Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: आज विश्व प्रेस स्वतन्त्रता दिवस । विश्वभरमा प्रेस स्वतन्त्रता र पत्रकारहरुको सुरक्षा सुनिश्चित गर्नका लागि यो दिवस हरेक वर्ष ३ मेका दिन मनाइन्छ । अघिल्लो वर्षको तुलनामा नेपालमा भने प्रेस स्वतन्त्रताको स्थिति खस्किएको छ । रिपोर्टरस् विथआउट बोर्डर (आरएसएफ) ले जारी गरेको प्रेस फ्रिडम इन्डेक्समा नेपाल सन् २०१९ को तुलनामा ६ स्थानले तल खस्किदै ११२ औँ स्थानमा पुगेको हो । सन् २०१९ मा नेपाल १०६ औँ स्थानमा रहेको थियो । सन् २०१३ यता नेपाल सन् २०१७ मा सबैभन्दा उच्च १ सयौँ स्थानसम्म पुगको थियो । पछिल्लो पटक सन् २०१४ मा नेपाल सबैभन्दा खराब १ सय २० औँ स्थानमा…
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्र देखिएको विवाद हाललाई थामथुम पारिएको छ। शनिबारको सचिवालय बैठकमा प्रधानमन्त्रीको विषय खासै नउठेको बताइएको छ । यसअघि सचिवालयका बहुसंख्यक नेताहरुले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गरेको सन्दर्भमा नेताहरुको आन्तरिक परामर्शपछि हाललाई ओलीलाई नै प्रधानमन्त्रीका निरन्तरता दिने विषयमा समझदारी भएको हो । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना कमीकमजोरी स्वीकार्दै आत्माआलोचना गरेका थिए भने प्रचण्डसहितका अन्य नेताहरुले पनि आत्माआलोचना गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनले विधि, पद्धति र पार्टीका मूल्य मान्यता अनुसार सरकार सञ्चालन गर्ने तथा सरकारले देश र जनताको पक्षमा समाजवाद हासिल गर्ने गरी काम गर्ने निर्णय पनि बैठकले…
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी समिति बैठक बोलाउने निर्णय गरेको छ । शनिबार राति सम्पन्न पार्टीको सचिवालय बैठकले आगामी बैशाख २५ गते स्थायी समितिको बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । त्यसअघि वैशाख २४ गते स्थायी कमिटी बैठकको लागि आवश्यक तयारीका लागि सचिवालय बैठक बोलाइएको पनि बताए । सचिवालय बैठकले स्थायी समिति बैठकको एजेण्डा तय गर्नेछ ।
काठमाडौं:अर्थमन्त्री डा युवराज खतिवडाले विश्वव्यापी महामारीको कारणले आवागमन बन्द हुँदा परेको प्रभावको लेखाजोखा गरिरहेको बताएका छन्। उनले वित्तीय क्षेत्रमा यसको प्रभाव कस्तो हुन्छ भन्ने अध्ययन पनि हुनुपर्ने बताए। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले गरेको भिडियो कन्फरेन्समा उनले लकडाउनको पूर्ण पालना गराउने र आर्थिक गतिविधि सामान्य पार्ने कुरा संभव नहुने बताए। ‘अहिले लकडाउन खुकुलो पार्न सक्ने अवस्था छैन, यस्तो अवस्थामा आर्थिक कृयाकलाप चलायमान बनाउने काम भएको छ,’ उनले भने। मन्त्री खतिवडाले जोखिमको मूल्यांकन गर्दै कदम चाल्ने पनि उल्लेख गरे। आवागनम रोकेर पर्यटन विकास नहुने भएकाले अहिले सबैभन्दा धेरै प्रभाव यही क्षेत्रमा परेको बताए। निजी क्षेत्रलाई परेको समस्या बहन गर्ने विषयमा…
काठमाडौँ: नेपाल टेलिकमले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सरकारले लकडाउन गरेको अवधिमा विद्यालय र विश्वविद्यालयको पठनपाठन अनलाइनमा सञ्चालन गर्न सहयोग पुर्याउने उद्देश्यले ई-शिक्षा प्याकेज कार्यान्वयनमा ल्याएको छ। नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले जारी गरेको प्रेस विज्ञप्तिमा देशका विभिन्न विश्वविद्यालय तथा विद्यालयबाट प्राप्त अनुरोध तथा सरकारका शैक्षिक निकायसँगको परामर्शका आधारमा सम्बन्धित शैक्षिक संस्थाबाट सिफारिस गरिएका मोबाइल नम्बरलाई विद्यमान बजार मूल्यभन्दा निकै सस्तो दररेटमा डाटा सेवा उपलब्ध गराउन विशेष ई-शिक्षा प्याकेज ल्याइएको उल्लेख छ। ‘विशेष ई-शिक्षा प्याकेजअन्तर्गत २ सय ६० रुपैयाँमा छ जिबी र ५ सय रुपैयाँमा १५ जिबी डाटा २८ दिनभित्र उपयोग गर्न सकिने गरी उपलब्ध हुनेछ, २ सय ६०…
