Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: आर्किटेक्ट मिस नेपाल वल्र्ड २०१८ श्रृंखला खतिवडा गोर्खा इको प्यानलको ब्राण्ड एम्वेसडर भएकी छिन् । व्युटी विथ व्रेन भनेर चिनिने श्रृंखला नेपालकै पहिलो आर्किटेक्ट मिस नेपाल हुन् । पेशाले आर्किटेक्ट इन्जिनियर श्रृखलाले इन्जिनियरिंग अध्ययन संस्थान, पुल्चोक इन्जिनियरिंग क्याम्पसबाट स्नातक गरेकी हुन् । आफू मिस नेपाल वल्र्ड २०१८ भएता पनि आफनो इन्जिनियरिंग पेशा अनुरुपको प्रोडक्टमा ब्राण्ड एम्वेसडर हुन पाएको उनले खुशी व्यक्त गरेकी छिन् । स्थायी तथा अस्थायी संरचनाको निर्माणमा बाहिरी तथा भित्री पार्टेशन वालको रुपमा प्रयोग हुने गोर्खा इको प्यानलको प्रयोगबाट भूकम्पपश्चातको पुननिर्माण तीव्र हुने सम्भावना भएकोले पनि आफू गोर्खा इको प्यानलको ब्राण्ड एम्वेसडर बनेको उनले सुनाइन् । वर्तमान…

Read More

काठमाडौँ: संबैधानिक परिषदद्वारा प्रधान्यायाधिशमा सिफारिस गरिएका दिपकराज जोशीलाई संसदीय सुनुवाईबाट अस्वीकृत गर्दा कानुनी र राजनीतिक प्रश्न एकै साथ् उठ्ने भएको छ। जोशी मा संसदीय सुनुवाई समितिले अस्विकार गर्न सक्छ कि सक्दैन भन्नेमा संविधान मौन छ। तर संघिय संसदको संयुक्त सिमितिको कार्य संचालन नियमावलीले प्रस्टसंग अस्वीकृत गर्न सक्ने व्यवस्था गरेको छ । अर्कातर्फ दुई तिहाइको बहुमतबाट जोशीको नाम अस्वीकृत गर्दा न्यायालयभित्र कार्यकारिणीको छायाँ पर्ने भन्दै प्रमुख प्रतिपक्षसहित बिपक्षी राजनीतिक दलले विरोध गरेका छन् । संबिधानविद विपिन अधिकारी संसदीय समितिले जोशीको नाम अस्वीकृत गर्दा त्यसको वैधतामाथि ठुलो प्रश्न उठ्ने बताउँछन् । समितिले तत्काल नियमावलीको कार्यविधिअनुसार अस्वीकृत गर्न सक्ने विशेषाधिकार रहे पनि पछि…

Read More

काठमाडौँ: पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्यान्ड जाने हुनुभएको छ । कान्छी नातिनी कृतिकाको उच्च शिक्षा अध्ययनका लागि कलेज भर्ना गराउन उहाँ थाइल्यान्ड जान लाग्नुभएको हो । उहाँ जेठी नातिनी पूर्णिका र कृतिकालाई लिएर भोलि १६ गते बुधबार थाइल्यान्ड जान लाग्नुभएको हो । उहाँको साथमा पूर्वरानी कोमल, निजी सचिव सागर तिमल्सिना, शाही अर्दली हस्तबहादुर मल्ल र शसस्त्रका निजी सुरक्षाकर्मी डीएसपी शिव राउत थाइल्यान्ड जान लाग्नुभएको हो । दुई वर्षअघि थाइल्यान्डमा उच्च शिक्षा अध्ययन गर्न पुग्नुभएकी जेठी नातिनी पूर्णिकासँगै कान्छी नातिनी कृतिकाले पढ्ने इच्छा गरेपछि कान्छी नातिनीलाई भर्ना गराउन ज्ञानेन्द्र परिवार थाइल्यान्ड जान लाग्नुभएको हो । अध्ययनको बन्दोबस्ती मिलाउन पूर्वयुवराज्ञी हिमानी निजी सचिव…

Read More

रसुवा: चिलिमे जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोड्ने विद्युत् लाइनमा सांकेतिक बेलुन राख्न माग गरिएको छ । भार्खुको डिल र धुञ्चे तल अल्को ठाउँबाट सिधा विद्युत् तार भएकाले हेलिकोप्टर उडाई धुञ्चेमा बिरामी लिन जाँदा वा यात्रु पु¥याउन जाँदा उड्दै गरेको अवस्थामा प्रतिकूल मौसम आए पाइलटको एक मात्र सहारा नदी किनार हुने गरेको छ । नजिकमा नपुगी तार नदेखिने भएका कारण सम्भावित घटना न्यूनीकरणका लागि सांकेतिक चिह्नस्वरुप विद्युत् तारमा बेलुन राखिदिन माग गरिएको अल्टिच्युड एयरका पाइलट शोभित गौतमले बताए। कैलाश, सिम्रीक, डानेस्टिक फिस्टेल हेलिकोप्टर कम्पनीहरुले नेपाल विद्युत् प्राधिकरण समक्ष विद्युत् तारमा बेलुन राखिदिन आग्रह गरेका हुन् । नेपाल विद्युत् प्राधिकरण…

