Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याउन माग गरेका छन् । नेपाल तरुण दल स्थापनाको ६५औँ वर्षगाँठका अवसरमा आज पार्टी कार्यालय सानेपामा आयोजित शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रमलाई सम्बोधन गर्दै दुई प्रहरी अधिकारीलाई बर्खास्त गरेर दोषीलाई उन्मुक्ति दिन नहुने बताए । “हत्या, बलात्कारजस्ता जघन्य अपराधका दोषी महीनौँसम्म पत्ता नलाग्नु कानूनी राज्यका लागि चुनौती बनेको छ, यस्ता क्रियाकलापमा संलग्नको संरक्षणमा सरकार नलागोस्, बलात्कार र हत्यामा जोसुकै संलग्न भए पनि दोषीलाई कारवाही होस्”, उनले भने । दलका अध्यक्ष जीतजङ्ग बस्नेतले लोकतान्त्रिक मूल्यमान्यता, सुशासन, स्थिरता र विकासका लागि सङ्गठन लागिपर्ने बताए । २००७ सालमा…

Read More

काठमाडौं: दशैं अगाडी आकासिएको तरकारीको मूल्य दशैं सकिएसँगै ह्वातै घटेको छ । कालिमाटी फलफूल तथा तरकारी बजारमा दशैं पछि तरकारीको मूल्यमा ६० प्रतिशतभन्दा बढीले कमि आएको कालिमाटी फलफूल तथा तरकारी बजारका व्यापारी भगवान उप्रेतीले बताए । दशैंको लागि काठमाडौँ छोडेका उपभोक्ता फर्की नसकेकाले तरकारीको माग घट्नगई मूल्यमा भारी गिरावट आएको उनले बताए । उनले भने -“हाल उपत्यकामा ४०० टनभन्दा कम तरकारीको माग छ तर आपूर्ति ८०० टनभन्दा बढी छ । तरकारी बिक्रि नभएर कालिमाटीमै कुहिन थालेको छ ।” अहिले सबै हरियो तरकारीको थोक मूल्य औसतमा १८/२० रुपैयाँ प्रतिकिलो भएको उनले बताए । दशैं अगाडी थोकमै ५० रुपैयाँ भएको काउली अहिले…

Read More

काठमाडौं:ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले नेपालको जलविद्युत विकासमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आह्वान गरेका छन् । सर्बियामा शुक्रबार आयोजित युरो एसिया इनर्जी सेक्युरिटी फोरममा आफ्नो मन्तव्य राख्दै मन्त्री पुनले उक्त आग्रह गरेका हुन् । नेपालको जलविद्युतमा लगानी गर्न चाहने व्यक्ति, कम्पनी, सामाजिक सुरक्षा कोष, युटिलिटी कम्पनी लगायत निकायले आफ्नो योजनाका आधारमा गर्न सक्ने मन्त्री पुनले बताए । उनले भने ‘इच्छुक अन्तर्राष्ट्रिय कम्पनीले आफूले रोजेको आयोजनामा उचित मोडालिटीमा लगानी गर्न पाउनेछन् । उनीहरुले चाहेको मोडालिटीमा आयोजना विकास गर्न सरकारले त्यही अनुसार छलफल गरेर निर्णय गर्न सक्नेछ ।’ सन्तुलित क्षेत्रीय विद्युत बजारमा नेपालले विश्वास गर्ने सन्दर्भ जोड्दै मन्त्री पुनले भने…

