Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १,४०९ पुग्यो
- रविले बोलाए सर्वदलीय बैठक
- मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, भोटेकोसी बाढीबाट करिब ४०० ट्रक तथा कन्टेनर हराएको जानकारी
- सुस्त पुँजी बजार उकास्न सरकारको २१ बुँदे योजना, यस्ता छन् व्यवस्था
- बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा
- एमसिए–नेपालद्वारा सीमापार प्रसारण लाइनको नेपालतर्फको १८ किमि खण्डको निर्माण सम्पन्न
- ७७ लाख ५० हजारमै घर र जग्गामा २५ प्रतिशतसम्म छुट अफरसहित ‘सिजी प्रोपर्टिज नवौँ नेपाल जग्गा तथा आवास एक्स्पो’ हुँदै
- जव गृहमन्त्री जेनजी स्मारक पार्क उद्दघाटन नगरी फर्किए, भएको के हो ?
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: नेपाली राष्ट्रिय टोलीका युवा बलर सन्दीप लामिछाने बङ्गलादेश प्रिमियर लिग (बिपिएल) क्रिकेट खेल्न आज बिहान बङ्गलादेश पुगेका छन्। अष्ट्रेलियामा जारी ‘बिग बास लिग’ खेलेर सन्दीप अष्ट्रेलियाबाटै बङ्गलादेश प्रस्थान गरेका हुन् । सन्दीपले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफू बङ्गलादेश प्रस्थान गरेको बताएका छन् । अष्ट्रेलियामा मेलबर्न स्टार्स क्लबबाट त्यहाँको लिग खेलिरहेका सन्दीपले लगातार चार खेल खेल्दै आठ विकेट लिएका थिए । सन्दीपले स्यलहेट सिक्सर्सबाट बङ्गलादेश प्रिमियर लिग खेल्ने छन् । बिपिएल क्रिकेट आगामी शनिबारदेखि शुरु हुनेछ । बङ्गलादेश प्रिमियर लिगपछि सन्दीप नेपाली टोलीमा सामेल हुनेछन् । नेपालले माघको दोस्रो साताबाट युएईसँग उसैको मैदानमा एक दिवसीय र टी–२० शृङ्खला खेल्नेछ । बिग…
काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छिन्। शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजना गरिएको विशेष समारोहका बीच राष्ट्रपति भण्डारीले नवनियुक्त प्रधानन्यायाधीश राणालाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, सर्वोच्च अदालतका न्यायाधीशलगायतको उपस्थिति रहेको थियो । राणालाई मङ्गलबार संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन गरिएको थियो । उमेरहदका कारण प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले मङ्गलबारबाट अवकाश लिएपछि नेपालको २९औँ प्रधानन्यायाधीशको कार्यभार सम्हाल्ने अवसर राणालाई मिलेको हो । पिता युवराजशम्शेर र माता उमा राज्यलक्ष्मीका सन्तानका रुपमा विसं २०१४ मङ्सिर…
काठमाडौँ: नेपाल वायुसेवा निगमका लागि वाइडबडी विमान खरिदमा अनियमितता भएको ठहर गर्दै संसद्को सार्वजनिक लेखा समितअन्तर्गत गठित छानबिन उपसमितिले बहालवाला मन्त्री, पूर्वमन्त्री, सचिव र निगमका महाप्रबन्धक समेतलाई कारवाहीका लागि निर्देशन दिन समितिलाई सिफारिस गरेको छ । सांसद राजेन्द्र केसीको संयोजकत्वमा गठित उपसमितिले समितिलाई ५२ पृष्ठ लामो प्रतिवेदन बुझाउँदै बहालवाला संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारी, पूर्वमन्त्रीद्वय जीवनबहादुर शाही र जितेन्द्रनारायण देव, पर्यटन मन्त्रालयका बहालवाला सचिव कृष्णप्रसाद देवकोटा र पूर्वपर्यटन सचिव समेत रहेका गृहसचिव प्रेमकुमार राई तथा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई कारवाहीका सरकार र अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई निर्देशन दिन समितिलाई सिफारिस गरेको हो । उपसमितिले निगमका महाप्रबन्धक कंसकारलाई…
