Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: टिकुलिया घाटको दुर्घटनाबारे सोधपुछका लागि प्रहरीले पप्पु कन्स्ट्रक्सनका सञ्चालक सुमित रोनियारलाई पक्राउ पुर्जी जारी गर्यो । सुमितको नाममाप पुर्जी जारी भए पनि उक्त स्थानमा निर्माणधीन पुलको ठेक्का सम्झौतापत्रमा हरिनारायणका छोरा हुन् । पक्राउ पुर्जी जारी भएको सात दिन वितिसक्दा पनि सुमितलाई प्रहरीले फेला पार्न सकेको छैन । गएको प्रतिनिधिसभा निर्वाचनमा टिकट पाउने निश्चित भएपछि हरिनारायण संघीय समाजवादी फोरममा प्रवेश गरेका थिए । २०७३ चैत अन्तिम साता केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले पर्साको पोखरीयामा आयोजित विशेष कार्यक्रममा रौनियारलाई टीक र माला लगाएर पार्टी प्रवेश गराएका थिए । कागजी रुपमा सुमितलाई सञ्चालक बनाए पनि सांसद रौनियार कन्स्ट्रक्सनको ठेक्का सम्झौता, भुक्तानीका लागि सरोकारवाला…

Read More

लमही: दाङको टरिगाउँ विमानस्थलकोे सफल परीक्षण गरिएको छ । नेपाल एयरलाइन्सले गरेको परीक्षण उडानमा प्राविधिकसहितको टोली सहभागी रहेको थियो । परीक्षणका क्रममा क्याप्टेन आङ्नुरी शेर्पाले विमान सञ्चालनका लागि प्राविधिक कठिनाइ नरहेको बताए । बिहान ११ः३० बजे विमानस्थलमा नेपाल एयरलाइन्सको १६ सिट क्षमता भएको डाँफे विमान अवतरण गरेको थियो । तुलसीपुर उपमहानगरपालिकासँग सम्झौता गरेर हप्तामा कति दिन विमान सेवा सञ्चालन हुने र भाडा कति हुने भन्ने विषयमा टुङ्गो लाग्ने बताइएको छ । लामो समयदेखि टरिगाउँ विमानस्थल नियमित सञ्चालन हुन सकेको थिएन ।

Read More

काठमाडौँ: संसदीय समितिमा नेपाली सेनाले गरेका पूर्वाधार निर्माणलगायत काम अपारदर्शी रहेको भन्दै प्रश्न उठेको छ। राज्यव्यवस्था तथा सुशासन समितिमा रक्षा मन्त्रालयको ब्रिफिङ गर्न पुगेका कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेल, प्रधानसेनापति पूर्णचन्द्र थापालगायत अधिकारीसमक्ष सांसदहरूले प्रश्न उठाएका हुन्। पोखरेलले सेनाका कामको बचाउ गरेको स्रोतले जनाएको छ। ‘सेनाले फास्ट टङयाक र अन्य सडक निर्माणको जिम्मा लिए पनि अरुलाई ठेक्का दिने गरेको, अस्पताल भवन भाडामा दिएको, पेट्रोल पम्पलगायत सञ्चालन गरेको पवषय सांसदले उठाए’, स्रोतले भन्यो, ‘सेना व्यापारी कि सुरक्षा संयन्त्र भन्ने प्रश्नसमेत उठ्यो। सांसदहरूले सेनाको कल्याणकारी कोषको पारदर्शितामाथिसमेत प्रश्न गरेका छन्। छलफलमा सहभागी शशि श्रेष्ठले पत्रकारलाई प्रवेशमा रोक लगाएकी थिइन्। सेनाको आर्थिक कारोबारसम्बन्धी जानकारी…

