Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: लकडाउनको अवधिमा किसानलाई बाली लगाउन र उठाउन दिइने भएको छ । तर बाली लगाउँदा र उठाउँदा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन अपनाइएका सावधानीबारे भने अनुगमन हुनेछ । कोरोना भाइरस फैलिन नदिन सरकारले देशभर लकडाउन गरेको छ । चैत ११ गतेदेखि सुरु भएको लकडाउन यहि २५ गतेसम्म रहनेछ । तर कोरोना भाइरसको संक्रमितको संख्या बढ्दै गएका कारण लकडाउन लम्बिन पनि सक्ने बताइएको छ । लकडाउन लम्बिए बाली उठाउन र लगाउन समस्या हुने भएपछि सरकारले केही सहज बनाएको हो । ‘तत्काल लगाउनुपर्ने र उठाउनुपर्ने बालीको सम्बन्धमा किसानलाई लगाउन र उठाउन दिने निर्णय भएको छ’सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका…

Read More

काठमाडौँ: नेपालमा स्थानीय स्तरमा कोरोना संक्रमण फैलन थालेको भन्दै चिनियाँ पक्षले नेपालसँगको व्यापारिक नाका सञ्चालन गर्न आनाकानी गरेको छ । नेपालको कारण चीनमा कोरोना फैलन सक्ने भन्दै चिनियाँ अधिकारीहरु सशंकित बनेको रसुवागढी भन्सार कार्यालयले जनाएको छ । नाका सञ्चालनको तयारी अन्तिम अवस्थामा पुर्‍याउँदै गर्दा चीनको नयाँ नीतिअनुसार तत्काल नाका सञ्चालन हुननसक्ने जानकारी केरुङ प्रशासनले गराएको रसुवागढी भन्सार प्रमुख पुण्यविक्रम खड्काले जानकारी दिए । तर, यस्तो जानकारी लिखित चाहिँ नभएको उनले बताए। माल वस्तु आयात निर्यातसँगै मानिसको ओहोर-दोहोर हुने र त्यसले संक्रमणको जोखिम बढाउने चिन्ता चिनियाँ पक्षलाई भएको उनले बताए । नाका सञ्चालन गर्नेबारे कूटनीतिक तवरमा निर्देशन हुनुपर्ने जानकारी चिनियाँ पक्षले…

Read More

काठमाडौँ: सरकारले कोरोनाविरुद्धको अभियानमा ग्रामीण स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समितिको आइतबार बसेको १७ औं बैठकले देशैभर ५० हजार स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको हो । त्यसरी परिचालित हुने स्वयंसेविकाको पारिश्रमिक र बीमा व्यवस्था हुने प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीले जानकारी दिए । यसअघि क्वारेन्टाइनमा बसेकाहरूमा लक्षण नदेखिएपछि विनापरीक्षण घर पठाउने गरिएको थियो । तर, अब त्यस्ता व्यक्तिलाई परीक्षणपछि मात्रै घर जान दिने निर्णय पनि सरकारले गरेको छ ।

Read More

काठमाडौँ कोरोना भाइरस (कोभिड १९) का कारण सोमबार विहानसम्म १२ लाख ७२ हजार मानिस संक्रमित भएका छन् । कोभिड १९ का कारण ६९ हजर तीन सय ५० जनाको मृत्यु भएको छ भने दुई लाख ६० हजार मानिस निको भएर घर फर्किएका छन् । इटलीमा दुई हप्तापछि कोभिड १९ का कारण मृत्यु हुनेको संख्यामा कमी आएको छ । आइतबार इटलीमा ५ सय २५ जनाको मृत्यु भएको छ । १९ मार्चयता इटलीमा २४ घण्टाको अन्तरालमा मृत्यु हुने यो सबैभन्दा कम संख्या हो । इटलीमा कोभिड १९ संक्रमणका कारण अहिलेसम्म १५ हजार ८ सय ८७ जनाको मृत्यु भइसकेको छ । स्पेनमा गएको…

Read More

काठमाडौँ: मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानिय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाले हाल हाल देशका पहाडीका केही स्थानहरुमा आंशिक बदली रही बाँकी भु–भागमा मौसम सामान्यतया सफा रहेको उल्लेख गरेको छ । पूर्वानुमानका अनुसार दिउँसो देशका पहाडी भू–भागमा अपरान्हपछि आंशिक बदली भई एक/दुई स्थानमा मेघ गर्जन, चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । यसैगरी, देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ । यस्तै, राति देशभर मौसम सामान्यतया सफा रहने पूर्वानुमानले जनाएको छ ।

