Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ मा १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न दिनेश भट्टलाई प्रहरीले सार्वजनिक गरेको छ । भागरथी पढ्ने सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा पढ्ने भट्टको प्रकरणमा संलग्नता पुष्टि भएपछि उनलाई प्रहरीले सार्वजनिक गरेको हो । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीले जिल्ला प्रहरी कार्यालय, बैतडीमा आयोजित पत्रकार सम्मेलनमा प्राप्त प्राविधिक प्रमाण, प्रत्यक्षदर्शी, साबिती बयान लगायतका आधारमा भट्टलाई पक्राउ गरिएको बताए । भट्टले प्रहरीसँग दिएको बयानमा प्रतिसोध साध्न भागरथीको हत्या गरेको बताएका छन् । भागरथीको बुबाले आफ्नी फूपूलाई दुर्व्यवहार गरेकाले उनको हत्या गरेको भट्टले बताएको प्रहरीले जनाएको छ । घटनापछि उनी भागरथीको न्याय माग्दै भएको प्रदर्शनमा…
काठमाडौं : आज सुनको मूल्य १ हजार १ सय रुपैयाँले सस्तो भएको छ। नेपाल सुनचाँदी व्यवसायीका अनुसार छापावाल सुन ८९ हजार ८ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छ। त्यस्तै तेजाबी सुन १ हजार ५० रुपैयाँ घटेर ८९ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको छ। हिजो छापावाल सुन ९० हजार ९ सय र तेजाबी सुन ९० हजार ४ सय रुपैयाँले कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। हिजोको तुलनामा आज २० रुपैयाँ सस्तो भएर प्रतितोला १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको हो। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस १७ सय ९३ दशमलव १९ अमेरिकी डलरमा कारोबार भएको…
काठमाडौं : बैतडीकी भागरथी भट्टको बलात्काररहत्या आरोपमा पक्राउ परेका किशोरले अपराध स्वीकार गरेका छन्। प्रहरीले पक्राउ गरेका छिमेकी तथा आफन्तसमेत रहेका १८ वर्षीय दिनेश भट्टले बदला लिन आफूले भागरथीको हत्या गरेको स्वीकार गरेका हुन्। भागरथीका बुबाले आफ्नो नजिकको नातेदार बलात्कार गरेको र त्यसको बदला लिन आफूले त्यस्तो गरेको भनेर दिनेशले बयान दिएको अनुसन्धानमा संलग्न अधिकारीले बताए। एक वर्षअघि त्यो घटना गाउँमै मिलाइएको दिनेशको दाबी छ। भागरथीका बुबाको भने मृत्यु भइसकेको छ। प्रहरीले यस विषयमा थप बुझ्ने काम भइरहेको जनाएको छ। पक्राउ परेका किशोरलाई प्रहरीले बुधबार बैतडी सदरमुकाम लगेको छ। जिल्ल प्रहरी कार्यालयमा उनलाई सार्वजनिक गर्ने तयारी…
काठमाडौं : वरिष्ठ अधिवक्ता सतीशकृष्ण खरेलले संसद् विघटनलाई अदालतले असंवैधानिक भनेर घोषणा गर्नुपर्ने बताएका छन्। एमिकस क्युरीमा रहेका खरेलले आज बुधबार संवैधानिक इजलासमा राय दिँदै ‘साइलेन्स’ अधिकार छ भनेर गरिएको संसद विघटनलाई वैधता दिन नमिल्ने बताए। उनले प्रधानमन्त्रीले ‘साइलेन्स’ अधिकार छ भनेर गरेको संसद् विघटन सदर भए तल्लो तहले पनि संविधान नमान्ने खतरा रहेको औंल्याए। उनले प्रदेश २ का गृहमन्त्रीले प्रधानमन्त्रीलाई साइलेन्स अधिकार भए आफूहरुलाई पनि अधिकार रहेको बताउँदै अब भटाभट कानुन निर्माण गर्ने भनेर दिएको अभिव्यक्तिलाई उदाहरण दिएका थिए। उनले संसदीय व्यवस्था भन्दैमा प्रधानमन्त्रीले संसद् विघटन गर्न नमिल्ने बताए। संविधानमा प्रस्ट भएको व्यवस्था बाहेक संसद् विघटन गर्न नमिल्ने उनको…
काठमाडौं : काठमाडौं महानगरपालिकाले खुलामञ्चभित्र बनाइएका संरचना हटाउन थालेको छ। खुलामञ्चमा वीर अस्पताल र दरबार हाइस्कूलको भवन पुननिर्माण गर्न निर्माण सामग्रीहरु र त्यहाँ काम गर्ने केही कामदारहरु अस्थाई रुपमा बस्दै आएका थिए। दुवै भवन निर्माण सम्पन्न भएपनि निर्माणकर्ताले निर्माण सामग्री र कामदार हटाएको थिएन। काठमाडौँ महानगरले खुलामञ्च भित्र भएको अतिक्रमण रोक्न नसकेको आरोप खेप्दै आएको थियो। आज बुधबार बिहानबाट महानगरले डोजर लगाएर त्यस भित्र रहेका घर टहरा साथै सबै संरचना भत्काउन थालेको छ । भत्काउने टोलीको संयोजन गरिरहेका काठमाडौँ महानगरका नगर प्रहरी नायब उपरीक्षक दिनेश अर्यालले ३ दिनभित्र खुलामञ्च खाली गरिने बताए। खुलामञ्चभित्र अहिले वीर अस्पताल बनाइरहेको…
