Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- महासभामा सहभागी हुन प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै
- त्रिपुरेश्वरमा बस आगलागीमा जलेका चालकको मृत्यु
- भदौमा एलपी ग्यासको आयात र बिक्री हालसम्मकै उच्च, झन्डै ६० हजार टन आयात
- १३ देशमा नयाँ राजदूत नियुक्त, कुन देशमा को परे ?
- भोटेकोशी बाढी: बेपत्ता कर्मचारीका परिवारलाई प्राधिकरणले तत्काल ५ लाख, ६ महिनासम्म आधा तलब दिने
- बागमतीसहित दर्जनौँ नदीमा बाढीको खतरा
- बाढी प्रभावित तीन जिल्लामा बिजुली सूचारु
- भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १,४०९ पुग्यो
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: व्यवसायी अजयराज सुमार्गीले बैंक खाताबाट झिकेको रकम फिर्ता गर्ने विषयमा सर्वोच्च अदालतबाट पत्र आएपछि आवश्यक प्रक्रिया अघि बढाइने नेपाल राष्ट्र बैंकले जनाएको छ। सुमार्गी सञ्चालक रहेको मुक्तिश्री सिमेन्टको उद्योगका नाममा इन्भेस्टमेन्ट बैंकको खातामा जम्मा भएको रकम शंकास्पद देखिएकाले उनले निकालेको रकम फिर्ता गर्न सर्वोच्च अदालतले बिहीबार आदेश दिएको थियो। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश आनन्दमोहन भट्टराईको संयुक्त इजलासले सर्वोच्चका न्यायाधीश दीपकराज जोशीबाट भएको अल्पकालीन अन्तरिम आदेश खारेज गर्दै सम्पत्ति शुद्धीकरण ऐनअन्तर्गत अनुसन्धान गर्नुपर्ने देखिएको भन्दै बैंकबाट सुमार्गीले झिकेका रकम फिर्ता गर्न राष्ट्र बैंक र इन्भेस्टमेन्ट बैंकलाई आदेश दिएको थियो। न्यायाधीश जोशीले खातामा रहेको रकम रोक्का नगर्न अल्पकालीन अन्तरिम आदेश…
काठमाडौँ: धितोपत्र बोर्डले चालू आर्थिक वर्षको छ महीनासम्ममा कूल आठ कम्पनीलाई एक अर्ब ३० करोड ५६ लाख ७६ हजार ५०० रुपैयाँ बराबरको हकप्रद शेयर बिक्रीका लागि स्वीकृति दिएको छ । बोर्डका अनुसार कूल एक करोड ३० लाख ५६ हजार ७६५ कित्ता हकप्रद शेयर बिक्रीका लागि अनुमति दिएको हो । बोर्डले अनुमति दिएका कम्पनीमा ६ माइक्रोफाइनान्स कम्पनी रहेका छन् भने दुई बीमा कम्पनी रहेका छन् । बोर्डले एभरेष्ट इन्स्यारेन्स कम्पनीलाई एक बराबर एक दशमलव पाँच बराबरको दरले १४ लाख तीन हजार ३२५ कित्ता हकप्रद शेयर रु १४ करोड तीन लाख ३२ हजार ५०० मूल्यमा बिक्रीका लागि अनुमति दिएको छ । सो…
बाजुरा : बुढीनन्दा–९ अंगाउपानीको छाउगोठ स्थानीयले भत्काएका छन्। मंगलबार राति त्यही छाउगोठमा निसासिएर दुई बालक छोरासहित ३५ वर्षीया अम्बा बोहोराको मृत्यु भएको थियो। ‘मृतकको परिवारकै सदस्य रहेका वडा अध्यक्ष खड्क बोहोरा र गाँउका महिलाहरूले शुक्रबार गोठ भत्काए’, स्थानीय रिउली बोहराले भनिन्, ‘त्यो गोठ १० परिवारका महिलाले प्रयोग गर्थे।’ गाँउका अरु तीन गोठ भने अहिले पनि जस्ताको तस्तै छन्। घरपरिवार र समाजको दबाबले गोठमै बस्नुपर्ने रिउलीले बताइन्। ‘मृतक अम्बा बोहोराका जेठा ससुरा झाँक्री भएकाले घरमा बस्न पाइँदैन’, उनले भनिन्, ‘अहिले गोठ त भत्काए, थाहा छैन यी मान्छेका मन कहिले भत्किने हुन् ? ’ देउता रिसाउँछन् भनेर पुरुषहरूले नै महिलालाई गोठमा जान…
