Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- जव गृहमन्त्री जेनजी स्मारक पार्क उद्दघाटन नगरी फर्किए, भएको के हो ?
- प्रम शाहद्वारा तीनै सुरक्षा निकायका प्रमुहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै
- रसुवा बाढीले निम्त्याएको भौतिक क्षति र आवश्यकता मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्रीको निर्देशन
- एनडब्लुइडिसीका ठेकेदार कम्पनीहरूले यसै साता राहत प्याकेज घोषणा गर्ने
- नुवाकोटको तादी नदीमा एक्रो ब्रिज ढुवानी गरी पुल निर्माणको काम तीव्र
- सुरुङभित्र उद्धारका लागि नेपाललाई स्विट्जरल्यान्डको अत्याधुनिक ड्रोन
- पुराना नेता र म मा यहि फरक छ: अरु कुर्सीमा बसेर फाइल समात्छन्, म फिल्डमै पुग्ने हो: सुदन गुरुङ
- त्रिशूली ३ ‘ए’को सुरुङको पावरहाउसमा उद्धार गर्न सेनाले थप्यो जनशक्ति
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
गोरखा: गोरखा नगरपालिका–१२ स्थित दशकिलोका कुलु समुदायले मादल बनाएर बिक्री गरी मनग्य आम्दानी गर्दै आएका छन् । कुलु समुदायका चार घरपरिवारले मादल बनाएर बिक्री गरी प्रतिपरिवार वार्षिक रु सात लाखभन्दा बढी आम्दानी गर्दै आएका छन्। स्थानीय ५८ वर्षीय साने कुलुका तीन छोरा र एक छोरीले बाबुको पुर्खौली पेशालाई पछ्याउँदै मादल बनाउने पेशामा लागेका हुन् । एकै स्थानमा छुट्टाछुट्टै पसल खोलेर उनीहरूले मादल बनाउन र बेच्न थालेको कम्तीमा करीब २० वर्षभन्दा बढी भयो । “सिजनको समयमा मादल पु¥याउन नै गाह्रो हुन्छ”, जेठो छोरा हरीराम कुलुले भन्नुभयो, “बनाउन सके नबिक्ने भन्ने नै छैन ।” श्रीमान र श्रीमती सरिता मिलेर महीनामा ५० वटा…
काठमाडौं: पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ । पोखरा रंगशालामा आजबाट सुरुहुने लिगको उद्घाटन खेलमा विराटनगर टाइटन्स र पोखरा पल्टनबीच प्रतिस्पर्धा हुदैछ । खेल उद्घाटन सत्रसकिएपछि ११ बजेसुरु हुनेछ । कार्तिक २० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ६ टिमको सहभागिता रहेका छन् । प्रतियोगितामा विराटनगर टाईटन्स, चितवन राईनोज, पोखरा पल्टन, बुटवल ब्लास्टर, काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज रहेका छन् । सर्वाधिक पुरस्कार राशिको पीपीएलको विजेताले २७ लाख नगद पुरस्कार प्राप्त अर्ने छ । त्यस्तै, उपविजेताले १० लाख नगद प्राप्त गर्नेछ ।
काठमाडौं: राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय भवन निर्माणको ठेक्का पप्पु कन्स्ट्रक्सनलाई दिनेरनदिने भन्नेबारे निर्णय गर्ने जिम्मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई सुम्पेको छ । नियमअनुसार पप्पु कन्स्ट्रक्सनले ठेक्का पाउने भए पनि विवादित भएकाले आफूले निर्णय गर्न नसकेको प्राधिकरणले जनाएको छ। प्राधिकरणको सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखा प्रमुख सहसचिव राजुमान मानन्धरले दसैंअघि नै प्रधानमन्त्री कार्यालयमा पत्र पठाइएको बताए । ‘कागजअनुसार उसैले पाउँछ तर यस्तो बदनाम भएकालाई कसरी दिने ?’ उनले भने। प्रधानमन्त्री कार्यालयले यसबारे निर्णय गरेको छैन । आजको कान्तिपुरको पहलिो पृष्ठमा यो समाचार छापिएको छ ।
