Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- १३ देशमा नयाँ राजदूत नियुक्त, कुन देशमा को परे ?
- भोटेकोशी बाढी: बेपत्ता कर्मचारीका परिवारलाई प्राधिकरणले तत्काल ५ लाख, ६ महिनासम्म आधा तलब दिने
- बागमतीसहित दर्जनौँ नदीमा बाढीको खतरा
- बाढी प्रभावित तीन जिल्लामा बिजुली सूचारु
- भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १,४०९ पुग्यो
- रविले बोलाए सर्वदलीय बैठक
- मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, भोटेकोसी बाढीबाट करिब ४०० ट्रक तथा कन्टेनर हराएको जानकारी
- सुस्त पुँजी बजार उकास्न सरकारको २१ बुँदे योजना, यस्ता छन् व्यवस्था
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालको ऊर्जा क्षेत्रमा थप लगानी गर्न अमेरिकालाई आग्रह गरेका छन् । नेपालका लागि अमेरिकी राजदूत रेण्डी डब्लु बेरीसँग आज सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा भएको भेटमा उनले सो आग्रह गरेका हुन् । ऊर्जामन्त्री पुनले नेपालमा संविधान निर्माण र शान्ति प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको भन्दै हाल देशमा स्थिर सरकार भएकाले लगानीका लागि उपयुक्त वातावरण भएको बताए । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) का परियोजना निर्धारित समयभित्रै पूरा गर्ने गरी सरकारले तयारी गरिरहेको उल्लेख गर्दै उनले कानूनी जटिलताका कारण एमसिसी परियोजना रोकिने अवस्था आउन नदिने गरी काम भइरहेको बताए । मन्त्री पुनले आर्थिक विकासको गतिका आधारमा ऊर्जा…
काठमाडौँ: विवेकशील साझा पार्टीले नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरीदबारे अध्ययन गर्न गठित संसदीय छानबिन उपसमितिले रु चार अर्ब ३५ करोड ५६ लाख अनियमितता भएको ठहर गरेको सम्बन्धमा ध्यानाकर्षण भएको जनाएको छ । पार्टी प्रवक्ता डा सूर्यराज आचार्यले आज विज्ञप्तिमार्फत संसदीय छानविन उपसमितिले दोषी औंल्याएका सबैलाई तत्काल कार्यभारबाट मुक्त गरी निष्पक्ष कानूनी र न्यायिक प्रक्रिया पारदर्शिरुपमा यथाशिघ्र अघि बढाउन सरकारसँग माग गरेका छन् । “सार्वजनिक खरिद प्रक्रियामा बारम्बार यो तहको भ्रष्टाचार हुनुले हाम्रो राज्य प्रणाली भ्रष्टाचारको चरम विकृतीले थलिएको स्पष्ट रुपमा देखिन्छ । अझ भ्रष्टाचारलाई वैधता दिने गरी नीति र कानुनको तहमा जानिबुझि छिद्र राखेर गरिने कैयौं नीतिगत भ्रष्टाचारका विषय…
काठमाडौँ: सस्तो मूल्यमा सुन दिन्छु भनी नक्कली सुन दिइ रु ४० लाख ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा काठमाडौँ टोखा नगरपालिका बस्ने सुनसरीका पवन विक, धनुषा जनकपुर नगरपालिकाका मनिष ढुङ्गाना, काठमाडौँ काँडाघारी बस्ने सर्लाहीका विवेक दनुवार, सर्लाही लालबन्दीका रोहित मगर र पूर्णबहादुर पुलामी छन् । यसैगरी, काठमाडौ बौद्ध बस्ने धनकुटाका शलिना शर्मा र सङ्गीता राई, काठमाडाँै बौद्ध बस्ने पर्साका सन्तोषकुमार लामा, काठमाडाँै तारकेश्वर नगरपालिका बस्ने रौतहटका समीर लामा, काभ्रेपलाञ्चोकका मनोज लामा, बाराका सुरेश राई र निजगढका सागर राईलाई समेत पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले आज जानकारी दिएको छ । उनीहरुले एक किलो नक्कली सुन दिइ उक्त रकम…
काठमाडौँ: सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीको चेम्बर खोसिएको छ । सर्वोच्च अदालत प्रशासनले उनी बस्ने गरेको चेम्बरमा दीपककुमार कार्कीलाई स्थान्तरण गरेको छ । सर्वोच्च अदालत स्रोतका अनुसार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको आदेशपछि १ नम्बर इजलाशको चेम्बरमा दीपककुमार कार्कीलाई राखिएको हो । दीपकराज जोशीलाई भने सर्वोच्चकै कुनामा रहेको एउटा कोठा उपलब्ध गराइएको छ । यसअघि दीपकराज जोशी वरिष्ठतम् न्यायाधीशका रुपमा १ नम्बरको इजलाश र चेम्बरमा बस्ने गरेका थिए । बिहिबार एकाएक आफू बस्ने चेम्बरसमेत खोसिएपछि उनी बिहान सर्वोच्च अदालतमा पुगी हाजिर गरी घर फर्किएका छन् । बुधबार रातोपाटीसँग कुराकानी गर्दै न्यायाधीश जोशीले इजलाश नदिए पनि आफू नियमित कामका लागि सर्वोच्च…
