Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नेपाली सेनामा नयाँ प्रधानसेनापति तथा महारथी हुने वित्तिकै हुने गरेको दक्षिणी छिमेकी मुलुक भारतको विदेश भ्रमण यसपाली भने केहि पछि धकेलिने निश्चित प्राय: बनेको छ। सम्बद्ध स्रोत र अधिकारीहरुसंगको कुराकानीमा प्रधानसेनापति पूर्णचन्द्र थापाको भारत भ्रमणको टुंगो अझै लाग्न सकिरहेको छैन। थापा प्रधानसेनापतिमा यही भदौ २४, २०७५ गते मन्त्रिपरिषद्को निर्णय अनुरुप नियुक्त भएका थिए। त्यसयता प्रधानसेनापति थापा कुनै पनि औपचारिक विदेश भ्रमणका लागि निस्किएका छैनन्। यस बखत उनले आन्तरिक संगठन सुधारका काम गरेका छन् भने विभिन्न ब्यारेक, गण तथा पृतनाहरुको निरीक्षण भ्रमण गर्ने क्रम अझै जारी छ। हालै मात्रै सेनाभित्र भर्ना छनोट प्रक्रियामा भएको अनियमितताको सफल अनुसन्धान र कारवाही प्रक्रियाले…

Read More

काठमाडौँ: प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीको राति दिवङ्गत पितृको सद्गतिको कामना गर्दै देशभरका शिवालयमा महादीपदान गर्ने भक्तजनको भीड लागेको छ । पशुपतिनाथ मन्दिरमा बिहानैदेखि महादीपदान गर्ने भक्तजन आफ्नो स्थान सुरक्षित गरेर बसेका थिए । बाला चतुर्दशीका अवसरमा पशुपतिमा लाखौँ भक्तजनको भीड लाग्ने भएकाले भक्तजन ठाउँ ओगट्न बिहानैदेखि आएका हुन् । यस वर्ष बाला चतुर्दशीमा पशुपति आउने भक्तजनका लागि पशुपति क्षेत्र विकास कोषले त्रिपालको व्यवस्था गरेको सदस्य सचिव डा प्रदीप ढकालले बताए । आज राति महादीपदान गर्ने र भोलि बिहान शतबीज छर्ने भक्तजनका लागि सुरक्षा लगायत प्रबन्ध गरिएको पनि कोषले जनाएको छ । त्रयोदशीका दिन दीपदान गरी चतुर्दशीका दिन बिहान धानको…

Read More

काठमाडौँ: प्लास्टिक न्यूनीकरण गर्नुपर्ने उद्देश्यका साथ आज झोलाबाट मृत सागरको आकृति बनाई विश्व कीर्तिमान राख्ने प्रयास गरिएको छ । बन तथा वातावरण मन्त्रालय र स्टेम फाउन्डेनले संयुक्तरुपमा आज टुँडीखेलमा आयोजना गरेको कार्यक्रममा वातावरणमा प्लास्टिकले पारेको असर न्यूनीकरण गर्न जनचेतना अभिवृद्धि गराउन झोलाबाट मृत सागरको आकृति बनाइको हो । विभिन्न सङ्घसंस्था तथा विद्यालयका प्रतिनिधिको उपस्थितिमा ८७ हजार २३२ थान प्लास्टिकको झोला आकृतिमा बाँधिएको हो । शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले प्लास्टिकले वातावरणमा परेको असर न्यूनीकरणमा नेपाल सरकार जिम्मेवार रहेको उल्लेख गर्दै युवापुस्ताको अभियानलाई समर्थन र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानका प्रविधि प्रमुख डा रवीन्द्र ढकालले…

Read More

काठामाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा समावेशीताका आधारमा पदाधिकारी सङ्ख्या बढाउनुपर्ने आवाज उठेको छ । काङ्ग्रेसको आजको केन्द्रीय कार्यसमिति बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले समावेशीताका आधारमा पदाधिकारीको सङ्ख्या बढाउनुपर्ने, सभापतिलाई सहजरुपमा काम गर्न अधिकार सम्पन्न बनाउनुपर्ने, क्रियाशील र साधारण दुवै सदस्यता राख्नुपर्ने सम्बन्धमा धारणा राखेका थिए । यही मङ्सिर १३ गतेदेखि जारी काङ्ग्रेसको केन्द्रीय समिति बैठकमा विधान संशोधन मस्यौदामा छलफल केन्द्रित छ । केन्द्रीय सदस्य महेन्द्र यादवले आफूले पार्टीमा नेताको ठूलो योगदान रहेकाले उमेरको हद राख्न नहुनेमा धारणा राखेको जानकारी दिए । मङ्गलबारको बैठकमा केन्द्रीय सदस्य गगनकुमार थापाले पार्टीमा उमेर हद राख्नुपर्ने धारणा राखेका थिए। बैठकमा…

Read More

काठमाडौँ: यही मङ्सिर २२ गतेदेखि शुरु हुने एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि लण्डनबाट ‘चियर लिडर्स’ ल्याइएको छ । इपिएल आयोजकले आज एक कार्यक्रम गरेर प्रतियोगितामा सहभागी हुने छजना चियर्स लिडर्सलाई सार्वजनिक गरको हो । खेलका दौरान चियर्स लिडर्सले खेलाडी र आम दर्शकलाई मनोरञ्जन दिनेछन् । आयोजकका अनुसार छ जना चियर्स लिडर्सलाई दुई टोलीमा विभाजन गरिनेछ । मैदानमा रहने टोलीले लिने रन र विकेटमा चियर्स लिडर्सले रोमाञ्चकता थप्नेछन् । चियर्स लिडरले खेलका दौरान चौका, छक्का प्रहार गर्दा र बलरले विकेट लिँदा साङ्गीतिक धुनसहित आकर्षक नृत्यमार्फत दर्शकलाई मनोरञ्जन दिनेछन् । क्रिकेट कप्तान पारस खड्काले पहिलो पटक नेपाली क्रिकेटमा गरिएको…

