Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- १३ देशमा नयाँ राजदूत नियुक्त, कुन देशमा को परे ?
- भोटेकोशी बाढी: बेपत्ता कर्मचारीका परिवारलाई प्राधिकरणले तत्काल ५ लाख, ६ महिनासम्म आधा तलब दिने
- बागमतीसहित दर्जनौँ नदीमा बाढीको खतरा
- बाढी प्रभावित तीन जिल्लामा बिजुली सूचारु
- भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १,४०९ पुग्यो
- रविले बोलाए सर्वदलीय बैठक
- मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, भोटेकोसी बाढीबाट करिब ४०० ट्रक तथा कन्टेनर हराएको जानकारी
- सुस्त पुँजी बजार उकास्न सरकारको २१ बुँदे योजना, यस्ता छन् व्यवस्था
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: यो वर्ष झन्डै एक खर्व ५० अर्व बराबरको धान उत्पादन भएको छ । यो तथ्याङ्क गत वर्षकोभन्दा झन्डै १० प्रतिशतले बढी हो। कृषि तथा पशुपंक्षी मन्त्रालयका अनुसार यो वर्ष झन्डै एक खर्व ५० अर्व बराबरको ५६ लाख १० हजार टन धान उत्पादन भएको छ। सरकारले तोकेको समर्थन मूल्य अनुसार एक खर्व ४५ अर्वबढीको धान उत्पादन भएको छ। गत वर्षको तुलनामा धान उत्पादन ८.८९ प्रतिशतले बढी हो। गत वर्ष ५१ लाख ५१ हजार ९२५ टन धान उत्पादन भएको थियो। मौसमको अनूकुलता, रसायानिक मलको शुलभ आपूर्ती , गुणस्तरीय धानको विउको प्रयोगले उत्पादकत्व बढेसंगै धान उत्पादनले यो वर्ष नयाँ रेकर्ड कायम गरेको…
काठमाडौँ: गत दुई साताअघिदेखि जारी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठकले अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन सुझावसहित पारित गरेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनीतिक प्रतिवेदन आज सम्पन्न बैठकले पारित गरेको हो । गत मङ्सिर २९ गते शुरु भएको सो बैठकमा पार्टी र सरकारको कामबारे घनीभूत छलफल भएपछि सदस्यले दिएका सुझाव, आलोचना र पूरक प्रस्तावलाई ध्यानमा राखी प्रतिवेदन पारित गरेको छ । बैठकले पार्टी एकताको बाँकी काम यही पुसभित्र सक्ने गरी कार्यदल गठन पनि गरेको छ । यस निर्णयसँगै नेकपाभित्र हाल देखिएको विवाद साम्य भएको छ । बैठकमा नेता वामदेव गौतमले अध्यक्षद्वयको…
काठमाडौं: बालाजु बाइपासमा शुक्रबार बिहान टिपर पल्टिँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । सोहि टिपरले किचेर ४ वटा ट्याक्सीमा क्षति पुगेको छ। मुड्खुभञ्ज्याङबाट एयरपोर्ट निर्माणका लागि लगिंदै गरेको माटो बोकेर जाँदै गरेको ना७ख ७००५ नम्बरको टिपरले थिचेर ५८ वर्षीय दलबहादुर विसंखेको मृत्यु भएको, ट्राफिक प्रहरी महानगरीय ट्राफिक प्रहरी वृत्त, नयाँ बसपार्कका प्रमुख जे जङ्ग कार्की जन्ककारी दिए। टिपरले थिचेर घाइते बिसंखेलाई उपचारका लागि त्रिभुवन शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो । कार्कीका अनुसार, घाइते बिसंखेको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा बिसंखेको श्रीमती सान्नानी र नुवाकोट ककनी–५ का प्रज्ञारत्न लामा घाइते भएका छन् ।…
