Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- जव गृहमन्त्री जेनजी स्मारक पार्क उद्दघाटन नगरी फर्किए, भएको के हो ?
- प्रम शाहद्वारा तीनै सुरक्षा निकायका प्रमुहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै
- रसुवा बाढीले निम्त्याएको भौतिक क्षति र आवश्यकता मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्रीको निर्देशन
- एनडब्लुइडिसीका ठेकेदार कम्पनीहरूले यसै साता राहत प्याकेज घोषणा गर्ने
- नुवाकोटको तादी नदीमा एक्रो ब्रिज ढुवानी गरी पुल निर्माणको काम तीव्र
- सुरुङभित्र उद्धारका लागि नेपाललाई स्विट्जरल्यान्डको अत्याधुनिक ड्रोन
- पुराना नेता र म मा यहि फरक छ: अरु कुर्सीमा बसेर फाइल समात्छन्, म फिल्डमै पुग्ने हो: सुदन गुरुङ
- त्रिशूली ३ ‘ए’को सुरुङको पावरहाउसमा उद्धार गर्न सेनाले थप्यो जनशक्ति
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: चालू आर्थिक वर्ष २०७५/७६ को शुरुवातीदेखि नै नेपालको व्यापार घाटा चुलिंदै गएको छ । चालू आवको तीन महिनामा व्यापार घाटा ३ खर्ब ४९ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । भन्सार विभागको नेपालको वैदेशिक व्यापार तथ्यांक अनुसार समीक्षा अवधिमा सोहि समयकोअघिल्लो वर्षको तुलनामा व्यापार घाटा ४५ दशमलब ९२ प्रतिशतले वृद्धि भएको छ । समीक्षा अवधिमा नेपालबाट २३ अर्ब ७४ करोड रुपैयाँ बराबरको सामान निर्यात भएकोमा ३ खर्ब ७३ अर्ब रुपैयाँ बराबरको सामान आयात भएको छ । समीक्षा अवधिमा अघिल्लो वर्षको तुलनामा आयात ४३ दशमलब ५७ प्रतिशतले र निर्यात १६ दशमलब ०८ प्रतिशतले बृद्दि भएको छ । निर्यातको तुलनामा आयातमा…
काठमाडौँ: नेपाल दूरसञ्चार प्राधिकरणले २५ हजार यौनजन्य सामग्री उत्पादन र प्रशारण गर्ने बेवसाइट बन्द गरेका छन्। प्राधिकरणले हजारौँ वेवसाइट बन्द गरेसँगै गुगलमा सर्वसाधारणले सर्च गरेको भरमा योनजन्य सामग्री उत्पादन गर्ने बेवसाइडहरु नभेटिने प्रधिकरणका सूचना अधिकारी तथा वरिष्ठ निर्देशक पुरुषोत्तम खनालले जानकारी दिए। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले असोज ५ गते प्राधिकरणलाई यस्ता बेवसाइटलाई बन्द गर्न निर्देशन दिएको थियो। त्यसै अनुरुप प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीसँग अनुरोध गरेर बेवसाइट बन्द गरेको खनालले बताए।
काठमाडौँ: एनआईसी एशिया बैंकको नयाँ शाखा कार्यालय संखुवासभाको मानेञ्ज्याङ्ग पनि सञ्चालनमा आएको छ। उक्त शाखा कार्यालयको नेपाल राष्ट्र बैँकका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौला बिहीबार एक कार्यक्रमबीच उद्घाटन गरेका हुन्। समारोहमा बोल्दै निर्देशक निरौलाले सम्पूर्ण स्थानीय निकायहरुमा वाणिज्य बैँकहरुको शाखा कार्यालय खोल्ने नेपाल सरकार तथा नेपाल राष्ट्र बैँकको अभियानमा सहभागी भई स्थानीय निकायहरुमा शाखा कार्यालय खोल्ने कार्यमा अग्रणी भूमिका निर्वाह गरेकोमा एनआईसी एशिया बैंकको प्रशंसा गरे। एनआईसी एसियाको मुलुकभर २६४ शाखा कार्यालयहरु, २६० एटिएम, २६ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको…
