Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: पोलिमर नोट छपाई प्रकरणमा भएको भ्रष्टाचारको सम्बन्धमा नेपाल राष्ट्र बैंकका तत्कालिन गभर्नर तिलकबहादूर रावलसहित तीनैजनाले सफाइ पाएका छन् । विशेष अदालतको मंगलबारको पूर्ण इजलासले उक्त मुद्दामा रावलसहित नेपाल राष्ट्र बैंक नोट विभागका प्रमुख उपेन्द्रकेशरी पौडेल र पोलिमर नोट प्रिन्टको जिम्मेवारी पाएको एजेन्टको स्थानीय प्रतिनिधि मे फ्लावर लिमिटेडका हिमालयबहादुर पाँडेले सफाई पाएका हुन् । विशेष अदालतका अध्यक्ष शिवराज अधिकारी तथा न्यायाधीशहरु बालेन्द्र रुपाखेती र शान्तिसिंह थापाको पूर्ण इजलासले त्यस्तो फैसला सुनाएको हो । नेपाल सरकार वादी रहेर दायर भएको २ करोड ७३ लाख रुपैंया बिगोसहितको उक्त मुद्दामा उनीहरु सो प्रकरणमा प्रत्यक्ष रुपमा संलग्न भएको नदेखिएको, विश्वसनीय प्रमाणको अभाव भएको…
बुटवल: घरेलु तथा साना उद्योग कार्यालय नेपालगञ्ज बाँकेका उद्योग अधिकृत हुकुमबहादुर ओली घुस रकमसहित पक्राउ परेका छन् । ठेक्कापट्टाको अनुमति पत्र (लाईसेन्स) बनाइदिने कार्यमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट घुस वापतको रकम लिइरहेका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलबाट खटिएको टोली उनलाई पक्राउ गरेको हो । ओलीले ९६ हजार ३ सय रुपैयाँ लिइसकेपछिको अवस्थामा पक्राउ गरिएको आयोग कार्यालय बुटवलका प्रवक्ता सुरेश भुसाललेजानकारी दिए । ओलीलाई थप अनुसन्धानको लागी बुटवल ल्याइँदैछ ।
काठमाडौं: परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीले राम जन्मभूमिबारे अभिव्यक्ति दिँदा अयोध्यालाई होच्याउने कुनै मनसाय नभएको बताएको छ। ‘प्रधानमन्त्रीको अभिव्यक्तिमा अयोध्याको महत्व र यसको साँस्कृतिक मूल्यलाई होच्याउन खोजिएको होइन,’ परराष्ट्र मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै भनेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार राम नेपालमै जन्मेका र भारतले नक्कली जन्मभूमि बनाएको बताएका थिए।
काठमाडौं: परराष्ट्र मन्त्रालयले अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिप्रति स्पष्टीकरण दिएको छ । मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषयसँग नजोडिएको बताएको छ । विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषयसँग जोडिएको छैन र कसैको भावनामा चोट पुर्याउने आशयको पनि होइन ।’ ओलीले आइतबार भगवान राम भारतीय नभएको र असली अयोध्या वीरगञ्ज नजिकै ठोरीमा पर्ने दाबी गरेका थिए । https://mail.google.com/mail/u/0/#inbox/FMfcgxwJWrWBMNssTwLrLkHGLwlzwhhW?projector=1&messagePartId=0.2
काठमाडौं: नेपालमा मंगलबार थप ११६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । पछिल्लो २४ घण्टामा ४ हजार ३६१ जनाको पीसीआर परीक्षण गरिएकोमा ११६ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । कहाँ कति थपिए ? डा गौतमका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा धनकुटाका ३ जना, सिराहाका एकजना, सुनसरीका एकजना र तेह्रथुमका एकजना संक्रमित भएका छन् । यस्तै कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा इलामका २ जना, प्रादेशिक…
