Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- सडकमा गुडिरहेका सवारीमध्ये ३० प्रतिशतभन्दा बढी प्रदूषण फैलाउने
- प्रधानमन्त्रीको भारत भ्रमणमाथि गगनको प्रश्न, ‘दीर्घकालीन महत्त्वका काम देखिएनन्’
- सुनकोसी–मरिण ठेक्का रद्द भए मधेसमा आगो बल्ने मनिष झाको चेतावनी!
- १८४ अर्बको ऋण तत्काल नलिने सरकारको निर्णय, ‘ब्याज र भुक्तानी अवधि नै टुंगिएको छैन’
- मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: पञ्चकन्या माईको आइपीओ शुक्रबार बाँडफाँट गरिएको छ । पञ्चकन्याको आइपीओमा गोलाप्रथाबाट १ लाख १०० जना आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् । ४६ हजार २८९ जना भने आइपीओ पाउनबाट वञ्चित भएका छन् । आइपीओमा कुल १ लाख ४६ हजार ३८९ जना आवेदकले १ करोड ८४ हजार ७३० कित्ताका लागि आवेदन दिएका थिए । पञ्चकन्या माई हाइड्रोपावरले साउन १ गतेदेखि ४ गतेसम्म ११ करोड रुपैयाँ बराबरको ११ लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो । यसमध्ये ४४ हजार ९४५० कित्ता कम्पनीका कर्मचारी र ५५ हजार कित्ता ९५५० सामूहिक लगानी कोषलाई छुट्याइएको थियो । बाँकी १० लाख १ हजार…
काठमाडौँ: नेपाल विद्यार्थी संघले उपभोग्य वस्तुमा भएको महँगीको विरोधमा बालुवाटारमा धर्ना दिएको छ । नेविसंघ प्राविधिक विद्यार्थी परिषद्ले आज बिहान एक घण्टा महँगीको विरोधस्वरुप धर्ना दिएको हो । नेविसंघका नेता दीपक भट्टराईले उपभोग्य वस्तुमा बढ्दो मूल्यवृद्धिले जनता मारमा परेको भन्दै मूल्यवृद्धि घटाउन सरकारसँग आग्रह गरे । “मूल्यवृद्धिले जनता मारमा परेका छन्, सरकारले जनताको मागलाई सम्बोधन गर्न मूल्य घटाउनुपर्छ,”– उनले भने । नेविसंघ प्राविधिक विद्यार्थी परिषद्का अध्यक्ष सिजन दाहालले महँगी र मूल्यवृद्धिका कारण विद्यार्थी मारमा परेको भन्दै विरोध कार्यक्रमको आयोजना गरिएको बताए ।
काठमाडौँ :पाकिस्तानमा बुधबार भएको आमनिर्वाचनको मतपरिणामले पूर्वक्रिकेट खेलाडी इमरान खानलाई फेरी एक पटक चर्चाको शिखरमा पु¥याएको छ । सन् १९९२ मा भएको विश्वकप क्रिकेटको उपाधि कब्जा गर्न सफल पाकिस्तानी टिमको नेतृत्व गरेका विश्व चर्चित खान अहिले भावी प्रधानमन्त्रीका रूपमा उदाएपछि फेरी चर्चाको शिखरमा पुग्नुभएको छ । खान नेतृत्वको टोलीले नै पाकिस्तानलाई पहिलो पटक विश्वकप क्रिकेटको उपाधि दिलाउन सफल भएको थियो । क्रिकेटबाट मुलुकलाई विश्वकपको उपाधि दिलाएसँगै क्रिकेटबाट संन्यास लिएर राजनीतिमा प्रवेश गरेका खानलाई पाकिस्तानको भावी प्रधानमन्त्रीका रूपमा हेरिएको छ । उनको काँधमा चोट लागेकाले क्रिकेट खेलबाट संन्यास लिएर राजनीतिमा प्रवेश गरेका थिए । यो बाटो उहाँका लागि अहिले सुखद् सावित…
काठमाडौँ: सरकार र २७ औं दिनसम्म अनशन बसेका प्रा डा गोविन्द केसीबीच चिकित्सा शिक्षा र स्वास्थ विषयमा हिजो राती ९ बुंदे सहमति भएसंगै यससंग जोडिएर आएका बिषयबस्तुमा सरकारले अन्य थुप्रै बिषयसमेत सहमती भएका छन् । विशेषगरी सहमति अनुरुप मुख्यत कुनै पनि विश्वविद्यालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीइभीटी) ले आफ्नो आंगिक कार्यक्रम नभएका विषयमा कुनै पनि शिक्षण संस्थालाई सम्बन्धन दिन नसक्ने गरी सहमति भएको छ । त्यस्तै एउटा विश्वविद्यालयले पाँचभन्दा बढी शिक्षण संस्थालाई सम्बन्धन दिन सक्ने छैन । यसअघि सम्बन्धन दिइसकेको चिकित्सा शिक्षण संस्थामा सो प्रावधान लागू हुनेछैन । काठमाडौँ बाहिरका शिक्षण संस्थाका हकमा भने नीति निर्माण गरी…