काठमाडौँ: महानगरीय ट्राफिक प्रहरी महाशाखाले पाँच पटकभन्दा बढी मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने ४२३ चालकको सवारी अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ । महाशाखाले पटक÷पटक मापसे सेवन गरेर सवारीसाधन चलाएपछि लाइसेन्समा प्वाल पार्दै आएको थियो । विसं २०६८ मङ्सिर १७ देखि मापसे जाँच अभियान थालिएको हो । महाशाखाले २०६९ मङ्सिर २२ गतेदेखि मापसे गरी सवारीसाधन चलाउने चालकको लाइसेन्समा प्वाल पार्न थालेको हो । हालसम्म विभिन्न चरणमा गरी एक लाख ७८ हजार १९८ चालकको लाइसेन्समा प्वाल पारिएको महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार पन्तले जानकारी दिए । पहिलोपटक एक लाख ३७ हजार ९५२, दोस्रो पटक २६ हजार ७२७, तेस्रो पटक…
काठमाडौँ: प्रधानसेनापति पूर्णचन्द्र थापाले उपरथी सरदकुमार गिरीलाई आज जंगी अड्डामा आयोजित विशेष कार्यक्रममा रथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गरेका छन्। मन्त्रिपरिषद्को यही पुस १३ गतेको निर्णयअनुसार उपरथी गिरी रथी दर्जामा पदोन्नति हुनुभएको हो । रथी दर्जामा पदोन्नति हुनुभएका रथी गिरीलाई बलाध्यक्षको जिम्मेवारी दिइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतको उपस्थिति थियो । प्रधानसेनापति थापाले आजै बाराको जितपुरस्थित श्री नं २८ बाहिनी अड्डा र महोत्तरी किसाननगरस्थित राष्ट्रिय सेवादल मध्यपूर्वी तालीम शिक्षालयको निरीक्षण भ्रमण गरी स्थलगत वस्तुस्थिति, तालीम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी लिएको नेपाली सेनाले जनाएको छ ।
काठमाडौँ: करिव तीन अर्व रुपैयाँ राजस्व नबुझाउने दूरसञ्चार कम्पनीहरुमाथि संसद्को अर्थ समितिलेल अध्ययन थालेको छ। संचार तथा सूचना प्रविधि मन्त्रलाय र अर्थ मन्त्रालयसंग बक्यौताको विवरण माग गर्दै अध्ययन सुरु गरेको हो। समितिले आइतबार दुवै मन्त्रालयलाई पत्र पठाएर सात दिनभित्र बक्यौता सम्बन्धि विवरण पेस गर्न भनेको छ। ‘दूरसञ्चार सेवा प्रदायकहरुले तिर्नुपर्ने रोयल्टी, आयाकर्लागायतका कारहरु समयमा भुक्तानी गरे नगरेको, नगरेको भए कमपनीहरुको बक्यौता रकम र अवधिसमबन्धि विस्तृत विवरण सात दिनभित्र सिमितिमा आइपुग्ने गरी उपलब्ध गराउनु’, समितिले पठाएको पत्रमा भनिएको छ। समितिका सचिव सुरेन्द्र अर्यालले दूरसंचार कम्पनीबाट सरकाले प्राप्त गर्नुपर्ने बक्यौता नउठेको विषयमा बृहत छलफल गर्न विवरण माग गरेको बताए। कम्पनीहरुले किन बक्यौता…
