Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको मान्यता, विदेशी खेलाडी भित्र्याउन बाटो खुला
- एमबीबीएसमा ११० सिट थप, तर निजी कलेजको कोटा बढेन
- अन्तरदेशीय विद्युत् व्यापारको तयारी गर्न निजी क्षेत्रलाई बाटो खुला
- नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेज बनाइने छ : प्रधानमन्त्री बालेन्द्र शाह
- लपु महानगरका प्रमुख चिरीबाबु, कांग्रेस खुला केन्द्रिय सदस्यमा विजयी
- फूलपातीको तयारी अन्तिम चरणमा, के के हुँदैछ विशेष ? (फोटो फिचर)
- लगातार छैटौँ दिन बढ्यो नेप्से, कारोबार ४.७१ अर्ब नाघ्यो, बेनी हाइड्रोमा सर्किट
- १०९ विद्यालयमा साढे ६ अर्ब लगानी, के के मा हुनेछ खर्च?
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ठूला आयोजनाको अनुगमनको पनि अनुगमन गर्न शुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका ठूला आयोजनाको अनुगमनमाथि पनि अनुगमन शुरु गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले जानकारी दिए । “प्रधानमन्त्री ओलीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन शुरु गरेर ठूला राष्ट्रिय गौरवका आयोजनाको अनुगमनमाथि पनि अनुगमन शुरु गर्नुभएको छ” उनले भने, “अबदेखि हामी नियमित रुपमा राष्ट्रिय गौरवका आयोजनाहरुको अनुगमन गर्नेछौँ ।” मन्त्री तथा सचिवले पेश गरेको आव २०७५/७६ को मन्त्रालयगत कार्ययोजनाको कार्यान्वयनको अनुगमनमाथि पनि अनुगमन शुरु गर्ने योजनाअनुसार नै प्रधानमन्त्रीले राष्ट्रिय आयोजनाको अनुगमन गरेको प्रवक्ता कुँवरले जानकारी दिए । प्रत्येक मन्त्रालयमा…
काठमाडौँ : राष्ट्रिय सर्तकता केन्द्रले गत आवमा दुई हजार ३३१ कर्मचारीलाई छड्के अनुगमनका क्रममा कारबाहीको लागि सिफारिश गरेको छ । केन्द्रले कार्यालय समयमा नआउने र पोशाक नलगाउने ती कर्मचारीलाई कारबाहीका लागि सिफारिश गरेको केन्द्रका सूचना अधिकारी डोलनाथ अर्यालले जानकारी दिए । केन्द्रले सम्बन्धित कार्यालय प्रमुखलाई ती कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएको छ । “हामीले छड्के अनुगमनका क्रममा कार्यालयको नियम पालना नगर्ने कर्मचारीलाई कारबाहीको लागि सिफारिश गरेका छौँ”–उनले भने, “हामीले गरेको सिफारिशअनुसार कार्यालय प्रमुखले कारबाही गर्नेछ ।” उनका अनुसार नसिहत दिने, सचेत गराउने जस्ता कारबाही गर्न सिफारिश गरिएको छ । केन्द्रले ४९ जिल्लाका करीब एक हजार १०२ कार्यालयमा छड्के अनुगमन गर्दा…
काठमाडौं: विवादमा तानिएका कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेर बहादुर तामाङले अन्तत: राजिनामा दिएका छन् । बंगलादेशमा मेडिकल शिक्षा पढ्न जाने छात्राकाबारेमा अमर्यादित अभिव्यक्ति दिएर विवादमा तानिएका थिए । सिंहदरवारस्थित मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमै उनी रुँदै सिंहदरवारबाट बाहिरेका थिए । काम गर्ने कोशिष हुँदाहुँदै पनि राजीनामा गर्न बाध्य पारिएको उनको भनाई थियो । उनले कतिपय आफ्नो विरोधमा केही तत्व पछाडि लागेका बताए । कतिपय कमजोरीलाई मुल मुद्दा बनाएर जुन प्रचार गरिएको छ, यसले दुखी बनाएको मन्त्री तामाङले बताए । आफु महिला अधिकारको पक्षमा काम गर्दागर्दै त्यहि विषयमा विवादमा परेको पनि उनले बताए । मौकिल हक सम्बन्धी १५ वटा कानुन…
