Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४१६ जना संक्रमित भेटिएका छन्। काठमाडौंमा ११४५ जना, भक्तपुरमा ११० र ललितपुरमा १६१ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। हाल देशभर३१ हजार ३१५ जना सक्रिय संक्रमित छन्। आज १३ हजार ६४९ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा छन्। देशभरमा आज २०७१ जना नयाँ संक्रमित भेटिएका छन्।
काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बुढीगण्डकी जलविद्युत आयोजनामा भ्रष्टाचार भएको प्रमाण पेस गर्न डा. बाबुराम भट्टराईलाई चुनौती दिएको छ । पूर्वप्रधानमन्त्री भट्टराईले हालै गोरखामा आयोजित एक कार्यक्रममा बुढीगण्डकीमा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्रीद्धय पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवाले ९ अर्ब रुपैयाँ बाँडेर खाएको आरोपको खण्डन गर्दै प्रमाण देखाउन कांग्रेसले चुनौती दिएको हो । कांग्रेसले भट्टराईको अभिव्यक्तिप्रति विज्ञप्ति निकालेर आपत्ति जनाएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले आज आइतबार विज्ञप्ति जारी गर्दै प्रमाण सार्वजनिक गर्न भट्टराईलाई चुनौती दिएका छन् । केवल आवेगको भरमा गर्ने टिप्पणीले क्षणिक लाभ दिए पनि सम्बन्धित व्यक्तिको ओज र राजनीतिको गरिमा नबढ्ने भन्दै…
पोखरा : कास्की-पोखरा–बाग्लुङ सडकखण्डमा गएराति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२ बाग्लुङ बसपार्क अगाडि राति हरिचोकबाट जिरोकिमीतर्फ आउँदै गरेको ग१ज ५८९६ नम्बरको बलेरो जीपले ग १२ प ५३१३ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । दुर्घटनामा घाइते भएकी कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ धम्पुसका २६ वर्षीया स्कुटर चालक तारा विकको उपचारका क्रममा फिस्टेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए । जीप चालक गोर्खा आरुघाट गाउँपालिका–९ बस्ने २१ वर्षीय सुदीप विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौं : कर्णाली प्रदेशमा नेकपाका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आफ्नै सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेका छन । उनी विरुद्ध १८ जना सांसदले अविश्वास प्रस्ताव दर्ता गराएका छन् । नेकपाका प्रदेश सभासदहरुले आज आइतबार मुख्यमन्त्रीलाई बोधार्थ र पार्टी प्रदेश संगठन कमिटीलाई जानकारी गराई अविश्वासको प्रस्ताव दर्ता गराइएको हो । अविश्वास प्रस्तावमा प्रदेश सांसद यमलाल कडेलसहित १८ सांसदले हस्ताक्षर गरेर सो पत्र संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई बुझाउनु भएको छ । त्यसपछि सांसदहरुको टोली दिउँसो प्रदेशसभा सचिवालय पुगेर प्रस्ताव दर्ता गराएका थिए । नेकपा संसदीय दलको नेतामा शाही निर्वाचित भएसँगै पार्टीको प्रभावकारितामा ह्रास आएको, पार्टी र सरकारको कामकारबाही फितलो भएको सांसदहरुको…
काठमाडौं : नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री गगन थापाकी श्रीमती र छोरीमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । आज आइतबार थापाकी एक छोरी र श्रीमतीलाई संक्रमण पुष्टि भएको हो। केही दिनअघि आफैँ संक्रमित भएका थापाका बुबा-आमा पनि कोरोना संक्रमित छन्।