त्रिपुराकोट:वर्षौंदेखि यातायातको सुविधा नहुँदा सास्ती भोग्दै आएका डोल्पालीको जीवनशैली बिस्तारै फेरिन थालेको छ । गत १६ असोजदेखि डोल्पा पूर्ण रूपमा राष्ट्रिय सडक सञ्जालमा जोडिएकाले यातायातको असुविधा हट्न थालेको हो । डोल्पालाई सडक सञ्जालमा जोड्नका लागि जाजरकोटको पासगाडबाट सडक डोल्पा दुनैसम्मको कच्ची ट्र्याक खुलिसकेकाले यातायातका साधन पनि भित्रिन थालेका छन् । लम्बाइ ११७.७ किमी रहेको जाजरकोट–डोल्पा सडकखण्डको निर्माण कार्य पूरा भएसँगै डोल्पालीको जीवनशैलीमा परिवर्तन हुन थालेको त्रिपुरासुन्दरी नगरपालिका–१ का तुलबहादुर बोहोराले बताए । “उक्त नगरपालिकाको वडा नं ५ खदाङसम्म गाडी गुड्छ, अब खदाङ–त्रिपुराकोटखण्डको चँुगाडसम्म गाडी सञ्चालन हुने खबर पाएका छौँ,” बोहोराले भने, “यातायातको असुविधाले चरम सास्ती भोगिरहेका डोल्पालीलाई दैनिक उपभोग्य सामग्री…
काठमाडौं : प्रदेश-स्थानीय तहमा समायोजन गर्न सरकारले कर्मचारीलाई एक तह बढुवा दिए राज्यकोषमा १५ अर्ब भार थपिने छ ।समायोजनमा जाने कर्मचारीलाई एक तह बढुवाको प्रावधानसहित सरकारले अध्यादेश ल्याउने तयारी गरेको छ । प्रधानमन्त्री कार्यालयको समन्वयनमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन अध्यादेश ल्याउन लागेको हो । तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले एक वर्षअघि संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्न समायोजन ऐन जारी गरेको थियो । विद्यमान ऐनलाई खारेज गर्दै सरकारले चोरबाटोमार्फत समायोजन अध्यादेश जारी गर्ने तयारी थालेको हो । अध्यादेशमा समायोजनमा जाने कर्मचारीलाई एक तह बढुवासहितका अथाह सुविधा दिँदै समायोजन गर्ने प्रस्ताव गरिएको छ । विद्यमान ऐनमा…
काठमाडौँ: सरकारले आज कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्यामा हदैसम्मको लापरवाही गर्ने दुई प्रहरी अधिकृत एसपी डिल्लीराज बिष्ट र प्रहरी निरीक्षक जगदीश प्रसाद भट्टको बर्खास्तीपछि अव उनीहरुमाथि कस्तो अनुसन्धान चल्छ वा पक्राउ पर्छन् भन्नेबारे घटना अझै अनुउत्तरित छन्। सरकारले बिष्ट र भट्टलाई सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट त हटायो तर अव उनीहरुले समात्ने कानूनी प्रक्रिया र सरकारले उनीहरुमाथि गर्ने अनुसन्धान प्रक्रिया कसरी अघि बढ्छ भन्ने बारे अझै केहि भन्न सकिने अवस्था स्पस्ट भइसकेको छैन। सरकारद्वारा गठित अनुसन्धान समिति हरि प्रसाद मैनाली र प्रहरी मुख्यालयले एआइजी धीरु बस्न्यातको संयोजकत्वमा गठित समितिले आफ्नो प्रतिवेदन र सुझाव गृहमन्त्री राम बहादुर थापा बादललाई बुझाएको…