काठमाडौँ: पूँजी बजारमा आज मंगलबार पनि सुधार कायम रहेको छ । आज नेप्से परिसूचक ४ दशमलब ७७ अंकले बढेर १ हजार १९९ दशमलब २७ अंकमा उक्लेको छ । नेप्सेमा सामान्य सुधार हुँदा कारोबार रकम पनि बढेको छ । आजको कारोबारमा उत्पादन तथा लघुवित्त बाहेक सबै समूह हरियो भएका छन् । सबै भन्दा बढी होटल समूहको परिशूचक ४९ दशमलब ४२ अंकले र निर्जीवन बिमा १९ दशमलब ८९ अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेन्जमा १६० कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार ४ हजार ३३ कारोबारबाट २९ करोड ४० लाख ८२ हजार ३४८ रुपैयाँ बराबरका ११ लाख ८९ हजार ६८९…
काठमाडौँ: दराज च्याम्पियनसिप केस स्टडिको दोस्रो संस्करणको टाइटल नेपाल कमर्स क्याम्पसले जितेको छ । केस स्टडि २०१८ को फाइनलमा सात प्रतिस्पर्धिहरुलाई पछि पार्दै नेपाल कमर्स क्याम्पस पहिलो बनेको हो । केस स्टडि विजेता कमर्स क्याम्पसका मल्लिका कार्की, लिप्सा कर्मचार्य र शुनिता तन्डुकारको समुहले एक लाख रुपैंया पुरस्कार हातपारेको छ । त्यसै गरि एस इस्न्टीच्युट अफ मेनेजमेन्ट समुहले दोस्रो स्थान हासिल गर्दै ५० हजार तथा ब्रिटिस कलेज समुहले तेस्रो हुँदै २५ हजार रुपैयाँ पुरस्कार पाएका छन् । दराज केस स्टडि कार्यक्रमले भविष्यको नेतृत्वको अवसर दिने बाटो खोल्दै दराज फ्यूचर लिडरशिप अन्तर्गत विजयी समूहलाई १८ महिना काम गर्ने अवसर पनि दिएको छ…
प्रिटोरिया: चिनियाँ राष्ट्रपति सि चिनफिङ सोमबार दक्षिण अफ्रिका पुगेको समाचार छ । उनी सोमबार दक्षिण अफ्रिकाका पुग्दा यहाँका उच्चस्तरीय अधिकारीहरुले प्रिटोरिया विमानस्थलमा विशेष तथा भव्य स्वागत गरेका थिए । दक्षिण अफ्रिकासँगको सम्बन्ध विकास र द्धिपक्षीय हितका विभिन्न एजेण्डाहरुमा छलफल गर्नका लागि उहाँ दक्षिण अफ्रिका पुग्नुभएको अधिकारीहरुले समाचारमा जनाएका छन् । दोस्रो पटकको कार्यकालको रुपमा गएको फेब्रुअरीमा कार्यकाल सम्हाल्नुभएपछि राष्ट्रपति चिनफिङ पहिलो पटक दक्षिण अफ्रिकाको भ्रमणमा आएका हुन् । यी दुई देशको कूटनीतिक सम्बन्ध स्थापनाको २० औँ वार्षिकोत्सवका अवसरमा आयोजना हुने विशेष समारोहहरुमा उनी सहभागी हुने कार्यक्रम रहेको दक्षिण अफ्रिकाको विदेश मन्त्रालयले जानकारी दिएको छ । दक्षिण अफ्रिका ओर्लिएपछि दिनुभएको संक्षिप्त…
