Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौ: सिटिजन्स बैंक इन्टरनेसनलले प्रदेश नम्बर ५ को प्रादेशिक कार्यालयको भवन नेपालगञ्जमा स्थापना गरेको छ । उक्त कार्यालयको आरम्भ समारोहमा प्रदेश नं ५ का उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । प्रदेश नं ५ अन्तर्गत बैंकका ११ वटा शाखाहरुबाट व्यापार बिस्तारका साथ साथै शाखाहरुसंगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरू प्रादेशिक कार्यालयले छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने विश्वास बैंकले लिएको छ । प्रदेश नं ५ मा रहेका १३ जिल्ला मध्ये ७ वटा जिल्लामा बैंकको पहुँच रहेको छ । हाल यस बैंकका…

Read More

ललितपुर: कोटेश्वर–कलङ्की सडकको सबैभन्दा बाहिरी लेन ‘सर्भिस ट्र्याक’ को निर्माण आधा सकिएको छ । चिनियाँ सरकारले आठ लेनको सडक निर्माण सकाएसँगै नेपाल सरकारले गर्ने भनिएको दुई लेनको काम भइरहेको काठमाडौँ चक्रपथ सुधार योजनाले बताएको छ । अहिलेसम्म झण्डै पाँच किलोमिटर काम सकिएको योजनामा कार्यरत इञ्जिनीयर निरञ्जन शर्मा अर्यालले बताए । आगामी वर्ष बाँकी पाँच किलोमिटर सक्ने योजना छ । चक्रपथको भित्रपट्टि र बाहिरपट्टि गरेर दुवैतर्फको काम भइरहेको छ । यो सडकमा मुख्य लेन, सहायक लेन र ‘सर्भिस ट्र्याक’ गरेर तीन प्रकारका लेन छन् । मुख्य र सहायक लेन चार÷चार र ‘सर्भिस ट्र्याक’ दुवैतर्फ एक÷एक गरेर जम्मा दुई लेनको रहेको छ…

Read More

काठमाडौँ: नेपाल र फ्रान्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवका सन्दर्भमा फ्रान्सको विदेश मन्त्रालयका सचिव मोरि मोन्टान गुर्दो नेपालको दुई दिवसीय भ्रमणमा यही पुस २५ गते राजधानी आउनुहुने भएको छ । परराष्ट्र सचिव शङ्करदास वैरागीको निमन्त्रणामा उहाँका फ्रान्सेली समकक्षीबाट हुन लागेको यो भ्रमणका क्रममा सोही दिन दुई देशका विदेश सचिवको नेतृत्वमा द्विपक्षीय परामर्श संयन्त्रको बैठक हुनेछ । बैठकमा दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउने तथा पारस्परिक हित र लाभका समग्र विषयमा विचारविमर्श हुने सचिव वैरागीले राससलाई जानकारी दिनुभयो । नेपाल–फ्रान्स कूटनीतिक सम्बन्धको ७०औँ वर्ष प्रवेश आगामी अप्रिल २० तारिखमा हुने तथा त्यसपछि वर्षभरि दुवै देशले आयोजना गर्ने विविध कार्यक्रमबारे पनि…

Read More

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्नेछन्। प्रधानमन्त्रीको सचिवालयले यही पुस ११ बाट सुरु संघीय संसद्को चालू अधिवेशनमा प्रधानमन्त्री ओलीले आज सम्बोधन गर्ने तय भएको जनाएको छ । सरकारको काम–कारबाहीलाई लिएर विभिन्न प्रश्न उठिरहेका बेला ओलीले बैठकलाई सम्बोधन गर्न लागेका हुन् । यसअघि गत बिहीबार प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने तयारी भएपनि तयारी नपुगेको भन्दै स्थगन भएको थियो । सरकारका काम–कारबाहीलाई लिएर विभिन्न प्रश्नहरु उठिरहेकाले ओलीले आज तिनै विषयमा आफ्नो धारणा राख्ने बुझिएको छ।

Read More

काठमाडौँ: नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद प्रक्रियामा जोडिएका सचिव प्रेम राईलाई ‘जोगाउने खेल’ सुरु भएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । संघीय संसद्को सार्वजनिक लेखा समितिको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीनिकट सांसदहरुले निगमका तत्कालीन सञ्चालक समिति अध्यक्ष एवं हालका गृहसचिव राई निर्दोष रहेको भन्दै प्रतिवेदनमा उनको नाम हटाउन सुझाव दिएका छन् । सांसदको विरोधपछि प्रतिवेदन संसोधन गरी राईको नाम हटाउने तयारी भएको छ ।

