Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: एम.भि. दुगडको महिन्द्रा कमर्शियल गाडी म्याक्सीमो प्यासेन्जर भ्यानको ग्राहक भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न काठमाडौँ: महिन्द्रा कमर्शियल गाडीको नेपालका लागिआधिकारीक विक्रेता दुगड व्रदर्श एण्ड सन्सले आइतबार बिरगंजको भिसुवा होटलमा महिन्द्रा म्याक्सीमो प्यासेन्जर भ्यानको ग्राहक भेटघाट तथा प्रशिक्षण कार्यक्र मसम्पन्न गरेको छ । उक्त कार्यक्रमबाट २०० भन्दा बढि ग्राहकहरु लाभान्वीतभएका छन् । कार्यक्रममा गाडिको सहि रखरखाब र संचालनबाट उच्च प्रतिफल लिन गर्नुपर्ने कार्य तथा बिधिकाबारे प्रशिक्षण दिइएको थियो । कार्यक्रममा कलैया टेम्पो समिति र पखानीपुर टेम्पो समितिकाअध्यक्षहरु र सदस्यहरु र महिन्द्रा कम्पनीका कन्ट्री म्यानेजर तपश पटनायक, दुगड व्रदर्श एण्ड सन्स प्रा.ली.का हेड अफ अपरेशन शम्भु सुवेदी,विरगंज शाखाका प्रमुख बेद प्रकाश…

Read More

काठमाडौँ : नेपालकै पहिलो केबलकार कम्पनी मनकामना दर्शन प्रालिले केबलकारको क्षमता विस्तार गर्ने भएको छ । यात्रुको चाप बढ्दै गएपछि कम्पनीले डब्बा (गोन्डला) थप गरेर क्षमता बढाउन लागेको हो । ‘बढ्दो यात्रु चापलाई सम्बोधनगर्न तीनवटा डब्बा थप्ने तयारीमा छौं,’ कम्पनी सञ्चालक राजेशबाबु श्रेष्ठले भने, ‘क्षमताविस्तारपछि दैनिकथप एक हजार यात्रुलाई सेवादिन सकिन्छ ।’ २० वर्षअघि सन् १९९८ मा सेवा सुरु गरेको मनकामना केबलकारले हाल ३१ वटा डब्बाबाट चितवनको चेरेसदेखि गोरखाको मनकामनामन्दिरसम्मयात्रु ओसारपसार गरिरहेको छ । यसमा सामानओसार्ने ३० र यात्रु ओसार्ने एउटा डब्बा छ । क्षमता विस्तारपछि कुल डब्बा संख्या ३४ पुग्नेछ । थप गरिने तीनवटै डब्बा यात्रुका लागि हुन् ।हालको…

Read More

भक्तपुर: परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतसँग विश्वासको आधार निर्माण भइसकेको र चीनसँग बृहत्तर विकास साझेदारीको खाका तयार पारिएको बताएका छन् । रफतसञ्चार क्लबले आज आयोजना गरेको अन्तक्र्रियामा उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा सफल पार्न बाह्य सम्पर्क र सम्बन्ध असाध्यै राम्रो बनाइएको तथा आगामी तीन वर्षमा नेपाललाई अल्पविकसित राष्ट्रबाट माथि उठाउन र सन् २०३० सम्ममा देशलाई मध्यमस्तरको देशमा पु¥याउन दाताको सहयोग जुटाउने काम भइरहेको बताए । परराष्ट्रमन्त्री ज्ञवालीले भने, “नेपालको व्यापार घाटा घटाएर सन्तुलित बनाउन र वैदेशिक लगानी अभिवृद्धि गर्न, आयातमा कर छुट गर्न र नेपालमा पर्यटक भित्र्याउन पहल भइरहेको छ, अहिले परिपक्व, अनुकूल र राम्रो बाह्य सम्बन्ध विस्तार भएको छ…

Read More

काठमाडौँ : अर्थमन्त्री डा युवराज खतिवडाले प्रदेश र स्थानीय तहलाई कर र खर्चका बारेमा संयमित हुन आग्रह गरेका छन् । आन्तरिक राजश्व विभागले यहाँ आज आयोजना गरेको व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै उनले अहिले वित्तीय सङ्घीयता कार्यान्वयनको सुरुआती चरणमा मात्र भएकाले पहिलो वर्षमै कर वृद्धि र खर्च गर्नमा नहतारिन आग्रह गरे । “प्रदेश र स्थानीय तहको जथाभावी कर सङ्कलनले नकारात्मक असर पर्छ यसमा संयमित रहनुस् अहिले केही समय खर्च गर्ने अवस्थामा छैनौँ । आवश्यक सहयोग गर्ने प्रयास गरिरहेकै छौँ । कर मात्र बढाए आर्थिक वृद्धि गर्न सकिँदैन,” उनले भने । अर्थमन्त्री डा खतिवडाले राजश्वका आधार आर्थिक वृद्धि भएकाले करको दरभन्दा पनि…

Read More

काठमाडौँ: नेपाल टेलिकमले आर्थिक वर्ष २०७४।७५ मा १५ अरब ६६ करोड ७५ लाख रुपैयाँ मुनाफा गरेको छ। यो अघिल्लो आवको तुलनामा १ दशमलव ९२ प्रतिशतले बढी हो । कम्पनीको प्रतिशेयर आम्दानीमा अघिल्लो आर्थिक वर्षको तुलनामा रु १.९६ ले बृद्धि भई प्रति शेयर आम्दानी रु १०४.४५ पुगेको टेलिकमद्वारा आइतबार जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ। टेलिकमले आज आर्थिक वर्ष २०७५।७६ मा सम्पन्न गर्न तय गरेका कार्यक्रमको विवरण सार्वजनिक समेत गरेको छ । गत आर्थिक वर्षको अपरिष्कृत चौथो त्रैमासिक वित्तिय विवरण पश्चात् गत आर्थिक वर्षमा कम्पनीको कुल आय करिव ४५ अरब ५६ करोड ५८ लाख रहेको टेलिकमले जनाएको छ। यस्तैगरी विगत लामो समय…