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार नेपाली कांग्रेसले अनशनरत डा गोविन्द केसीलाई अघि सार्दै आफ्नो राजनीतिक रोटी सकेको आरोप लगाएका छन् । ओलीले भने, ‘कांग्रेसले आफ्नो राजनीतिको रोटी सेक्न नसकेर केसीलाई प्रयोग गरेर असान्धर्भिक राजनीति गरिरहेको छ ।’ नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय कार्यालय धुम्बाराहीमा आज आयोजित एक पत्रकार सम्मेलनमा ओलीले उक्त धारणा ब्यक्त गरेका हुन् । स्वास्थ्य सेवा जस्तो अत्यावश्यक बिषयमा हड्ताल गर्नु र विरामीको उपचार गर्दिन भन्नु डाक्टरहरु पनि सेतो कोट लगाएर कांग्रेसको कार्यकर्ता भई हिंड्नु अत्यन्तै दुखको कुरा हो, ओलीले भने । “सेतो कोटमा पार्टीको कार्यकर्ता झैं भएर अस्पताल बन्द गर्नु, डा केसीलाई थप उपचारका लागि काठमाडौँ ल्याउन…
काठमाडौँ :धादिङको गजुरी आसपास केन्द्रबिन्दु भएर आज गोरखा भूकम्पको परकम्प गएको छ । बिहान ८ बजेर ३० मिनेट जाँदा ४.८ रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो । गजुरी आसपास क्षेत्रलाई केन्द्रबिन्दु बनाई परकम्प गएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । यसअघि गत असार २१ गते धादिङको झार्लाङ आसपास केन्द्रबिन्दु भएर ४.१ रिक्टर स्केलको परकम्प गएको थियो भने । त्यस्तै गत असार १४ गते पनि धादिङकै सुनौलोबजार केन्द्रबिन्दु भई पाँच रिक्टरको परकम्प गएको थियो । केन्द्रका प्रमुख अधिकारीका अनुसार विसं २०७२ को गोरखा (७.६ रिक्टर स्केल) भूकम्पपछि हालसम्म चार रिक्टर स्केलभन्दा माथिका ५०५ पटक परकम्प गएका…
काठमाडौँ: बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएको बिषयलाई लिएर कानुनमन्त्री शेरबहादुर तामाङलाई राजीनामा दिनु पर्ने बाताबरण सिर्जना भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कानुनमन्त्री तामाङलाई राजीनामा दिन निर्देशन दिएको स्रोतले जनाएको छ । उनले आजै मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर राजीनामा दिएको घोषणा गर्ने बताईएको छ । बंगलादेशमा एमबिबिएस पढ्न जाने छात्राबारे उनले दिएको अभिव्यक्तिपछि उनको चौतर्फी आलोचना भएको छ। मन्त्री तामाङले शुक्रबार राजधानीको एक विद्यालयमा आयोजित कार्यक्रममा बंगलादेशमा एमबिबिएस पढ्न जाने छात्राले आफूलाई नसुम्पी सर्टिफिकेट नपाउने बताएका थिए। नेपालमा मेडिकल कलेज खोल्नपर्छ भन्ने आफ्नो मतलाई पुष्टि गर्न उनले मैले सुनेको छु भन्दै बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली…
काठमाडौँ: नेपालको संविधानले शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकारको ग्यारेन्टी गरेको छ । तर होटल तथा क्यासिनोमा कार्यरत मजदुरहरुले आगामी दिनमा आफ्नो अधिकार माग गरेर आवाजसमेत उठाउन नपाउने भएका छन् । मजदुर संगठनमा आबद्ध केही नेताको स्वार्थका कारण मजदुरको अधिकारमाथि नै बन्देज लगाउने सहमति गरेपछि मजदुर संगठनमा विवाद चुलिएको छ । मजदुरको हकहितका लागि खुलेका संगठनका केही नेताले होटल तथा क्यासिनो सञ्चालको प्रलोभनमा परेर मजदुरविरोधी सम्झौता गरेको आरोप सम्झौता गर्नेहरुमाथि लागेको छ । यो खबर आजकोनेपाल समाचारपत्र दैनिकमा छ ।, गत जेठ १८ गतेदेखि लागू हुने गरी मजदुर नेता र होटल सञ्चालकको बीच मजदुर अधिकारलाई असर हुने गरी सम्झौता भएको पाइएको…