मनाङ: चिसो बढेसँगै मनाङमा हिमपात शुरु भएको छ । बिहीबार दिउँसदेखि हिउँ पर्न थालेको हो । जिल्लाको माथिल्लो भेग खांसार, भीमताङ, गुवाल,मनाङगाउँलगायत ठाउँमा बाक्लो हिउँ परेको छ । अन्य भूभागमा भने पातलो परेको हिउँ परेको छ । लामो समयसम्म आकाशमा आकाश बादल लाग्नाका साथै तापक्रम पनि निकै घटेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले भने, “बिहीबार बिहानदेखि यहाँको मौसममा खराबी देखियो । हिमालको वरिपरि कालो बादल लागेको र हावाहुरी आउनाका साथै हिमपात भएर तापक्रम पनि माइनस २० डिग्री सेल्सियस पुगेको छ ।” हिजो दिउँसो करीब १ बजेबाट शुरु भएको हिमपात बिहान ७ बजे रोकिएको माथिल्लो मनाङका गोरे गुरुङले बताए।…
काठमाडौँ: परराष्ट्र मन्त्रालयले इण्डोनेसियामा गएको सुनामीसम्बन्धी समवेदना सन्देश तयार गर्दा गल्ती गर्ने सम्बन्धित कर्मचारीमाथि कारवाही गर्ने भएको छ । आज परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निजी सचिवालयले जारी गरेको विज्ञप्तिमा समवेदना सन्देशमा त्रुटि कसरी हुन गएको हो भन्नेबारे सम्बन्धित अधिकारीलाई स्पष्टीकरण सोधिएको र तथ्य पत्ता लागेपछि संलग्न कर्मचारीलाई उचित कारवाही गरिने जानकारी गराउनुभएको छ । सचिवालयले राष्ट्रपति विद्यादेवी भण्डारीले इण्डोनेसियाका राष्ट्रपतिलाई प्रेसित सन्देशमा त्रुटि भएको नभई मन्त्रालयबाट जारी भएको प्रेस विज्ञप्तिमा त्रुटि भएको देखिन आएको भन्दै त्रुटिप्रति मन्त्रालयले तत्काल क्षमायाचनासहित स्पष्ट पारिसकेको विज्ञप्तिमा उल्लेख छ । सचिवालयले बुधबार मन्त्रालयबाट जारी विज्ञप्तिमा भएको त्रुटि र त्यसप्रति आमसञ्चार माध्यम तथा सामाजिक सञ्जालमा आएका प्रतिक्रियाप्रति…
काठमाडौँ: राष्ट्रका उद्योग–व्यवसायको प्रवद्र्धनका निम्ति सरकारले गरेका नीतिगत एवं प्रक्रियागत निर्णयको नेपाल उद्योग परिसङ्घले सराहना गरेको छ । निर्यात प्रोत्साहनका लागि दिइने नगद अनुदानमा वृद्धि, बैंक तथा वित्तीय क्षेत्रमा उत्पन्न तरलता समस्या समाधान गर्न नेपाल सरकारले राष्ट्र बैंकसँगको साझेदारीमा थालिएका काम तथा नेपालमा उत्पादित बिजुली भारत र भारत भएर तेस्रो देशमा निर्यात गर्नसक्ने प्रावधानलाई परिसङ्घले सराहना गरेको हो । निर्यातमा दिँदै आएको नगद अनुदानमा भएको वृद्धिले व्यापार घाटा कम गर्न लगानीकर्ता प्रोत्साहित भएका र त्यसबाट निर्यातजन्य वस्तुको निकासी बढ्ने विश्वास परिसङ्घले व्यक्त गरेको छ । यसअघि निर्यातमा १ देखि २ प्रतिशतसम्म नगद अनुदान दिने प्रावधान रहेकामा त्यसलाई बढाएर ३ देखि…
