Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: आज (शुक्रवार) बाट ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओ खुलेको छ । यसअघि फागुन २३ गते आइतवारबाट आईपीओ निष्कासन गर्ने भनिए पनि आजैबाट ६६ लाख कित्ता आईपीओ निष्काशन गरिएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरको कुल ६६ लाख कित्ता आइपीओ निष्कासन गर्ने जनाएको छ । यसमध्ये ३ लाख ३० हजार कित्ता कर्मचारी र ३ लाख ३० हजार कित्तानै म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणका लागि छुट्याइएको छ । आईपीओका लागि फागुन २६ गतेसम्म आवेदन दिन सकिनेछ । आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्ताका लागि आवेदन दिन सकिने बिक्री प्रबन्धकको…
एजेन्सी: न्युजिल्याण्डमा तीनपल्टसम्म शक्तिशाली भूकम्पको महसुस भएपछि न्युजिल्याण्ड सरकारले सुनामी आउन सक्ने चेतावनी दिएको छ । त्यहाँको सरकारले उत्तरी द्वीपको तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान निर्देशनसमेत दिएको छ । राष्ट्रिय आपतकालीन एजेन्सीले पूर्वी तटीय क्षेत्रमा छाल आउनसक्ने चेतावनी दिएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार त्यहाँ रहेका हजारौँ नागरिकहरू सुरक्षित स्थानमा जाने प्रयास गरिरहेका छन् । अधिकारीहरूले न्यू क्यालेडोनिया, मानुआतु टापूहरुमा समुद्रको ठूलो छाल आउन सक्ने चेतावनी दिँदै सुरक्षित स्थानमा जान अनुरोध गरेका छन् । त्यहाँका तटीय क्षेत्रहरुमा समुद्रको पानी १० फिटसम्म उठ्न सक्ने अनुमान गरिएको छ । भूकम्पको धक्का महसुस भएपछि अमेरिका, चिली पेरु, चिली, इक्वेडर र अमेरिकाका…
काठमाडौँ: सिंगटी हाइड्रो इनर्जी लिमिटेडले सर्वसाधरणका लागि चैत ६ गतेबाट प्राथमिक शेयर जारी गर्ने भएको छ। कम्पनीले सर्वसाधरणका लागि २६ करोड ९७ लाख रुपैयाँ बराबरको २६ लाख ९७ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले दोस्रो चरणमा कुल २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता शेयर निष्काशन गरेकोमा जसमध्ये २ प्रतिशत अर्थात ५८ हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात १ लाख ४५ हजार कित्ता सामुहिक लगानीकोषहरुका लागि छुट्याएको छ । बाँकी रहेको २६ लाख ९७ हजार कित्ता शेयर सर्वसाधरणमा बाँडफाँड हुनेछ । यसअघि हाइड्रोले उद्योग प्रभावित क्षेत्र दोलखा जिल्लाको अति प्रभावित क्षेत्र बिगु र कालिन्चोक गाउँपालिकाका बासिन्दाहरुका…
काठमाडौँ: चेल्सीसँगको खेलमा इङ्ग्लिस क्लब लिभरपुल पराजित भएको छ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुललाई चेल्सीले उसकै मैदानमा पराजित गरेको हो । गएराति भएको खेलमा चेल्सीले लिभरपुललाई उसैको मैदानमा १–० गोल अन्तरले पराजित गर्दै जीत हासिल गरेको हो । एनफिल्डमा चेल्सीलाई जित दिलाउन मासन माउन्टले निर्णायक गोल गरे । उनले खेलको ४२औँ मिनेटमा निर्णायक गोल गरे । जीतसँगै चेल्सी लिगको चौथो स्थानमा उक्लिएको छ । यो सिजनमा चेल्सीले २७ खेलमा ४७ अंक जोडेको छ । साविक विजेता लिभरपुल भने ४३ अंक जोडेर सातौँ स्थानमा रहेको छ ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले आज संयुक्त रुपमा विशेष समारोहलाई सम्बोधन गर्दैछन् । सरकारी वार्ता टोली र विप्लव समूहबीच बिहीवार ३ बुँदे सहमति भएसँगै सोही विषयमा विस्तृत जानकारी दिन आज विशेष समारोहको आयोजना हुँदैछ । राष्ट्रिय सभागृहमा आज प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवले दिउँसो २ बजे संयुक्त रुपमा सम्बोधन गर्नेछन् । बिहीवार भएको सहमतिअनुसार विप्लव नेतृत्वको नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा संचालन गर्ने र नेपाल सरकारका तर्फबाट लागाइएको पार्टीमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी लगायतका विषय रहेका छन्…
