Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपालबहादुर खड्कासहित चार जनाविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ । आयोगले खड्काको श्रीमती शर्मिला खड्का, बूढानीलकण्ठ नपा–४ बस्ने अमिता लामा सोदेम्बा र सिजी डेभलपर्सविरुद्ध मुद्दा दायर गरेको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिनुभयो । खड्काले अन्य व्यक्तिको नाममा लुकाइराखेको रु सात करोडभन्दा बढीको सम्पत्तिसमेत जफतको मागदाबी गर्दै आयोगले मुद्दा दायर गरेको हो । खड्कासहितलाई रु १८ करोड ६६ लाख बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ । निगमको पूर्वकार्यकारी निर्देशक खड्काले गैरकानूनी सम्पत्ति आर्जन गरेको भनी आयोगमा उजुरी परेपछि उहाँको सार्वजनिक सेवा प्रवेश गरेपश्चात्को समग्र आय र व्ययको विश्लेषण…

Read More

काठमाडौँ: सर्वोच्च अदालतले टीकापुर घटनाका आरोपमा पक्राउ परेका निलम्वित सांसद रेशम चौधरीलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले आज चौधरीलाई थुनामुक्त गर्न अस्वीकार गरेको हो । कर्तव्य ज्यान मुद्दामा कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलको आदेशलाई सर्वोच्च अदालतले सदर गरेको छ । आदेशमा भनिएको छ, ‘चौधरीले आरोपित कसुर गरेको भनी विश्वास गर्न सकिने पर्याप्त र मनासिव आधार विद्यमान रहेको देखिँदा निजलाई पछि ठहरे बमोजिम हुनेगरी मुद्दा पुर्पक्षका लागि थुनामा राख्ने गरी उच्च अदालत दिपायल र जिल्ला अदालत कैलालीको आदेश मनासिव देखिन्छ ।’ जिल्ला अदालतको २०७४ फागुन १४ गतेको आदेशविरुद्ध चौधरीले उच्च…

Read More

काठमाडौँ: सार्वजनिक लेखा समितिले तत्कालिन सचिव शंकरप्रसाद अधिकारी र नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई हदैसम्मको कारबाही गर्न नेपाल सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ। वाइडबडी विमान खरिद अनियमितामा सचिव देवकोटा र महाप्रबन्धक कंसाकारलाई मुख्य दोषी रहेको प्रतिवेदन दिँदै उनीहरुमाथि कारबाहीको सिफारिस गरेको हो। लेखा समितिले गठन गरेको उपसमितिले शाही, देव र अधिकारीलाई नैतिक जिम्मेवारी लिन र कानून सम्मत कारबाही सिफारिस गरेको उल्लेख गर्दै समितिको प्रतिवेदनमा भनिएको छ, ‘महालेखा परीक्षकको प्रतिवेदनको सम्परीवेक्षण र बेरुजु फस्र्याैट गर्ने जिम्मा लेखा उत्तरदायी अधिकृतका रुपमा मन्त्रालयका सचिवको प्रमुख दायित्व हुने र सचिव नै वायुसेवा निगमको अध्यक्ष रहेको अवस्थामा सार्वजनिक खरिद ऐन…

Read More

काठमाडौं: सार्वजनिक लेखा समितिले वाइडबढी खरिद प्रकरणमा अनियमितता भएको ठहर गर्दै नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार मुख्य दोषी रहेको ठहर गरेको छ । समितिले सोमबार आफ्नो प्रतिवेदनसहित दोषी देखिएकाहरुलाई कारवाही गर्न सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशनसमेत दिएको छ । यस्तो छ समितिको निर्णयको बुँदा नम्बर ३ मा ‘वायुसेवा निगमको सञ्चालक समितिका सदस्य सचिव तथा निगमका महाप्रबन्धक भई वाइड बडी विमान खरिद गर्न निगमको नियमावलीको दफा २३६ (२) अनुसार बदनीयतपूर्वक पुरानो विमान खरिद गर्ने प्रक्रिया अगाडि बढाई यो प्रकरणमा प्रमुख भूमिका खेल्ने निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले बदनीयत राखी जहाज खरिद प्रकरणमा अख्तियारको दुरुपयोग गरी भ्रष्टाचार गरेको देखिन आएकाले…

Read More

काठमाडौं: सार्वजनिक लेखा समितिले वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै दुई पूर्वसहित वहालवाला पर्यटनमन्त्रीलाई कारबाही गर्न सिफारिस गरेको छ। यता हालका गृहसचिव तथा पूर्व पर्यटनसचिव प्रेम राईले भने सफाई पाएका छन्। समितिको सोमबार बसेको बैठकमा उपससमितिको प्रतिवेदन संशोधन गरेर पेश गरिएको थियो । के छ संशोधनमा? प्रतिवेदनमा ‘महालेखा परीक्षकको प्रतिवेदनको सम्परीक्षण र बेरुजु फस्र्याैट गर्ने विम्मा लेखा उत्तरदायी अधिकृतका रुपमा मन्त्रालयका सचिवको प्रमुख दायित्व हुने र सचिव नै वायुसेवा निगमको अध्यक्ष रहेको अवस्थामा सार्वजनिक खरिद ऐन २०६३ विपरित हुने गरी अनियमित तरिकाले विमान खरिद कारबाही अगाडिढ बढ्दा पनि विभागीय मन्त्रीको रुपमा बहाल रहेको अवस्थामा यथेष्ठ सतर्कता नअपनाएको देखिँदा’ वहालवाला…