Read More

काठमाडौँ: सरकारले आन्तरिक ऋण उठाउने तयार गरेको छ। सरकार लागि राष्ट्र बैंकले आउँदो चार महिनाभित्र एक खर्ब ९५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको हो। सरकारले कुल आन्तरिक ऋणमध्ये ४६.१५ प्रतिशत ट्रेजरी बिलबाट उठाउने छ। विकास ऋणपत्रमार्फत ५१.२८ प्रतिशत, नागरिक बचतपत्रमार्फत २.०५ प्रतिशत र बाँकी ०.५१ प्रतिशत बैदेशिक रोजगार बचतपत्र मार्फत उठाउने भएको हो। सरकारले बैदेशिक रोजगार बचतपत्रमार्फत यसअघि नै ऋण उठाउन थालिसकेको छ। बाँकी भने चैतबाट उठाउने भएको हो। चैतमा राष्ट्र बैंकले ५५ अर्ब ४० करोड रुपैयाँ उठाउने छ। आगामी सात दिनभित्र यो ऋण उठाउने छ। सरकारले २५ अर्ब रुपैयाँको ट्रेजरी बिल निष्काशन गर्ने छ भने ३० अर्बको विकास…

Read More

काठमाडौँ: अहिले सिङ्गो विश्व कोरोना भाइरसको महामारीसँग जुधिरहेको छ। तीन महिना अघि मध्य चीनको हुबेई प्रान्तको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणले पछिल्लो समय युरोप र अमेरिकालाई धेरै प्रभावित पारेको छ। यसको रोकथामका लागि संसारका दुई सय बढी मुलुकले विभिन्न उपाय अपनाइरहेका छन्। धेरै मुलुकले यसको निश्चितः उपचार नभएकाले संक्रमण फैलिन नदिन आफ्नो मुलुकलाई आवश्यक्ता अनुसार आंशिक वा पूर्णरुपमा लक डाउन गरेका छन्। सुरुका दिनमा कोरोना भाइरसको इपिसेन्टर चीन भएपनि पछिल्ला दिनमा इटाली, स्पेन लगायतका युरोपेली मुलुक रहेकोमा हाल विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिका बनेको छ। पछिल्लो विश्व विवरण अनुसार संसारमा १२ लाख बढी संक्रमित भएकोमा एक चौथाइ संक्रमित अमेरिकाबाट…

Read More

काठमाडौँ: नेपाली सेनाले कोरोना भाइरससम्बन्धी स्वास्थ्य सामग्री किन्ने जिम्मा नेपाली सेनालाई दिएको छ। सेनाले आइतबार आफूलाई स्वास्थ्य सामग्री किन्ने जिम्मेवारी दिइएको बताएको छ। सेनाले भिडिओ कन्फरेन्समार्फत सरकारले दिएको जिम्म्मेवारी इमान्दारीसाथ पूरा गर्ने बताएको छ। ‘हामी गुणस्तरमा सम्झौता गर्दैनौं। विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार खरिद गर्छौ,’ सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले भने,’रक्षा मन्त्रालयले स्वास्थ्यसँग समन्वय गरेर जिटुजीमार्फत स्वास्थ्य सामाग्री ल्याउने जिम्मेवारी दिएको छ। हामी मध्यस्तता प्रयोग गर्दैनौं।’ यसअघि सरकार स्वास्थ्य सामग्री किन्न ओम्नी इन्टरनेसनल कम्पनीसँग गरिएको सम्झौता रद्द गरेको थियो।

Read More

काठमाडौँ: सुदूरपश्चिम प्रदेश सरकारले लकडाउनको अवधि लम्ब्याउन केन्द्र सरकारलाई सिफारिस गरेको छ । कैलालीको एक स्थानीय व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि प्रदेश सरकारको उच्चस्तरीय समितिले लकडाउनको अवधि लम्ब्याउने निष्कर्ष निकालेको छ । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री प्रकाश शाहले संक्रमण थप फैलिन नदिन लकडाउन अवधि लम्बाउने निष्कर्षसहित केन्द्र सरकारलाई सिफारिस गरिएको अनलाइनखबरलाई जानकारी दिए । कोरोना रोकथाम तथा नियन्त्रणको प्रयासमा सरकारले चैत ११ गतेदेखि देशभर लकडाउन गरेको छ । लकडाउनको अवधि यही चैत २५ गते सकिँदैछ ।

Read More

काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासंघले दैनिक गुजारा चलाउन अप्ठेरो परेकालाई राहत वितरण गरेको छ। महासंघले आइतबार नेपाल विज्ञापन संघको कार्यालय मीनभवनबाट दैनिक गुजारा चलाउन नसकेका निम्न वर्गीय परिवारलाई खाद्यान्न वितरण गरेको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रि लेखराज भट्ट र महासंघकी अध्यक्ष भवानी राणाले संयुक्त रुपमा खाद्यान्न हस्तान्तरण गरे। महासंघले लक डाउनका कारण हातमुख जोर्न समस्या परेका श्रमिक तथा कामदारहरुलाई ४० हजार किलो चामल र ५ हजार किलो दाल वितरण गरेको छ।

Read More