Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- १३ देशमा नयाँ राजदूत नियुक्त, कुन देशमा को परे ?
- भोटेकोशी बाढी: बेपत्ता कर्मचारीका परिवारलाई प्राधिकरणले तत्काल ५ लाख, ६ महिनासम्म आधा तलब दिने
- बागमतीसहित दर्जनौँ नदीमा बाढीको खतरा
- बाढी प्रभावित तीन जिल्लामा बिजुली सूचारु
- भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १,४०९ पुग्यो
- रविले बोलाए सर्वदलीय बैठक
- मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, भोटेकोसी बाढीबाट करिब ४०० ट्रक तथा कन्टेनर हराएको जानकारी
- सुस्त पुँजी बजार उकास्न सरकारको २१ बुँदे योजना, यस्ता छन् व्यवस्था
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई वैद्य माओवादी निकट बताउने विद्यार्थी संगठनले कालाेमाेसाे दलेका छन्। कार्लयमा बसिरेकाे बेला दुइजना आएर कालाेमाेसाे दलेर भागेका निगम स्रोतले बतायो । स्रोतका अनुअर दिउँसाे चार बजेकाे समयमा दुई जना व्यक्ति महाप्रबन्धकको कार्यकक्षमा आए, वैद्य समूहकाे विद्यार्थी संगठनका नेता बताउने उनीहरुले कालाेमाेसाे दलेर भागेका हुन् | बाहिर बसेकाे सुरक्षा गार्डले समाउन खाेज्दा खाेज्दै भागेर दाैडेकाे उनले बताए। कंसाकारलाई वाइडबडी जहाज खरिदमा अनियमितता गरेकाे संसदकाे सार्वजनिक लेखा समितिले गठन गरेकाे उपसमितिले आराेप लगाएकाे छ। मोहन वैद्य ‘किरण’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)ले कंसकारलाई कालोमोसो दलेको घटनाको जिम्मेवारी लिएको छ । सो पार्टीका केन्द्रीय सदस्य…
विराटनगर: नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वाइड बडी विमान खरीदका दोषीलाई कानूनअनुसार कारवाही गर्नुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उनले वाइड बडी विमान खरीद छानबिन संसदीय उपसमितिले कुनै मन्त्रीलाई कारवाहीको सिफारिश गरिएको विषयमा आफूलाई जानकारी नभएको प्रष्ट पारे । सभापति देउवाले उपसमितिले तयार पारेको प्रतिवेदन आफूले अध्ययन नगरेको र यस विषयमा विस्तृत केही भन्न नसक्ने उल्लेख गर्दै निर्मला पन्त्तको बलात्कारपछि हत्याका आरोपीलाई पक्राउ गर्न नसक्नु गृह प्रशासनको कमजोरी भएको धारणा व्यक्त गरे । प्रमाण मेटाएर नै अपरोधीलाई उन्मुक्ति दिन खोजेको आरोप लगाउँलै उहाँले निर्मलाको परिवारले न्याय नपाएसम्म काङ्ग्रेसले यो मद्दालाई नछोड्ने प्रतिवद्धता व्यक्त गरे ।…
काठमाडौँ: नेपाली निर्यातकर्ताको प्रतिनिधिमूलक संस्था नेपाल निर्यात परिषद्ले बैंकको चर्को व्याजदरले निर्यातजन्य उद्योग बन्द हुने अवस्था सृजना भएको गुनासो गर्दै त्यसलाई घटाउन माग गरेका छन् । यही पुस २२ गते राजधानीमा आयोजना हुने निकासी दिवसका सन्दर्भमा परिषद्ले आज पत्रकार सम्मेलन गरी सात प्रतिशत व्याज तिर्नेगरी लिइएको व्याज १५ प्रतिशत पुगेकाले बैंकको व्याज घटाउन सरकारबाटै प्रयास हुनुपर्नेमा जोड दिएको छ । परिषद्का अध्यक्ष सुरेन्द्रकुमार श्रेष्ठले निर्यातकर्ताले धेरै समस्या झेल्नुपरेको दुखेसो गर्दै चर्को व्याजदरले निकासीजन्य उद्योग थला परेका बताए । उनले औद्योगिक व्यवसाय ऐन, बोनस ऐन, मदिरा ऐन र उपभोक्ता ऐन निजी क्षेत्रमैत्री नभएको मर्का सुनाउँदै तिनको संशोधन अपरिहार्य भएको बताए ।…