Read More

काठमाडौँ: संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले नेपाल वायुसेवा निगमको वाइड बडी जहाज खरीद प्रक्रियामा नीतिगत नेतृत्वबाहेक संस्थागत प्रक्रियामा कानूनीरूपमा कुनै पनि भूमिका नहुने भएकाले आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट गर्नुभएको छ । सो विमान खरीदका विषयमा प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा छानविन जारी रहेका बेला आफूले जिम्मेवारी सम्हालेपछि मन्त्रालयका समग्र प्रगतिसहित विमान खरीदबारे उठेका प्रश्नको जवाफ दिँदै आज उहाँले अनियमितताका विषयमा छानविनका लागि आफूले पनि सघाउने बताउनुभयो । मन्त्री अधिकारीले आफू मन्त्री हुनुपूर्व नै खरीद सम्झौतामा भुक्तानीको कार्यतालिका नेपाल वायुसेवा निगमबाट तय भएको स्थितिमा तेस्रो किस्ता रकम दिन रोक्का गरेको भए समयमा जहाज नआउने र हालसम्म भुक्तानी गरिएको रु…

Read More

काठमाडौँ: नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले न्यायाधीश दीपकराज जोशीलाई वरिष्ठताबाट हटाउने, न्यायपरिषद् सदस्यबाट अलग्याउने र संवैधानिक परिषद्बाट हटाउने कार्य गरेको भन्दै यस कार्य प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बारका महासचिव खम्बबहादुर खातीले जारी गरेको प्रेस विज्ञप्तिमा निर्वतमान प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले तोकिँदै आएको इजलाससमेत नतोकिने कार्य गैरसंवैधानिक, गैरकानूनी र प्राकृतिक न्यायको सिद्धान्त विपरीत भएको उल्लेख छ । बारले प्रधानन्यायाधीश राणाले गरेका गैरकानूनी निर्णय तत्काल फिर्ता लिई स्वतन्त्र न्यायपालिकाको रक्षा, मानवअधिकारको सम्मान, विधिको शासन र न्यायको अनभूति दिलाउने माग गरेको छ । न्यायको धरोधर र आस्थाको केन्द्रका रुपमा रहेको न्यायपालिका र संविधानको व्याख्या गर्ने सर्वोच्च अदालतका प्रधानन्यायाधीशले कतैबाट पनि…

Read More

कावासोती: पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्व नवलपुरको मध्यबिन्दु नगरपालिका–११, बाहुनेकुनामा आज बिहान बस पल्टिँदा २२ जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ । सुर्खेतबाट काठमाडौँका लागि छुटेको ना ५ख ४६९६ नम्बरको बस तीव्र गतिका कारण आफैँ अनियन्त्रित भई पल्टिँदा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए । दुर्घटनामा घाइते भएका सबै जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । दुर्घटनामा परी कालीकोट मानमा खर्चना गाउँपालिका दुई बस्ने ५० वर्षीय धर्मबहादुर शाही गम्भीर घाइते भएका छन् । अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । ३४ जना यात्रु…

Read More

काठमाडौँ: काठमाडौँ उपत्यका र बाहिरका केहि आसपासमा क्षेत्रमा अहिले यस वर्षकै पहिलो हिउँदे वर्षा भइरहेको छ। यसभन्दा पहिले पनि उपत्यकाका केहि स्थानमा हल्का वर्षा भएको थियो तर त्यो मापन योग्य नरहेकोले यो नै यस वर्षको पहिलो हिउँदे बर्षा हो, जल तथा मौसम बिज्ञान विभागका मौसमविद बरुण पौडेलले जानकारी दिए। उपत्यका पछि हल्का वर्षा दिपायल, धनगडी र सिमरामा पनि देखिएको उनले बताए। आज देशका अधिकांश स्थानमा वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात हुने जनाएको छ। पौडेलले भने देशभर आंशिकदेखि सामान्य बदलि रहने देखिन्छ। अहिले काठमाडौँको बिहानीको न्युनतम तापक्रम साँढे ६ डिग्री रहेको छ। यस्तो हुनेछ अवको तीन दिनको मौसमी अवस्था जारी…

Read More

काठमाडौँ: नेपाल राष्ट्र बैंकले ४ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल आज सोमबार बिक्री गर्ने भएको छ । केन्द्रिय बैंकले २८ दिने अवधिको तीन अर्ब २५ करोड रुपैयाँको र ९१ दिने अवधिको एक अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल खरिदका लागि  आज सोमबार (पुष २३ गते) सोमबार अपरान्ह २ बजेसम्म आवेदन दिइसक्नु पर्ने राष्ट्र बैंकले जनाएको छ । डिसकाउन्ट दर १५ प्रतिशत रहेको उक्त ट्रेजरी बिलको आम्दानीमा कर लाग्ने छ । २८ दिने अवधिको ट्रेजरी बिल माघ २२ गते र ९१ दिने अवधिको ट्रेजरी बिल चैत १२ गते परिपक्व हुने राष्ट्र बैंकले जनाएको…

Read More