेयर माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको सूचीकृत भएको छ । सो कम्पनीको १० करोड ५९ लाख कित्ता साधारण शेयर सूचीकृत भयो । सो कम्पनीको शेयर आइतबारदेखि दोस्रो बजारमा खरीद बिक्री शुरु हुने स्टकले जनाएको छ । यसै साता जोशी हाइड्रोपावर लिमिटेडको पनि ३७ लाख १४ हजार कित्ता साधारण शेयर स्टकमा सूचीकृत भएको छ । स्वदेशी लघुवित्त वित्तीय संस्था र नागबेली लघुवित्त वित्तीय संस्थाको हकप्रद शेयर पनि यसै साता स्टकमा सूचीकृत भए । स्वदेशी लघुवित्तको ११ लाख ५० हजार र नागबेलीको…
काठमाडौँ: भारतका राष्ट्रपति रामनाथ कोविन्दले प्रधान सेनापति महारथी पूर्णचन्द्र थापालाई भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गर्नुभएको छ । भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति थापालाई आज नयाँदिल्लीस्थित राष्ट्रपतिभवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति कोविन्दले सो चिन्ह प्रदान गर्नु भएको नेपाली सेनाले जनाएको छ । नेपाल र भारतीय सेनाबीच रहिआएको परम्परागत आपसी सम्बन्धअनुरुप दुवै देशका सेना प्रमुखलाई कदरस्वरुप सन् १९५० देखि सो दर्जा दिने प्रचलन रहिआएको छ । भारत भ्रमणका लागि शुक्रबार त्यसतर्फ जानुभएका प्रधानसेनापति थापाले नयाँदिल्लीस्थित नेशनल डिफेन्स कलेजको निरिक्षण गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।