Read More

हेटौँडा: प्रदेश ३ सरकारले चालक अनुमति प्राप्त गर्न कक्षा ८ उत्तीर्ण भएको हुनुपर्ने व्यवस्था गरेको समाचार आजको गोरखापत्रले पृष्ठ ३ मा छापेको छ । प्रदेश सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७५ मा चालक अनुमति प्राप्त गर्न अनिवार्य रुपमा कक्षा ८ उत्तीर्ण भएको हुनुपर्ने व्यवस्था गरेको हो । विधेयकको चालक अनुमतिसम्बन्धी व्यवस्थामा दफा ५१ मा चाकको योग्यता कक्षा ८ उत्तीर्ण नभएको व्यक्ति चालक अनुमतिपत्र प्राप्त गर्न योग्य नहुने उल्लेख छ । प्रदेशसभामा पेस भई सैद्धान्तिक छलफल भएको विधेयकमा अनुमतिपत्र प्राप्त गर्न ठूला सवारीको हमा २५ वर्ष, मझौला सवारीका लागि २२, सानो सवारी, मोटरसाइकल, स्कुटरलगायतका सानो दुई पांग्रेका लागि १८…

Read More

काठमाडौं: काठमाडौंमा चेक बाउन्सका घटना अत्याधिक बढेका छन् । पछिल्ला ९० दिनमा महानगरीय प्रहरी परिसरमा चेक बाउन्सका एक हजार १७ उजुरी दर्ता भएका छन् । छोटो समयमा धेरै उजुरी परेका कारण प्रहरीले अधिकांशको अनुसन्धान गरी मुद्दा चलाउन सकेको छैन । प्रहरीमा परेका उजुरीमध्ये ७४१ ‘पेन्डिङ’मा छन् । आजको नयाँ पत्रिकामा समाचार छापिउको छ । १६३ उजुरीमाथि मात्रै अनुसन्धान गरी मुद्दा चलाइएको छ । ११३ उजुरी भने फिर्ता गरिएका छन् । पेन्डिङमा रहेका चेकमा उल्लेख गरिएको एक अर्ब १३ करोड ४१ लाख ४९ हजार १८८ रुपैयाँ रहेको महानगरी प्रहरी परिसर काठमाडौंले जनाएको छ। परिसरमा दैनिक १५-२० वटा चेक बाउन्ससम्बन्धी उजुरी दर्ता…

Read More

महेन्द्रनगर: ‘छोरीको हत्यारा पत्ता लाग्ने र न्याय पाउने आस मर्दै गएको छ,’ बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तकी आमा दुर्गादेवीले कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी दिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीशप्रसाद भट्ट बर्खास्त भएको जानकारी पाएपछि भनिन् । आजको कान्तिपुरको पृष्ठ ३ मा समाचार छापिएको छ । ‘दुईजनालाई बर्खास्त गरेर हामीलाई भुलाउन खोजिएको त होइन?’ उनले भनिन्, ‘कसैलाई निलम्बित गरियोस् वा बर्खास्त, हामीलाई त हत्यारा चाहियो।’ निर्मलाका बुबा यज्ञराजले एसपी र इन्स्पेक्टरलाई बर्खास्त गरेर वास्तविक अपराधी जोगाउने षड्यन्त्र गरिएको बताए। ‘अब छोरीको हत्यारा पत्ता लाग्ने आस छैन,’ उनले भने, ‘न्याय पाउनै कठिन भयो।’ भीमदत्त नगरपालिका २, उल्टाखामकी निर्मलाको बलात्कारपछि हत्या…

Read More

काठमाडौँ : विद्युतीय सवारी साधनको प्रयोगमा बढावा दिने गरी सरकारले अगाडि सारेको कार्ययोजनालाई लागू गर्न नेपाल विद्युत् प्राधिकरणले देशभर नै ‘चार्जिङ स्टेशन’ निर्माण गर्ने प्रक्रिया अगाडि बढाउने भएको छ । सडक पुगेको देशभरका सबैजसो स्थानमा प्राधिकरणको वितरण प्रणाली पनि पुगेकाले प्रवद्र्धनात्मक रुपमा त्यस्ता स्टेशन निर्माण गर्न लागिएको हो । नेपाल इञ्जिनीयर्स एशोसिएशनले आज यहाँ आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधनको चार्जका लागि निकट भविश्यमा नै काठमाडौँ उपत्यकामा केही स्टेशन तयार गरिने बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन पहिले साझा यातायातले आयात गरेको विद्युतीय सवारीको उद्घाटन कार्यक्रममा प्राधिकरणले उपत्यकामा २० वटा स्टेशन बनाउने…