दमक: एक्सरे मेसिन चलाउने दक्ष प्राविधिक नहुँदा झापाको गौरीगञ्जस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा नौ वर्षदेखि एउटा मेशिन थन्किएको छ । मेशिन सञ्चालन नहँुदा स्वास्थ्य सेवा लिने सेवाग्राही मारमा परेका छन् । एक्सरे मेशिन सञ्चालन नहुँदा त्यहाँ आउने बिरामी करीब २३ किलोमिटर टाढा दमक गएर सेवा लिन बाध्य छन् । जिल्लाको पश्चिम दक्षिणी ग्रामीण क्षेत्रमा अवस्थित उक्त स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्ने उद्देश्यले विसं २०६६ मा तत्कालीन खजुरगाछी गाउँ विकास समितिको रु दुई लाखबाट एक्सरे मेशिन खरिद गरिएको थियो तर खरिद गरेर ल्याइएको मेशिन केन्द्रको भण्डारणकक्षमा थन्क्याइएपछि अहिले काम नलाग्ने अवस्थामा पुगेको छ । केन्द्रकी इन्चार्ज डा विद्या पोखरेलले मेशिन चलाउने रेडियोग्राफर नहँुदा…
काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेपाल प्रहरीका एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्टलाई गरिएको कारबाहीले मात्रै राज्यको दायित्व पूरा नहुने तर्क गरेका छन् । उनले प्रहरी अधिकारी बर्खास्त गर्दैमा राज्यको दायित्व पूरा नहुने भन्दै सत्य–तथ्य पत्ता लगाउन सरकारसँग माग समेत गरेका छन्। उनले सो धारणा आफ्नो व्यक्तिगत ट्वीटमार्फत् ब्यक्त गरेका हुन्। सरकारले गरेको कारवाही बिष्ट र भट्टलाई कम भएकाे र यसमा उनको असन्तुष्टि रहको समेत उल्लेख गरेका छन्। जानीबुझी प्रमाण नष्ट गर्नु आपराधिक कर्म भएको भन्दै ‘त्यसबापत मुद्दा र दण्ड गर्नुपर्दैन ?’ भन्ने प्रश्न उनले गरेका छन् । भट्टराईले निर्मला पन्त बलात्कार तथा हत्याबारे…
इस्तानबुल: पाकिस्तानका प्रधानमन्त्री इमरान खानले छिमेकी मुलुक चीनको औपचारिक भ्रमण गर्ने भएका छन्। आउँदो नोभेम्बर २ तारिखदेखि ५ तारिखसम्म चिनियाँ नेतृत्वको निमन्त्रणामा खान चीन जान लाग्नु भएको पाकिस्तानी विदेश मन्त्रालयले बिहीबार जनाएको छ । खान प्रधानमन्त्री भएपछि उनको यो पहिलो चीन भ्रमण हुने भएको छ । उनको भ्रमण टोलीमा अन्य उच्च अधिकारी पनि सहभागी हुने भएका छन् । मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उनको भ्रमणले दुई देशको सम्बन्ध थप राम्रो बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ । त्यसैगरी आपसी सहकार्य र सहयोग आदानप्रदानका बारेमा पनि भ्रमणका क्रममा छलफल हुने विज्ञप्तिमा जनाइएको छ । भ्रमणका क्रममा खानले चिनियाँ नेताहरूसँग छलफल तथा भेटवार्ता गर्नुका…
