Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले युरोपेली सङ्घ (इयू)ले नेपाली जहाजलाई युरोपका आकाशमा गर्दै आएको प्रतिबन्ध चाँडै हट्ने दावी गरेका छन्। हेलिकप्टर सोसाइटी अफ नेपालको मङ्गलबार उद्घाटन गर्दै मन्त्री अधिकारीले इयूका पदाधिकारीसँग हालै भएको छलफलका आधारमा प्रतिबन्ध हट्ने विश्वास व्यक्त गरेका हुन्। उनले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)ले गम्भीर सुरक्षा चासोलाई हटाइसकेको अवस्थामा आइकाओ मातहतको इयूले नेपाललाई कालोसूचीमै राखिराख्नुपर्ने औचित्य के हो भनी प्रश्न गरे। उनले भने, “इयूले भनेअनुसार पाँच वर्षदेखिको अभ्यास र उसको मापदण्डअनुसार सुधार गरेका छौँ, हालै इयूका अधिकारी, कूटनीतिक नियोग र उच्चपदस्त अधिकारीसँग पनि कुराकानी गरेको छु, मलाई विश्वास छ छिट्टै नै इयूले नेपालको उड्डयनलाई…

Read More

एनसेल हालसम्म १२ औं पटक विक्रि भइसकेको छ । १२ औं पटकको विक्रिमा मात्रै ठुला करदाता कार्यालयले कर निर्धारण गरिसकेको छ । सरकारी अधिकारीहरुबीचको मिलेमतोमा विक्रेता कम्पनी टेलियासोनेरालाई नेपालबाट भगाइसकेका छन । उसको नाममा ६१ अर्ब रुपैयाँ कर निर्धारण भइसकेको छ । यसभन्दा अघिल्ला विक्रिमा पनि कर छली भइरहेको भन्दै चौतर्फी प्रश्न उठिरहेका छन । यसबारे अध्ययन गर्दा महतोको कम्पनी सिनर्जी नेपालले पनि कर छली गरेको ठुला करदाता कार्यालयले फेला पार्यो । कार्यालयका अनुसार स्वयंकर निर्धारण गरी पेश भएको विवरणमा अध्ययन, छानबिन तथा परीक्षण गर्ने सिलसिलामा सिनर्जी नेपालले आफूसंग रहेको २ लाख कित्ता शेयर २०६८ साल चैत ७ गत्े बेचेको…

Read More

काठमाडौं: एनसेलको १० औं पल्टको विक्री कर छली मुद्दामा १५ महिनापछि सर्बोच्च अदालतले विस्तृत अध्ययन गर्न फाइल मगाउने आदेश दिएको छ। सर्बोच्चले कर छाल्लीमा संलग्न सिनर्जी नेपाल प्रालिको एकपक्षीय सुनुवाई गरी कर निर्धारण नगर्न सरकारलाई अन्तरिम आदेश दिएको थियो। त्यसको १५ महिनापछि उक्त मुद्दाको फाइल झिकाउन केदारप्रसाद चालिसे र डम्बरबहादुर शाहीको संयुक्त इजलासले सोमबार आदेश दिएको हो। गैरआवासीय नेपाली उपेन्द्र महतोको सिनर्जी प्रालिले एनसेलको २० प्रतिशत शेयर विक्री गर्दा ३ अर्व २९ करोड ४८ लाख ७० हजार ५१ रुपैयाँ कर छली गरेको भन्दै ठुला करदाता कार्यालयले कर निर्धारण गर्न खोजेको थियो। अन्तरिम आदेशबाट कर निर्धारण नगर्नु भनेर हालसम्म मुद्दा फैसला…

Read More

काठमाडौं: गृह मन्त्रालयले बेलायतको नक्कली राहदानीमा नेपाल प्रवेश गरेका पाँच पाकिस्तानीलाई निकालेको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । जाली राहदानी मुद्दामा काठमाडौं जिल्ला अदालतले तोकेको दण्ड जरिवाना भुक्तान गरिसकेपछि गृह मन्त्रालयले उनीहरूलाई निष्कासन गरेको हो। निकालिनेमा पाकिस्तानी नागरिक गौरी नुजाथ नाज, इलिही फिजा, इराम साज्दा, सोहिल मुहम्मद र इलिही जाका छन्। उनीहरू २०८० मंसिरसम्म नेपाल प्रवेश गर्न पाउनेछैनन्। गृहको निर्णयपछि उनीहरूलाई फिर्ता पठाइएको अध्यागमन विभागका निर्देशक विष्णुहरि उपाध्यायले बताए। बेलायत छिर्ने उद्देश्यले पाकिस्तानी एजेन्टको सहयोगमा उनीहरूले बेलायती राहदानी किनेका थिए।

Read More

काठमाडौं: दक्षिणपुर्वी एसियाली मुलुकहरुबाट दक्षिण कोरिया घुम्न आउने पर्यटकहरुले अब १० बर्षे मल्टिपल बहुप्रदेश भिसा पाउने भएका छन् । कोरियाको न्याय मन्त्रालयका अनुसार बहुप्रवेश भिसा पाउने मुलुकहरुमा नेपाल, भारत, बंगलादेश, म्यानमार, कम्बोडिया, श्रीलंका, ईन्डोनेसिया, लाओस्, पाकिस्तान, फिलिपिन्स र भियतनाम रहेका छन् । डिसेम्बरबाट लागु हुने नयाँ भिसा नियमअनुसार कोरियाका लागि एकपटक प्राप्त गरेपछि १० बर्षसम्म आवातजावत गर्न पाइने छ । यससँगै बर्सेनि कोरिया घुम्न चाहने पर्यटकका लागि सहज भएको छ । यसअघि यी मुलुकहरुले कोरियाका लागि प्रत्येकपटक भिसाका लागि आवेदन दिनुपथ्र्यो ।, आजको कारोवार दैनिकमा यो खबर छ ।

