Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ : कर्मचारी सञ्चय कोष र राष्ट्रिय बीमा कम्पनीबीच कोषका सञ्चयकर्तालाई औषधोपचारमा एक लाख रुपैयाँ तथा घातक रोगको उपचारका लागि १० लाख रुपैयाँको बीमा गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । कोषका प्रशासक तुलसीप्रसाद गौतम र बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरविक्रम रायमाझीले उक्त समझदारीपत्रमा हस्ताक्षर गरे । सो बीमा योजना आगामी मङ्सिर १ गतेदेखि लागू हुनेछ । समझदारीसँगै कोषमा कोषकट्टी गराउँदै आएका सञ्चयकर्ताले बिरामी हुँदा औषधोपचारका लागि रु एक लाख र कडा खालका रोगको उपचारका लागि १० रुपैयाँ सम्म बीमाबापतको आर्थिक सहायता पाउनेछन् । समझदारी आगामी तीन वर्षसम्म कायम रहने र आपसी सहमतिमा अवधि थप गर्न सकिने सहमतिसमेत भएको छ…

Read More

काठमाडौँ : नेपाल–भारत सम्बन्धका सबै पक्षलाई समेटेर सुझावसहितको प्रतिवेदन पेश गर्न गठित प्रबुद्ध व्यक्ति समूह (इपिजी) को प्रतिवेदन दुवै देशका सरकार प्रमुखसमक्ष चाँडै पेश हुने र त्यो कार्यान्वयन पनि भएरै छाड्ने एकजना मन्त्रीले बताएका छन् । “नेपाल–भारत सम्बन्धलाई एक्काइसौँ शताब्दी सुहाउँदो बनाउन प्रतिवेदनले आधार तयार गरेको छ जसले पारस्परिक सम्बन्धलाई अझ प्रगाढ तुल्याउन मद्दत गर्नेछ,” इपिजी प्रतिवेदनका विशेषता सुनाउँदै सञ्चारकर्मीमाझ उनी भन्छन् । इपिजीका एकजना सदस्य प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकारमा नियुक्त तथा अर्का सदस्य भारतका लागि राजदूतमा सिफारिश भएपछि इपिजीको प्रतिवेदन भर्सेलामा पर्ने आशंकालाई चिर्दै ती मन्त्रीले प्रतिवेदनको प्रतिरक्षा गरेका हुन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज अपराह्न आफ्नै मन्त्रालयमा भएको…

Read More

काठमाडौँ: सरकारले स्वदेशी हस्तकलाका समान विभिन्न मुलुकमा निर्यात गर्न सम्बन्धित उद्यमीलाई पाँच वर्षसम्म अनुदान दिने भएको छ । नेपाल हस्तकला महासङ्घले भृकुटीमण्डपमा आयोजना गरेको १६औँ अन्तर्राष्ट्रिय हस्तकला व्यापार मेला तथा १४औँ हस्तकला प्रतियोगिताको आज उद्घाटन गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले हस्तकला क्षेत्रले रोजगारी वृद्धि गरी आर्थिक सशक्तिकरणमा सहयोग पु¥याउने भएकाले यसको संरक्षण र निर्यात बढाउनुपर्नेमा जोड दिए । हस्तकलाले लोपोन्मुख कलाकृतिको जगेर्ना र मुलुकलाई समृद्धितर्फ लैजाने उल्लेख गर्दै उनले मौलिक कलालाई विश्व बजारको मागअनुसार विकसित गर्नुपर्ने बताए । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाले मुलुकको विकास तथा जनताको आर्थिक प्रगतिका लागि सरकारले निजी क्षेत्रको समन्वयमा उत्पादन क्षेत्रमा लगानी गर्नुपर्नेमा…

Read More

काठमाडौँ: पूँजी बजारमा आज सामान्य अंकको सुधार आएको छ । मंगलबार दोहोरो अंकको सुधार आएको नेप्सेमा आज सामान्य अंकको सुधार आएको हो । आज नेप्से परिसूचक शुन्य दशमलब ९८ अंकले बढेर एक हजार २०८ दशमलब ५६ अंकमा पुगेको छ । मंगलबार नेप्से १३ दशमलब ९७ अंकले बढेको थियो । आजको कारोवारमा बाणिज्य बैंक, विकास बैंक र निर्जीवन बीमा समूहले नेप्सेलाई हरियो रंग दिन सफल भएका छन् । निर्जीवन बीमा ३३ दशमलब ४९ अंकले, बाणिज्य बैंक २ दशमलब ७८ अंक र विकास बैंक ३ दशमलब ५ अंकले बढेको छ । यधपी जीवन बीमा ४४ दशमलब ३९ अंक, होटल ७ दशमलब ९६ अंक…

Read More

काठमाडौँ :सरकारले तीन वर्षभित्रमा सबैै ठाउँमा झोलुङ्गे पुल निर्माण गर्ने गरी काम अघि बढाएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले तीन वर्षमा निर्माण हुन बाँकी रहेका दुई हजार ४०० झोलुङ्गे पुल निर्माण गर्ने गरी काम अघि बढाइएको बताए । प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा मन्त्रिपरिषद् बैठकको पहिलो बैठकबाट तुइन विस्थापित गरेर झोलुङ्गे पुल निर्माण गर्ने निर्णय गरेका थिए । सोही निर्णयअनुसार सरकारले आगामी तीन वर्षमा सर्वसाधारणको आवतजावतमा सजिलो बनाउनका लागि सबैै ठाउँमा तुइनको सट्टा र झोलुङ्गे पुल बन्न बाँकी रहेका ठाउँमा निर्माण गर्ने गरी काम अघि बढाएको हो । “अहिले पुलको अभावमा जोखिमपूर्ण…

