Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- भारतबाट पक्राउ परेका पूर्वमुख्यसचिवमाथि अनुसन्धान अघि बढ्यो, ४ दिन हिरासतमा
- भारत भ्रमणको ब्रिफिङ दिन प्रधानमन्त्री शाह शीतलनिवासमा
- ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित
- बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीको विद्युत
- मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर : प्रधानमन्त्री र अर्थमन्त्रीपछि तेस्रो मर्यादामा सोविता गौतम
- दिल्लीमा पक्राउ परेका पूर्वमुख्यसचिव अर्याललाई आजै काठमाडौं ल्याइँदै
- ऊर्जा मिश्रण अवधाणामार्फत पीपीए खुलाउने तयारी
- होल्डिङ सेन्टर खाली गर्न सरकारको आदेश, सुकुमवासीको जवाफ ‘यहाँबाट जाँदैनौँ’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: एक महिनादेखि जारी लकडाउनको स्वरुप कस्तो बनाउने भन्ने विषयमा छलफल गर्न कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक अहिले बसिरहेको छ । सिंहदरबारमा जारी बैठकमा लकडाउनको अहिलेसम्मको परिस्थिति र बिभिन्न स्थानको संक्रमणको अवस्थाबारे विश्लेषण हुनेछ । समग्र अवस्थाको विश्लेषण गरेर प्रधानमन्त्रीलाई भेट्ने र लकडाउनको स्वरुपबारे निर्णय लिइने उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलले जानकारी दिए । ‘अहिलेसम्मको समीक्षा गरेर प्रधानमन्त्रीलाई भेट्छौं अनि मात्रै लकडाउनको मोडालिटीबारे सरकारले टुंगो लगाउँछ,’ उपप्रधान तथा रक्षामन्त्रीसमेत रहेका पोखरेलले भने । उनले अहिलेसम्म लकडाउन खुकुलो बनाउने सरकारको नीति नभएको बताए । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि…
काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा आज दुई अध्यादेश खारेज गर्नुभएको छ । ती अध्यादेश यही वैशाख ८ गते जारी गरिएको थियो । नेपालको संविधानबमोजिम ‘संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) र राजनीतिक दलसम्बन्धी(दोस्रो संशोधन) अध्यादेश, २०७७ खारेज गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
काठमाडौँ: सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख विपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच आज प्रधानमन्त्रीको निमन्त्रणामा बालुवाटारमा भेटघाट भएको छ । भेटमा सभापति देउवाले सरकारले दुवै अध्यादेश फिर्ता लिएकामा प्रधानमन्त्रीलाई धन्यवाद दिँदै एक सांसदलाई अपहरण शैलीमा काठमाडौँ ल्याउने घटनामा संलग्नलाई कारवाहीको माग गर्नुभएको काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । उक्त घटनाका दोषीलाई कारवाही गर्नुपर्ने माग देशभरी उठेको र आफ्नो माग पनि यही रहेको उल्लेख गर्दै सभापति देउवाले देशमा कानूनी राज्य छ भने निष्पक्ष अनुसन्धान र कारवाही हुनुपर्छ भन्नुभएको थियो । सरकारले यही वैशाख ८ गते जारी गरेका संवैधानिक परिषद्…
काठमाडौँ: भोजपुरका एक २६ वर्षीय युवकमा कोरोनाभाइरस पोजेटिभ देखिएको छ। धरानको विपी कोइराला अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोनाभाइरस पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए। भोजपुरका यी युवकसहित आज तीन जना संक्रमित थपिएका छन्। अहिलेसम्मको अद्यावधिक विवरण अनुसार ४८ जनालाई कोरोनाभाइरसको पुष्टि भएको छ। जसमध्ये १० जना निको भएर घर फर्किएका छन् भने ३८ जना विभिन्न अस्पतालको आइसोलेसनमा उपचारका क्रममा छन्।
काठमाडौँ: कोरोना भाइरस (कोभिड-१९) का कारण ऋणीहरूलाई समस्या परेको भन्दै कृषि विकास बैङ्कले सहुलियत दिएको छ । बैङ्कले प्रदान गर्ने कर्जामा तीन प्रतिशतसम्म ब्याजदर छुट दिने बैङ्कले जानकारी दिएको हो । बैङ्कको एक वर्षको अवधिमा १२ प्रतिशतमा कर्जा लगानी गरेको थियो। घटाएर ११ बनाएकोमा लकडाउनका बेला ऋणीहरू समस्यामा परेको भन्दै बैङ्कले नौ प्रतिशतमा ब्याजदर झारेको हो । अन्य बैंकहरु व्याज घटाउने बारे छलफल गरिरहँदा कृषि विकास बैंकले यो आर्थिक बर्षमा ३ प्रतिशत व्याज घटाइसकेको छ । यसअघि ११ प्रतिशतमा झारेको कृषि कर्जाको व्याजदर मिति २०७६ चैत २६ गते बसेको संचालक समितिको बैठकले ११ प्रतिशतबाट कृषि कर्जामा थप २ प्रतिशत…