Read More

काठमाडौँ: दिगम्बर झामाथि दर्जनौं अनियमितताको आरोप लागेका प्रतिवेदन लुकाएर सरकाले उनैलाई नेपाल दूरसंचार प्राधिकरणको अध्यक्ष बनाएको पत्ता लागेको छ। सरकारले नै गठन गरेको छानविन समितिको उक्त प्रतिवेदन संचार तथा सूचना प्रविधि मन्त्रालयले दुई महिनादेखि गोप्य राखेको छ। कान्तिपुरलाई प्राप्त उक्त प्रतिवेदनले झाको विगतको दुई कार्याकालमा अपारदर्शी र अनियमितता उझागर गरेको छ। त्यसको एक उदाहरण हो ब्रोड्ब्याण्ड इन्टरनेटको अनुगमनको जिम्मेवारी। नेपाल दूरसंचार प्राधिकरणको खरिद बिनियामावाली २०७३ ले पांच लाख रुपैयाँसम्मको बस्तु तथा सेवा सोझै खरिद गर्न सक्ने अधिकार कार्यालयलाई दिएको छ। तर यहि बुँदाको दुरुपयोग गर्दै प्राधिकरणले सामाजिक सेवा गर्ने उदेश्यले दर्ता भएको महिला तहत वातारण परिषद नामक संस्थालाई ब्रोड्ब्याण्ड नेट…

Read More

काठमाडौँ: नेपाल विद्युत् प्राधिकरण र माथिल्लो आँखु खोला जलविद्युत् आयोजनाको प्रवद्र्धक धादिङ आँखु खोला हाइड्रो पावर लिमिटेडबीच विद्युत् खरीद सम्झौता भएको छ । सम्झौतामा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र प्रवद्र्धक कम्पनीका प्रमुख कार्यकारी अधिकृत मणि चौलागाईले आज हस्ताक्षर गरे । आयोजनाको कूल क्षमता ३८ मेगावाट रहेको छ भने लागत रु करीब आठ अर्ब रहेको छ । सम्झौताअनुसार हिउँदमा प्रतियुनिट आठ रुपैयाँ ८० पैसा र बर्खामा चार रुपैयाँ ४० पैसामा विद्युत् खरीद गरिनेछ । आयोजना आगामी चार वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । राजधानीको नजीक र पहुँचमार्गसमेत निर्माण भइसकेको उक्त आयोजनालाई आकर्षक आयोजनाका रुपमा लिइन्छ ।

Read More

काठमाडौँ :पछिल्ला दिनमा विभिन्न जलविद्युत् आयोजनाले साधारण शेयर बिक्री गर्ने घोषणा गरिरहँदा त्यसमा माउण्टेन इनर्जी नेपाल पनि थपिएको छ । सो कम्पनीले ३९ करोड ३६ लाख रुपैयाँ बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता साधारण शेयर (आइपिओ) बिक्री गर्ने भएको छ । साधारण शेयर बिक्रीका लागि कम्पनी र नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड र सिबिआइएल क्यापिटल लिमिटेडबीच आज सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा माउण्टेन इनर्जीका तर्फबाट सञ्चालक श्यामसुन्दर खेतान तथा नबिल इन्भेष्टमेण्टका प्रमुख कार्यकारी अधिकृत सविरबादे श्रेष्ठ र सिबिआइएल क्यापिटलका प्रमुख कार्यकारी अधिकृत समिरप्रसाद दाहालले हस्ताक्षर गरेका छन् । कम्पनीले निकट भविष्यमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा र आम सर्वसाधारणलाई साधारण…

Read More

काठमाडौँ: नेपालीहरुको महान चाड बडा दशैँको अवसरमा मोबाइल एप रिचार्जरले मोबाईल किन्दा खसी उपहार योजना सुरु गरेको छ । रिचार्जरकोएप मार्फत मोबाईल खरिद गर्ने ग्राहकलाई यसपालिको दशँैमा रिचार्जरले खसी उपहार दिने भएको हो । ‘दशँैको खसी घरमै बसी बसी’योजना यहि असोज १६ गतेदेखि लागू हुने कम्पनीले जनाएको छ । यो योजनामा सहभागि हुनका लागि असोज १६ गते मंगलबारदेखि २९ गते सोमबार दिउँसो १२ बजेसम्ममा रिचार्जरकोएप मार्फत मोबाईल खरिद गर्नुपर्नेछ । यसअवधिमा एप मार्फत मोबाइल खरिद गर्ने ग्राहकलाई ग्रोलाप्रथा मार्फत खसी उपहार प्रदान गरिने रिचार्जरका प्रमुख कार्यकारी अधिकृत निराजन सिंहले जानकारी दिए । यो योजना सिमित ब्राण्डका मोबाईल फोनहरुमा मात्र लागू…