Read More

विराटनगर: नेकपाका नेता तथा पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको विराटनगरमा आगामी मङ्सिर १ गते नागरिक अभिनन्दन हुने भएको छ । देशको आर्थिक, सामाजिक र राजनीतिक आन्दोलनका अग्रणी व्यक्तित्व ८३ वर्षीय अधिकारीको स्थानीय वीरेन्द्र सभागृहमा अभिनन्द गरिने भरतमोहन अधिकारी नागरिक अभिनन्दन समारोह समिति–२०७५ का अध्यक्ष डा भेषप्रसाद धमलाले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको सन्दर्भमा ज्येष्ठ नागरिकका क्षेत्रमा विशेष योगदान गर्ने व्यक्तित्वमध्ये एकजनालाई अभिनन्दन गर्ने उद्देश्यले एलिट क्लब विराटनगरमा केही सङ्घसंस्थाका निष्कर्षका साथ यस वर्ष एलिट क्लबका पूर्वमहासचिव अधिकारीलाई सम्मान गरेर कार्यक्रमको थालनी गर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ । त्यही भेलाले एलिट क्लबका अध्यक्ष डा धमलाको…

Read More

काठमाडौँ: पुल सुधार तथा मर्मतसम्भार एवं खाद्य तथा पोषण परियोजना कार्यान्वयन गर्न सरकारले विश्व बैङ्कसँग १८ अर्ब रुपैयाँको सम्झौता गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडा र विश्व बैङ्कका उपाध्यक्ष हार्टविग साफेरको उपस्थितिमा आज अर्थमन्त्रालयमा आयोजित विशेष कार्यक्रममा अर्थ सचिव राजन खनाल र नेपाल, बङ्गलादेश र भूटानका लागि बैङ्कका देशीय निर्देशक चिम्याओ फ्यानले हस्ताक्षर गरे । दोस्रो पुल सुधार तथा मर्मतसम्भार परियोजना कार्यान्वयन गर्ने सिलसिलामा यातायात क्षेत्र सुधारका निम्ति निर्माण गरिने पुलमा लगानी गर्न बैङ्कले रु १३ अर्ब ३० करोडभन्दा बढी रकम ऋणस्वरुप उपलब्ध गराउनेछ । उक्त रकमबाट ४७७ बढी पुल निर्माण गरिनेछ । नेपालको रणनीतिक सडक सञ्जालका ४३३ पुलका…

Read More

डोटी: दिपायल सिलगढी नगरपालिका–४ पिपल्लामा एम्बुलेन्सले ठक्कर दिँदा मङ्गलबार एक बालकको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलका ट्राफिक प्रहरी जवान महेन्द्रबहादुर बिष्टका अनुसार पिपल्लास्थित शैलेश्वरी अस्पतालको से१च १९७८ नं को एम्बुलेन्सले ठक्कर दिँदा सोही अस्पतालका निर्देशक आइजङ्ग कुँवरका आठ वर्षीय छोरा इशानको मृत्यु भएको हो । एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते इशानको डोटीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको शैलेश्वरी अस्पतालका डा राजेश बाहुनेले बताए । एम्बुलेन्स ब्याक गर्ने क्रममा बालक घाइते भएको एक प्रत्यक्षदर्शीले बताए । एम्बुलेन्सका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनापछि शैलेस्वरी अस्पताल बन्द छ ।

Read More

ठमाडौँ: मध्यभोटेकोशी जलविद्युत् कम्पनीले आजदेखि एक अर्ब ४४ करोड रुपैयाँ बराबरको १४ करोड ४० लाख कित्ता सीमित साधारण शेयर(आइपिओ) बिक्री खुला भएको छ । कम्पनीले पहिलो चरणमा रु १०० अङ्कित दरका एक करोड ४४ लाख कित्ता साधारण शेयर बिक्रीका लागि नेपाल धितोपत्र बोर्डबाट गत असोज २९ गते स्वीकृति लिएको थियो । कर्मचारी सञ्चयकोषमा रकम सञ्चित गर्ने सञ्चयकर्ताका लागि एक करोड १७ लाख कित्ता, संस्थापक सङ्गठित संस्थाका कर्मचारीका लागि २१ लाख कित्ता र ऋणदाता संस्थाका कर्मचारीका लागि छ लाख कित्ता शेयर बिक्री गर्न लागेको हो । कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको निर्माण गरिरहेको छ । कम्पनीको…

Read More

काठमाडौँ: महानगरीय प्रहरी वृत्त लैनचौरले ठमेल क्षेत्रका विभिन्न रेष्टुरेन्ट तथा डान्सबारबाट ३५ बालबालिकाको उद्धार गरेको छ । महानगरीय प्रहरी परिसर टेकुको सक्रियतामा एक हप्तासम्म चलाइएको ‘बालबालिकाको उद्धार विशेष कार्यक्रम’अन्तर्गत उनीहरुको उद्दार गरिएको हो । वृत्तका प्रमुख एवं प्रहरी नायव उपरीक्षक गौतमकुमार केसीले विभिन्न डान्सबारमा काम गर्नुका साथै मनोरञ्जन लिइरहेको अवस्थामा बालबालिकाको उद्धार गरिएको जानकारी दिए । “उद्धार गरिएका अधिकांश बालबालिकालाई मनोपरामर्श दिई अभिभावकको जिम्मा लगाएका छौँ”, उनले भने। वृत्तले बालबालिकालाई डान्सबारमा काम लगाउने युनिक डान्सबार र बेबो डान्सबारका तीन सञ्चालकलाई समेत पक्राउ गरेको छ । उनीहरुलाई बालबालिका ऐन–२०७५ अनुसार कारवाही गरिने केसीले बताए ।

Read More