Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरियामा काम गरी फर्केका युवालाई नेपालमै रोजगारीको अवसर उपलब्ध गराउनेसम्बन्धी समझदारी भएको छ । नेपाल भ्रमणमा रहेका कोरियाको मानव संशाधन विभागका उपाध्यक्ष र नेपालमा रहेका विभिन्न कोरियाली कम्पनीका प्रमुखबीच कोरियाबाट फर्केका नेपाली युवालाई काम दिलाउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीसँगै कोरियाबाट फर्केका नेपालीले कोरियाली प्रवद्र्धक रहेका विभिन्न पाँच वटा कम्पनीमा रोजगारीको अवसर प्राप्त गर्ने वैदेशिक रोजगार विभाग, इपिएस शाखाका प्रमुख कृष्णप्रसाद खनालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “भाषा परीक्षा उतीर्ण गरी कोरिया गएका नेपालीले त्यहाँका भाषा, कला संस्कृतिका बारेमा जानकारी हासिल गरेका हुन्छन्, उनीहरुलाई नै विभिन्न कोरियाली प्रवर्तक रहेको कम्पनीमा रोजगार उपलब्ध…

Read More

भरतपुर: चितवनको पर्यटकीय क्षेत्र सौराहामा आजदेखि ‘पन्ध्रौँ चितवन हात्ती महोत्सव’ शुरु भएको छ । सौराहाको बाघमारा चौरमा शुरु भएको महोत्सवमा आज पहिलो दिन हात्ती वाक र छावाको मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ । हात्ती वाकतर्फ भएको प्रतिस्पर्धामा चार वटा हात्ती दोस्रो चरणमा प्रवेश गरेका छन् । लक्की कली, पूजा कली, रानीमाया कली र गुलाफ कली दोस्रो चरणमा प्रवेश गरेका हुन् । एउटा हात्ती भने पहिलो चरणबाटै बाहिरिएको छ । हात्ती वाक प्रतियोगितामा १५ वटा हात्तीको सहभागिता थियो । यसैगरी हात्तीका छावाको मैत्रीपूर्ण फुटबल खेलमा मेगा बैंकले एमइ ट्राभल एण्ड टुर्सलाई १–० गोल अन्तरले पराजित गरेको छ । बिहीबार हात्तीको…

Read More

काठमाडौँ: जबर्जस्ती चोरी मुद्दामा अदालतले धरौटी माग गरिएका एक व्यक्ति आज काठमाडौँ जिल्ला अदालत परिसरबाटै फरार भएका छन् । प्रहरी परिसर काठमाडौँले आजै पक्राउ गरी अदालतको लगत शाखामा बुझाएका सिन्धुपाल्चोकका लालकाजी भन्ने रामकाजी तमाङ अदालत परिसरबाटै फरार भएका प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो । विसं २०७२ मा भएको जबर्जस्ती चोरी मुद्दामा अदालतले उनलाई रु छ लाख ९० हजार जरिवाना तोकेको थियो । जरिवाना नबुझाएकाले कैद बस्नुपर्नेमा फरार हुँदै आएका तामाङ काम विशेषले प्रहरीमा आएका बेला प्रहरीले पहिचान गरी पक्राउ गरेको थियो । उनलाई आजै अदालतमा बुझाएर प्रहरी फर्किएपछि सो घटना भएको प्रहरी परिसर काठमाडाँैका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले…

Read More

काठमाडौँ: नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले राजीनामा दिएका छन् । उनले बुधबार राजीनामा बुझाएका हुन्। धेरै विवाद आएको भन्दै सञ्चारमन्त्री गोकुल बास्कोटको निर्देशनपछि झाले राजीनामा बुझाएका हुन् । केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले नै उनलाई अध्यक्ष बनाएको थियो। वर्तमान सरकारले नै उनलाई कार्यसम्पादनमा असफल देखिएको भन्दै पदबाट हटाए पनि दोहोर्याएर ल्याएको थियो। सरकारले उनलाई भदौ २१ गते प्राधिकरणको अध्यक्षमा पुनर्नियुक्ति दिएको थियो। झाको नियुक्तीको विषयलाई लिएर सत्तारुढ नेकपाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि कडा आलोचना भएको थियो।

Read More

पर्सा: नेपाल विद्यार्थी सङ्घ (नेवि सङ्घ) पर्साका कार्यकर्ताबीच आज अपराह्न वीरगञ्जमा खुकुरी हानाहान भएको छ । वीरगञ्ज तेजारथ टोलस्थित नेपाली काङ्ग्रेस पर्साको पार्टी कार्यालयमा बसेको बैठकमा नेविसङ्घका दुई गुटका कार्यकर्ताबीच जिल्ला अधिवेशनको विषयलाई लिएर खुकुरी हानाहान भएको हो । खुकुरी प्रहारमा परी ठाकुरराम बहुमुखी क्याम्पसका नेविसङ्घ एकाइ उपाध्यक्ष समीर अन्सारी घाइते भएका छन् । खुकुरी प्रहारबाट उनको टाउकामा चोट लागेको छ । घाइते अन्सारीलाई उपचारका लागि वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पताल भर्ना गराइएको छ । घाइते अन्सारी खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । जिल्ला अधिवेशनका लागि काङ्ग्रेस केन्द्रीय कार्यालयले प्रतिनिधिका रुपमा खटाएका केन्द्रीय सहमहामन्त्री लक्ष्मीभक्त खनालको उपस्थितिमा छलफल चलिरहेका…