Read More

काठमाडौँ: वैदेशिक रोजगार विभागले तोकिएभन्दा बढी शुल्क लिएको भन्दै आज वसुन्धरास्थित अल स्किल्स इन्टरनेशनल ह्युमन रिसोर्स प्रालिमा छापा मारेको छ । सेवा शुल्कबापत रु १० हजार मात्र लिन पाउने व्यवस्था भए पनि उक्त मेनपावर कम्पनीले कुवेत जान लागेका ३५ जनासँग प्रतिव्यक्ति रु एक लाख ८० हजारसम्म रकम असुलेको भन्ने उजुरीका आधारमा विभागले छापा मारेको हो । विभागले उक्त मेनपावर कम्पनीको सम्पूर्ण कागजात नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाएको विभागका निर्देशक उद्धवप्रसाद रिजालले जानकारी दिए । उक्त मेनपावर कम्पनीबाट मंगलबार मात्रै ३५ जना नेपाली वैदेशिक रोजगारीका लागि कुवेत जाँदै थिए । विभागले मेनपावर कम्पनीमा छापा मारेपनि उनीहरु तोकिएको शुल्क बुझाएर रोजगारीका…

Read More

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टीका जनसंगठनको एकता यही साउनभित्र हुने भएको छ भने प्रदेश र जिल्ला कमिटीको एकता प्रक्रिया लम्बिने देखिएको छ । पार्टी सचिवालयबाट विधान र नियमावली पारित हुनमा ढिलाइ भएका कारण एकता घोषणाका दिन सार्वजनिक गरिएको तीन महिनाको अवधिमा सबै तहको एकता प्रक्रिया पूरा नहुने भएको हो । गत जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को एकता भई नेकपा घोषणा हुँदा तीन महिना (भदौ ३) भित्र आधारभूत तहसम्म एकता गरिसक्ने जनाएकामा पार्टीको विधान र नियमावली तय नहुँदा प्रक्रिया अघि बढ्न सकेको थिएन । नेकपा स्थायी कमिटीको सुझावका आधारमा यही साउन १ गतेको सचिवालय बैठकले विधान…

Read More

काठमाडौँ: सरकारले निवृत्तिभरण कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा प्रस्तुत गर्ने भएको छ । मन्त्रिपरिषद्को आजको बैठकले ती विधेयक संघीय संसद्मा पेश गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए । यस्तै बैठकले कृषि तथा पशुपक्षी, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संगठन संरचना स्वीकृत गरेको छ । केही दिन पहिलेमात्रै ती दुई मन्त्रालय गठन गरिएको थियो । तत्कालका लागि दुई वटै मन्त्रालयको कार्यभारसमेत कृषि तथा पशुपक्षीमन्त्री चक्रपाणि खनाललाई जिम्मा दिइएको छ । यस्तै बैठकले नेपाल र भारतबीच सन् २००९ मा भएको वाणिज्य सन्धि पुनरावलोकनसम्बन्धी पहिलो…

Read More

काठमाडौँ: नेपालको पहिलो पेमेन्ट गेट वे ‘इसेवा फोन पे र नेपाल वायुसेवा निगमबीच अनलाईन टिकटिङका लागि सम्झौता भएको छ। सम्झौता पत्रमा इसेवाका तर्फबाट सिओओ रोशन लामिछाने र नेपाल वायुसेवा निगमका तर्फबाट महाप्रबन्धक सुगतरत्न कंसाकारले हस्ताक्षर गरेका छन् । सम्झौतासँगै इसेवाबाट सोमबारदेखि नै वायुसेवा निगमको आन्तरिक तथा बाह्य उडानका टिकट खरिद गर्न सकिने व्यवस्था छ यसअघि इसेवाबाट बुद्ध एयर, श्री एयरलाइन्स्, यति एयरलाइन्स्, सिम्रिक एयर, सौर्य एयरलाइन्स्को टिकट खरिद गर्न सकिन्थ्यो । नेपाल एयरलाइन्स्ले हालैमात्र २ सय ७४ सिटका वाइडबडि जहाज सञ्चालनमा ल्याएको छ । निगमको बजार विस्तारलाई अनलाइन टिकटिङले पनि सहयोग पुर्याउने विश्वास लिइएको छ । इसेवामा वायु सेवा निगमको…

Read More

काठमाडौँ: राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको पहिलो वाइड बडी ‘अन्नपूर्ण’ विमानले यही साउन १६ गते देखि व्यावसायिक उडान शुरु गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आज सो विमानलाई उडान अनुमति (एओसी) प्रदान गरेपछि निगमले उडान तालिका सार्वजनिक गरेको हो । निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारका अनुसार निगमको पहिलो वाइड बडी जहाजले राति १० बजे उडान गर्नेछ । निगमको जहाजले सातामा तीन उडान गर्नेछ । ‘नाइन एन एएलवाई’ कलसाइन दिएको उक्त वाइड बडी ए ३३०–२०० सिरिजको विमानले पुरानो गन्तव्य कतारको राजधानी दोहाबाट आफ्नो पहिलो उडान भर्न लागेको निगमले जनाएको छ । दोहाका लागि निगमको २७४ सिट नै भरिसकेको छ ।…

Read More

राजविराज :सप्तरीमा जारी रहेको विद्युत् हुकिङ नियन्त्रण अभियानअन्तर्गत आज १३ जनालाई पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले जिल्लाका विभिन्न ठाउँमा आज गरेको अनुगमनका क्रममा विद्युत् पोलमा हुकिङ गर्ने १३ जनालाई पक्राउ गरिएको केन्द्रका प्रमुख चन्द्रनारायण साहले बताए । पक्राउ परेकाको साथबाट एक थान विद्युतीय मिटर, एक थान पंखा र एक थान एलईडी टिभी बरामद गरिएको प्रमुख साहले जानकारी दिए। उनीहरुलाई विद्युत् ऐनअनुसार रु १५ हजार ५०२ जरीवाना असुल गरी छाडिएको प्रमुख साहले बताए ।

Read More