Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: थ्रीस्टार क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा तेस्रो स्थान हात पारेको छ । ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा को खेल मैदानमा आज भएको लिग चरणको अन्तिम खेलमा थ्रीस्टारले हिमालयन शेर्पालाई २–० गोलअन्तरले पाखा लगाउँदै लिगमा तेस्रो स्थान हात पारेको हो । थ्रिस्स्टारको जितमा बुद्ध चेम्जोङ र रञ्जन विष्टले गोल गरे । खेलको पहिलो हाफको २८औँ मिनेटमा रञ्जन विष्टको पासमा बुद्ध चेम्जोङले गोल गर्दै टोलीलाई शुरुआती अग्रता दिलाए । त्यस्तै खेलको दोस्रो हाफको ८८औँ मिनेटमा रञ्जित धिमालको पासलाई रञ्जन विष्टले सदुपयोग गर्दै गोल गरे । यस जितसँगै थ्रीस्टारले लिगको १३ खेलमा…

Read More

काठमाडौँ: नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा डिल्लीराम अधिकारी नियुक्त भएका छन् । खुला प्रतिस्पर्धाबाट छानिएका अन्तिम तीनजना मध्ये सबैभन्दा बढी नम्बर पाउने अधिकारीलाई मन्त्रिपरिषदले टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गरेको हो । सरकारले सञ्चार तथा सूचना प्रबिधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको संयोजकत्वमा छनौट समिति गठन गरेको थियो । समितिले अन्तिम तीनजनामा नम्बरका आधारमा डिल्लीराम अधिकारी, बुद्धि आचार्य र संगीता पहाडीको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो ।

Read More

काठमाडौँ: प्रभु बैंंकले आफ्ना शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको आजको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७४÷७५ मा कायम भएको चुक्ता पूँजीको पाँच प्रतिशत शेयर लाभांश दिने निर्णय गरेको हो । यस्तै कर प्रयोजनसहित पाँच दशमलव २६ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंक र वार्षिक साधारणसभाले स्वीकृत गरेपछि शेयर धनीलाई वितरण गरिनेछ । भार्गव विकास बैंकले छ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । आव २०७४÷७५ को नाफाबाट उक्त लाभांश दिने प्रस्ताव गरेको हो । बैंकको चुक्ता पूँजी रु ५० करोड १६ लाखको छ प्रतिशतले हुन आउने…

Read More

काठमाडौँ: साताको पहिलो कारोवारको दिनमै पूँजी बजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक आइतबार ७ दशमलब २२ अंकले घटेर एक हजार १७० दशमलब ७९ अंकमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ३० अंकले घटेर २४८ दशमलब ५६ अंकमा झरेको छ । आज कूल १५६ कम्पनीका १३ लाख ६३ हजार ८५४ कित्ता शेयर ३१ करोड ३ लाख १४ हजार २२२ मूल्यमा खरीद बिक्री भएका छन् । आजको कारोवारमा अन्य बाहेक सबै समूहको परिसूचकमा गिरावट आएको छ । बाणिज्य बैंक ६ दशमलब ८६ अंक, होटल ७ दशमलब ८…

Read More

काठमाडौँ : नेपाल गुणस्तर तथा नापतौल विभागले चालु आर्थिक वर्षमा १६ उद्योगबाट उत्पादित १९ वस्तुलाई नेपाल गुणस्तर चिन्ह प्रदान गरेको छ । विभागले गुणस्तर मापदण्ड पुरा गरी उत्पादन गरेका १६ उद्योगबाट उत्पादित १९ वस्तुलाई उक्त चिन्ह प्रदान गरेको हो । विभागले अन्नपूर्ण भेजिटेबल प्रालि बाराबाट उत्पादित सोय तेल, सूर्यमुखी तेल र भेजिटेबल घीलाई गुणस्तर चिह्न प्रदान गरेको छ । वर्षा रिसाइक्लिङ प्रालि बाँकेबाट उत्पादित प्रेसर कुकर, जिटिएच उद्योग प्रालि भक्तपुरबाट उत्पादित प्रेसर कुकर, हरि उद्योग प्रालि भारतबाट उत्पादित एलपीजी रेगुलेटर, होङ्सी सिमेन्ट उद्योग नवलपरासीबाट उत्पादित पिपिसी सिमेन्ट, इन्टरनेशनल सिमेन्ट पर्साबाट उत्पादित पिएससी सिमेन्ट, इन्टरटेक पाइप एण्ड फिटिङ रुपन्देहीबाट उत्पादित पिभिसी…

Read More

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले २ वटा रेल खरिद प्रकृया अघि बढिसकेको भन्दै नेपालले आफ्नै रेल चलाउने बताएका छन् । आइतबार संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले रेल र पानी जहाजबारे फैल्याइएका अफवाहबारे आफु जानकार रहेको भन्दै त्यस्ता अफवाहहरु अफवाहमै सिमित हुनेगरी सरकारले काम गरिरहेको दावी पनि गरे । काठमाडौं–पोखरा रेलमार्गबारे समझादारी भैरहेकोले छिट्टै त्यो प्रकृया पुरा हुने प्रधानमन्त्रीले बताए । भएको कामलाई पनि केहीले नभएको भनेर प्रचार गरेकोमा प्रधानमन्त्रीले असन्तुष्टि जनाए । उनले तुइन विस्थापित गर्ने काम भइरहेको भन्दै १७ वटा तुइन यसैवर्ष विस्थापन भइसक्ने र ती स्थानमा झोलुङ्गे पुल निर्माणको काम भइरहेको दाबी गरे । विदेशीसँगको सम्बन्ध विस्तार, कुटनीतिक…