काठमाडौँ: महानगरीय प्रहरी परिसर काठमाडौँले प्रहरी नायब उपरीक्षक (डिएसपी) बनेर धाकधम्की दिँदै ठगी गर्ने एकलाई पक्राउ गरेको छ । परिसरको टोलीले ठमेल तथा दरबारमार्गका विभिन्न होटल, रेष्टुराँमा डिएसपी हुँ भन्दै धाकधम्की दिँदै हिँडेका भक्तपुरका ३५ वर्षीय अनिल थापालाई बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक होवीन्द्र बोगटीले कमलादीस्थित तिरुपति होटलमा विगत १४ दिनदेखि कोठा नं २०३ मा बसेर आफू प्रहरीको बहालवाला डिएसपी भनी नक्कली परिचयपत्र देखाई आपराधिक क्रियाकलाप गर्दै आएको अनुसन्धानमा खुलेको बताए ।
काठमाडौँ: सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने र कम्तिमा २० लाख पर्यटक भित्राउने लक्ष्य लिएको सन्दर्भमा अध्यागमन बिभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र अन्य १० वटा नाकाहरुमा एक-एक वटा ‘डेडिकेटेड डेस्क र टिम’ (कटिवद्ध कक्ष र समूह) परिचालन गर्ने भएको छ। यसका लागि विभागले नेपाल भ्रमण वर्ष २०२० को सचिवालयसंग समन्वय गरेर काम गर्ने समेत जनाएको छ। विभागका सहसचिव तथा महानिर्देशक ईश्वरराज पौडेलले पहिलोक्लिकसंग कुरा गर्दै भने, भ्रमण वर्षको अवधीभर अध्यागमन कार्यालयहरुमा पर्यटकको स्वागत, भिसा सहजीकरण र सूचना प्रदान लयातका कार्य स्थापना हुने डेस्कले गर्नेछ। पर्यटनमंत्रीको रुपमा रबिन्द्र अधिकारी आउने बितिकै उनले पहिलो आफ्नो फाइलमा २०२० मा २०…
कञ्चनपुर: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशको बैठकले माथिल्लो कर्णाली जलविद्युत् आयोजना सरकार स्वयंले निर्माण गर्नुपर्ने माग राखेको छ । पार्टी एकीकरणपछि पहिलो पटक बसेको सो बैठकले सार्वजनिक महत्वका आठ विशेष प्रस्ताव पारित गर्दै माथिल्लो कर्णालीमा जिएमआर कम्पनीलाई निरन्तरता दिन नहुने निर्णय गरेको हो । प्रदेश अध्यक्ष कर्ण थापाका अनुसार बैठकले पश्चिम सेतीको काम तत्काल अगाडि बढाउन समेत माग गरेको छ । प्रदेश कमिटीका सदस्यलाई शपथसमेत गराइएको सो बैठकमा प्रदेश इञ्चार्ज तथा स्थायी समिति सदस्य भीमबहादुर रावल र स्थायी समिति सदस्य लेखराज भट्टले जनअपेक्षानुरुप पार्टीले तल्लो तहसम्म भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ । बैठकले सुदूरपश्चिम प्रदेश ऐतिहासिक रुपमा शोषणमा…
काठमाडौँ: हवाइ इन्धनको मूल्य घटेपछि आन्तरिक उडानतर्फको हवाइ भाडा घटेको छ । वायु सेवा सञ्चालक संघले हवाइ इन्धनको मूल्य घटेपछि जहाजको नयाँ भाडादर सार्वजानिक गरेको हो । नयाँ भाडादर आइतरबार देखि लागू हुने संघले जनाएको छ । आयल निगमले शुक्रबार आन्तरिक वायुसेवाले प्रयोग गर्ने हवाइ इन्धनको मूल्यमा प्रति लिटर १० रुपैयाँ घटाएको थियो । इन्धनको मूल्य घटेसँगै हवाइ भाडा पनि समायोजन गरिएको विज्ञप्ति जारी गरी संघले जानकारी दिएको छ । आन्तरिक वायुसेवा कम्पनीहरुले न्युनतम ९० देखि ४४० रुपैयाँसम्म भाडा घटाएको संघले जनाएको छ । सबभन्दा कम ९० रुपैयाँ काठमाडौंदेखि सिमरासम्मको तथा काठमाडौंदेखि धनगढीसम्मको रुटमा सबैभन्दा धेरै ४ सय ४० रुपैयाँ…
