Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
- यस्ता छन् आगामी बजेटको प्राथमिकता (पूर्ण पाठ)
- शोधनान्तर स्थिति सात खर्ब ३१ अर्बले बचतमा, नौ महिनामा साढे १६ खर्ब बढी विप्रेषण भित्रियो
- सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
- सरकारको नीति तथा कार्यक्रम: सीमारहित अर्थतन्त्र र तौलरहित व्यापार
- संघीय संसद्को बजेट अधिवेशन आजदेखि, नीति तथा कार्यक्रम पनि आजै प्रस्तुत हुने
- टर्किस एयरलाइन्समा आगलागीपछि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल खुल्यो
- इस्तानबुलबाट आएको टर्किस एयरको जहाजमा आगलागी, सबै यात्रु सुरक्षित
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: चाडबाडको मुखमा पनि कलङ्की–नागढुङ्गा सडक विस्तार एवं कालोपत्र नसकिँदा जनजीवन अस्तव्यस्त भएको भन्दै स्थानीयवासीले आज सो क्षेत्रमा सडक अवरुद्ध गरी प्रदर्शन गरेका छन् । सडक विस्तार शुरु गरेको वषौं बित्दा पनि करीब १० किमी सडकको काम सम्पन्न हुनसकेको छैन । गतवर्ष सर्वोच्च अदालतले सडक विस्तारको जग्गा प्राप्ति गर्दा मुआब्जा दिन सरकारलाई निर्देशन दिएको थियो । अदालतको निर्देशन अघि सहमतिमा सडक विस्तारका लागि स्थान छोडेको ठाउँमा पनि कालोपत्र नहुँदा सडकमा सवारी चलाउन एवं हिँड्न नसकिने अवस्थामा पुगेको चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले जानकारी दिए। “काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले छनोट गरेको निर्माण व्यवसायीले वर्षौँ बित्दा पनि काम गर्न सकेको छैन,…
काठमाडौँँ: राष्ट्रिय फुटबल टोलीका चर्चित खेलाडी विमल घर्तीमगर च्यासल युथ क्लबमा आबद्ध भएका छन् । शनिबारदेखि शुरु हुने लिगका लागि च्यासलले विमललाई भित्र्याउने निर्णय गरेको हो । ठूला क्लबले विमललाई लिन निकै प्रयास गरे पनि अन्तिममा च्यासलले बाजी मारेको हो । च्यासल दुई वर्षअघि ‘बी’ डिभिजनको विजेता बन्दै ‘ए’ डिभिजन उक्लेको हो । विमललाई क्लबमा आबद्ध गर्न थ्री स्टारले प्रयास गरे पनि अन्तिम समयमा कुरा नमिलेपछि विमल च्यासल गएका हुन् । च्यासलले विमलसँग सम्झौता भएको पुष्टि गरेपनि सम्झौताको रकम भने खुलाउन मानेन । च्यासलले ‘ए’ डिभिजनका लागि खेलाडीसँग सम्झौता गर्ने क्रम जारी राखेको जनाएको छ । चार वर्षपछि हुन लागेको…
काठमाडौँ :आगामी कात्तिक ९ देखि २० गतेसम्म पोखरामा हुने पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन १७९ खेलाडीले नाम दर्ता गराएका छन् । पिपिएल आयोजक क्विन्स इभेन्ट्स प्रालिका अनुसार क्याप्ड सिनियरमा ३०, क्याप्ड एज लेभलमा ५७, र अनक्याप्डमा ९२ खेलाडीले नाम दर्ता गराएका छन् । क्विन्स इभेन्ट्सले पिपिएलमा सहभागी हुने खेलाडीलाई क्याप्ड सिनियर, क्याप्ड एज लेभल र अनक्याप्ड गरी तीन श्रेणीमा विभाजन गरेको थियो । क्याप्ड सिनियरमा नेपालको सिनियर राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरेका खेलाडीलाई राखिएको छ । क्याप्ड एज लेभलमा नेपालको उमेर समूह (यू–१५, यू–१७, यू–१९, यू–२१ र यू–२३) टोलीको प्रतिनिधित्व गरेका खेलाडी छन् । अनक्याप्ड श्रेणीमा नेपालको…
