Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य सञ्चालन आधुनिक लोकतान्त्रिक विधिअनुरुप अघि बढिरहेको उल्लेख गर्दै अधिकार सम्पन्न, समृद्ध र सुखी नागरिक नै राष्ट्रिय स्वाभिमानको आधार भएको बताएका छन् । २९७औँ पृथ्वीजयन्तिका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा पृथ्वी नारायण शाहको योगदानको कदर गर्नुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले नेपालीले पाएको स्वतन्त्र, सार्वभौम राष्ट्रको गौरवशाली नागरिकको आत्मसम्मानको श्रेय पृथ्वीनारायण शाहलाई जाने उल्लेख गरेका छन् । प्रधानमन्त्री ओलीले नेपालीको गौरवशाली इतिहासको अत्यन्त महत्वपूर्ण घटनाक्रमका नायक पृथ्वीनारायणको योगदानको कदर गर्दै उनिप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । शुभकामना सन्देशमा उनले एकीकरणको अभियानमा आफ्नो अमूल्य जीवन बलिदान गर्ने असङ्ख्य ज्ञात–अज्ञात योद्धाहरूप्रति समेत श्रद्धाञ्जली व्यक्त गरेका छन् । “उनको…

Read More

काठमाडौँ: नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै आज पृथ्वी जयन्ती मनाइँदै छ । गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा विसं. १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए । भौगोलिक रुपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ । लोकतन्त्रपूर्व राष्ट्रिय एकता दिवस सरकारी तबरबाटै मनाउने गरिन्थ्यो । तर, पछिल्ला केही वर्षदेखि सरकारले औपचारिक रुपमा पृथ्वी जयन्ती मनाएको छैन । दिइँदै आएको सार्वजनिक बिदासमेत सरकारले कटौती गरेको छ । यद्यपि, केही स्थानीय तहहरुले भने आज सार्वजनिक बिदा दिने निर्णय गरेका…

Read More

काठमाडौं: सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचन प्रविधि मन्त्री गोकुल बास्कोटाले डा. गोविन्द केसीको सबै माग पूरा भएको जिकिर गरेका छन्। बिहिबारको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बास्कोटाले बरु डाक्टर केसीले माग पूरा भएको उपलक्ष्यमा उत्सव मनाउनुपर्ने बताए । मन्त्री बास्कोटाले भने–‘ चिकित्सा शिक्षालाई माथि उठाउँन उहाँले जे कुरा भन्नुभयो, त्यसमा संसदका समितिहरुले पनि एउटा निर्णय लिइसकेका छन् । त्यसमा उहाँका मागहरुको सम्बोधन गरिएको छ । यो त उहाँले उत्सव मनाउनुपर्ने बेला हो जस्तो लाग्छ । यसमा के सम्बोधन भएन र ? सम्बोधित भइसके जस्तो लाग्छ ।’ मन्त्री बास्कोटाले केसीले उठाएका माग पूरा भइसकेको बताउँदै भने– ‘अब अरु विषयमा…

Read More

काठमाडौँ: करिव छ वर्षदेखि देशभर मोबाइल सेवा बिस्तार गर्ने प्रयास गरिरहेको सीजी कम्युनिकेसनलाई नेपाल दूरसंचार प्राधिकरणको पछिल्लो कदमले थप अप्ठयारोमा पारेको छ। सर्बोच्च अदालतले युनीफाइड लाइसेन्स र फ्री फ्रिक्वे फ्रिक्वेन्सीका लागि सीजीको पक्षमा फैसला गरेपछि सेवा बिस्तारको योजना बनाएको थियो। गत मंगलबार प्राधिकरण भ्याकेटमा गएपछि थप अप्ठयारोमा परेको हो। योग्यता पुगेर पनि आफुलाई युनीफ़ाइड लाइसेन्स नदीएको, फ्रिक्वेन्सी नदिने चलखेल गरेको आरोप लगाउंदै आयको सिजी र प्राधिकरणको विवाद उत्कर्षमा छ। एक दस्क्स्देखी हामीलाई सुनियोजित ढंगले रोक्ने काम भैरहेको छ, सीजीको माउ कम्पनी चौधरी ग्रुपक अध्यक्ष बिनोद चौधरीले भने, राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा ख्याति कमाएको सीजी कम्युनिकेंसनलाई लाइसेन्स लिनबाट रोक्नु सुनियोजित हो।’…