काठमाडौँ: अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणका लागि प्रस्तावित रङ्गशालामा विवाद भएपछि नयाँ निर्माणस्थलको खोजी शुरु भएको छ । ठाउँ खोज्न पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको पहलमा युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, सचिव मोहनप्रसाद सापकोटा तथा सदस्यसचिव केशव विष्टले भक्तपुरका सम्भावित तीन स्थानमा स्थलगत निरीक्षण गरी ठाउँ खोजेका हुन्। सूर्यविनायक नगरपालिका–८ को सिपाडोलको तौडोल, सूनपा–४ को चित्रपुर तथा सूनपा–९ पलासे महत गाउँको डोलमा टोलीले स्थलगत अध्ययन गरेको हो । सूर्यविनायक नगरपालिका–१० र चाँगुनारायण नगरपालिका–९ कै भकारीमुलमा विगत लामो समयदेखि मन्त्रालयले अध्ययन तथा योजना बनाई प्राविधिक टोली खटाए पनि नेपाल मजदूर किसान पार्टीको विरोधका कारण अन्य स्थानको खोजी गरिएको हो । मन्त्री विश्वकर्माले…
जिरी: दोलखाको गौरीशङ्कर गाउँपालिकामा भूकम्पपीडितको टहरोमा आगलागी हुँदा एकै परिवारका दुईको मृत्यु भएको छ भने एक घाइते भएका छन् । जिल्लाको गौरीशङ्कर गाउँपालिका–९ स्थित टासिनाममा गोपाल शेर्पाको टहरोमा आगलागी हुँदा शेर्पाकी आमा र छोराको घटनास्थलमै मृत्यु भएको हो । आगलागीमा परी शेर्पाकी आमा ८० वर्षीया डालकी शेर्पा र छोरा १२ वर्षीय मिङमा शेर्पाको मृत्यु भएको दोलखाका प्रहरी प्रमुख वासुदेव पाठकले जानकारी दिए । आगलागीका कारण उनको जेठो छोरा १५ वर्षीय फुर्साङ शेर्पा घाइते भएका छन् । घाइते फुर्साङको उपचारका लागि सदरमुकाम चरिकोटतर्फ ल्याउँदै गरेको दोलखा प्रहरीले जनाएको छ । करीब बिहान २ बजे लागेको आगो साँढे ४ मा प्रहरी र…
काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ इन्डिया फाउण्डेशनले आयोजना गर्ने कार्यक्रममा भाग लिन आज भारतको नयाँदिल्ली प्रस्थान गरेका छन्। कार्यक्रममा अध्यक्ष प्रचण्डले प्रमुख अतिथिका रूपमा पार्टीको अवधारणा प्रस्तुत गर्नुका साथै नेपाल–भारतबीचको सम्बन्धका बारेमा मन्तव्य दिनेछन् । अध्यक्ष प्रचण्डको अन्य कुनै राजनीतिक भेटघाट नरहेको बताइएको छ । फाउण्डेशनले दक्षिण एशियाका साथै अन्तर्राष्ट्रियस्तरमा समेत विचार निर्माण गर्ने सन्दर्भमा भूमिका निर्वाह गर्दै आएको छ । गोवामा हुने भनिएको उक्त सम्मेलन केही दिनअघि मात्र दिल्लीमा हुने टुङ्गो लागेको थियो । कार्यक्रममा भाग लिन आफूलाई दुई महीनाअघि नै निम्ता प्राप्त भएको त्यसतर्फ जान लागेको आज प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यक्ष प्रचण्डले…
इनरुवा: सुनसरीको धरान उपमहानगरपालिकाबाट ठूलो परिमाणमा विस्फोटक पदार्थसहित तीन जनालाई बिहीबार नियन्त्रणमा लिइएको छ ।धरानबाट रु १० लाख बराबरको २१ बोरा पटका, झिरझिरे, आतीसबाजीलगायत उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो । भारतीय नागरिक पूर्णीयाका २५ वर्षीय राजकुमार दास भनिने पाण्डव दास, फुल्कहाका ३५ वर्षीय अरबिन्द दास र अररिया महपुरका ३५ वर्षीय दिलीप साहलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद फुँयालले जानकारी दिनुभयो । त्यसैगरीे इनरुवा–३ बाट रु एक लाख ५० हजार बराबरको र सुनसरीको कोशी गाउँपालिका–१ लौकहीबाट रु ३ लाख बराबरको आठ बोरा पटका, झिरझिरे, आतीसबाजी बरामद गरिएकोे प्रहरी नायव उपरीक्षक फँुयालले जानकारी दिनुभयो । इनरुवाबाट…