काठमाडौँ: नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू नेतृत्वको सरकारले जारी गरेको अध्यादेश अनुसार नै चिकित्सा शिक्षा विधेयक ल्याउने सहमति गरेको भन्दै सरकारलाई धन्यवाद दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘अन्ततः सरकारले डा गोविन्द केसीसँग यसअघि मेरो नेतृत्वको सरकारले जारी गरेको अध्यादेश अनुसारनै चिकित्सा शिक्षा विधेयक ल्याउने सहमति गरेको छ । सरकारलाई धन्यवाद ! डा केसीको मागमा साथ दिएर सरकारलाई दवाव दिने हामी सबैलाई बधाई !’ देउवाले ९ बुँदे सहमतिको कार्यान्वयन हुनुपर्नेमा समेत जोड दिएका छन् । यसैबीच नेपाली काँग्रेसले आज बस्ने बैठकमा अवरोध नगर्ने भएको छ । डाक्टर गोविन्द केसीको मागको समर्थन गरेको कांग्रेसले सोहि मुद्दा उठाउँदै संसद…
काठमाडौँ: अर्थ सैनिक प्रकृतिको सशस्त्र प्रहरी नयां संरचना बिहीबारबाट लागू भएको छ । उक्त संरचना साउन १ गते देखि लागू हुने गरी सरकारले स्वीकृत गरेको भएपनि केही प्राबिधिक समस्याका कारण बिहीबारबाट लागू भएको छ । सशस्त्र प्रहरी बलले सबै मातहतका निकायलाई नयां संरचना अनुरुपको काम गर्न पत्राचार गरेको छ । सशस्त्र प्रहरी बल नयां संरचनामा गएपछि केन्द्र सरकार र प्रदेश सरकारबीचको पुलको काम गर्नुका साथै ७७ जिल्लामा आफ्नो उपस्थितीलाई मजवुत बनाएको छ । यस अघि गैर सैनिक संरचनामा रहेका केही कार्यालयलाई समायोजन गरी चेनअफ कमाण्डलाई नयां संरचनाले मजवुत बनाएको छ । आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ । प्रदेश प्रहरी…
काठमाडौं: नेपाल आयल निगमले बोनस सेयर जारी गरेर चुक्ता पूँजी बढाउन लागेको छ । शुक्रबार हुने निगमको ३६ औं वार्षिक साधारणसभामा यो प्रस्ताव पारित गर्दै बोनस सेयर जारी गर्न लागिएको हो । गतवर्ष निगमले सेयर होल्डरलाई ५० प्रतिशत लाभांस वितरण गरेको थियो । आजको कारोबारमा समाचार छ । वार्षिक १ खर्ब भन्दा बढीको कारोबार गर्ने कम्पनीको चुक्ता पूँजी ज्यादै न्यून भएपछि यसलाई बृद्धि गर्न विभिन्न बोनस सेयर जारी गर्न लागिएको निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले जानकारी दिए ।
काठमाडौँ:चिकित्सा शिक्षासम्बन्धी न्यायिक जाँचबुझ गर्न विशेष अदालतका पुर्वअध्यक्ष गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित आयोगले दोषी ठहर्याएका पदाधिकारीलाई आयोगको सिफारिस बमोजिक कारवाहीको प्रक्रिया दुई महिनाभित्र सुरु गर्ने सम्झौता भएको छ । पुर्वाधार नपुगेका मेडिकल कलेजलाई नियमविपरीत सम्बन्धन दिन सिफारिस गरेको र दिएको आरोप आयोगले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा तिर्थ राज खनियाँ , शिक्षाध्यक्ष (रेक्टर) प्रा. डा. सुधा त्रिपाठी र रजिस्ट्रार डिल्ली उप्रेतीलाई बर्खास्त गर्न र भविष्यमा सरकारी लाभका पदमा नियुक्ति नगर्न सिफारिस गरेको छ ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।
काठमाडौं: अन्ततः सरकार र आमरण अनशनरत डा. गोविन्द केसीबीच २२ बुंदे सहमति भएको छ । सहमतिसँगै डा. केसीको २७ दिन लामो १५ औं चरणको अनसहन विहिबार साँझ १० बजे आएर तोडिएको छ । सरकार र उनीबीच भएको सहमतिको पूर्णपाठ पढौं
काठमाडौं: अन्ततः सरकार र आमरण अनशनरत डा. गोविन्द केसीबीच २२ बुंदे सहमति भएको छ । सहमतिसँगै डा. केसीको २७ दिन लामो १५ औं चरणको अनसहन विहिबार साँझ १० बजे आएर तोडिएको छ । उनलाई केदारभक्त माथेमा र नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जुस पिलाएर अनसन तोडाएका हुन् । सहमती बमोजिम सरकारले डा. केसीको माग र केदारभक्त माथेमा कार्यदलको प्रतिवेदनका आधारमा विधेयक संशोधन गर्ने सहमति गरेको छ । सहमतिसँगै, अव उपत्यकामा १० वर्ष मेडिकल कलेज खोल्न नपाइने भएको छ । विधेयकको दफा १२ मा संशोधन गरे ‘ऐन प्ररम्भ भएको मितिले १० वर्षसम्म काठमाडौं, भक्तपुर, ललितपुरमा मेडिकल, डेक्टल र नर्सिङ विषयमा…
