Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: २०४८ को पहिलो आमनिर्वाचनमा स्पष्ट बहुमत पाएर पाँच वर्षका लागि प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइरालाले पार्टीभित्रको आन्तरिक कलहका कारण ०५१ मै देशलाई मध्यावधि निर्वाचनमा लगे । मध्यावधिबाट तत्कालीन एमाले सबैभन्दा ठूलो दल बन्यो, अध्यक्ष मनमोहन अधिकारी अल्पमतको प्रधानमन्त्री बने । उनले नौ महिना सरकार चलाउन नपाउँदै कांग्रेस र तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टीले संयुक्त रूपमा अविश्वासको प्रस्ताव ल्याएर सरकार ढाले । राप्रपाकै सहयोगमा कांग्रेसका शेरबहादुर देउवा प्रधानमन्त्री बने । ‘खासमा यहीँबाट सुरु भएको हो देशमा संसदीय विकृति । सांसद खरिद–बिक्री, होटेलमा सांसद राखेर सुरासुन्दरी काण्ड मच्चाउनेदेखि विदेश पठाउनेसम्मको जग यहीँबाट तयार भएको हो,’ त्यतिखेर संसद् र राजनीतिक रिपोर्टिङ गर्ने अहिलेको खोज पत्रकारिता केन्द्रका…

Read More

काठमाडौँ: ५ वर्षअघि आजैका दिन बारपाक केन्द्रबिन्दू बनाएर आएको भूकम्पले ठूलो क्षति गरेको थियो । काठमाडौँको धरहरासहित यस भूकम्पपछि क्षतिग्रस्त बनेका अधिकांश संरचनाको पुनर्निर्माण बाँकी नै छ । ११ बजे ५६ मिनेट जाँदा ७.८ म्याग्निच्युटको प्रलयकारी भूकम्प र त्यसपछि निरन्तर पराकम्प गइरहेका थिए । भोलिपल्टै फेरि ६.७ रेक्टर स्केलको अर्को ठूलो पराकम्प गयो । त्यस्तै, २९ वैशाखमा दोलखाको सिंगटीलाई केन्द्रविन्दु बनाएर अर्को शक्तिशाली पराकम्प गयो । आठ हजार नौ सय ७९ मानिसले ज्यान गुमाएका थिए।

Read More

एजेन्सी: – चीनमा पछिल्लो एक हप्तादेखि कोरोनाभाइरस संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन । – दक्षिण कोरियाली सरकारले आफूले हरेक घरलाई रकम उपलब्ध गराउने घोषणा गरेको छ । यसअघि यो योजना मध्यम वर्गीय र निम्न आय भएकाहरुका लागि बनाइएको थियो । – कोरोना भाइरसका कारण जापानमा मन्दी आउन सक्छ । कोरोनाभाइरसका कारण अर्थव्यवस्थामा खराब असर परेका करण यो चेतावनी जारी गरिएको हो । – इन्डोनेशियाले आज शुक्रबारदेखि घरेलु हवाई सेवा र समुद्री यात्रामा रोक लगाउनेछ । रमजानको महिनालाई दृष्टिगत गर्दै यो प्रतिबन्ध लगाइनेछ । – फिलिपिन्सले मनिलासमेत ती सबै स्थानको लकडाउनलाई १५ मेसम्म बढाएको छ जहाँ कोरोनाभाइरसको संक्रमणको…

Read More

काठमाडौँ: एकैचोटी दर्जन बढीमा संक्रमण भेटिएपछि ठाडा कान पारेका नगरपालिका, प्रशासन, स्वास्थ्य र जिल्ला कोभिड प्रतिकार समितिले भोलिपल्टै मस्जिद आसपासका भुल्केबासीको स्वास्थ्य परीक्षणको माग गरे अनुसार प्रदेश सरकारले टोली पठायो। सरुवा रोग विशेषज्ञ डा. जयवेन्द्र यादव नेतृत्वको स्वास्थ्य टोलीले ६ गते मस्जिद आउजाउ गर्ने तथा संक्रमित धर्म प्रचारकसँग भेटघाट गर्ने ६० मुस्लिमसहित ६९ को ‘स्याम्पलिङ’ स्वाव संकलन गरी लग्यो। ३ दिनपछि संक्रमणको आशंका गरिएका थप ८ जनालाई ‘रिकन्फर्म’ गर्नुपर्ने भनेपछि एम्बुलेन्समार्फत उनीहरुलाई बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठायो। त्यहाँ उनीहरुमा संक्रमण पुष्टि भयो। संक्रमितहरु सुरुमा मस्जिदमा भेटिए पनि पछिल्लो नतिजाले संक्रमण कोबाट कसरी सुरु भयो भन्ने विषयमा अहिले माथापच्ची…

Read More

काठमाडौँ: मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल भित्रिएको जनाएको छ । शुक्रबार महाशाखाले मौसमको पूर्वानुमान गर्दै देशमा पश्चिमी र स्थानीय वायुसँगै बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव परेको जनाएको हो । यसैगरी, महाशाखाले हाल देशभर आंशिक बदली रहेको जनाएको छ । त्यस्तै, आज दिउँसो देशका मध्य र पूर्वी भू–भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिक देखि सामान्य बदली रहने छ। मध्य र पूर्वी भू–भागका धेरै स्थानहरुमा र पश्चिमी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ । त्यस्तै, राति देशभर आंशिक देखि सामान्य बदली रहि…