काठमाडौँ :कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेल र नेपाल भ्रमणमा रहनुभएका भारतीय पेट्रोलियम तथा प्राकृतिक स्रोतमन्त्री धर्मेन्द प्रधानबीच आज भएको भेटवार्तामा दुई देशीय पाइपलाइन विस्तारको प्रगतिका विषयमा छलफल भएको छ । कार्यवाहक प्रधानमन्त्री पोखरेलको सिंहदरबारस्थित रक्षा मन्त्रालयको कार्यालयमा भएको भेटवार्तामा नेपाल भारतबीचको मोतिहारी–रक्सौल–अमलेखगञ्ज पाइपलाइन विस्तार कार्यलाई तीव्रता दिन भारत सरकार तयार रहेको र केही प्राविधिक विषय टुङ्गो लगाएर काम अघि बढाइने मन्त्री प्रधानले अवगत गराए । सो विषयमा दुई सरकारबीच सहसचिवस्तरीय बैठक बसी प्राविधिक विषयमा टुङ्गो लाग्नेछ । कार्यबाहक प्रधानमन्त्री पोखरेलले पाइपलाइन विस्तारका क्षेत्रमा रहेका रुख कटानका विषयमा पनि छलफल भएको जानकारी दिए । यसैगरी उनिहरुबीच भारत सरकारको सहयोगमा बन्ने हेटौँडा पोलिटेक्निक…
काठमाडौँ: संयुक्त राष्ट्र संघको ७३ औं महासभामा भाग लिन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा राजनीतिक संक्रमणकाल सकिएर तिनै तहका निर्वाचन सम्पन्न भएर र नयाँ संविधान जारी भएपश्चात देश स्थायीत्वको बाटोमा हिडेको बताएका छन्। प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र संघको महासभाको बैठकलाई सम्वोधन गरे गर्दै यस्तो धररण राखेका हुन्। नेपालको आन्तरिक मामिला एवं राजनीतिक वस्तुस्थितिबारे राष्ट्र संघको महासभालाई जानकारी दिँदै प्रधानमन्त्री ओलीले आफूलाई दुई तिहाई समर्थन प्राप्त रहेको र प्रदेशहरुमा पनि बहुमतको सरकार बनेको बताएका छन् । सम्वोधनका क्रममा उनले आफ्नो सरकारको मुख्य नारा समृद्ध नेपाल र सुखी नेपाली रहेको बताए । पश्चिमाहरुले नेपालमा रहेका तिब्बती शरणार्थीहरुको पक्षमा कुरा उठाउने र…
काठमाडौँ: सिद्धार्थ इन्स्योरेन्स कम्पनीले बिक्री नभएको ३७ हजार २१६ कित्ता हकप्रद शेयर बोलकबोल लिलाम बिक्रीको लागि आह्वान गरेको छ। कम्पनीले २२ लाख ४४ हजार कित्ता हकप्रद शेयर निष्काशन गरेकोमा संस्थापक समुहतर्फ ७९९ कित्ता र सर्वासाधारणतर्फ ३६ हजार ४१६ कित्ता बिक्री भएको थिएन। कम्पनीले गत असार १७ देखि साउन २० गतेसम्म चुक्ता पूँजीको ३५ प्रतिशत हकप्रद शेयर निष्काशन गरेको थियो। बिक्री नभएको हकप्रद लिलाम आह्वानको लागि असोज १९ देखि २६ गतेसम्म पाइने बिक्री प्रवन्धक एनएमबी क्यापिटलले जनाएको छ। सिद्धार्थ इन्स्योरेन्स कम्पनीले ३७ हजार २१६.५० कित्ता सेयर लिलामी प्रक्रियाबाट बेच्ने भएको छ । कम्पनीले असोज १९ गतेदेखि बिक्री नभएको संंस्थापक समूहको ७९९.६०…