धादिङ : गल्छीबाट मलेखुतर्फ जाँदै गरेका दुई मोटरसाइकलबाट अवैध चार किलोग्राम सुनसहित तीन जनालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा रसुवाको उत्तरगया गाउँपालिका–३ का २७ वर्षीय सञ्जीत वाइबा, नुवाकोटको तारकेश्वर गाउँपालिका–५ का २२ वर्षीय सुरेन्द्र तामाङ र सोही स्थानका २४ वर्षीय विकास तामाङ रहेका प्रहरी उपरीक्षक डम्बरबहादुर विकले बताए । प्रहरीले पृथ्वीराजमार्गको गजुरीमा सवारी जाँच गर्दा बा ८७ प ७७३१ र प्रदेश नम्बर ३ ०२–००३ प २५४० नम्बरका मोटरसाइकलबाट उक्त सुन बरामद गरेको थियो । प्रहरीले सुन र मोटरसाइकलसमेत तीनजनालाई हिरासतमा लिएको छ ।
काठमाडौँ: नेपाल पेट्रोलियम ढुवानी व्यावसायी महासंघले पुष २३ गतेदेखि सम्पूर्ण ट्यांकरसहित चावी नेपाल आयल निगमलाई बुझाउने भएका छन् । बिगत छ महिनादेखि ढुवानी विनियमावली संशोधनको माग राखेपनि हालसम्म निगमले कुनै चासो नराखेको भन्दै महासंघले सम्पूर्ण ट्यांकरसहित चावी निगमलाई बुझाउन लागेको महासंघका महासचिब विश्वप्रकाश अर्यालले पहिलोक्लिकलाई बताए । उनले भने- “हालको पेट्रोलियम ढुवानी विनियमावली व्यवहारिक नभएको र यसबाट ढुवानीकर्ताले पेट्रोलिम पदार्थ ढुवानी गर्न नसक्ने भन्दै छ महिना अगाढी संसोधनको माग राखेका थियौ तर निगमले कुनै चासो दिएन र हामी यो कदम चल्न बाध्य भएका हौ ।” हाम्रो उदेश्य तेलको आपूर्ति रोक्नु र जनतलाई अप्ठ्यारो पर्ने होइन उनले भने सरकारले आफ्नै चालक…
काठमाडौँ: टेलिभिजन कार्यक्रम प्रस्तोता एबम प्रख्यात पत्रकार रबि लामिछानेको आफ्नो जीवन संगिनीसंग पारपाचुके (डिभोर्स) भएको छ । लामिछानेको २५ वर्षीय लामो वैवाहिक सम्बन्ध आफ्नो पत्नी ईशासंग उनले सम्बन्ध टुंग्याएको बताएका छन् । काठमाडौं । चर्चित सञ्चारकर्मी रवि लामिछानेले पत्नी ईशासँग करिब २५ वर्ष लामो वैवाहिक सम्वन्ध टुंग्याएका छन् । ईशासँग रविले केही दिनअघि मात्रै डिभोर्स गरेका हुन् । रवि र ईशाका दुई छोरी छन् । दुबै छोरीको जिम्मेवारी आफूले लिएको रविको भनाइ छ । रविसँग डिभोर्सपछि ईशा एक हप्ता अगाडि अमेरिका फर्किसकेकी छन् । रविले श्रीमतीसँग डिभोर्सको कारण भने खुलाउन चाहेका छैनन् । तर, अमेरिकामा बस्ने श्रीमतीसँग लामो समयदेखि आफ्नो…