काठमाडौँ: काठमाडौँ प्रहरी परिसरले विहिबार साँझ क्यासिनोमा छापा मारी झन्डै २३ लाख नगदसहित १० जनालाई पक्राउ गरेको छ । काठमाडौँ प्रहरीले का.म.न.पा. वडा नं. १३ ताहाचलस्थित होटेल प्लाटिनमको अन्डर ग्राउण्डमा रहेको क्यासिनो CMG क्लबमा अवैध रुपमा क्यासिनो खेली रहेको गोप्य सूचनाको आधारमा कालिमाटी वृतवाट प्रहरी परिचालन गरी जुवा खेलिरहेको अवस्थामा निम्न खेल्ने तथा खेलाउने मानिसहरुलाई दशीसहित पक्राउ गरी वृत्त कालिवाट थप अनुसन्धान भईरहेको परिसरका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले जानकारी दिए । क्यासिनो खेल्नेहरु:- १. रंजित कुमार जैसवाल वर्ष ३८ भारत विहार मोतिहारी घर हुने २. सोहन प्रसाद वर्ष ३५ भारत विहार मोतिहारी घर हुने ३. मुमताज मिँया वर्ष ४२…
काठमाडौँ: महानगरीय प्रहरी प्रभाग नागढुंगाले वुधबारसाँझ काठमाण्डौ जिल्ला चन्द्रागिरि न.पा. वडा नं. २ नागढुंगा स्थित चेकप्वाईन्टमा चेकजाँच गर्ने क्रममा विरगंजबाट काठमाण्डौँ तर्फ आउँदै गरेको ना १ ज ७९२१ नम्बरको टाटा सुमो गाडीलाई चेकजाँच गर्ने क्रममा उक्त गाडीमा सवार भई आएका तापस सस्माल, ३१, ले साथमा बोकी आएको झोला चेक जाँच गर्ने क्रममा लुकाई छिपाई लिई आएको बिल भर्पाई नभएको जम्मा तौल २२ तोला ३२ लाल (२६०.३५ ग्राम) भएको सुनको सिक्री २४ (चौबिस) थान फेला परेको हो । निज सस्माललाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान बिभाग, हरिहरभवन, ललितपुर पठाईएको छ । सस्माल नाकुबार जोयपुर बस्ने भारतीय नागरिक हुन्…
बुटवल: अर्थमन्त्री एवं नेकपा ओली समूहका महासचिव विष्णु पौडेलले सरकार गिराउने षड्यन्त्र सुरु भएको बताएका छन् । ‘आफ्नो पार्टीको सरकार गिराउन संवैधानिक दायराबाट बाहिर गएर मध्यरातमा कहिले देउवा, कहिले जसपाका नेतासंग प्रस्ताव बोकेर हिँडेका छन्’ रुपन्देहीको तिलोत्तमामा बिहीबार आयोजित कार्यक्रममा उनले भने, ‘मध्यरातमा अँध्यारा कोठामा तानाबाना बुनिंदै छन् ।’ लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर नक्सा प्रकाशन गरेपछि ओली सरकारविरुद्ध प्रहार सुरु भएको पौडेलले टिप्पणी गरे । विप्लव नेतृत्वको नेकपा र सरकारबीच वार्ता भएर तीन बुंदे सहमति भएको उल्लेख गर्दै उनले प्रधानमन्त्री र विप्लवले भोलि सहमति सार्वजनिक गर्ने बताए । विखण्डनको पक्षमा नारा लगाउने डा. सीके राउतलाई पनि सम्झाएर सहमतिमा…
काठमाडौँ: प्रधानमन्त्री केपी ओलीले मधेसमा आफूलाई पस्न नदिने भन्नेहरूलाई ‘मलाई मधेस पस्न नदिए पनि पानी चाहिँ नरोक्नुहोला’ भनेका छन्। केही मानिसहरूले आफूलाई मधेसविरोधी भने पनि मधेसका खेतमा पानी पसाउने कामको शुभारम्भ आफूले गरेको बताए। सुनकोशी-मरिन डाइभर्सनको बिहीबार सिन्धुलीमा शिलान्यास गर्दै ओलीले भने, ‘केपी ओली मधेस नपसे पनि खेतमा पानी चाहिँ केपी ओलीले पसाउँछ।’ उनले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई तराई-मधेसमा त्यो खबर लैजान अनुरोध गरे। ‘मलाई तराई-मधेसीमा पस्न नदिए हुन्छ। तर, पानी चाहिँ नरोक्नुहोला,’ उनले भने। सुनकोशी-मरिन डाइभर्सनलाई सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेको छ। उक्त डाइभर्सनबाट प्रदेश २ का जिल्लामा एक लाख ८५ हजार बिगाहा सिँचाइ गर्ने योजना…
काठमाडौं: कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले किसानलाई मलको अभाव नहुने बताएकी छिन्। मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा कृषि मन्त्री अर्यालले मलको अभावमा उत्पादन घट्ने र किसान एवं सिंगो मुलुक मर्कामा पर्ने अवस्थाको अन्त्य गरेको बताइन्। उनका अनुसार तत्कालिन समाधानको रुपमा अहिले गरिएको व्यवस्थापन, मध्यकालिन समाधानको रुपमा मासिक कार्यतालिकाको आधारमा मलको सहज आपूर्ति हुनेछ । ‘मलको दीर्घकालीन समाधाका लागि मल उत्पादन गर्ने कारखाना स्थापना गर्ने गरी मन्त्रालय अगाडी बढेको छ ।’-उनले भनिन्। उनले मलको समस्या रहिरहन नदिन सातै प्रदेशमा मलको भण्डारणको व्यवस्था समेत गरिने जानकारी दिइन। अनुमानको आधारमा मलको आपूर्ति नभइ तथ्य र आवश्यकताका आधारमा गर्ने उनको भनाई छ…