काठमाडौँ: नेपाल र चीनबीच ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोग र साझेदारीलाई प्रभावकारी रुपमा अगाडि बढाउने लक्ष्यका साथ आजदेखि यहाँ ऊर्जा संयन्त्रको बैठक शुरु भएको छ । बैठकमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय र चीनका तर्फबाट इन्टरनेशनल इकोनोमिक डिपार्टमेन्टका उपमहाप्रबन्धक हि याङले नेतृत्व गरेका छन्। बैठकका लागि चिनियाँ टोली बिहीबार यहाँ आइपुगेको हो । बैठक बिहीबारदेखि नै शुरु हुने भनिएता भए पनि एक दिन पर सरेर आजदेखि शुरु भएको हो । बैठकमा विद्युत्को माग तथा आपूर्तिको अवस्था, आगामी दिन बढ्ने ऊर्जा मागको प्रक्षेपण, आयोजनाहरुको विकासको अवस्था, संयुक्त रुपमा आयोजना निर्माणका कार्ययोजना, अन्तरदेशीय प्रसारण लाइन निर्माणलगायतका विषयमा छलफल…
काठमाडौँ: सरकारले नजिकिँदो चाडबाडलाई लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालन गर्ने भएको छ । विगत वर्षहरुमा दशैं–तिहारलगायत चाडपर्वलाई लक्षित गरेर यस्ता पसलहरु सञ्चालन गर्दै आएको सरकारले यस वर्ष पनि त्यसलाई निरन्तरता दिन लागेको हो । सुपथ मूल्य पसल सञ्चालनको नेतृत्व गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले उपत्यकासहित देशका विभिन्न ४७ स्थानमा यस्ता सुपथ मूल्य पसल सञ्चालन गर्ने जानकारी दिएको छ । आजदेखि खुल्ने सुपथ मूल्य पसल कात्तिक २३ सम्म सञ्चालन गर्ने विभागको तयारी छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत नेशनल ट्रेडिङ, साल्ट ट्रेडिङ कर्पोरेसन, खाद्य संस्थान र दुग्ध विकास संस्थानले सहुलियत पसलहरु संचालन गर्नेछन्। यस वर्षको सुपथ…
काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई उपसचिवलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । कम्पनी रजिस्ट्रारको कार्यालय त्रिपुरेश्वरमा कार्यरत उपरजिस्ट्रार उपसचिवद्धय धर्मराज रोकााय र गंगाधार पौडेललाई प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोको सहयोगमा विहीबार दिउँसो बबरमहलबाट पक्राउ गरी अनुसन्धान सुरु गरेको हो । किर्ते कागजपत्र बनाएर ७० करोड रुपैयाँबराबरको धनसम्पत्ति बेचविखनमा संलग्न रहेको अरोप लगोपछि उनीहरु फरार भएका थिए । यसअघि सोही प्रकरणमा १२ जनालाई पक्राउ गरिएको थियो ।, आजको नागरिक दैनिकमा यो खबर छ ।
काठमाडौं: साँढे ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा थुनामा रहेका पूर्व डिआइजी गोविन्द निरौला विहिबार साधारण तारेखमा रिहा भएका छन् । बिहिबार उच्च अदालत मोरङका न्यायाधीशद्वय सारंगा सुवेदी र जनक पाण्डेको संयुक्त इजलासले पूर्व डिआइजी निरौलालाई साधारण तारेखमा छाड्न आदेश दिएको हो । पूर्व डिआइजी निरौलालाई केही महिनाअघि ३३ किलो सुन र सनम हत्या प्रकरणमा संलग्न रहेको आशंकामा पक्राउ गरेको थियो । महानगरीय प्रहरी त्रिभुवन विमानस्थलको सुरक्षा कार्यालको प्रमुख हुँदा निरौलाले सुन तस्करी गरेको आरोप लागेको थियो । निरौलालाई ३३ किलो सुन प्रकरणसँगै सनम हत्याकाण्डमा संलग्न रहेको आरोप लागेपछि गृहमन्त्रालयका सहसचिव इश्वरराज पौडेलको संयोजकत्वमा छानविन समिति गठन भएको…