Read More

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सम्बोधन गरीसकेपछि ओलीसमक्ष प्रश्न राख्न पाउनु पर्ने माग गर्दै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले अहिले संसदमा रोस्टम घेराउ र नाराबाजी जारि राखेको छ। सभामुख कृष्ण बहादुर महराले अहिले प्रतिप्रश्नको पालो नभएको भन्दै प्रश्न राख्न अनुमति नदिएपछि अहिले संसदमा हंगामा चलेको छ। यसो भने सभामुखले सभामुखले यो प्रश्न उत्तरको कार्यक्रम होइन भनेपछि विपक्षी दल कांग्रेसका केहि सदस्हरुले होहल्ला र नारावाजी सुरु गरेका थिए। प्रश्न उत्तरको अर्को छुट्टै प्राबधान छ भन्दै प्रश्न राखन नदिएपछि सो हङ्गामा भएको हो। प्रतिनिधसभा नियमावलीको परिच्छेद नम्बर ८ र ९ मा प्रधानमन्त्री संग प्रत्यक्ष प्रश्न उत्तरको कार्यक्रम रहेको तर अहिलेको अवस्थामा त्यो…

Read More

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपाल पानी जहाज कार्यालय’ स्थापनाको तयारी भइरहेको बताएका छन् । आइतबार संसदलाई सम्बोधन गर्दै ओलीले रेल र पानी जहाजको आफ्नो सपनालाई अफवाहको तुवालोमा पुर्ने प्रयास भइरहेको बताएका छन् । उनले भने, ‘कागजको डुंगा फ्याकियो, गुडिया रेल खेलाइयो । अहिले साथीहरुले पानी जहाजको टिकट काटौं भनेको काउन्टर खोइ भनेको सुनियो ।’ प्रधानमन्त्री ओलीले पानी जहाज चल्ने भन्दै पुस १६ का लागि टिकट काट्न निम्तो दिएका थिए । तर, उनले आफ्नो बाचा किन पूरा भएन भन्ने जवाफ दिनुको साटो प्रश्न गर्नेहरुलाई नै व्यंग्य गरेका छन् । हिजो पानी जहाज हुनसक्दैन भन्नेहरुले अहिले टिकट खोज्नु सकारात्मक भएको भन्दै…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले केहि साथीहरुले देशमा यत्रो ठुलो विकास निर्माणका कामहरु अघि बढिरहेको अवस्थामा केहि भएको नदेख्नु कुनी के हो साथीहरुले यसलाई किन देखेनन् भनेर आश्चार्यता प्रकट गरेका छन् । आइतबार संसदलाई सम्बोधन गर्दै उनले आफ्नो कार्यकालममा झोलुङ्गे पुल विस्थापनका कार्यले तिब्रता पाएको जानकारी गराएका थिए। प्रधानमन्त्री ओलीले प्रमुख विपक्षी कांग्रेसलाई धमिलो पानीमा माछा पार्ने रहर नगर्न सुझाव समेत दिएका छन् । सरकारले कर्मचारी समायोजन अध्यादेश ल्याउँदा किन ल्याएको ? कर्मचारीको वृत्तिविकास रोक्न मिल्छ ? जस्ता प्रश्न आएको भन्दै उनले भने, ‘स्वेच्छिक अवकासमा जाँदा अनावश्यक ५०/६० अर्ब व्ययभार बोक्नुपर्थ्यो ।’ नेपाली कांग्रेस नेतृत्वको सरकारले ल्याएको कर्मचारी समायोजन ऐन…

Read More

काठमाडौं: पाँचथर पावर कम्पनीले यही पुस ३० गतेदेखि कूल ९ लाख ६२ हजार ५०० कित्ता साधारण शेयर (आइपिओ) बिक्री गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र पाँचथर जिल्लाको फिदिम नगरपालिका, हिलिहाङ्ग र फालेलुङ्ग गाउँपालिकाका वासिन्दाको लागि शेयर बिक्री गर्न लागेको हो । कम्पनीले पाँचथर जिल्लाको हेवा खोलामा १४.९ मेगवाट क्षमताको आयोजना सञ्चालन गरको छ । कम्पनीले आज प्रकाशित गरेको आह्वानपत्रमा सो आयोजनाको प्रतिमेगावट लागत १७ करोड ५४ लाख रुपैयाँ रहेको जनाएको छ । केयर रेटिङ नेपालले गरेको रेटिङमा सो कम्पनीले ग्रेड–४ पाएको छ । त्यो भनेको वित्तीय अवस्था राम्रो छैन भन्ने हो । आयोजना प्रभावित क्षेत्रका बासिन्दाले पाँचथर जिल्लामा…

Read More