वीरेन्द्रनगर: वीरेन्द्रनगर खुलामञ्चमा रहेको क्वारेन्टाइनमा बसेका करिब डेढ सय जनाको थ्रोट स्वाब परीक्षण ‘नेगेटिभ’ देखिएपछि उनीहरूलाई आइतबार घर पठाउन लागिएको छ। क्वारेन्टाइनमा बस्नुपर्ने अवधि पूरा भएको र कोरोना संक्रमण परीक्षणमा नतिजा नेगेटिभ देखिएपछि १ सय ३४ जनालाई घर पठाउन लागिएको हो। नेपाली सेनाको व्यवस्थापनमा प्रदेश सरकारले सञ्चालन गरेको क्वारेन्टाइनबाट जाजरकोटका ३०, दैलेखका ५२, मुगुका ३२ सुर्खेत पश्चिमका १३ र वीरेन्द्रनगरपालिका भित्रका ९ जनालाई घर पठाउन लागिएको क्वारेन्टाइन ब्यवस्थापन समितिले जनाएको छ। सुर्खेबाट बाहिरी जिल्लामा जानेका लागि २ बस, २ फोर्स गाडी र २ जीपको व्यवस्था गरिएको छ। खुलामञ्चको क्वारेन्टाइनमै रहेका ५५ जनालाई बिहीबार नै घर पठाइएको समितिले जनाएको छ।
काठमाडौँ: गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका क्षेत्रीय बैठक सम्पन्न भएको छ । कोरोना महामारीले अमेरिका क्षेत्रमा प्रभावित गैरआवासीय नेपालीको समस्याका बारेमा छलफल गर्न आयोजित बैठकमा सो क्षेत्रका करिब ४ दर्जनभन्दा बढी सहभागी थिए । हिजो बिहीवार टेलिफोन कन्फेसमार्फत् भएको बैठकलाई एनआरएनए अध्यक्ष कुमार पन्तले सम्बोधन गरेका थिए । ‘अहिले जति काम गरे पनि कम हुन्छ, यो सेवा गर्ने अवसर हो, त्यसको कुनै लिमिट नै छैन्,’ अध्यक्ष पन्तले भने, ‘संघले कोभिड–१९ उच्चस्तरीय समितिमार्फत् राहत कार्यक्रम लिएर बिभिन्न देशमा गतिविधिहरु भइरहेका छन् ।’ अध्यक्ष पन्तले सबैभन्दा ठूलो समस्या विद्यार्थी र श्रमिकमा रहेको बताए । उनले महामारीपछि आर्थिक तथा सामाजिक क्षेत्रमा पर्ने…
काठमाडौं: अमेरिकामा कोरोना भाइरसको औषधि प्रयोगमा आएको छ । फूड एन्ड ड्रग एडमिनिस्ट्रेसन एफडीएले कोरोनाभाइरस सङ्क्रमणको उपचारमा इबोलाको औषधि रेम्डेसिभिरलाई नै प्रयोग गर्न स्वीकृत दिएको छ । उक्त स्वीकृतिसँगै अमेरिकामा कोरोना भाइरसकै लागि पनि औषधि प्रयोगमा आएको हो । अबउप्रान्त अमेरिकामा कोभिड-१९ को गम्भीर लक्षण देखिएर अस्पताल भर्ना भएका बिरामीहरूमा उक्त एन्टीभाइरल औषधि प्रयोग गर्न सकिने बीबीसीले जनाएको छ। एफडीएको आपत्कालीन अनुमति भएकाले यो औपचारिक अनुमति भने होइन। औपचारिक अनुमतिका लागि थप अध्ययन आवश्यक रहेको बताइएको छ । विज्ञहरूले भने इबोलाको उपचारका लागि विकास गरिएको र अमेरिकी कम्पनी गिलियडले उत्पादन गर्ने औषधि कोरोनाभाइरसविरुद्ध अचूक औषधि नभएको दावी गर्दै आएका…
जाजरकोट: जिल्ला सदरमुकामबाट झण्डै ७२ किलोमिटर उत्तरपूर्वमा रहेको बारेकोट गाउँपालिकामा अनुदानमा पाइने नुन उच्च मूल्यमा बिक्री हुने गरेको पाइएको छ । जाजरकोट सदरमुकाममा ९ रुपैयाँमा बिक्री हुने आयोडिनयुक्त नुन बारेकोट गाउँपालिकामा भने प्रतिकिलो ६० रुपैयाँमा बिक्री भइरहेको छ । गाउँपालिकाको मुकाममा सडक पुगे पनि लकडाउनका कारण गाडी चलेकोले खच्चडले ढुवानी गरेर लुकिछिपी महँगोमा बिक्री गरिएको हो । बारेकोट गाउँपालिकाले सदरमुकामस्थित साल्ट ट्रेडिङ कम्पनी लिमिटेडको डिपोबाट दुई सय क्विन्टलभन्दा बढी नुन खरिदका लागि चिठी पठाए पनि मुस्किलले १०० क्विन्टल मात्र पाएको छ । स्थानीय सरकारले भनेजति नुन खरिद गर्न खोजे पनि साल्ट ट्रेडिङ कम्पनी जाजरकोटले स्थानीय सरकारलाई मागअनुसारको नुन उपलब्ध नगराएपछि…
काठमाडौँ: शनिबार अपरान्ह ४ बजे बस्ने भनिएको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक अपरान्ह ५:३० बजे बस्ने भएको छ। प्रधानमन्त्रीको व्यस्तताले गर्दा बैठक सारिएको बालुवाटार स्रोतले बतायो। उक्त बैठकमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउन यसअघि गरेको प्रस्तावबारे थप छलफल हुनेछ। नेकपाभित्र केही समयदेखि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले अर्का अध्यक्ष ओलीलाई अध्यक्ष तथा प्रधानमन्त्रीबाट मार्गप्रशस्त गरिदिन आग्रह गरेपछि विवाद छ। विवाद बढेपछि गत बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले उपाध्यक्ष गौतमलाई कोरोना महामारीपछि प्रधानमन्त्री बनाउन सकिने प्रस्ताव अघि सारेका थिए। उक्त प्रस्तावपछि स्थगित सचिवालय बैठक आज बस्न लागेको हो। प्रधानमन्त्रीको…