काठमाडौँ: बुध्द एयर आज २३ औं वर्ष पुरा गरेको छ । सन् १९९७ आजकै दिन अर्थात् ११ अक्टोवरका दिन नेपाली आकाशमा बुध्द एयरले पहिलो उडान गरेका थिए । यसले उडानकै शुरुवातमा अमेरिकाबाट ब्राण्ड न्यू जहाज बीचक्राफ्ट १९०० डी भित्र्याएका थिए । आज २३ वर्ष पूरा गर्दा बुध्द एयरसँग १३ जहाज, १०० कर्मचारी तथा लाखौंलाख देशीविदेशी यात्रु जोडिन आइपुगेको छ । बुध्द एयरका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतका अनुसार ‘विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस ‘कोभिड-१९’ ले हरेक क्षेत्रलाई नराम्ररी प्रभावित गरेको छ । अझ नेपाली आकाशका लागि २४ मार्च ‘कालो दिन’ नै भयो । उडान ठप्प भए पनि जहाजको नियमित…
काठमाडौँ: नेपाली बजारमा आज फेरि सुनको मूल्य बढेको छ । साताको अन्तिम दिन शुक्रबार तोलामा ९४ हजार ८०० रुपैयाँमा कारोबार छापावाल सुन ८०० रूपैयाले बढेको छ । नयाँ बृद्धिसँगै आज छापावाल सुन प्रति तोला ९५ हजार ६०० रुपैयाँ पुगेको छ । यस्तै तेजावी सुन तोलामा ९५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज चाँदीको भाउ पनि बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १२३५ रुपैयाँमा कारोबार भएको छ । साताको अन्तिम दिन शुक्रबार चाँदी तोलाको ११९५ रुपैयाँमा कारोबार भएको थियो ।
काठमाडौँ : सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड को साधारण शेयर (आईपिओ) मा आवेदन गर्ने आज ( असोज २५ गते) अन्तिम दिन रहेको छ । लगानीकर्ताले आईपीओमा मेरो शेयर सफ्टवेयरका साथै नेपाल धितोपत्र बोर्डबाट सि आस्वा अनुमति प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आइतबारसम्म कार्यालय समयसम्म आवेदन दिन सक्नेछन् । मेरो शेयरबाट आवेदन गर्नेले भने ५ बजेसम्म आईपीओ भर्न पाउनेछन् । साधारण शेयरमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । तर शुक्रmबारसम्ममा नै कम्पनीको आईपीओमा साढे ७ लाख बढीले आवेदन गरिसेकाले कम्पनीको आईपीओ ३० प्रतिशतभन्दा कम आवेदनले मात्र गोलाप्रथाबाट १०…
काठमाडौँ: नेपाल चिकित्सक संघ र आवासीय चिकित्सक संघको आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् । डा.गोविन्द केसी र सरकारबीच सहमति भएसँगै सबै आन्दोलनका कार्यक्रम फिर्ता गरिएको संघका महासचिव डा.बद्री रिजालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस्तै, आवासीय चिकित्सकहरुले पनि आजदेखि गर्ने भनिएका आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् । नेसनल रेजिडेन्ट डाक्टर्स एशोसियसन, रेजिडेन्ट एशोसियसन अफ न्याम्स र जुनियर रेजिडेन्ट वेलफेयर सोसाइटीले संयुक्त विज्ञप्ति जारी गर्दै सबै कार्यक्रम फिर्ता लिएको जनाएका हुन्। शनिबार राति सरकारी पक्ष र डा.केसी प्रतिनिधिबीच ८ बुँदे सहमति भएको थियो।
काठमाडौँ: सरकारसँग ८ बुँदे सहमति भएसँगै डा.गोविन्द केसीले १९औँ अनसन २८ दिनमा तोडेका छन् । शनिबार राती सरकारसँग सहमति भएपछि डा.केसीले आइतबार बिहान अनसन तोडेका हुन् । डा केसीले त्रिवि शिक्षण अस्पतालमा सरसफाइमा काम गर्ने कर्मचारी विकास नेपालीको हातबाट जुस पिउँदै अनसन तोडेका हुन् । डा.केसीले अनसन तोडेपछि उनको स्वास्थ्य अवस्था नाजुक भएकाले थप उपचारका लागि आइसीयूमा भर्ना गरिएको छ । भदौ २९ मा जुम्लाबाट १९औँ अनसन थालेका केसीले विभिन्न ६ बुँदे माग राखेका थिए । चिकित्सा शिक्षा र क्षेत्र सुधारको मागसहित उनले यो अनसनमा यो पटक भ्रष्टाचारका विषय छानविन र कारबाहीको मुद्दा पनि अघि सारेका थिए । कर्णाली…