बर्दिवास: पुस तेस्रो साता सकिन लाग्दासम्म चिनी उद्योग सञ्चालनमा आउने कुनै भेउ नपाएपछि महोत्तरीका उखु किसान आफैँ उखु पेलेर सख्खर बनाउन थालेका छन् । जिल्लाको गौशाला नगरपालिकाको रामनगरस्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डिष्ट्रिज (बोलीचालीमा एभरेष्ट चिनी उद्योग, एभरेष्ट चिनी मिल) ले यसपाली उखु क्रसिङबारे चासो नदेखाउँदा यहाँका किसान धमाधम आफ्नै गाउँ÷नगर बस्तीमा कोलमा उखु पेलेर सख्खर बनाउन थालेका हुन् । खेतबारीमा खुट्टी उखु (दोस्रो पटकको उत्पादन लिइने उखुबाली) सुक्न लागेपछि बाध्य भएर कोल (उखु पेल्ने घरैया मशिन, तुर्पिन) खोजेर उखु पेल्न थालिएको किसान बताउँछन् । खुट्टी उखु काट्ने समय घर्किनै लाग्दासम्म उद्योग चल्ने छाँटकाँट नदेखिएकाले आफ्नै बस्तीमा तुर्पिन भाडामा लिएर…
काठमाडौं: नेपाली सेनाको प्रवक्ता परिवर्तन भएको छ। हालका प्रवक्ता तथा सहायक रथी गोकुल भण्डारीको सरुवा अधिकृत क्याडेट तालिम केन्द्र खरिपाटीमा भएको छ। उनले झन्डै एक वर्षबढी उक्त जिम्मेवारी सम्हालेका थिए। उनका ठाउमा यम ढकालले जिम्मेवारी सम्हाल्ने छन् । ढकाल सेनाको पूर्वी पृतनामा कार्यरत् थिए।
काठमाडौँ: यो साता भरि पूँजी बजारमा गिरावट रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहिबार कारोवार मापक नेप्से परिसूचक एक दशमलब ५६ अंकले घटेर एक हजार १७८ दशमलब ८७ अंकमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शुन्य दशमलव ४८ अंकले घटेर २५० दशमलब ०६ अंकमा झरेको छ । आइतबार नेप्से १० दशमलव ६२ अंकले, सोमबार १७ दशमलब २६ अंकले, मंगलबार एक दशमलब १३ अंकले र बुधबार ५ दशमलब ४२ अंकले घटेको थियो । आज कूल १५८ कम्पनीका ७ लाख ९७ हजार ६१३ कित्ता शेयर २७ करोड ६९ लाख ५६ हजार ३०१ मूल्यमा खरीद बिक्री भएका…
काठमाडौँ: चिलिमे जलविद्युत् कम्पनीको शेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्जमा प्रतिकित्ता रु ५६२ मा मूल्य समायोजन गरेको हो। कम्पनीले २० प्रतिशत शेयर लाभांश दिने प्रस्ताव गरे लगत्तै मूल्य समायोजन गरेको हो । कम्पनीको औसत आधार मूल्य रु ७३७ रहेको छ । यस्तै हालै मात्र साधारण शेयर बिक्री गरेको चौतारी लघुवित्त वित्तीय संस्थाको कारोवार सुरु भएको छ । स्टकका अनुसार सो कम्पनीको पहिलो कारोवार मूल्य रु १११ देखि रु ३३५ सम्म रहने प्रक्षेपण गरिएको छ । कम्पनीको बुधबार मात्रै १६ लाख ६० हजार कित्ता शेयर स्टकमा सूचीकृत भएको थियो । कम्पनीले केही समय पहिले मात्रै रु छ करोड…
खोटाङ: जिल्लाका सबै स्थानीय तहमा बैंक स्थापना भएपछि आर्थिक कारोवार गर्न सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङको सबै स्थानीय तहमा विभिन्न बैंकको शाखा विस्तार भएपछि सदरमुकाम दिक्तेल बजार धाउनुपर्ने बाध्यता हटेको हो । जिल्लाको प्रमुख व्यापारिक केन्द्र रहेको दिक्तेलबजारमा मात्रै केन्द्रित बैंकहरुले पछिल्लो समय सबै स्थानीय तहमा आफ्नो शाखा विस्तार गरेका छन् । खोटेहाङ गाउँपालिका र हलेसी तुवाचुङ नगरपालिका हुँदै अन्य गाउँपालिकामा समेत बैंकको शाखा विस्तार गरिएपछि सरकारी कारोवार तथा सर्वसाधारणलाई सहज भएको छ । स्थानीय तह कार्यान्वयनमा आएसँगै खोटेहाङ, एँेसेलुखर्क र केपिलासगढी गाउँपालिकामा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार गरिएको छ । जिल्लाको…
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभाको चालू तेस्रो अधिवेशनलाई आज गर्ने भनिएको सम्बोधन एकाएक स्थगित भएको छ । आवश्यक तयारी नपुगेको भन्दै प्रधानमन्त्रीको सम्बोधन स्थगित गरिएको प्रतिनिधिसभा बैठकमा जानकारी गराइएको हो । यही पुस ११ गतेबाट शुरु भएको सङ्घीय संसद्को चालू अधिवेशनमा प्रधानमन्त्री ओलीले आज मध्याह्न समसामयिक विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएका थिए । सरकारको काम प्रभावकारी बनाउन संसद्मा आवाज उठिरहेका बेला प्रधानमन्त्री ओलीले सम्बोधनको तयारी गरेका हुन् ।