Read More

जाकार्ता: इन्डोनेसियाको मध्य क्षेत्रमा रहेको सुलावेसी प्रान्तमा गत शुक्रबार भुकम्पपछि आएको सुनामीमा परी मृत्यु हुनेको सङ्ख्या एक हजार ३०० पुगेको छ । अझै कैयौँ मानिसहरू वेपत्ता रहेका बताइएको छ । उक्त कारण विस्थापित हुनेको सङ्ख्या ६० हजारभन्दा बढी पुगेको यहाँको विपद् व्यवस्थापन निकायले मङ्गलबार जनाएको छ । भुकम्प र सुनामीले ६५ हजार ७३३ घरहरू भत्किएका छन् भने सयौँको सङ्ख्यामा विद्यालय भवन तथा ठूला व्यापारिक भवन चर्किएका वा भत्किएका, विपद् व्यवस्थापन केन्द्रिय कार्यालयका प्रवक्ता सुटुपो पुर्वो नुग्रोहोले बताएका छन् । उहाँले सञ्चारकर्मीलाई पछिल्लो अपडेट गराउँदै भन्नुभयो, “विस्थापितहरू राज्यका १०९ स्थानमा शिविर बनाएर बस्दै आएका छन् ।” “मङ्गलबार एक होटलको भवन भग्नाबशेषबाट…

Read More

काठमाडौं: बंगलादेशमा भइरहेको बंगबन्धु गोल्डकप फुटवलमा नेपाल पहिले खेलमै ताजकिस्तानसँग पराजित भएको छ। आज भएको आफ्नो पहिलो खेलमा नेपाल ताजकिस्तानसँग २-० ले गोलले पराजित भएको हो। ताजकिस्तानसँले नेपालविरुद्ध २७ औं मिनेटमा पेनाल्टीमार्फत अग्रता लिएको थियो भने ६९ औं मिनेटमा पुनः दोस्रो गोल खान पुग्यो। पहिलो खेलमा पराजित भएपछि नेपाललाई सेमिफाइनल प्रवेश कठिन बनेको छ । साविक विजेतासमेत रहेको नेपाल रहेको समूहमा ताजकिस्तान र प्यालेस्टाइन छन् । समूहका उत्कृष्ट दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् ।

Read More

काठमाडौँ: सरकारले नयाँ राष्ट्रिय सुरक्षा नीति कार्यान्वयनमा ल्याउने तयारी गरेको छ । राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा रक्षा मन्त्रालयका तर्फबाट हालको राष्ट्रिय सुरक्षा नीतिमा समसामयिक परिमार्जन गर्न लागेको जानकारी दिइएको हो । समितिले मन्त्रालयको कार्यक्षेत्र, मुख्य कार्यक्रम तथा नीतिगत एवं कानूनी सुधारका विषयमा जानकारी लिन कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसहित मन्त्रालयका पदाधिकारीलाई आमन्त्रण गरेको थियो । प्रतिरक्षा नीतिको तर्जुमा गरी कार्यान्वयनमा ल्याउने, राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयको थप सुदृढीकरण गर्ने तथा सैनिक ऐन तथा नियमावलीलाई अद्यावधिक र एकीकरण गर्ने भावी कार्ययोजना रहेको सो अवसरमा जानकारी दिइयो । नेपाली सेनालाई आधुनिकीकरण गर्ने, सैन्य सामग्री पर्याप्त उपलब्ध गराई व्यावसायिक र…

Read More