काठमाडौं : चिकित्सा शिक्षा ऐन तत्काल पारित गर्नुपर्नेलगायतका माग राखेका डा. गोविन्द केसीले इलामबाट अनशन सुरु गर्ने भएका छन। सोहौं पटकको अनशनका लागि उनी मंगलबार बिहान सुटुक्क इलाम पुगेका हुन्। डा. अभिषेक राज सिंहले ट्विट गर्दै यसपटकको लडाईं इलामबाट लड्ने जनाएका छन्। ट्वीटमा उनले लेखेका छन्, ‘आशा छ, सरकार समयमै गम्भीर बन्ने छ र माग सम्बोधन हुने छ।’ १५ औं सत्याग्रहका बेला गत साउन १० गते सरकार र डा. केसीबीच सम्झौता भएको थियो। चिकित्सा शिक्षा विधेयक अगाडि बढाउने क्रममा विगतमा गरिएका सम्झौता उल्लंघन गर्ने चलखेल भए कुनै पनि बेला अनशन बस्ने चेतावनी यस अघि दिएका थिए। डा. केसीले संसदको शिक्षा…
काठमाडौं : विदेश यात्रामा नेपालीले चार महिनामै ३४ अर्ब ९१ करोड रुपैयाँ खर्च गरेका छन्। यो रकम चालु आर्थिक वर्षको चार महिनामा गत वर्षको सोही अवधिको तुलनामा ३९ प्रतिशतले बढी हो। यो अवधिमा नेपाल आउने विदेशी पर्यटकले यात्रामा २५ अर्ब ५ करोड रुपैयाँ मात्रै खर्च गरेका छन्। नेपालीले विदेश यात्रामा खर्च गरेको रकम विदेशी पर्यटकबाट भएको आम्दानी भन्दा झण्डै १० अर्ब रुपैयाँले बढी छ। नेपालीले विदेश भ्रमणमा जाँदा खर्च गरेको जहाजको टिकट रकम समेत यसमा जोडिएको छ। ‘नेपालमा अन्तर्राष्ट्रिय उडान गर्ने २९ मध्ये २६ अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले सेवा दिइरहेका छन्। यसबाट ठूलो रकम बाहिरिएको छ’, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर…
काठमाडौँ: कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाद्वारा सञ्चालित ‘सुपरजोन’मा हाल देखिएका समस्या र समाधानका उपायसहितको प्रतिवेदन १५ दिनभित्र पेश गर्न मातहतका निकायलाई निर्देशन दिएय्का छन्। सुपरजोनको काम जति प्रभावकारीरुपमा हुनुपर्ने थियो त्यत्ति नभएको भन्ने गुनासा आएपछि मन्त्री खनालले १४ वटै सुपरजोनका प्रमुखलाई आज मन्त्रालयमा बोलाएर समस्या र समाधानका उपायसहितको लिखित प्रतिवेदन पेश गर्न निर्देशन दिएका हुन् । मन्त्री खनालले सुपरजोन प्रमुखलाई हालको अवस्था, भौगोलिक पृष्ठभूमि, जोन तथा सुपरजोन थप विस्तार गर्नुपर्ने वा नपर्ने त्यसका कारण र समस्या तथा समाधानसहितको लिखित प्रतिवेदन पेश गर्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । जनस्तरबाट आएका मागलाई सम्बोधन गर्ने गरी…
रुपन्देही: प्रदेश ५ सरकारले माघे सङ्क्रान्तिका अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकार मन्त्रीपरिषद्को आज बसेको बैठकले माघ १ र २ गते दुई दिन बिदा दिने निर्णय गरेको हो । प्रदेशमा मगर र थारु जातिको बाहुल्यता रहेकाले माघे सङ्क्रान्तिका अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले जानकारी दिनुभयो । माघीकै अवसरमा पुस ३० गते आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयोजनमा मुख्यमन्त्री शङ्कर पोखरेलको निवासमा शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रमसमेत आयोजना गर्ने निर्णय भएको छ । प्रदेशस्तरीय नेपाल मगर सङ्घ र थारु कल्याणकारी सभाका पदाधिकारी तथा सदस्यको सहभागिता…