काठमाडौं: मेलम्ची खानेपानी आयोजनाको सुरुङमा परीक्षणको लागि छाडिएको पानीमा दुई जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा हेलम्बु गाउँपालिका-१ स्थित सुरुङमा आयोजनाका एक जना इन्जिनियर र चालक रहेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सुरूङको एक ठाउँबाट एक्कासी पानी बाहिर आएपछि त्यहाँको अवस्था बुझ्न गएका उनीहरुलाई पानीले बगाएर बेपत्ता बनाएको हो । परीक्षण गर्न अहिले सुरुङमा पानी हालिएको छ । पानी सुरुङमा पानीले बगाएर ४ जना बेपत्ता भएका थिए । उनीहरुमध्ये दुई जना सम्पर्कमा आए भने दुई जना अझै बेपत्ता छन् । जीवितै उद्धार गरिएका दुई जनाको उपचार गर्न अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघको चुनावका लागि बरिष्ठ उपाध्यक्षसहितका पदमा चन्द्र ढकालले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । यो प्यानलबाट ढकाल बरिष्ठ उपाध्यक्ष पदको उम्मेदवार हुनेछन् । उनले आफ्नो प्यानल विजयी हुने दावी पनि गरेका छन् । ढकाल समूहले बुधबार कार्यक्रम गरेर प्यानल घोषणा गरेको हो । ढकालले वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले अर्का प्यानललाई सहयोग गर्न खोजेको भन्नेतर्फ संकेत गर्दै चुनाव जितेर गोल्छाकै टिमको सदस्य हुने बताए । यद्यपि उनले गोल्छाको भूमिकाको विषयमा भने असन्तुष्टि जनाएका छन् । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्नुपर्छ भन्ने पक्षमा आफू उभिएको भन्दै उनले आफूले यस विषयमा नलागेको भए अवस्था फरक हुने बताए । गोल्छाले…
जुम्ला:नेपालमा कोरोना भाइरसपछि अर्कै संकटका रुपमा आएको सलह कीरा जुम्ला पुगेको छ । छिमेकी जिल्ला रुकुम जाजरकोटमा र कालिकोट हुँदै जुम्ला पुगेको सलहले यहाँको पातारासी गाउँपालिकामा पुगेको हो । पातारासी गाउँपालिका १ र २ का अधिकांश बस्तीमा सलह कीराको झुण्डहरु प्रवेश गरेका छन् । जिल्लाको पूर्वमा पर्ने पातारासी क्षेत्र आलु मकै र गुहँ बालीका लागि पकेट क्षेत्र मान्निछ । यतिबेला उक्त क्षेत्रमा मकै आलु र गहुँ सबैका खेतबारीमा फलेका छन् । तर पातारासीमा प्रवेश गरेको सलह कीराले मकै, गहुँ र आलु बारीमा ठूलो क्षति पु-याएको पातारासी गाउँपालिका अध्यक्ष लछिमन बोहोराले बताए । उनका अनुसार, जताततै सलह कीराको बथान देखिन्छ ।…
काठमाडौं:नेपाल उद्योग वाणिज्य महासंघले बैंकहरुसँग लिएको ऋणको विषयमा कुनै गुनासो भए लेखेर पठाउन आफ्ना सदस्यहरुलाई आग्रह गरेको छ। महासंघले एक सूचना जारी गर्दै नेपाल बैंकर्स संघका प्रतिनिधिसँग प्रत्येक महिना बैठक बसी गुनासा उपर छलफल गरी समस्या समाधान निकाल्न कोशिश गर्ने तय भएकाले कर्जाको सम्बन्धमा कुनै गुनासो भए लेखेर पठाउन आफ्ना सदस्यहरुलाई आग्रह गरेको हो। महासंघले तिर्न सक्ने अवस्थामा भएका उद्योगी, व्यापारी तथा व्यवसायीलाई कर्जाको ब्याज तथा किस्ता भुक्तानी गरिदिन अनुरोध गरेको छ। तर, उसले आफैले ब्यवसायीहरु तिर्न नसक्ने अवस्थामा रहेको दाबीसमेत गरेको छ। सूचनामा भनिएको छ- चालु आर्थिक वर्षको अन्तिम समय भइसक्दा पनि बैंकको किस्ता तथा ब्याज तिर्न चाहेर पनि…
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याबारे दिएको अभिव्यक्तिपछि उनको देशभित्रैबाट चर्को आलोचना भएको छ । ओलीले सोमबार भानुजयन्तीका अवसरमा आयोजित कार्यक्रममा भगवान रामको जन्मस्थान भारतको अयोध्यामा नभई नेपालकै वीरगञ्ज पश्चिममा पर्ने गाउँमा जन्मिएको अभिव्यक्तिपछि उनको सर्बत्र आलोचना चुलिएको हो । भारतीय सत्तारूढ दल भाजपाले आस्थामाथि खेलबाड नगर्न ओलीलाई चेतावनी दिएको छ भने नेपालभित्रै पनि यसको सर्वत्र आलोचना भएको हो । भारतले नक्कली अयोध्या खडा गरी नेपालको सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताउँदै सीता भारत अयोध्याका रामलाई नभइ वीरगञ्ज पश्चिमस्थित ठोरियाका रामसँग विवाह भएको उल्लेख गरेपछि सामाजिक सञ्जाहरूमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री एवं अभियान्ताहरूले आलोचना गरेका हुन् । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ब्यङ्ग्य गर्दै…