काठमाडौँ: नेकपाको दाहाल-नेपाल समूहले आजदेखि चौथो चरणको देशव्यापी आन्दोलन थाल्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेको कदमलाई ‘प्रतिगमन’ भन्दै दाहाल-नेपाल समूह पुस ५ पछि आन्दोलीत छ । चौथो चरणका कार्यक्रमअन्तर्गत आजदेखि २१ गतेसम्म जिल्ला स्तरीय विरोध प्रदर्शन, सभा लगायतका विरोध कार्यक्रम हुँनेछन् । भोलि राजधानीको टुंडिखेल मानव साङ्लोले घेर्ने कार्यक्रम छ। कार्यक्रम अन्तर्गत फागुन ७ मा सबै वडामा विरोध गरिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। फागुन ७ देखि १५ गतेसम्म सार्वजनिक स्थलहरूमा हस्ताक्षर संकलन गर्ने उनले बताए। पुस ५ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि दाहाल(नेपाल समूह आन्दोलनमा छ। यो…
काठमाडौँ: प्रतिनिधिसभा विघटन बदनियत र असंवैधानिक भएको प्रतिनिधसभा विघटनविरुद्धका मुद्दाका एमीकस क्युरी वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले बताएका छन् । संवैधानिक इजलासलाई प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा राय दिने क्रममा मंगलबार वरिष्ठ अधिवक्ता कार्कीले प्रतिनिधिसभा विघटनको कारण हेर्दा बदनियत र असंवैधानिक भएको देखिएको बताए । ‘पार्टीभित्रको झगडालाई मुख्य कारण मानेर संसद् विघटन गर्नु मालाफाइड र असंवैधानिक हो । त्यो आधारमा विघटनको अधिकार प्रयोग गर्ने होइन । त्यो अधिकार प्रयोग गर्न पाइँदैन,’ वरिष्ठ अधिवक्ता कार्कीले यो विषयमा आफ्नो प्रष्ट धारणा रहेको बताए । संसद् विघटन हुने संवैधानिक आधार र प्रक्रिया पूरा नभएसम्मका लागि विघटन गर्न नपाइने उनको भनाइ थियो । जुन कारण देखाएर प्रधानमन्त्री…
काठमाडौँ: सेयर बजारले (मंगलबार) रेकर्ड ब्रेक गर्दै इतिहासकै उच्च विन्दुमा आइपुगेको छ । फागुन ४ गते बजारले २६ सय विन्दु पार गर्दै रेकर्ड कायम गरेको हो । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा लचकता अपनाएपछि सेयर बजार बढ्न थालेको हो । आज १५.५० अंकले बढेको बजार २६०१.५१ अंकमा आएर अडिएको छ । यस दिन १० अर्ब ३ करोड ५४ लाख ५४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारले यतिहास रचेको दिनमा अधिंकाश समूह भने राताम्मे देखिएका छन् । बैंकिङ, विकास बैंक, म्यूचुअल फण्ड र अन्य समुह बाहेकका बाँकी समूहमा गिरावट छ । चन्द्रागिरी हिल्सको सकारात्मक सर्किट लाग्ने…
काठमाडौँ: नेपालमा भारतीय जनता पार्टीको सरकार गठन गर्ने तयारी भइरहेको भनेर भारतको त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव देवले दिएको अभिव्यक्तिप्रति नेपालले औपचारिक रुपमा आपत्ति जनाएको छ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सो अभिव्यक्तिबारे सरकारले आपत्ति जनाइसकेको जानकारी दिएका हुन्। ज्ञवालीले ट्विटरमा सो विषय जानकारीमा लिइएको र यस विषयमा औपचारिक रुपमै आपत्ति व्यक्त गरिएको बताएका छन्। ट्विटर प्रयोगकर्ता समीर अन्सारीले त्यस विषयमा परराष्ट्रमन्त्री ज्ञवालीलाई मेन्सन गर्दै चासो व्यक्त गरेपछि ज्ञवालीले सो जानकारी दिएका हुन्। भारतीय गृहमन्त्री अमीत शाहले भारतमा मात्रै नभएर नेपाल र श्रीलंकामा पनि भाजपाको सरकार गठन गर्ने तयारी भैरहेको जानकारी गराएको भनेर त्रिपुराका मुख्यमन्त्रीले भाषण गरेका थिए। उनको…
काठमाडौं । संयोग कस्तो भने लामो समयदेखि कार्यालय नगएको भन्दै आलोचित भइरहेका प्रधामन्त्री केपी शर्मा ओलीले सरकारको तीन वर्ष पुगेको अवसर पारेर पुनर्निर्माण सकिएको सिहदरबारको उद्घाटन गरे। पुनर्निर्मित सिंहदरबार भवनको उद्घाटन गरेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विनाशकारी भूकम्प आउनुपूर्वको अवस्थामा जस्तै अब सिंहदरबारको मुख्य भवनबाट सन्चालनमा आएको छ । यो एक हिसाबे २०७२ को विनाशकारी भूकम्पको पुनर्निर्माण अन्तिम चरणमा प्रवेश गर्न लागेको संकेत पनि हो । पुनर्निर्माण राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सिइओ) कसले पाउने भन्ने राजनीतिले लामो समय भूकम्पपछिको पुनर्निर्माणले गति लिएन । प्रतिनिधिसभा चुनावपछि केपी शर्मा अोलीको नेतृत्वमा सरकार बन्नुअघि प्राधिकरण सिइओमा कांग्रेस र तत्कालीन एमालेबीच कसलाई…
