Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं । बुधबार थप १०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ । ५ हजार ३७० जना सक्रिय संक्रमितको संख्या रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४२ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ७७९ जनाको परीक्षण गर्दा एक सय जनामा कोरोना पुष्टि भएको डा गौतमले बताए । डा गौतमका अनुसार हाल देशभर ५ हजार ३ सय ७० जना संक्रिय संक्रमितहरु रहेका छन् । बुधबार कोरोना संक्रमणबाट २ जनाको म‌ृत्यु भएको छ । महोत्तरीका ६० वर्षका पुरुष र काठमाडौंको…

Read More

राजेन्द्रप्रसाद पनेरु कञ्चनपुर, ७ साउन (रासस) : भारतको दुधुवा नेशनल पार्कबाट जङ्गली हात्तीको झुण्ड लालझाडी संरक्षित वन क्षेत्र हुँदै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेश गरेपछि जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । निकुञ्जमा पुगेको जङ्गली हात्तीको झुण्ड मध्यवर्ती क्षेत्रका गाउँ बस्ती र खेतबारीमा आउन थालेपछि बाली जोगाउन र जीउधनको सुरक्षा गर्नका लागि कार्यालयले सार्वजनिक सूचना जारी गरेको हो । भारतको दुधुवा नेशनल पार्कबाट आएको १०÷१५ को सङ्ख्यामा रहेको जङ्गली हात्तीको झुण्ड दिनमा निकुञ्जमा बस्ने साँझ र रातीका बेला निकुञ्जको मध्यवर्ती क्षेत्रका गाउँबस्ती तथा खेतबारीमा प्रवेश गर्दै आएको छ । दुधुवा नेशनल पार्कमा वर्षाको पानी र बाढीको पानी…

Read More

काठमाडौं: करिब चार महिनादेखि बन्द रहेका त्रिभुवन विश्वविद्यालय अन्तर्गतका विभाग तथा आंगिक क्याम्पस बुधबारदेखि खुलेका छन्। कोरोनाभाइरसको संक्रमण रोक्न सरकारले लगाएको लकडाउन अन्त्य भएसँगै आजदेखि क्याम्पसहरू खुलेको त्रिवि रजिष्ट्रारको कार्यालयका सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख सूर्यप्रसाद अधिकारीले जानकारी दिए। क्याम्पसहरू खुले पनि पठनपाठन भने सुचारू भएको छैन। ‘विद्यार्थीको नियमित पठनपाठन, पुस्तकालय सञ्चालनलगायत सरकारले निषेध गरेकाबाहेक अन्य सबै कार्य सञ्चालन गर्ने गरी त्रिविका सबै क्याम्पसहरू स्वास्थ्य सुरक्षा निर्देशिकालाई अवलम्बन गर्दै आजदेखि खुलेको छ,’ अधिकारीले भने। त्रिविको प्रशासन भने गत असार १ गतेदेखि नै खुलेको थियो। सरकारले मंगलबार राति १२ बजेदेखि लकडाउन अन्त्य भएको घोषणा गरेपछि क्याम्पसहरू खुलेका…

Read More

गोदावरी: कैलाली र डोटीको सीमा भएर बग्ने ठूलीगाड नदीमा माछा प्रजाति बढेको पाइएको छ । जलीय जैविक विविधता संरक्षणका लागि कैलालीको चुरे, मोहन्याल र डोटीको बडीकेदार र जोरायल गाउँपालिकाले नदीमा गैरकानूनीरूपमा माछा मार्न प्रतिबन्ध लगाएपछि माछा बढेको हो । कैलाली र डोटीका दुई–दुई गाउँपालिकाले जलचर संरक्षण ऐन कार्यान्वयनमा ल्याई जलीय जैविक विविधता संरक्षणमा जुटेका छन् । नदी तथा खोलामा जथाभावीरूपमा माछा मार्दा अन्य जलचर प्राणी लोप हुन थालेपछि गाउँपालिकाले कैलाली र डोटीको सीमा भएर बग्ने ठूलीगाड नदीमा गत मङ्सिरदेखि माछा मार्न प्रतिबन्ध लगाएको चुरे गाउँपालिका अध्यक्ष धनबहादुर रोकामगरले बताउनुभयो । ती गाउँपालिकाले नदीमा महाजाल, विषादी तथा करेन्ट प्रयोग गरी…

Read More

सिन्धुपाल्चोक, ७ साउन (रासस) : खासा नजिकैको केरुङ छ्यो तालको एक मिटर सतह घटेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । खासाबाट पश्चिमतर्फको ताल भरिएर फुट्ने खतरा भएपछि सिन्धुपाल्चोक प्रशासनले सोमबर सार्वजानिक सूचना जारी गर्दै सचेत र सजग रहन आग्रह गरेको थियो । चीनको न्यालम र खासा क्षेत्रका वैदेशिक विभागले वर्षा रोकिएपछि तालको सतह एक मिटर घटेको जानकारी आफूलाई दिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभयो । विसं २०७३ असार २१ गते खासा नजिकै रहेको ताल फुट्दा तातोपानी नाकाको लिपिङ बजार बगाउँदै तल्लो तटीय क्षेत्रमा क्षति पु¥याएको थियो । त्यतिबेला झण्डै डेढ सय घर संरचना बगाउँदा अरनिको…