Read More

हुम्ला: जिल्लाको दक्षिणी भेगमा पर्ने चङ्खिली गाउँपालिका वडा नं २ लिलीलेखला भन्ने ठाउँमा शनिबार भएको आगलागीमा १३ घर जलेर नष्ट भएका छन् । स्थानीय बासिन्दाका अनुसार ती घरमा लागेको आगो अझै नियन्त्रणमा आइसकेको छैन । आगो निभाउने कार्य जारी रहेको जनाइएको छ । क्षतिको विवरण आउन बाँकी छ ।

Read More

काठमाडौँ: सवारीचालक अनुमतिपत्र ( लाइसेन्स) परीक्षामा अनियमितता गर्ने यातायात व्यवस्था कार्यालय भेरीका प्रमुखसहित ११ कर्मचारीलाई तीन महिना जेल सजाय तोकिएको छ । विशेष अदालतका न्यायाधीश बाबुराम रेग्मी, द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलासले सबै कर्मचारीलाई भ्रष्टाचारी ठहर गर्दै जेल सजाय सुनाएको हो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

Read More

काठमाडौं: सर्वोच्च अदालतले हनुमानढोका संरक्षित स्मारक क्षेत्रभित्र भवन बनाउँदा जमिनमुनिको तला(बेसमेन्ट)को नक्सा स्वीकृति नदिन निर्देशनात्मक आदेश गरेको छ। न्यायाधीशहरू तेजबहादुर केसी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले विश्व सम्पदाभित्र रहेको हनुमानढोका क्षेत्रभित्र ३५ फिट भन्दामाथि भवन बनाउन नपाइनेगरी आदेश गरेको हो। सर्वोच्चले वेसमेन्ट बनाउनुअघि नै प्रारम्भिक अनुगमन गरी कानुनअनुसार काम गर्न पुरातत्व विभाग, काठमाडौं महानगरपालिकाका नाममा परमादेशको आदेश जारी गरेको छ। विश्व सम्पदा सूचिमा पर्ने हुनमान ढोका परिसरमा मापदण्ड विपरित व्यापारिक भवन (बिजनेस महर्जन कम्प्लेक्स) बन्दै गरेको भन्दै सर्वोच्चमा रिट निवेदन परेको थियो। ‘स्मारक क्षेत्रसँग जोडिएका सन्निकट क्षेत्र कहाँसम्म हुने भन्ने मापदण्ड नभएकाले भन्दै बफर जोन र कोर जोनको एकीकृत मापदण्ड…

Read More

बारा: बारा, पर्साका ११ हजार भन्दा बढी किसानहरुले खेतमा लगाएको अर्बौ मूल्य बराबरको उखु खेतमै सुक्न थालेको छ। मूल्यको विषयलाई लिएर चिनी मिल सञ्चालकले चिनी मिललाई सञ्चालन गर्न आनाकानी गर्दा किसानको अर्बौको उखुबाली अहिले बिक्री हुन नसकेपछि खेतमै सुक्न थालेको बताइएको छ। चालू सिजनमा १४ हजार बिघा क्षेत्रफलमा बारा, पर्साका ११ हजार किसानले लगाएको उखुको उत्पादन ३५ लाख क्विन्टल पुग्ने र त्यसबापत किसानले १ अर्ब ८७ करोड भुक्तानी पाउने लक्ष्य राखिएको रिलायन्स सुगर एन्ड केमिकल इन्डस्ट्रिज प्रालिले जनाएको छ। ‘दुई लाख लगानी गरेर दुई बीघा जग्गामा उखु खेती गरेको थिए,’ बन्जरिया निवासी बिक्रम राउतले भने, ‘उखु कटन गरी बिक्री गर्न…

Read More

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रतिनिधि सभामा संबोधन पुस २२, २०७५ सभामुख महोदय, – विधेयक अधिवेशनका रुपमा रहेको प्रतिनिधिसभाको यस अधिवेशनको आजको बैठकमा मलाई मेरा भनाई राख्ने अनुमति दिनु भएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु । – अहिलेको हाम्रो कार्यभार भनेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दे त्यसको प्रभावकारी कार्यान्वयन गर्नु र आर्थिक प्रगतिको दिशामा अघि बढ्नु हो । त्यसको लागि सुशासन र विकासको महाअभियान आवस्यक छ । – हामी अहिले यस आर्थिक बर्षको सरकारको नीति÷कार्यक्रम र बजेट कार्यान्वयनको अर्धबार्षिक समीक्षाको क्रममा छौं । सरकार आप्mनो काममा सफल वा असफल, कामकै कारणले हुने हो । के हुँदा सफल र के हुँदा असफल…

Read More