Read More

काठमाडौं : चिकित्सा शास्त्रसम्बन्धी शिक्षण संस्थालाई गैरनाफामूलक र सेवामूलक बनाउन अनेकौं बाधा अड्चन देखिएका छन्। चिकित्सा शिक्षा विधेयक संसद्बाट अनुमोदन भए सम्बन्धित निजी मेडिकल कलेजले सम्पत्ति हस्तान्तरण गर्नुपर्ने हुन्छ। तर सरकारले सबै मेडिकल कलेजको स्वामित्व ग्रहण गर्न व्यावहारिक कठिनाइ हुने देखिन्छ। देशभरि चिकित्सा शिक्षा प्रदान गर्दै आएका १६ निजी र ४ सरकारी शिक्षण संस्था छन्। ‘सरकार आफैंले मात्र चिकित्सा शिक्षा र स्वास्थ्यको भार वहन गर्ने कुरा असम्भव छ’, चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम ) का पूर्वडिन डा.हेमाङग दीक्षितले भने। सरकारले उचित मुआब्जा दिई स्वामित्व ग्रहण गर्नसक्ने व्यवस्था विधेयकमा रहे पनि कार्यान्वयन गर्न जटिलता आउने निजी मेडिकल सञ्चालक दाबी गर्छन्। निजी…

Read More

काठमाडौँ : नेपाल र जापानबीच हुने श्रम सम्झौता गर्न जापानी टोली निकट भविष्यमा नेपाल आउने भएको छ । नेपालको दुईदिने भ्रमणमा रहेका जापानका विदेशमन्त्री तारो कोनोले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज गरेको शिष्टाचार भेटमा श्रम सम्झौता काठमाडौँमा गर्ने जानकारी दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो अवसरमा विदेशमन्त्री कोनोले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन जापानबाट सहयोग हुने प्रतिबद्धता व्यक्त भएको थियो । उनले दुई देशबीच हवाई सेवा सम्झौता भएसँगै नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । सो अवसरमा सूर्यविनायक–धुलिखेल सडक विस्तार, कलङ्की–नागढुङ्गा सुरुङमार्ग निर्माण, नेपाली श्रमिकलाई जापानमा रोजगारी प्रदान गर्नेलगायत पारस्परिक सहयोगका क्षेत्रबारे पनि विचार–विमर्श भएको प्रधानमन्त्रीको…

Read More

इनरुवा: सुनसरी दुहबी नगरपालिका–९ का फिदा हुसेनलाई गोली हानी हत्या गर्ने तीन जनालाई आज प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले सदरमुकाम इनरुवामा आज पत्रकार सम्मेलन गरेर फिदा हुसेनको गोली हानी हत्या गरेका तीन जनालाई पक्राउ गरेर सार्वजनिक गरेको हो । फिदा हुसेनको हत्याको मुख्य योजनाकार मानिएका दुहबी नगरपालिका–९ छाताबेलीका २८ वर्षीय मोहम्मद सकिम हुसेन, हत्याको योजनामा संलग्न तथा सहयोगी ३१ वर्षीय मोहमद जाविर हुसेन र हत्यामा प्रयोग भएको हतियार लुकाउनका लागि सहयोग गरेका लक्ष्मीनारायण मन्दिरका पुजारी दुहबी नगरपालिका–१२ सीतापुर बस्ने विशम्वर यादवलाई पक्राउ गरी सार्वजनिक गरेको सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो । मोहम्मद सकिम हुसेनलाई…