Read More

काठमाडौँ: साताको सुरुवातिमै आइतबार सेयरबजारमा पहिरो गएको छ । आज नेप्से परिचूचक १६ दशमलब ६९ अंकले घटेर एक हजार १६३ दशमलब ९४ अंकमा कायम भएको छ । गत सात ठुलो घाटा खाएर यो साता बजारमा सुधारको आशामा बसेका लगानीकर्ताहरु थप निराश भएका छन् । ब्यापार र होटल समूह बाहेक सबै समूहको परिसूचकमा भारी गिरावट आएको छ । आजको कारोबारमा सबैभन्दा जीवन बीमा १९३ दशमलब ७३ अंक, निर्जिबन बीमा १०५ दशमलब ७४ अंक र उत्पादन समूह ६३ दशमलब ५८ अंकले घटेका छन् । त्यसैगरी, बाणिज्य बैंक ११ दशमलब ८७ अंक, जलबिधुत २१ दशमलब १९ अंक, विकास बैंक १३ दशमलब २२ अंक…

Read More

काठमाडौँ :संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सरकारले कला विश्वविद्यालयको अवधारणा ल्याउन लागेको बताएका छन् । ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिका पहचिान’ भन्ने नाराका साथ नृत्य निर्देशक संघ नेपालको दोस्रो राष्ट्रिय नृत्य महोत्सव २०७५ को आज यहाँ उद्घाटन गर्दै मन्त्री अधिकारीले विश्वविद्यालयमार्फत कला, संस्कृति विषयमा उच्च शिक्षा हासिल गर्ने र त्यसमार्फत नयाँनयाँ प्रतिभा उत्पादन हुने विश्वास व्यक्त गरे । उनले सांस्कृतिक एकता नै नेपालीको राष्ट्रियता भएको बताउँदै महोत्सव हिमाल, पहाड, तराई सबै ठाउँमा फैल्याउन आग्रहसमेत गरे । कला र संकृतिमा नेपाल संसारकै धनी भएको बताउँदै नेपाली कला, संस्कृति र सम्पदालाई संसारभर फैल्याउनुपर्ने उल्लेख गरे । उनले राष्ट्रिय नृत्य…

Read More

काठमाडौँ : भुटानमा जारी दोस्रो यू–१५ साफ च्याम्पियनसीप महिला फूटबलमा नेपालले पाकिस्तानमाथि ४–० को फराकिलो जित हासिल गरेको छ । भर्खरै भुटानको थिम्मुमा सम्पन्न खेलमा नेपालले सातौँ मिनेटमै अग्रता लिन सफल भयो । नेपालका लागि अनुष्का शेर्पाले साताँै मिनेटमा पहिलो गोल गरिन् । खेलको १३ औँ मिनेटमा सविता रानामगरले दोस्रो गोल गरिन् । सविताले डिबक्स बाहिरबाट प्रहार गरेको बलले जाली चुमेको थियो । पहिलो हाफमा २–० को अग्रता बनाएको नेपालका लागि ५६ औँ मिनेटमा सविताले दोस्रो व्यक्तिगत गोल गर्दै नेपालको अग्रता कायमै गरिन् । त्यस्तै रजनी थोकरले ५९ औँ मिनेटमा अर्को गोल गर्न सफल भइन् । यो जितसँगै नेपालले समूहचरणमा…

Read More

काठमाडौँ : बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा व्यापारिक सम्बन्ध वृद्धि गर्ने विषयमा केन्द्रित भएर छलफल हुनुपर्नेमा कूटनीतिक क्षेत्रका जानकारहरुले जोड दिएका छन् । रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कारका वक्ताले दुई दशक लामो बिम्स्टेकको बडापत्र नभएको, सदस्य मुलुकबीच व्यापार, पर्यटन, आर्थिक क्षेत्रमा प्रगति हुन नसकेको टिप्पणी गरेका छन् । पर्यटनको क्षेत्रमा बिम्स्टेकको दुई वटा मन्त्रिपरिषद्को बैठक बसे पनि प्रगति नभएको भन्दै बुद्ध परिपथको विकासका लागि सम्मेलनमा पहल हुनुपर्नेमा उनिहरुको जोड थियो । पूर्वराजदूत डा शंकर शर्माले सदस्य मुलुकमा पाँचदेखि सात प्रतिशतमात्र व्यापारमा लगानी भएको तथा भारतबाहेक अरु मुलुकको दृष्टिकोण प्रष्ट नभएको बताए…

Read More

काठमाडौँ :पश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै त्यहाँका वासीन्दालाई सतर्क रहन आग्रह गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले आज पूर्वानुमानसम्बन्धी बुलेटिन निकालेर पश्चिमका एक वा दुई स्थानमा अति भारी वर्षा तथा पश्चिमका केही स्थान र पूर्व र मध्यका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना औँल्याएको हो । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बद्ली रही देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भएको छ भने रातको समयमा पनि बद्ली र वर्षा हुनेछ । आइतबार पनि देशभर सामान्यदेखि पूर्ण बद्ली रही देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यमखालको वर्षा हुने तथा रातको समयमा पश्चिमका केही स्थान र मध्य र पूर्वका एक÷दुई स्थानमा भारी…

Read More