काठमाडौँ: साताको पहिलो कारोवारको दिनमै पूँजी बजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक आइतबार ७ दशमलब २२ अंकले घटेर एक हजार १७० दशमलब ७९ अंकमा पुगेको छ ।
यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ३० अंकले घटेर २४८ दशमलब ५६ अंकमा झरेको छ ।
आज कूल १५६ कम्पनीका १३ लाख ६३ हजार ८५४ कित्ता शेयर ३१ करोड ३ लाख १४ हजार २२२ मूल्यमा खरीद बिक्री भएका छन् ।
आजको कारोवारमा अन्य बाहेक सबै समूहको परिसूचकमा गिरावट आएको छ ।
बाणिज्य बैंक ६ दशमलब ८६ अंक, होटल ७ दशमलब ८ अंक, विकास बैंक १४ दशमलब ३३ अंक र जलबिधुत २२ दशमलब ८४ अंकले घटेका छन् ।
त्यसैगरी, निर्जीवन बीमा समूहको परिसूचक ७९ दशमलब ०८ अंकले र जीवन बीमा ४३ दशमलब ७५ अंकले घटेका छन्