Read More

काठमाडौँ: निर्वाचन आयोगले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)लाई आधिकारिता प्रदान गरेको छ । आयोगको आज बसेको इजलाशबाट नामसम्बन्धी विवादको फैसला गर्दै सो निर्णय गरेको हो । ‘राजनीतिक दलसम्बन्धी ऐन, २०७३’ को दफा ४ को उपदफा २ ले ऐन प्रारम्भ हुँदाका बखत प्रचलित कानूनअनुसार आयोगमा दर्ता रहेका दल दर्ता हुन पर्ने छैन र त्यस्ता दल सोही ऐनबमोजिम दर्ता भएको मानिने कानूनी प्रावधान रहेको उल्लेख गर्दै कानूनबमोजिम दर्ता भएका दलको पुनः दर्ता हुनुनपर्ने आयोगले स्पष्ट पारेको छ । आयोगमा दर्ता भएको मूल नाम नेपाल कम्युनिष्ट पार्टी मूल नाम भई अन्य पहिचान खुलाएका सात वटै दल कानूनअनुसार नै रहेको आयोगको ठहर छ ।…

Read More

काठमाडौँ: नेपाल धितोपत्र बोर्डले घरायसी तथा मृत्युपछिको धितोपत्रकोे नामसारीको जिम्मा केन्द्रीय निक्षेप प्रणालीलाई दिएको छ । बोर्डले निक्षेप सेवा (तेस्रो संशोधन) विनियमावलीको संशोधन गर्दै त्यस्तो व्यवस्था गरेको जनाएको छ । निक्षेप सेवा विनियमावली, २०६८ संशोधन गरी धितोपत्रको घरायसी तथा मृत्यु नामसारी प्रक्रिया सरल, सहज गरिएको हो । नयाँ व्यवस्थाबाट सूचीकृत धितोपत्रको घरायसी तथा मृत्यु नामसारी प्रक्रिया सरल, सहज तथा व्यापक भई लगानीकर्ता लाभान्वित हुने बोर्डको विश्वास छ । सूचीकृत धितोपत्रको घरायसी तथा मृत्यु नामसारी कार्यसमेत नेप्सेको सिफारिशमा सम्बन्धित सूचीकृत कम्पनीबाट हुने गरेको थियो । सिडिएस एण्ड क्लियरिङको स्थापना भएपश्चात् धितोपत्रको राफसाफ तथा नामसारी कार्य उक्त संस्थाबाट नै हुने गरेको तर…

Read More

काठमाडौँ: राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको काठमाडौँ–तराई– मधेस दू्रतमार्ग (फास्ट ट्र्याक)को विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने सन्दर्भमा दक्षिण कोरियाको सुसुङ इञ्जिनियरिङ कम्पनीले भौगर्भिक अध्ययन शुरु गरेको छ । नेपाली सेना र दक्षिण कोरियाको सुसुङ इञ्जिनियरिङ कम्पनी लिमिटेडबीच द्रूतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणसम्बन्धी सम्झौतापत्रमा असोज १६ गते हस्ताक्षर भएको थियो । सम्झौताअनुसार उक्त कम्पनीले यही कात्तिक ५ गतेदेखि लागू हुने गरी १०५ दिनभित्र डिपिआर तयार गर्नेछ । डिपिआरलाई अघि बढाउने सिलसिलामा सुसुङ कम्पनीले भौगर्भिक अध्ययनको काम शुरु गरिसकेको नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नेपाली सेना र सुसुङ कम्पनीका भौगर्भविद्सहितको प्राविधिक टोली स्थलगत अध्ययनका लागि…

Read More