Read More

काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले नेपाल वायुसेवा निगमको वाइड बडी जहाज खरीदका सम्बन्धमा उठेका प्रश्नप्रति सरकार र मन्त्रालय गम्भीर रहेको बताएका छन् । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको आजको बैठकमा सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री अधिकारीले समग्रतामा सबै विधि र प्रक्रिया पूरा गरेर जहाज खरीद गरेको देखिए पनि कुन कुरा ठीक थियो, कुन कमजोरी रह्यो भन्नेबारेमा छानविन र अध्ययन भइरहेको जानकारी दिए । उनले भने, “कहीँ कुनै अनियमिता, कमजोरी भएको छ भने सरकारले त्यसलाई गम्भीरतापूर्वक लिएर कारवाही गर्नेछ, अध्ययन र छानविन भइरहेको छ, आवश्यकता परेमा उच्चस्तरीय छानविन समिति गठन गरिनेछ, निगमलाई राम्रो गराउने सन्दर्भमा कुन बाटो…

Read More

हेटौंडा : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले साझा यातायातसँग सहकार्य गरेर विद्युतीय बस सञ्चालन गर्ने बताएका छन् । काठमाडौं महानगरपालिका र साझा यातायात सहकारी संस्था लिमिटेडका प्रतिनिधिमण्डलसँग आज भएको छलफलमा उहाँले प्रदेश सरकारले साझा यातायातकै ३० करोड शेयर खरिद गरेर विद्युतीय बस सञ्चालन गर्ने बताए । सरकारले विसं २०८५ भित्र प्रदेशका पाँच वटा सहरमा पेट्रोलियम पदार्थबाट सञ्चालित सवारीसाधन विस्थापित गर्ने नीति लिएको छ । यही नीति कार्यान्वयन गर्न मुख्यमन्त्री पौडेलले चालू आवमा साझाबाटै शेयर खरिद गर्ने प्रतिवद्धता जनाएका छन् । “हामीले विद्युतीय बस सञ्चालन गर्ने नीति अघि सारेर केन्द्र सरकारलाई झक्झक्याएका छौं,” उनले भने, “संघीय राजधानी…

Read More

काठमाडौँ: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि लागेको मानव तस्करीका आरोपको विषयमा छानविन गर्न माग गरेको छ। राजदूत शेर्पामाथि लागेको आरोपलाई गम्भीर रुपमा लिएको भन्दै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकास शर्माले विज्ञप्ति जारी गर्दै शेर्पामाथिका आरोपको छानविनका लािग परराष्ट्र मन्त्रालयमा तत्काल उपस्थित गराउन माग गरेको छ। ‘दोषी ठहरिए बर्खास्त गर्ने कदम चाल्न समेत नेपाली कांग्रेस सरकारको ध्यानाकर्षण गराउन चाहान्छ,’ विज्ञप्तिमा भनिएको छ। राजदूतकै निजी सहयोगीबाट आरोप लागेको एक साताभन्दा धेरै भैसक्दा समेत आरोपप्रति सरकार उदासिन भएको कांग्रेसले आरोप लगाएको छ। ‘निजकै सहयोगीले यो विषय सार्वजनिक गरेको साता दिन भइसक्दा समेत नेपाल सरकारले गम्भीर चासो प्रकट गरी…

Read More

काठमाडौँ: मंगलबार दोहोरो अंकको सुधार भएको पूँजी बजारमा आज पुन: भारी गिरावट आएको छ । आज बुधबार नेप्से परिसूचक २२ दशमलब ८० अंकले बढेर एक हजार ११८ दशमलब १९ अंकमा झरेको छ । मंगलबार नेप्से परिसूचक १० दशमलब २७ अंकले बढेर थियो । नेप्से परिसूचक घटे संगै कारोवार रकममा पनि गिरावट आएको छ । आजको कारोवारमा सबै समूहको समूहको परिसूचक घटेका छन् । सबै भन्दा बढी निर्जिबन बीमा समूहको परिसूचक १८५ दशमलब २६ अंक, जीवन बीमा ९६ दशमलब ०१ अंक र विकास बैंक समूहको परिसूचक ३३ दशमलब ८८ अंकले घटेको छ । बाणिज्य बैंक १५ दशमलब २२ अंकले, जलबिधुत २१…

Read More

काठमाडौँ: बुटवलमा प्रधान कार्यालय रहेको चौतारी लघुवित्तले आजदेखि साधारण शेयर(आइपिओ) बिक्री शुरु गरेको छ । कम्पनीले रु छ करोड बराबरको छ लाख कित्ता साधारण शेयर बिक्री शुरु गरेको हो । उक्त लघुवित्तको साधारण शेयरमा न्यूनतम ५० देखि अधिकतम तीन हजार कित्तासम्म आवेदन दिन पाइने व्यवस्था गरिएको छ । शेयर बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । कूल बिक्री गर्न लागिएको शेयरमध्ये तीन हजार कित्ता सामूहिक लगानी कोष र नौ हजार ३०० कित्ता संस्थामा कार्यरत कर्मचारीलाई छुट्याइएको छ । शेयर बिक्री छिटोमा यही मङ्सिर २३ गते र ढिलोमा आगामी पुस १९ गतेसम्मलाई तोकिएको लघुवित्तका अध्यक्ष जगत पोखरेलले जानकारी दिए…

Read More