Read More

काठमाडौँ: सरकारले राष्ट्रिय जीवनका भिन्न क्षेत्रमा रहेका संबैधानिक व्यक्तित्वहरुको मर्यादाक्रम निर्धारण गरेको छ । नेपालि सेनाका प्रधानसेनापति अर्थात चार तारे जर्नेल पनि भनिने महारथीको मर्यादाक्रम ९ नौं तहमा कायम गरिएको छ। प्रधानसेनापति र काठमाडौँ महानगरपालिकाका मेयरको मर्यादाक्रम बराबर कायम गरिएको छ। ९ नम्बर मर्यादाक्रममा नेपाल सरकारका सहायक मन्त्री, प्रदेश सरकारका मन्त्री, प्रतिनिधिसभाका सदस्य, राष्ट्रिय सभाका सदस्य, प्रदेश सरकारका राज्यमन्त्री, प्रदेश सभाका उप-सभामुख, प्रदेश सभाका भिन्न समितिका सभापति, काठमाडौँ महानागरपालिकाका प्रमुख, संबिधानसभाका सदस्य, पूर्व सांसद, नेपाल सरकारका मुख्य सचिव र प्रधानसेनापति हुने छन् भनेर उल्लेख गरिएको छ। मन्त्रिपरिषद् पुस १९ र २३ गतेको बैठकले यस अघिको खण्ड ६७, संख्या ५५, मिति…

Read More

काठमाडौँ: सरकारले नेपाल विशेष सेवा (आठौँ संशोधन) नियमावली, २०७५ स्वीकृत गरेको छ । सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले यही पुस १९ र २३ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय आज सार्वजनिक गर्दै सकारले राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका महानुभावको मर्यादाक्रम स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिए । २०७४ सालको स्थानीय तह निर्वाचनपछि सरकारले राष्ट्रपतिलगायत राष्ट्रिय जीवनका बिभिन्न क्षेत्रमा रहेका व्यक्तिहरुको मर्यादाक्रम हेरफेर गरेको थियो । त्यसमा गाउँपालिका अध्यक्षलगायत स्थानीय जनप्रतिनिधिलाई नेपाली सेनाका क्याप्टेनभन्दा पनि तल राखिएपछि विवाद भएको थियो । नयाँ सरकारी मर्यादाक्रममा जनप्रतिनिधिलाई कर्मचारीभन्दा माथि राखिएको छ । त्यस्तै नगरपालिकाका मेयरलाई सहसचिवभन्दा तल राखिएको थियो…

Read More

काठमाडौँ : काठमाडौँमा चिसो बढेसँगै सडक, मन्दिर, प्रतिक्षालयलगायत विभिन्न स्थानमा बेवारिसे मानिसको मृत्युका घटना बढे । प्रहरीको नियन्त्रण कक्षमा रहेको १०० नम्बरमा फोन गरी स्थानीयले बेवारिसे व्यक्ति सडकमा फेला प¥यो भनेर पटकपटक जानकारी दिन थाले । चिकित्सा सेवा नपाएर चिसोका कारण खुला आकाशमुनि बस्ने वृद्धवृद्धा बढी मृत्युको सिकार हुने गरेका घटना छन् । पटकपटक यस्ता जानकारी आउन थालेपछि प्रहरीले विभिन्न सङ्घ संस्थासँग सहकार्य गरेर उनीहरुलाई सडकबाट उठाउने अभियान थालेको प्रहरी परिसर काठमाडौँका प्रमुख वसन्त लामाले बताए । “चिसो र समयमै उपचार नपाएर कसैले पनि मृत्युवरण गर्न नपरोस् भन्ने हाम्रो उद्देश्य हो”, लामाले भने, “अशक्त वृद्धवृद्धालाई सडकबाट उठाएर विभिन्न आश्रममा आश्रय…

Read More