काठमाडौँ : कर्मचारी समायोजनको मिति सकिन लाग्दा समायोजनका लागि फारम भर्नेको सङ्ख्या बढेको छ । पहिले दैनिक चार हजारको सङ्ख्यामा फारम भर्नेमा अहिले दैनिक आठ हजारसम्म कर्मचारीले फाराम भर्ने गरेका सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समायोजन शाखाका उपसचिव अनिता निरौलाले जानकारी दिए । उनका अनुसार बिहीबारबाट सङ्घ, प्रदेश र स्थानीय तीनै तहमा फाराम भर्नेको सङ्ख्यामा दोब्वर वृद्धि भएको छ । ‘‘समायोजनको लागि फारम भर्न अब पाँच दिनमात्र बाँकी रहेको छ’’ उनले भने, ‘‘त्यसैले अहिले फारम भर्नेको सङ्ख्यामा वृद्धि भएको छ ।’’ अहिलेसम्म करीब ३६ हजार ९६७ कर्मचारीले समायोजन रोजिसकेका छन् भने करीब ५६ हजार ५०० कर्मचारीले समायोजनका लागि अनलाइन…
काठमाडौँ: नेपाल राष्ट्र बैंकले राजश्व जम्मा हुने बैंक तथा वित्तीय संस्थाको शाखा तथा काउण्टर शनिबार बिदाको दिनसमेत सञ्चालन ल्याउन निर्देशन दिएको छ । बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलका अनुसार शनिबार राजश्व बुझ्ने प्रयोजनाका लागि बैंक तथा वित्तीय संस्थाका शाखा तथा काउण्टर पूरै समय खुला राखी नियमितरुपमा राजश्व बुझ्न आग्रह गरिएको हो । अर्थ मन्त्रालयलको आग्रहअनुसार वाणिज्य बैंक तथा वित्तीय संस्थालाई उक्त निर्देशन दिइएको हो । चालू आर्थिक वर्षको छ महीनाको राजश्व तिर्नका लागि पुस मसान्तसम्मको समायावधि रहन्छ । यस्तै राजश्व दाखिलाका चेक क्लियरिङ गर्ने प्रयोजनका लागि नेपाल क्लियरिङ हाउस लिमिटेडलाई समेत सदाजस्तै खुला गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।…
काठमाडौँ: राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई विभिन्न राजनीतिक दलका नेताले राष्ट्रिय एकीकरणका प्रमुख व्यक्तिका रुपमा सम्झिएका छन् । उहाँको २९७औँ जन्मजयन्तीका अवसरमा विभिन्न दलका नेता तथा राजनीतिज्ञले उहाँको योगदानको कदर गर्दै पुष्पअर्पण गरेर स्मरण गरेका छन् । नेताहरुले राष्ट्रको एकता र सार्वभौमसत्ता जोगाउन पृथ्वीनारायणले खेलेको भूमिका प्रशंसनीय रहेकाले आजको दिनलाई त्यहीअनुसार स्मरण गर्नुपर्नेमा जोड दिएका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौँमा आयोजना गरेको चियापान कार्यक्रममा सरिक हुनुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले राष्ट्रको एकता, सार्वभौमसत्ता र स्वाभिमान जोगाउन उहाँले महत्वपूर्ण भूमिका खेलेको भन्दै स्मरण गर्नुभयो । आजको दिनमा बिदा कटौती हुनु दुखद् रहेको उल्लेख गर्दै उहाँले यसको पुनः व्यवस्था…