मस्को: रुसको एउटा अपार्टमेन्टमा भएको विस्फोटनमा परी मृत्यु हुनेको संख्या ३७ पुगेको छ । विस्फोटनपछि बेपत्ता भएकाहरुको खोजी गर्ने क्रममा थप व्यक्तीहरुको पनि शव भेटिएकाले मृत्यु हुनेहरुको संख्या बिहीबार ३७ पुगेको हो । नयाँ बर्षको अवसरमा आयोजित रमाइलो कार्यक्रम गरिरहेका बेला अपार्टमेन्टको एक भागमा ग्यास विस्फोटन भएपनि सँगसँगै अरु धेरै परिवार रहेकाले उनीहरुलाई पनि असर परेको अधिकारीहरुले जनाएका छन् । मृत्यु हुनेमा छ जना बालबालिका रहेको आपतकालिन मन्त्रालयले जारी गरेको वक्तव्यमा जनाइएको छ । घटनास्थलबाट दुई जना बालबालिका सहित छ जनालाई उद्धार गरिएको छ । अत्यन्त न्युन तापक्रमका कारण उद्धार तथा खोजी कार्यमा कठिनाई भइरहेको उद्धारकर्ताहरुले बताएका छन् । घटनास्थलको…
रत्ननगर: उपभोक्ता अधिकार संरक्षण मञ्च चितवन शाखाले भरतपुर नापी कार्यालयका एक कर्मचारीलाई रु २० हजार घुस लिएको अभियोगमा पक्राउ गरी जिल्ला प्रशासन कार्यालयमा बुझाएको छ । पक्राउ परेका उक्त कार्यालयका नापी अधिकृत राजेश कर्माचार्यले बिहीबार भरतपुर महानगरपालिका–१० हाकिमचोकका विष्णु पौडेलको जमीन कित्ताकाट गर्ने क्रममा घुस मागेका थिए । पौडेलले बुझाएका नोटको फोटो खिचेर आफ्नी बहिनीमार्फत उनलाई दिइएको थियो । सोही नोटको नम्बरका आधारमा उनलाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालयमा बुझाइएको उक्त शाखाका अध्यक्ष विष्णु भुसालले जानकारी दिए। प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले घुस रकमसहित पक्राउ परे पनि अख्तियारलाई खबर नगरेका कारण निजामती सेवा ऐनअनुरुप मुद्दा अगाडि बढाइने जानकारी दिए।
काठमाडौँ: यही पुस २७ गते अर्थात राष्ट्रिय एकीकरणका नायक पृथ्वीनारायण शाहको जन्म जयन्ती आउंदै गरेको सन्दर्भमा सरकारले राष्ट्रिय एकता दिवस नमनाउँने संकेत घुमाउरो पारामा दिएको छ। सरकारका प्रवक्ता तथा संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले पत्रकारले सोधेको प्रश्नमा भने राष्ट्रिय एकताको विपक्षमा सरकार रहला र भन्दै उल्टै प्रतिप्रश्न गरे। पत्रकारले पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउँछ कि मनाउँदैन भनेर प्रश्न सोधेका थिए। “त्यो त खुशीको कुरा हो, राम्रो कुरा हो, हाम्रो देश, हाम्रो देशको डाइभरसिटी, हाम्रो देशको भूगोल, हाम्रा देशका जनता, संस्कृति, भाषा, सम्मान, हाम्रा समान चासो चिन्तो र आकांक्षाहरुलाई प्रतिनिधित्व गर्ने राष्ट्रिय एकाता दिवस मनाउँछ। तर अव…
बीबीसी: संसारको सबैभन्दा ठूलो कम्पनीमध्येको एक् अमेरिकी कम्पनी एप्पलको शेयरमा बिहिबार भारी गिरावट दर्ता गरिएको छ । एप्पलको एकैदिन कूल ७५ अर्ब डलर अर्थात् ८३ खर्ब रुपैयाँको क्षती भएको छ । एप्पलले बुधबार मात्रै उसको कमाई सन् २०१८ को अन्तिम त्रैमासिकमा अनुमान गरेभन्दा कम हुनसक्ने बताएको थियो । सुरुमा कम्पनीले ८९ अर्ब डलरको राजस्वको अनुमान लगाएको थियो तर बुधबार कम्पनीले उसले ८४ अर्ब डलरको कमाई हुनसक्ने बताएको थियो । पछिल्लो १६ वर्षमा पहिलो पटक एप्पलले आफ्नो कमाईको अनुमानमा कटौती गर्यो । यो चेतावनीपछि कम्पनीको शेयर १० प्रतिसम्म खस्कियो । चीनियाँ बजारमा आइफोनको बिक्रिमा कमी आएपछि एप्पलले पछिल्लो त्रैमासिकको कमाईको अनुमान…