काठमाडौँ: निर्मला पन्त हत्याको छानबिनमा लापरवाही गरेको आरोपमा सरकारले कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख रहेका निलम्बित एसपी दिल्लीराज बिष्ट र इन्स्पेक्टर जगदीशप्रसाद भट्टलाई सेवाबाट बर्खास्त गरेको । १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार-हत्या अनुसन्धानमा लापरबाही गरेको भन्दै निलम्बनमा परेका बिष्ट र भट्टलाई प्रहरी प्रधान कार्यालयको सिफारिशमा बिहीबार साँझ गृह मन्त्रालयले बर्खास्त गर्ने निर्णय गरेको हो। गृहले प्रेस बिज्ञप्ति जारी गर्दै विष्ट र भट्टलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी बर्खास्त गर्ने निर्णय गरेको जनाएको हो । साउन १० गते साथीको घरमा गएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मलाको बलात्कारपछि हत्या भएको अवस्थामा भोलिपल्ट शव भेटिएको थियो । उक्त घटनाको अनुसन्धानमा कञ्चनपुर प्रहरी प्रमुख…
काठमाडौँ : सरकारले आगामी तीन वर्षभित्रमा विद्युत् चुहावटलाई घटाएर करीब १७ प्रतिशतमा सीमित गर्ने लक्ष्य राखेको छ । राष्ट्रिय योजना आयोगले हालै तयार पारेको मध्यमकालीन खर्च संरचनाअनुसार ठूलो मात्रामा खेर गइरहेको विद्युत् ऊर्जा चुहावटलाई न्यून बिन्दुमा झार्ने लक्ष्य राखिएको छ । आयोगले आर्थिक वर्ष २०७७÷७८ सम्ममा विद्युत् चुहावट १६.९ प्रतिशतमा पु¥याउने लक्ष्य राखेको हो । हाल नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रणालीमा हाल करीब २०.४५ प्रतिशतको हाराहारीमा विद्युत् चुहावट हुने गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार आव २०७३÷७४ मा २२.९० प्रतिशत चुहावट हुने गरेकामा आव २०७४÷७५ को अत्यसम्म २०.४५ प्रतिशत मात्रै चुहावट हुने गरेको छ । चालू आवमा…
बर्दिवास : राष्ट्रिय जनता पार्टी(राजपा) नेपालका शीर्ष नेताले संविधान संशोधनको विषय चाँडै टुङ्ग्याउन सरकारसँग माग गरेका छन् । महोत्तरीको जलेश्वरमा आज सम्पन्न एकदिने पार्टी प्रशिक्षणमा राजपा नेपालका चार जना अध्यक्ष मण्डलका सदस्यले संविधान संशोधनविना मधेश मुद्दाको सम्बोधन पूरा नहुने भएकाले यथाशक्य चाँडै यो विषय टुङ्ग्याउन सरकारसँग माग गरेका हुन् । नेता शरतसिंह भण्डारी, महेन्द्र राय यादव, राजेन्द्र महतो र राजकिशोर यादवसहितका नेताले नेकपाका शीर्ष नेताले संविधान संशोधन गर्ने वचन दिए पनि त्यसको कार्यान्वयनमा उदासिनता देखाएको गुनासो गरे । नेता महतोले संविधान संशोधन नभएसम्म हँसिलो अनुहारले बोलेर समस्याले निकास नपाउने बताए । “प्रधानमन्त्री स्वयं संविधान संशोधनको कुरामा आफू खुला रहेको त…
काठमाडौँ : स्थानीय तहले पर्याप्तमात्रमा छलफल नै नगरिकन कर उठाइएको पाइएको छ । सरकारले प्रदेश तथा स्थानीय तहको कर सम्बन्धमा अध्ययन गर्न गठित समितिले तयार पारेको प्रतिवेदनमा स्थानीय तहले जनतासँग छलफल नै नगरिकन विभिन्न शीर्षकमा कर उठाइएको पाइएको हो । स्थानीय तहले जथाभावी कर लिएको गुनासो आएपछि सरकारले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाको संयोजकत्वमा तीन सदस्सीय समिति गठन गरेको थियो । समितिमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव वैकुण्ठ अर्याल र अर्थ मन्त्रालयका राजस्व सचिव शिशिर ढुङ्गाना रहेको समिति गठन गरेको थियो । मन्त्रालयका स्रोत परिचालन समन्वय शाखाका प्रमुख विष्णुदत्त गौतमले स्थानीय तहले कर निर्धारण…