Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

चितवन: विराटनगरबाट काठमाडौँतर्फ जाँदै गरेको मालबाहक कन्टेनर इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकबाट त्रिशूली नदीमा खसेर आज विहान वेपत्ता भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ना ३ ख ८९८७ नम्बरको कन्टेनर र काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ५६८७ नम्बरको ट्रक एकापसमा सो स्थानमा ठक्कर खाँदा कन्टेनर त्रिशूलीमा खसेको हो । ट्रकका चालक भने सामान्य घाइते भएका छन् । प्रहरीका अनुसार उनको स्थानीय मेडिकलमा उपचार र कन्टेनरमा भाटभटेनी सुपरमार्केटको सामान रहेको जनाइएको छ । बेपत्ता कन्टेनरको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।

Read More

काठमाडौँ : नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले संयुक्त राष्ट्र सङ्घ (यूएन) शान्ति मिसनका लागि दोस्रो चरणको चार्टर्ड उडान गरेको छ । निगमले यूएन शान्ति मिसन र नेपाली सेनाको सहकार्यमा अफ्रिकी मुलुक दक्षिण सुडानस्थित जुबाका लागि २३८ नेपाली सैनिक लगेको थियो । निगमको वाइड बडी ए ३३० जहाजले ओमनको मस्कट हुँदै जुबा उडान गरेको हो । जुबाटबाट बन्दाबन्दीले रोकिएका नेपाली सेनाका २५० अधिकारी बुधबार राति काठमाडौँ फर्किएको निगमले जनाएको छ । निगमले यसअघि गत असार २४ गते शान्ति मिसनमा खटिने नेपाली सैनिकलाई लैजान अफ्रिकन रिपब्लिक र मालीमा चार्टर्ड उडान गरेको थियो । आज अन्तर्राष्ट्रियतर्फ छ उडान हुँदैछन्…

Read More

मार्तडी, १५ साउन (रासस):  अविरल वर्षाका कारण खोलामा बाढी र नदीमा पानीको बहाव बढ्न थालेपछि स्थानीय त्रसित बनेका छन् । जिल्लाका केही गाउँ बाढी र पहिरोका कारण उच्च जोखिममा रहेका छन् । पूर्वी उत्तरी भेगमा पर्ने कर्णाली नदीमा पानीको बहाव बढेको स्वामीकार्तिक गाउँपालिका–४ वाइका वडाध्यक्ष काशीराम कैलाले जानकारी दिनुभयो । नदीमा पानीको बहाव बढेसँगै जगन्नाथ र स्वामीकार्तिक गाउँपालिका जोड्ने पिलुचौर झोलुङ्गे पुल जोखिममा परेको उहाँले बताउनुभयो । नदीमा पानीको बहाव बढेकाले सचेत र सतर्कता अपनाउन आग्रह गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रसाद भट्टराईले जानकारी दिनुभयो । आधा दर्जनौँ पुल जोखिममा परेका बताइएको छ । वाई बाँधु…

Read More

भरतपुर, १५ साउन (रासस):  पर्यटकीय नगरी सौराहाका होटल तथा रेष्टुराँ स्वास्थ्य सावधानी र छुट प्याकेजसहित सञ्चालनमा आएछन् । आन्तरिक पर्यटकलाई लक्षित गरी व्यवसायीले छुट प्याकेजको घोषणा सहित करिव चारमहिनापछि  सञ्चालनमा ल्याएका हुन् । क्षेत्रीय होटल सङ्घ सौराहाले एक सूचना जारी गर्दै सरकारले दिएको निर्देशन र नियम पालना गरेर होटल व्यवसाय सञ्चालन गर्न सम्पूर्ण व्यवसायीमा आग्रह गरेको थियो । व्यवसायी सोही सूचनाअनुरुप होटल सरसफाइ र स्वास्थ्य सावधानीका उपाय अवलम्बन गर्ने तयारीमा जुटेका छन् । होटल सञ्चालन गर्दा सबै होटलले अनिवार्यरुपमा कोभिड–१९ सम्बन्धी आवश्यक जानकारी सूचना टाँस गर्ने, सम्पूर्ण पर्यटकको ज्वरो जाँच, हातधुने र स्यानेटाइजरको व्यवस्था गर्नुपर्ने सङ्घले जनाएको छ ।…

Read More

काठमाडौँ: आजबाट औपचारीक रुपमै होटल व्यवसाय खुल्ने भएका । गत चैत्र ११ गते देखि मुलक पूर्णतः लकडाउनमा गएसँगै बन्द हुनपुगेका नेपाली होटल तथा पर्यटन व्यवसाय लामो समयपछि बिहिबारबाट पुनः सञ्चालनमा आउने भएका हुन् । आजै राजधानीका केही तारे होटलसहित साना तथा मझौला होटल तथा रेष्टुरेन्टहरु सञ्चालन आउने भएका छन् । काठमाडौँस्थित साङ्ग्रीला, ¥याडिसन, होटल मल्ललगायत तारे होटलहरुले व्यवसाय सञ्चालनको पूर्ण तयारी गरेका छन् । त्यस्तै अन्य साना तथा पर्यटकमैत्री डिलक्स होटल, रिसोर्ट तथा रेष्टुरेन्टहरुले समेत यतिखेर व्यवसायमा फर्किने तयारी गरिरहेका छन् । तर यता होटल व्यवसायीहरुको छाता संगठन होटल एशोसिएशन नेपाल(हान)ले भने सरकारले व्यवसायमा फर्कन आह्वान गरेपनि वातावरण सहज…