काठमाडौं: राजधानीको बालाजु बाइपासमा माटो बोकेको टिपर शुक्रबार बिहानै दुर्घटनामा परेको छ । मुड्खु भज्याङबाट एयरपोर्टको लागि माटो बोकेर आउँदै गरेको टिपर दुर्घटनामा परेको हो । महानगरीय प्रहरी वृत, बालाजुका डिएसपी चिरन्जीवी कोइरालाका अनुसार टिपर ट्याक्सीसँग ठोक्किएको हो । दुर्घटनामा दुई जना गम्भिर घाइते भएको प्रहरीले जनाएको छ । घाइते भएका उनीहरुलाई उपचारको लागि टिचिङ अस्पताल लगिएको छ । माटोले पुरिएर मानवीय क्षति भएको हुनसक्ने आशंकामा प्रहरी र स्थानीयले अहिले घटनास्थलमा उद्दार गरिरहेका छन् । प्रहरीका अनुसार टिपरले दुईवटा ट्याक्सी र एउटा रिक्सालाई पुरेको छ । घटनाको थप विवरण आउन बाँकी ।
काठमाडौं: सर्वोच्च अदालतले व्यवसायी अजयराज सुमार्गीको खातामा विदेशबाट जम्मा भएको रकम भुक्तानी रोक्का नगर्न नेपाल राष्ट्र बैंकलाई आदेश दिएको छ। सर्वोच्चका न्यायाधीश दीपकराज जोशीको एकल इजलासले सुमार्गीको लगानीमा सञ्चालित मुक्तिश्री सिमेन्ट उद्योग प्रालिको खातामा जम्मा भएको ७५ लाख अमेरिकी डलरको भुक्तानी रोक्का नगर्न राष्ट्र बैंकलाई अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। उद्योगले मागेका बेला भुक्तानी दिन राष्ट्र बैंकका नाममा मंगलबार अल्पकालीन अन्तरिम आदेश भएको हो। सर्वोच्चले रोक्का गरिएको खाता पुस २४ सम्मका लागि सञ्चालन गर्न छुट दिएको छ। त्यस दिन राष्ट्र बैंक र मुक्तिश्री सिमेन्टका दुवैलाई छलफलका लागि बोलाइएको छ। सुमार्गीले सुर्खेतमा सिमेन्ट उद्योग सञ्चालन गर्न चार करोड ५० लाख…
काठमाडौं : बर्खायाममा धेरै बिजुली उत्पादन हुने । तर हिउँदमा कम । बर्खायाममा छेलोखेलो तर हिउँदमा अभाव । आयात नै गर्नुपर्ने । विद्युत् प्राधिकरणले बर्खायाममा उत्पादन हुने तर उपयोग गर्न नसकी खेर जाने बिजुलीको आँकडा तयार गरेको थियो— ४ हजार ७ सय ५० मेगावाट । अर्थात् एक खर्ब ७९ अर्ब रुपैयाँ बराबरको बिजुली खेर जानेमा प्राधिकरण चिन्तित थियो । त्यही भएर उसले बर्खायामको बिजुली किन्ने सम्झौतै (पीपीए) गर्न छाडेको थियो । अब प्राधिकरण खेर जाने बिजुलीको तनावबाट मुक्त भएको छ । प्राधिकरण मात्र होइन, नेपालका नदी नालाबाट उत्पादन हुने बिजुलीको पूर्ण उपयोग हुने भएको छ । सुन्दै असम्भव लाग्ने यो…
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनी सिएमसीको बैंक ग्यारेन्टी रकम जफत गर्ने सरकारको निर्णय रोक लगाई पाऊँ भनी सिएमसीले दायर गरेको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश जारी नहुने आदेश दिएको छ । मेलम्ची खानेपानी आयोजनाको काम छाडेर भागेको सिएमसी दि राभेनाले, बैंक ग्यारेन्टी जफत गर्ने सरकारको निर्णय विरुद्ध उच्च अदालत पाटनमा गत पुस ५ गते अन्तरिम आदेश जारी गरी पाऊँ भनी रिट दायर गरेको थियो । तर उच्च अदालत पाटनले भने सिएमसीको पक्षमा नभई नेपाल सरकारको पक्षमा आदेश दिएको छ । उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाश कुमार ढुंगाना र न्यायाधीश कृष्णबहादुर थापाको ईजलाशले अन्तरिम आदेश जारी नहुने…