Read More

काठमाडौँ: थुप्रै देशमा राष्ट्रिय सुरक्षा नीतिलाई संविधानपछिको दोस्रो महत्वपूर्ण दस्तावेज मानिन्छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । तर नेपालमा भने यो नीति दशकौंंसम्म बेवास्ताको सिकार बन्यो । अहिले भने सरकारले यो नीतिलाई समयानुकूल बनाउन पहल थालेको छ । राष्ट्रिय सुरक्षा नीति २०७३ संसोधनका लागि छलफल तीव्र पारिएको छ । संसोधन नीतिमा कूटनीति र रक्षाबीच समन्वय बढाउने पहल हुँदैछ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय सुरक्षा नीति २०७३ संसोधनको नेतृत्व गरिरहेका छन् । उनकै संयोजनमा परिमार्जनको काम भइरहेको छ ।

Read More

काठमाडौँ: उपराष्ट्रति नन्दबहादुर पुनले नागार्जुन नगरपालिकामा बन्न लागेको ऐतिहासिक राधाकृष्ण मन्दिरको आज ताम्रपत्र अनावरण गरेका छन्। जगद्गुरु कृपालु प्रतिष्ठान (जेकेपी), नेपालले नागार्जुन–७ मा १२५ रोपनी क्षेत्रफलमा रु छ अर्बको लगानीमा सो मन्दिर निर्माण गर्न लागेको हो । प्रतिष्ठानका अनुसार मन्दिर इटालियन मार्वलबाट कलात्मक बन्नेछ । मन्दिरको ताम्रपत्र अनावरण गर्दै उपराष्ट्रपति पुनले मन्दिरको निर्माणपछि नेपाल धार्मिक पर्यटकीयस्थलका रुपमा विश्वमाझ चिनिने विश्वास व्यक्त गरे । उनले नेपालको धार्मिक सहिष्णुता विश्वकै लागि उदाहरणीय रहेको उल्लेख गरे । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले नेपाललाई धार्मिक पर्यटन क्षेत्रका रुपमा विस्तार गर्न राधाकृष्ण मन्दिरको निर्माणले सहयोग गर्ने बताए। कार्यक्रममा जगदगुरु कृपालु परिषद्का प्रचारिकका डा…

Read More

काठमाडौँ: चालू आर्थिक वर्षको चार महीनामा देशभरका आठ भन्सार कार्यालयबाट कुनै पनि मालवस्तु निर्यात नभएको पाइएको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको विवरणअनुसार ती भन्सारबाट कुनै पनि मालवस्तु निर्यात हुन नसकेको हो । विभागका अनुसार जलेश्वर, सुनसरी, जनकपुर, सर्लाही, भद्रपुर, सिराहा, राजविराज र अर्को एक भन्सारबाट कुनै पनि मालवस्तु निर्यात हुन सकेको छैन । हाल देशभर २० भन्सार कार्यालय सञ्चालनमा छन् । चालू आर्थिक वर्षको पछिल्लो चार महीनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट सबैभन्दा बढी निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार उक्त भन्सारबाट ३० दशमलव शून्य पाँच प्रतिशत बराबरको मालवस्तु निर्यात भएको छ । विमानस्थल…

Read More

उर्लाबारी: प्रदेश नं १ मा आगामी पुस १ गतेदेखि बिहान र बेलुका दुई÷दुई घण्टा टिपर चलाउन रोक लगाइएको छ । टिपरका कारण दुर्घटना बढेपछि प्रदेश नं १ ट्राफिक प्रहरी कार्यालयले बिहान ९ देखि ११ बजेसम्म र दिउँसो ३ देखि ५ बजेसम्म मुख्य राजमार्ग र सहायक मार्गमा टिपर चलाउन रोक लगाएको हो । सो समयमा सडकमा बढी चाप हुने भएकाले टिपर चलाउन रोक लगाइएको प्रदेश नं ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक रविकुमार पौडेलले राससलाई जानकारी दिनुभयो । यसघि राखिएको तस्बिरमा प्रदेश १ को नक्सा फरक पर्न गएकोले सच्च्याइएको छ। सम्पादक

Read More

कञ्चनपुर: भीमदत्तनगरपालिका–१० जिमुवामा निर्माण हुँदै गरेको सडकमा भारतीय सुरक्षाकर्मीले अवरोध गरेका छन् । गड्डाचौकी, जिमुवा हुँदै ब्रह्मदेव जोड्ने सडक निर्माणमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध गरेका हुन् । नेपाली भूमिमै नगरपालिकाले सडक बनाउन ल्याएको जेसिभी एसएसबीले दशगजा क्षेत्रमा सडक बनाउन नपाइने भन्दै फर्काइदिएको स्थानीयवासीले बताएका छन् । “चलनभोग गर्दै आएको जग्गामा सडक बनाउनका लागि ठाउँ दिएका थियौँ”, स्थानीयवासी पशुपति चन्दले भन्नुभयो, “दशगजाभन्दा ५० मिटर वरसम्म सडक बनाउन नपाइने भन्दै रोक्न लगाएको छ ।” सडकको अवस्था नराम्रो भएकाले नगरपालिकासँग सडक बनाउन अनुरोध गरी जेसिवी ल्याइएको उहाँले बताउनुभयो । नगरपालीकाका सूचना अधिकारी हरिसिंह धाँमीले सडक बनाउँदै गर्दा एसएसबीले दशगजामा पर्ने भनेर…

Read More