Read More

काठमाडौं: समाजवादी पार्टीका केन्द्रीय सदस्य एवम् पूर्वस्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्र यादवले आफू अपहरणमा नपरेको प्रतिक्रिया दिएका छन् । उनले आफू नेकपाका दुईजना सांसदको साथमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न भन्दै जनकपुरबाट काठमाडौं आएको पनि स्पष्ट पारेका छन् । उनले भने, ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुईजना सांसद महेश बस्नेत र किसान श्रेष्ठ एकाएक जानकारी नै नदिइकन जनकपुर आउनुभयो र मलाई उहाँहरुले तपाईंसँग प्रधानमन्त्रीज्युले भेट्न खोज्नु भएको छ, जाउँ भन्नुभयो म पनि सहजै ढंगले उहाँहरुसँग आउन तयार भएँ ।’ आफू अपहरणमा परेको भन्ने हल्ला गलत भएको पनि उनले बताए । उनीहरुसँग जनकपुरबाट काठमाडौं आउँदा आफूले पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई जानकारी समेत…

Read More

काठमाडौं: थप दुई जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ४७ पुगेको छ । उनीहरु मध्ये ९ जना निको भइसकेका छन् । उदपयुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उदयपुरकी संक्रमित त्रियुगा नगरपालिका -३ भुल्केकी हुन् । त्यस क्षेत्रमा अहिलेसम्म २५ जनामा संक्रमण देखिएको छ । उनीहरु सबैको विराटनगरस्थित कोरोना कोराना विशेष (अस्थायी) अस्पतालमा उपचार भइरहेको छ । तथ्यांकमा काेराेना – नेपाल संक्रमित ४७ निको भएको ९ मृत्यु ० अपडेटः २०७७ वैशाख ११ । स्रोतः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

Read More

सन् २०२० मा विश्व रेमिट्यान्स २० प्रतिशतले घट्ने विश्व बैंकले अनुमान गरेको छ। कोरोनाभाइरसको महामारी र विश्वबन्दीको अवस्थाका कारण सृजना हुने आर्थिक संकटले रेमिट्यान्समा उच्च गिरावट आउने बैंकले प्रक्षेपण गरेको हो। उक्त अनुमानित गिरावट अहिलेसम्मकै उच्च हुने पनि बैंकले जनाएको छ। आप्रवासी कामदारको रोजगारी र तलबमा हुने कमीले रेमिट्यान्समा प्रभाव पार्नेछ। रोजगारदाता देशमा आप्रवासी कामदारले काम नपाउने अवस्था आउँदा रेमिट्यान्समा सिधा असर गर्नेछ। विश्व बैंकले न्यून तथा मध्यम आय देशहरुको रेमिट्यान्स १९.७ प्रतिशत अर्थात् ४ खर्ब ४५ अर्ब अमेरिकी डलरले घट्ने जनाएको छ। यस्तो अवस्थामा यी देशको मुख्य वित्तीय स्रोतका रुपमा रहेको रेमिट्यान्स घट्दा मानिसहरुमा प्रत्यक्ष प्रभाव पर्नेछ। बैंकले गरेको…

Read More

ढाका : बंगलादेश सरकारले कोरोना भाइरस संक्रमित संख्या बढेको भन्दै देशव्यापी लक डाउनलाई आगामी वैशाख २३ गतेसम्म लम्ब्याएको छ । बंगलादेशका सामान्य प्रशासन राज्यमन्त्री फरहाद होसेनले कोरोना भाइरसको विस्तार रोक्न लक डाउन एकमात्र उपयुक्त विधि देखिएको भन्दै बिहीबार नै यससम्बन्धी सूचना राजपत्रमा प्रकाशन गरिने बताए । त्यहाँ झन्डै १ महिनादेखि लक डाउन छ । करिब १७ करोड जनसंख्या रहेको बंगलादेशमा बुधबारसम्ममा कोरोना भाइरसका कारण १२० जनाको मृत्यु भएको छ भने ३७ सय ७२ जना संक्रमित भइसकेका छन् । रासस–एएनआई

Read More

काठमाडौं: लकडाउन शुरु भएपछिको ३० दिनमा ८२ हजार मेट्रिक टन खाद्यान्न आयात भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार गत चैत ११ देखि यही वैशाख १० गतेसम्म ८२ हजार १०१ मेट्रिक टन खाद्यान्न आयात भएको हो । सो समयमा २४ हजार ७७८ मेट्रिक टन दलहन, ४१ हजार २२६ मेट्रिक टन तरकारी, ११ हजार १९६ मेट्रिक टन फलफूल र ११ हजार ०२३ मेट्रिक टन दुग्धजन्य पदार्थ आयात गरिएको छ । त्यस्तै एक अर्ब एक करोड बराबरको तयारी औषधि र रु २३ करोड ९६ लाख ४९ हजार बराबरको कच्चा पदार्थ आयात भएको छ । मन्त्रालयको तथ्यांकानुसार लकडाउनको पहिलो हप्ताको तुलनामा…

Read More