काठमाडौँ: चौतर्फी विरोध भएपछि सरकारले विवादास्पद दुई अध्यादेश फिर्ता लिने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो । सरकारको सिफारिसअनुसार अब राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश खारेज गर्ने व्यवस्था छ । सरकारले वैशाख ८ गते राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेको थियो । दुबै अध्यादेश सोही दिन राष्ट्रपतिबाट प्रमाणित भएर राजपत्रमा प्रकाशित गरिएको थियो । राजनीतिक दलसम्बन्धी अध्यादेशमा पार्टी फुटाउन केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत भए पुग्ने र संवैधानिक परिषदसम्बन्धी अध्यादेशमा प्रतिपक्षी दलको नेताविना संवैधानिक परिषद्को बैठक बसेर आवश्यक निर्णय गर्न सक्ने व्यवस्था गरिएको छ…
काठमाडौँ: काठमाडौं महानगर क्षेत्रभित्र आपूर्ति व्यवस्थालाई सहज बनाउन बिहान १० बजेसम्म पसल खोल्न दिने विषयमा महानगर र प्रशासन सकारात्मक देखिएका छन्। कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउन लम्बिएसँगै आपूर्ति व्यवस्थामा केही असहज भएकाले आपूर्ति सहज बनाउन महानगरपालिकाले गरेको सरोकारवालासँग छलफल गरेको थियो। ‘लकडाउनको अवधिमा आपूर्ति व्यवस्थालाई सहज बनाउँदै आर्थिक गतिविधिलाई पनि चलायमान बनाइराख्नु पर्छ भन्नेमा छलफल भयो,’ महानगरका मेयर विद्यासुन्दर शाक्यले भने, ‘अहिले लकडाउनको अवस्थामा अति विपन्न, असहाय र मजदुरलाई राहतको व्यवस्थामात्रै गर्ने होइन, आफैं किन्न सक्नेलाई किन्ने वातावरण समेत निर्माण गरिदिनुपर्ने अवस्था छ। हामी सकेसम्म सहज वातावरण निर्माण गर्छौ।’ छलफलका क्रममा शाक्यले अहिलेसम्म महानगरपालिकाबाट…
काठमाडौँ: विनाशकारी भूकम्प गएको शुक्रबार पाँच वर्ष पूरा भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यावधि पनि यही वर्ष सकिँदै छ । तर, भूकम्पले भत्किएका भौतिक संरचनाको पुनर्निर्माण भने पूरा हुने छाँटकाँट छैन । बरु कोरोना भाइरस महामारीका कारण पुनर्निर्माण थप ढिलाइ हुने भएको छ । कोरोना भाइरस फैलन नदिन सरकारले घोषणा गरेको लकडाउनका कारण पुनर्निर्माणका सबै काम एक महिनादेखि ठप्प छन् । यो समाचार आजको नयाँ पत्रिकामा प्रकाश धौलाकोटीले लेखेका छन् । साढे चार वर्षको अवधिमा प्राधिकरणले निजी आवासतर्फ ८८ प्रतिशत, स्वास्थ्य संस्था पुनर्निर्माणमा ६८ प्रतिशत र सरकारी भवनतर्फ ८४ प्रतिशत प्रगति हासिल गरेको छ । थुप्रै चुनौतीबीच पुनर्निर्माण र पुनर्स्थापनाको क्षेत्रमा उल्लेख्य उपलब्धि…
काठमाडौँ: २०४८ को पहिलो आमनिर्वाचनमा स्पष्ट बहुमत पाएर पाँच वर्षका लागि प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइरालाले पार्टीभित्रको आन्तरिक कलहका कारण ०५१ मै देशलाई मध्यावधि निर्वाचनमा लगे । मध्यावधिबाट तत्कालीन एमाले सबैभन्दा ठूलो दल बन्यो, अध्यक्ष मनमोहन अधिकारी अल्पमतको प्रधानमन्त्री बने । उनले नौ महिना सरकार चलाउन नपाउँदै कांग्रेस र तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टीले संयुक्त रूपमा अविश्वासको प्रस्ताव ल्याएर सरकार ढाले । राप्रपाकै सहयोगमा कांग्रेसका शेरबहादुर देउवा प्रधानमन्त्री बने । ‘खासमा यहीँबाट सुरु भएको हो देशमा संसदीय विकृति । सांसद खरिद–बिक्री, होटेलमा सांसद राखेर सुरासुन्दरी काण्ड मच्चाउनेदेखि विदेश पठाउनेसम्मको जग यहीँबाट तयार भएको हो,’ त्यतिखेर संसद् र राजनीतिक रिपोर्टिङ गर्ने अहिलेको खोज पत्रकारिता केन्द्रका…
काठमाडौँ: ५ वर्षअघि आजैका दिन बारपाक केन्द्रबिन्दू बनाएर आएको भूकम्पले ठूलो क्षति गरेको थियो । काठमाडौँको धरहरासहित यस भूकम्पपछि क्षतिग्रस्त बनेका अधिकांश संरचनाको पुनर्निर्माण बाँकी नै छ । ११ बजे ५६ मिनेट जाँदा ७.८ म्याग्निच्युटको प्रलयकारी भूकम्प र त्यसपछि निरन्तर पराकम्प गइरहेका थिए । भोलिपल्टै फेरि ६.७ रेक्टर स्केलको अर्को ठूलो पराकम्प गयो । त्यस्तै, २९ वैशाखमा दोलखाको सिंगटीलाई केन्द्रविन्दु बनाएर अर्को शक्तिशाली पराकम्प गयो । आठ हजार नौ सय ७९ मानिसले ज्यान गुमाएका थिए।