Read More

काठमाडौं: उपत्यकाका तीन जिल्लाको सुरक्षा केन्द्रीय प्रहरीमातहत नै रहने गरी प्रहरी समायोजन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् । प्रहरी समायोजन सम्बन्धमा छलफल गर्न बुधबार प्रधानमन्त्रीनिवास गएको गृह मन्त्रालय तथा प्रदेशका आन्तरिक मामिला मन्त्रीहरूको टोलीलाई प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन् । प्रधानमन्त्रीको निर्देशनलगत्तै गृहले त्यहीअनुसार समायोजन प्रक्रिया अघि बढाउन लागेको छ । गृह मन्त्रालयले दुई महिनाअघि नै समायोजनको खाका तयार पारे पनि केही विवादित विषयमा प्रधानमन्त्रीको राय लिएर टुंग्याउन चाहेको थियो । तर, प्रधानमन्त्रीले समय नदिँदा समायोजन प्रक्रिया नै रोकिएको थियो । देशको केन्द्रीय राजधानीको सुरक्षा संवेदनशील हुने भएकाले यसलाई केन्द्रीय प्रहरी नै खटाउनुपर्ने प्रधानमन्त्रीको राय रहेको गृह मन्त्रालयका एक…

Read More

काठमाडौं : महानगरीय प्रहरीको अवधारणा अब पूर्ण रुपले परिवर्तन भएर नयाँ नामले चिनिने भएको छ । आज बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा गृह मन्त्रालय अन्तर्गत रहेको समायोजन समितिले तयार पारेको प्रतिवेदन सम्बन्धमा छलफल गर्न बसेको बैठकले महानगरीय प्रहरीको अवधारणा (काठमाडौं उपत्यका भित्र मात्रै) लाई खारेज गर्दै नयाँ अवधारणामा जाने प्रस्ताव स्विकृत गरेको हो । बैठक प्रधानमन्त्री केपी शर्मा ओली सहित गृह मन्त्री राम बहादुर थापा बादल, गृह सचिव महेश्वर न्यौपाने लगायत प्रदेश प्रहरी समायोजन समितिमा रहेका सदस्यहरुको सहभागीतामा बसेको थियो । गृह मन्त्रालयसम्बद्ध स्रोतका अनुसार महानगरीय भन्दा अरु महानगरमा पनि यस्तै संरचना बनाउनुपर्ने बाध्यताले गर्दा महानगरीय प्रहरीको अवधारणा हटाएर नयाँ…

Read More

काठमाडौं : बागमती प्रदेश प्रहरी कार्यालयले सेवा ग्राहीसँग घुस मागेको अभियोगमा चार जना प्रहरीलाई निलम्बन गरेको छ । प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीको स्टिङ अपरेशनमा पक्राउ परेका चारजना प्रहरीलाई निलम्बन गरिएको बागमती प्रदेशका डिआइजी बसन्त कुमार लामाले जानकारी दिए । निलम्बित हुनेमा ईलाका प्रहरी कार्यालय रामनगरका हवल्दार प्रकाश जैसी, प्रदेश ट्राफिक प्रहरी कार्यालयका जवान योगेन्द्र कुमार मल्ल, ईलाका प्रहरी कार्यालय मनहरीका जवान अजय महतो र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरमा कार्यरत जवान लक्ष्मणकुमार महतो छन् । यात्रुको भेषमा प्रदेशबाट खटिएको विशेष टोलीले सोमबार सवारी चालकसँग घुस लिँदै गरेको अवस्थामा उनीहरुलाई पक्रेको थियो । निलम्बिन गरिएका प्रहरीबारे छानविन…

Read More

काठमाडौं: बजारमा चिनीको मूल्य आकाशिन थालेपछि संसदीय समितिमा उजुरी परेको छ। सरकारी संस्थानसँग रहेको मौज्दात सकिएपछि चिनी उद्योगी तथा व्यापारीहरुले मूल्य बढाएको भन्दै उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिमा उजुरी परेको हो। नेपालमा उद्योगी व्यापारीसँग चिनी उपलब्ध रहँदारहँदै पनि मूल्य बढाएको आरोप उजुरीमा लगाइएको छ। चिनीको कारोबार गर्ने संस्थान साल्ट ट्रेडिङ कर्पोरेसनले चिनी खरिद गर्नको लागि तालुकदार मन्त्रालयमार्फत अनुमति कुरिरहेको छ। तालुकदार निकाय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत अर्थ मन्त्रालयसँग मागिएको स्वीकृति लामो समय हुँदा पनि पाएको छैन। साल्ट ट्रेडिङले ल्याएको चिनी सस्तो हुने कारणले बजार मूल्यमा सन्तुलन हुने गरेको छ। तर अहिले उक्त…

Read More

चितवन, १४ साउन (रासस) : गत आर्थिक वर्षमा प्राकृतिक कारणले तीनवटा बाघ मरेका छन् । अघिल्लो आवमा आठवटा बाघ मरेका थिए । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीका अनुसार निकुञ्जको पश्चिम क्षेत्रको नवलपरासीस्थित वेदघारी मध्यवर्ती सामुदायिक वनमा एउटा वयस्क भाले बाघ मृत फेला परेको थियो । त्यसैगरी, ठोरी र कसरामा एक–एकवटा पोथी वयस्क बाघ मृत फेला परेका हुन् । कसरामा उद्धारका क्रममा बाघ मरेको हो । दुईवटा घाइते भएर मरेका हुन भने एउटाको कारण नखुलेको उहाँले जानकारी दिनुभयो । अघिल्लो वर्षभन्दा गत वर्ष प्राकृतिक कारणले मर्ने बाघको सङ्ख्या घटेको उहाँले जानकारी दिनुभयो । दुर्लभ एकसिङ्गे गैँडा पनि…

Read More