Read More

गोदावरी : नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) ले भूकम्पको २० सेकेन्डअगावै पूर्वसूचना दिने प्रणालीको विकास गरिरहेको छ । हाल नाष्टले कास्की र भैरहवाका ८० स्थानमा भूकम्प पूर्वसूूचना प्रणाली (सेन्सर) जडान गरिसकेको छ । देशका महत्वपूर्ण स्थानमा त्यस्ता सेन्सर जडान गर्न लाग्ने खर्चको विवरण तयार पार्न नाष्टले सर्वेक्षण गरिरहेको नाष्टका प्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले बताए । “सेन्सर जडान भएका हरेक स्थानका मानिसमा भूकम्पको सूचना प्रवाह गरिन्छ”, ढकालले भने, “नाष्टले हरेक १५ किलोमिटर दूरीमा नेपालको मध्यभागमा पर्ने कास्की र भैरहवाको ८० वटा स्थानमा भूकम्प मापन प्रणाली सेन्सर जडान गरिसकेको छ ।” भूकम्प आउनु पूर्व सेन्सरमा तरङ्ग आउँछ । पहिलो तरङ्ग…

Read More

काठमाडौँ: सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को तेस्रो अधिवेशन आजदेखि शुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा अपराह्न ४ बजे शुरु भएको सङ्घीय संसद्को हिउँदे अधिवेशनको पहिलो बैठकमा सभामुख कृष्णबहादुर महराले उपस्थित सबै सदस्यलाई स्वागत गर्दै संसदको अधिवेशन आब्हान सम्बन्धमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाएका थिए । बैठकमा राजनीतिक परिवर्तनका लागि मुलुकमा विभिन्न समयमा भएका आन्दोलनमा सहादत प्राप्त गर्ने सबै ज्ञात अज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्न एक मिनेट मौनधारण गरिएको थियो । संसदको हिउँदे अधिवेशनमा विभिन्न विधेयकमाथि छलफल र पारित गरिनेछ । नेपालको संविधानको साझा सूचीमा रहेका, सविधानसँग बाझिने तथा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित कानून निर्माण र संशोधन यसअधिवेशनको…

Read More

काठमाडौँ: अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को निर्वाचन भएको एक वर्ष बित्न लाग्दा चारवटा जिल्ला फुटबल सङ्घले निर्वाचनका बेला भ्रष्टाचार र आर्थिक अनियमितता भएको आरोप लगाएका छन् । आज यहाँ पत्रकार सम्मेलन गर्दै भक्तपुर, काठमाडौँ, ललितपुर र धादिङ जिल्ला फुटबल सङ्घले एन्फा निर्वाचनका बेला अनियमितता भएको र आर्थिक लेनदेनका अडियो टेप सार्वजनिक गरेका हुन् । अडियो टेपमा एन्फाका मानार्थ अध्यक्ष टासी घले लगायतका पदाधिकारीले चुनावको परिणाम आफ्नो पक्षमा पार्न गरेको कुराकानी समावेश छ । पत्रकार सम्मेलनमा काठमाडौँ अध्यक्ष विराटजङ्ग शाही, भक्तपुरका गौतम सुखजु, ललितपुरका पुरुषोत्तम थापा र धादिङका दीपक खतिवडाले अनियमितताको अडियो टेप आफूहरुसँग सुरक्षित रहेको र उक्त अडियो फिफा…

Read More

काठमाडौँ: पूँजी बजारमा बुधबार दोहोरो अंकको वृद्धि भएको छ । आज नेपाल स्टक एक्सचेञ्ज कारोवार मापक नेप्से परिसूचक ३० दशमलव २६ अंकले बढेर एक हजार २१६ दशमलव २७ अंकमा पुगेको । ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ६ दशमलव ४१ अंकले बढेर २५८ दशमलव ८२ अंकमा पुगेको छ । आजको कारोवारमा सबै समूहको परिसूचकमा भारी वृद्धि भएको छ । सबैभन्दा बढी जीवन बीमा ४४३ दशमलब ५ अंक, निर्जिबन बीमा समूहको परिसूचक २४५ दशमलब ०६ अंकले र बाणिज्य बैंक १८ दशमलब ५४ अंकले बढेको छ । त्यसैगरी, विकास बैंक २० दशमलब ६९ अंकले, जलबिधुत १९ दशमलब ३४ अंक, होटल…

Read More

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले समान कामका लागि समान ज्याला पाउनुपर्ने मान्यतालाई प्रभावकारी कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल चलचित्र प्राविधिक सङ्घको वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले सरकारी सेवामा कार्यरत कर्मचारीमा तलब सुविधाको कुनै विभेद नभएको प्रष्ट्याए। सरकारले हरेक क्षेत्रमा काम गर्ने श्रमिकको आधारभूत आवश्यकता परिपूर्ति गर्न सहयोग गर्ने गरी न्यूनतम् बेतन तोकेको उल्लेख गर्दै उनले भने, “सरकारले तोकेको न्यूनतम् ज्याला हरेक क्षेत्रमा अनिवार्य रुपमा लागू हुन्छ, चलचित्र क्षेत्रका श्रमिकले पनि सोहीअनुसारको पारिश्रमिक पाउनुपर्छ ।” श्रमिकको जीवनयापनलाई सहज बनाउन र निर्धक्कसँग काम गर्ने वातावरण निर्माण गर्न केही समयअघि सरकारले योगदानमा आधारित…

Read More