Read More

रोल्पा, ७ साउन (रासस) : रोल्पाका पहिलो कम्युनिष्ट सदस्य पूर्वसांसद बर्मन बुढाको आज बिहान ९० वर्षको उमेरमा निधन भएको छ । उहाँको आज बिहान ४ः३० बजे ललितपुरस्थित पाटन अस्पतालमा उपचारका क्रममा निधन भएको उहाँकी छोरी विजया बुढाले जानकारी दिनुभयो । उहाँलाई आन्द्राको क्यान्सर भएको एक वर्षअघि रोग पत्ता लागेपछि काठमाडौँमा बसेर उपचार गराइरहनुभएको थियो । केही दिनअघि रोगले च्यापेपछि थप उपचारका लागि पाटन अस्पतालमा भर्ना गरिएकामा आज बिहान निधन भएको छोरी विजयाले जानकारी दिनुभयो । स्व बुढा विसं २०४८ को संसदीय निर्वाचनमा रोल्पा निर्वाचन क्षेत्र नं १ बाट तत्कालीन संयुक्त जनमोर्चाको तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । रोल्पाको थवाङ…

Read More

काठमाडौं: सरकारले भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय खेलकुद प्रशिक्षण सुरु गर्ने अनुमति दिएपछि खेलाडीहरूले राहत महसुस भएको प्रतिक्रिया दिएका छन् । नोबेल कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढ्न थालेछि फागुन अन्तिम सातादेखि सरकारले खेल गतिविधि बन्द गराएको थियो । यसपछि खेलाडीहरू घरमा बस्न बाध्य थिए । चार महिनाभन्दा धेरै समय मैदानबाट टाढा रहेका खेलाडीहरू अभ्यासमा फर्किन आतुर देखिएका छन् । कोरोना संक्रमणको जोखिम कम नभएकाले सर्तकताका साथ अभ्यासमा जुट्ने योजनामा रहेका खेलाडीहरूलाई सरकारको निर्णयले राहत दिएको छ । दिनभर मैदानमा हुनुपर्ने खेलाडी चार महिनादेखि घरमा बस्नु पर्दा फिटनेस र सामूहिक अभ्यासमा असर परेको राष्ट्रिय फूटबल टोलीका गोलरक्षक विकेश कुथुको भनाइ छ…

Read More

एजेन्सी: संसारभरीको चर्चित कम्पनीमध्येको एक टेस्लाका मुख्य कार्यकारी अधिकारी एलन मस्कको न्यूरालिङ्क ब्रेन इम्प्लान्ट प्रविधि सफल भएको खण्डमा संसारबाट हेडफोन जस्ता उपकरण हराएर जाने दाबी गरिएको छ । एलन मस्कले एउटा त्यस्तै प्रोजेक्टलाई फन्ड गरिरहेका छन् जसको नाम हो – न्यूरालिङ्क । यस अन्तर्गत एउटा यस्तो कम्प्युटर बनाइँदैछ जो एउटा सानो चिप आकारको हुनेछ । यसलाई मानिसहरुको दिमागमा फिट गरिनेछ । चर्चित कम्प्युटर वैज्ञानिक अस्टिन हार्वर्डसँग ट्वीटरमा कुराकानीको क्रममा मस्कले कम्पनीद्वारा बनाइएको यो उपकरणमार्फत् सङ्गीत सिधा दिमागमा पुग्ने जानकारी दिएका छन् । यो डिभाइसले कुनै पनि प्रकारको लत र डिप्रेशनबाट छुटकारा दिलाउन पनि मद्दत गर्नेछ । २८ अगस्टमा…

Read More

काठमाडौं, रासस: अविरल वर्षासँगै तमोर नदीमा आएको बाढीले ताप्लेजुङको ओलाङचुङगोलाका दुई पुल बगाएको छ । फक्ताङलुङ गाउँपालिका–७ मा पर्ने चीनसँगको सीमावर्ती ओलाङचुङगोलाका पुल गएराति बगाएको वडाध्यक्ष छेतेन भोटेले जानकारी दिए । उनका अनुसार बाढीले ओलाङचुङगोलाबाट दाङ्जेन जाने पक्की पुल र मिक्वाखोला गाउँपालिकाको पापुङ जाने काठेपुल बगाएको हो । बाढीले पुल बगाएपछि घाँसदाउरा ओसारपसारलगायतका काममा ओहोरदोहोर गर्न बन्द भएको छ । यस्तै बाढीले तिब्बतको रिउ जोड्ने सडक र चिनियाँ ठेकेदारको एउटा गाडीसमेत बगाएको बताइएको छ । सडक निर्माणका क्रममा ठेकेदारले ल्याएको गाडी सडक अवरुद्ध भएपछि ओलाङचुङगोलामा नै छाडिएको थियो । यस्तै दुई पुल बग्दा करिब रु १४ लाख बराबरको क्षति…

Read More

काठमाडौं: गत महिना असारमा वाणिज्य बैंकहरुमा २११ अर्ब निक्षेप थपिएको छ भने यस महिनामा बैंकहरुले एक खर्ब १ अर्ब कर्जा प्रवाह गरेका छन्। असारको अन्तिम साता मात्रै बैंकहरुमा ९८ अर्ब निक्षेप तथा ६१ अर्ब कर्जा विस्तार भएको नेपाल बैकर्स संघले जनाएको छ । नेपाल बैकर्स संघका अनुसार मर्जरका कारण बैंकहरुको निक्षेप तथा कर्जामा बढोत्तरी आएको हो। असारमा मेगा बैंकले गण्डकी विकास बैंक, सिटिजनले सहयोगी विकास बैंक र कुमारीले देव विकास बैंकलाई गाभेकाले निक्षेप र कर्जाको आकार बढेको हो। बैकर्स संघका प्रमुख कार्यकारी अनिल शर्माका अनुसार गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिको ब्याज र सरकारी भुक्तानीको रकम समेत बैंकहरुमा आएकाले निक्षेप…

Read More